Friday, January 20, 2012

प्रचण्ड ‘सुबिधा सम्पन्न’ नयाँ घरमा सरे












५  माघ, काठमाण्डौ । माओवादी शान्ति प्रकृया आएदेखि नै नयाँ बजारमा वस्दै आएका अध्यक्ष प्रचण्ड लाजिम्पाटमा रहेको सानदार घरमा सरेका छन् । करिव दुई महिनादेखि चलिरहेको रंगरोगन र मर्मत सम्भार तथा नयाँबजारबाट सामान सार्ने काम सकिएपछि अध्यक्ष प्रचण्ड बिहीवार अपरान्ह नयाँ निवास लाजिम्पाट सर्नुभएको हो ।
लैनचौरबाट लाजिम्पाटतिर लाग्दा सांग्रिला होटल नपुग्दै करिव ५ मिटर अगाडीबाट दायाँपट्टी छिरेर करिव १ सय ५० मिटर अगाडी पुगेपछि नयाँ घरमा पुगिन्छ । कम्पाउण्डभित्र साढे दुई तले दुईवटा घर छन् । कम्पाउण्डमा सिलेट ढुंगा ओछ्याइएको छ भने परिसरमा बगैंचा पनि रहेको छ । दुवै घरमा गरि १५ कोठा रहेको र सवै कोठा उज्याला र घाम पर्ने रहेको बताइएको छ । दुईमध्ये एक घरमा प्रचण्डको परिवार वस्ने छ भने अर्को घरमा उनको निजी सचिवालय, त्यहाँ काम गर्ने कर्मचारी बताइएको छ । सुरक्षाकर्मीका लागि छेउको अर्को घरमा ब्यबस्था गरिएको छ ।

फराकिलो कम्पाउण्डमा आठदेखि १० वटासम्म गाडी पार्क गर्न सकिने बताइएको छ । नयाँबजारमा एउटामात्र गाडी अट्ने समस्याले गर्दा बिदेशी पाहुना र भेटन आउने आगन्तुकले सडकमै गाडी पार्किङ गर्नुपर्ने बाध्यता थियो ।

राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका माओवादी अध्यक्ष प्रचण्ड खुला भएदेखि नै वस्दै आएको निवासबाट सरेपछि उनको सचिवालयका सदस्यलाई अबको केही समय उनलाई भेटन आउने नेता तथा बिदेशी पाहुनालाई लोकेसन दिंदाको हैरानी बेहोर्नुपर्नेछ ।

सो घर प्रचण्डकै पैसामा एक ब्यापारिका नाममा किनिएको हल्ला चलेपनि त्यो असत्य भएको भएको निजी सचिवालय बताउँछ । एक ब्यापारीको सहयोगमा सो घर भाडामा लिइएको र भाडा तिरेरै वस्न लागिएको नयाँ बजार स्रोतको दावी छ । प्रचण्डका सहयोगीहरुले नयाँ घरको मालिक र मासिक घरभाडाबारे भने खुलाउन चाहेनन् ।

from onlinekhabar.com


No comments:

Post a Comment