Tuesday, January 17, 2012

समायोजनमा बार्गेनिङ

सरोज दाहाल
१५ कात्तिकमा लडाकुका सबै विषयमा सहमति गरेको एमाओवादी नेतृत्वले अहिले फेरि समायोजनमा जानेहरूका लागि नयाँ शर्त तेर्स्याएकाले शान्ति प्रक्रिया अघि बढ्न सकेको छैन। समायोजनतर्फ दर्जा, सङ्ख्या, मापदण्ड, तालिम र पुनर्स्थापनामा प्याकेजसम्मका विषयमा भएको सहमति उल्ट्याउँदै आफूखुसी दर्जा र अधिकृत सङ्ख्या सार्वजनिक गरेर ऊ अहिले लडाकुलाई आफ्नो राजनीतिक बार्गेनिङको हतियार बनाउँदैछ।
माओवादी नेतृत्वले एकातिर लडाकु कमाण्डर र दोस्रो तहका नेतालाई उपरथी (मेजर-जनरल)सम्मको दाबी गर्न लगाइरहेको छ भने भित्रभित्रै नेपाली सेना र अन्य राजनीतिक दलहरूलाई एक महासेनानी (कर्णेल) र तीन प्रमुख सेनानी (लेफ्टिनेन्ट-कर्णेल) सहित अधिकृत तहमा समायोजन गर्न १३२ जनाको सूची बुत्एको छ।

सातवटै शिविरका कमाण्डरले आन्तरिक रूपमा छनोट गरेर नेतृत्वलाई सुम्पेको सूची उसले अन्य राजनीतिक दल र सेनालाई दिएको हो। बिग्रेड सह-कमाण्डरदेखि माथिका लडाकु समावेश गरिएको सूचीमा सबैभन्दा बढी तेस्रो शिविर शक्तिखोर चितवनका २७ र सबैभन्दा कम पाँचौँ शिविर रोल्पाका १० जना छन् (हे.बक्स)। वर्ष, शिक्षा, भर्ना मितिसहितको यो सूची एकदमै गोप्य रूपमा निश्चित व्यक्तिहरूको हात-हातमा पुर्‍याइएको छ।
माओवादीले महासेनानीमा शक्तिखोरका कमाण्डर धनबहादुर मास्के (राजेश) तथा प्रमुख सेनानीमा शुकबहादुर रोका मगर (शरद), यामबहादुर अधिकारी (प्रतीक्षा) र तेजबहादुर वली (प्रतीक) को नाम प्रस्ताव गरेको छ। समायोजनमा सबैभन्दा ठूलो पदमा पुर्‍याउन खोजिएका ३५ वर्षीय मास्केले प्रमाणपत्र तह उत्तीर्ण गरेका छन्। त्यस्तै, प्रमुख सेनानीमा सिफारिस गरिएका ४२ वर्षीय रोका मगर, ३९ वर्षीय अधिकारी र ३७ वर्षीय वली पनि प्रमाणपत्र तह उत्तीर्ण नै हुन्। रोका मगर बाहेक सबैको माओवादी लडाकुमा भर्ना भएको मिति हिंसात्मक आन्दोलन शुरु भएको दिन १ फागुन २०५२ उल्लेख छ।
समायोजनमा जान तयार लडाकुहरू, पार्टीको केन्द्रीय सदस्य समेत रहेका मास्केले पहिलेदेखि आफू भोलिको जनरल (उपरथी) हो भन्दै आएकाले उनी महासेनानीमा जाने सम्भावना कम देख्छन्। उनीहरूको भनाइमा मास्केलाई पार्टीको जिम्मेवारी पनि भएकाले अधिकारीलाई त्यो पदमा पठाइने सम्भावना बढी छ र छलफल पनि त्यसैमा केन्द्रित भएको छ। एक बिग्रेड कमाण्डर भन्छन्, “म जनरल हुन्छु भनेर शुरुमै भन्थे, खै सेखी र्झ्ने गरी कर्णेल त के बन्लान् र!”
सूची बुझाए पनि दर्जा, तालिम अवधि र शैक्षिक योग्यतामा सहमति भएको छैन। समायोजनपछि हुने तालिम ९ देखि १८ महिनाको हुनुपर्ने व्यवस्था नेपाली सेनामा छ भने ६ महिनामा सिद्ध्याउनुपर्ने प्रस्ताव माओवादीले गरेको छ जुन नेपाली सेना स्वीकार्न तयार छैन। त्यस्तै अनमिनले दर्ता गरेको बेलाको नभई पछिल्लो शैक्षिक योग्यता मान्नुपर्ने माओवादी तर्कमा पनि सहमति बनेको छैन। पुरानो भर्ना मिति र नयाँ शैक्षिक योग्यतालाई मान्यता दिन प्राविधिक कठिनाइ हुने नेपाली सेनाको अडानलाई समर्थन गरेका काङ्ग्रेस र एमालेले यी विषय १५ कात्तिकको सहमतिसँगै सकिएकाले अहिले उठाउनु निरर्थक भएको बताएका छन्।
स्वेच्छिक अवकाश र समायोजनका सबै विषयमा एकैपटक सहमति भइसकेको लडाकुहरू पनि स्विकार्छन्। स्वेच्छिक अवकाश रोजेका तेस्रो डिभिजन सहायक कमाण्डर उदयबहादुर चलाउने (दीपक) स्वेच्छिक अवकाश रोजेकालाई तत्काल रकम उपलब्ध गराएर शिविरबाट निस्कने वातावरण बनाउनुपर्ने बताउँछन्। “समायोजनमा जाने कि स्वेच्छिक अवकाशमा भन्दा अवकाश ठीक मानेर हामी निस्किएका हौं”, उनी भन्छन्, “पहिला मेजरसम्म सम्झौता गर्ने अनि अहिले जनरल मागेर
हुन्छ? अहिले समायोजनमा जानेको लागि जनरल र ब्रिगेडियरको लागि बार्गेनिङ गर्ने हो भने स्वेच्छिक अवकाशमा जानेको लागि चाहिँ बार्गेनिङ गर्नुपर्दैन?”
उनको भनाइमा अहिले मागिएको दर्जा कुनै हालतमा पूरा हुनसक्दैन र त्यो मागका लागि आफूहरूलाई शिविरमै राखिरहने कुरा स्वेच्छिक अवकाश रोज्नेहरूले धेरै दिनसम्म सहँदैनन्। उनको भनाइबाट प्रस्ट हुन्छ, माओवादीले स्वेच्छिक अवकाशमा जाने लडाकुलाई समायोजनमा जानेहरूका लागि बार्गेनिङको र समायोजनमा जाने लडाकुलाई आफ्नो राजनीतिक स्वार्थपूर्तिको हतियार बनाइरहेको छ।

पहिलो शिविर, चुलाचुली, इलाम (२० जना)
डिभिजन कमाण्डर, यामबहादुर अधिकारी (प्रतीक्षा) (३९)
डिभिजन सहकमाण्डर, हरिबहादुर श्रेष्ठ (प्रमोद) (४२)
डिभिजन सहकमाण्डर, रामबाबु थापा (सङ्ग्राम) (३१)
ब्रिगेड सहकमाण्डर, सुमिता दाहाल (सुनिता) (२६)
ब्रिगेड सहकमाण्डर, किशोरप्रसाद सापकोटा (असिम) (३२)
ब्रिगेड सहकमाण्डर, रामबहादुर बस्नेत (श्रवण) (३१)
ब्रिगेड सहकमाण्डर, दीर्घ बिष्ट (नेपेरु) (२८)
ब्रिगेड सहकमाण्डर, सुरेश तामाङ (सुनसान) (३०)
ब्रिगेड सहकमाण्डर, अमरबहादुर विक (सरोज) (३८)
ब्रिगेड सहकमाण्डर, भरतकुमार आङबुहाङ (लिम्बू) (३१)
ब्रिगेड सहकमाण्डर, दीपेन्द्र भण्डारी (दीपेश) (३१)
ब्रिगेड सहकमाण्डर, ढालबहादुर लामिछाने (विक्रम) (३१)
ब्रिगेड सहकमाण्डर, नेत्रप्रसाद न्यौपाने (नरेश) (३५)
ब्रिगेड सहकमाण्डर, इन्द्र प्रधान (ईश्वर) (२९)
ब्रिगेड सहकमाण्डर, नारायण सुवेदी (नरेश) (३१)
ब्रिगेड कमाण्डर, अमृतबहादुर आचार्य (उमेश) (३३)
ब्रिगेड कमाण्डर, गणेशकुमार प्रधान (शिव) (३७)
ब्रिगेड कमाण्डर, कमानसिंह मोक्तान (मिलन) (३७)
ब्रिगेड कमाण्डर, देवबहादुर ओली (अशोक) (३७)
ब्रिगेड कमाण्डर, मानबहादुर शर्मा (सन्तोष) (३१)

दोस्रो शिविर, दुधौली, सिन्धुली (२१ जना) 
डिभिजन कमाण्डर, शुकबहादुर रोका मगर (शरद) (४२)
डिभिजन सहकमाण्डर, पदमबहादुर तामाङ (सञ्जिव) (३५)
डिभिजन सहकमाण्डर, गोपाल पाण्डे (उत्तम) (३५)
ब्रिगेड कमाण्डर, रामबहादुर लामा (विवेक) (३३)
ब्रिगेड कमाण्डर, वीरबहादुर घर्तीमगर (वियोग) (३८)
ब्रिगेड कमाण्डर, भीम खड्का (सन्तोष) (३५)
ब्रिगेड कमाण्डर, हेमकुमार राई (शूरवीर) (३५)
ब्रिगेड कमाण्डर, कृतिबहादुर पुन (प्रकाण्डसिङ) (४१)
ब्रिगेड सहकमाण्डर, प्रेमकुमार राई (प्रकाश) (२७)
ब्रिगेड सहकमाण्डर, खड्गबहादुर रजनमगर (धिरज) (३२)
ब्रिगेड सहकमाण्डर, मातृकाप्रसाद भट्टराई (वसन्त) (३६)
ब्रिगेड सहकमाण्डर, दुधराज योञ्जन (निर्मल) (३०)
ब्रिगेड सहकमाण्डर, कृष्ण श्रेष्ठ (सुनिल) (३०)
ब्रिगेड सहकमाण्डर, शम्भुप्रसाद देवकोटा (सरोज) (३६)
ब्रिगेड सहकमाण्डर, ज्ञानबहादुर माझ्ी (विवेक) (४४)
ब्रिगेड सहकमाण्डर, सूर्यकुमार गुभाजु (प्रवेश) (३७)
ब्रिगेड सहकमाण्डर, श्यामसुन्दर श्रेष्ठ (विवेक) (२८)
ब्रिगेड सहकमाण्डर, ज्ञानेन्द्रबहादुर गुरुङ (कसम) (२८)
ब्रिगेड सहकमाण्डर, ताराबहादुर पुनमगर (रोहित) (२७)
ब्रिगेड कमाण्डर, पदमबहादुर अस्थानी (शरण) (३०)
ब्रिगेड सहकमाण्डर, लालवीर विक (अशोक) (४०)

तेस्रो शिविर, शक्तिखोर, चितवन (२७ जना) 
डिभिजन कमाण्डर, धनबहादुर मास्के (राजेश) (३५)
डिभिजन सहकमाण्डर, जनकबहादुर बिष्ट (कुवेर) (४१)
ब्रिगेड कमाण्डर, गोविन्दबहादुर बटाला (जीवित) (३८)
ब्रिगेड कमाण्डर, दीपक शाही (सुरेश) (३१)
ब्रिगेड कमाण्डर, ऋषिकेश बुढा (सविन) (३६)
ब्रिगेड कमाण्डर, ओमबहादुर घलान (प्रदीप) (३०)
ब्रिगेड कमाण्डर, दिबहादुर विक (विनोद) (३६)
ब्रिगेड कमाण्डर, टुकबहादुर थापा (अर्जुन) (३२)
ब्रिगेड सहकमाण्डर, खिमबहादुर बुढाथोकी (गुराँस) (३५)
ब्रिगेड सहकमाण्डर, डम्बरबहादुर थामी (अनुपम) (३४)
ब्रिगेड सहकमाण्डर, दुर्गालाल पुन (कञ्चन) (३९)
ब्रिगेड सहकमाण्डर, देवबहादुर बुढाथोकी (अजय) (३४)
ब्रिगेड सहकमाण्डर, नन्दकिशोर बुढामगर (घर्षण) (३४)
ब्रिगेड सहकमाण्डर, सुशीला गौतम (सुष्मा) (३३)
ब्रिगेड सहकमाण्डर, नुमकान्त आचार्य (विनोद) (३५)
ब्रिगेड सहकमाण्डर, सुशीलाकुमारी शर्मा (सिर्जना) (३३)
ब्रिगेड कमाण्डर, युवराज दुलाल (शरद) (२९)
डिभिजन सहकमाण्डर, वीरेन्द्र वि.एम. (मञ्जिल) (४३)
ब्रिगेड कमाण्डर, सरल सहयात्री पौडेल (सरल) (३०)
ब्रिगेड कमाण्डर, प्रकाश जि.एम. (अविरल) (३६)
ब्रिगेड सहकमाण्डर, निर्मल जि.सी. (निर्मल) (३२)
ब्रिगेड सहकमाण्डर, लालसिंह बुढा (प्रकाश) (३०)
ब्रिगेड सहकमाण्डर, धनञ्जय शर्मा (रमेश) (३४)
ब्रिगेड सहकमाण्डर, अनन्तकुमार डाँगी (अशोक) (३०)
ब्रिगेड सहकमाण्डर, मणि थापा (गोपाल) (३२)
ब्रिगेड सहकमाण्डर, ईश्वर सापकोटा (सुमन) (३३)
ब्रिगेड सहकमाण्डर, शङ्कर बोहरा (निर्मल) (२९)

चौथो शिविर, झ्याल्टुङडाँडा, परासी (२१ जना) 
डिभिजन कमाण्डर, तेजबहादुर वली (प्रतीक) (३७)
डिभिजन सहकमाण्डर, वासुदेव घिमिरे (पावेल) (३४)
डिभिजन सहकमाण्डर, क्लबहादुर नाथ (महान) (४१)
डिभिजन सहकमाण्डर, दलजित श्रीपाली (प्रशान्त) (४०)
ब्रिगेड कमाण्डर, वीरबहादुर कुँवर (सुरेश पहाडी) (३२)
ब्रिगेड कमाण्डर, ओमप्रसाद पौडेल (रमेश) (३०)
ब्रिगेड कमाण्डर, नरेन्द्र पाण्डे (जेम्स) (३४)
ब्रिगेड कमाण्डर, कमला नहर्की (सपना) (३१)
ब्रिगेड कमाण्डर, जयवीर घर्ती (जेनी) (३५)
ब्रिगेड कमाण्डर, अन्जानकुमार तिमल्सिना (सङ्घर्ष) (४२)
ब्रिगेड सहकमाण्डर, हरिलाल ध्यार (सुरेश) (३०)
ब्रिगेड सहकमाण्डर, पूर्णा थापा (कुशल रक्षा) (२८)
ब्रिगेड सहकमाण्डर, कविराम बस्नेत (कास्मिर) (३१)
ब्रिगेड सहकमाण्डर, राजु शर्मा (प्रशान्त) (३५)
ब्रिगेड सहकमाण्डर, पारसमणि पौडेल (आकाश) (४३)
ब्रिगेड सहकमाण्डर, मानबहादुर रोकाया (शक्ति) (२९)
ब्रिगेड सहकमाण्डर, पुनबहादुर विक (सङ्घर्ष) (३४)
ब्रिगेड सहकमाण्डर, डम्बरसिंह ठकुरी (सुदिप) (३७)
ब्रिगेड सहकमाण्डर, इन्द्रबहादुर गौतम (आदर्श) (३७)
ब्रिगेड सहकमाण्डर, गोपालसिंह बोहरा (पिण्ड) (३४)
ब्रिगेड सहकमाण्डर, पोष्टबहादुर बुढा (रणदीप) (४०)

पाँचौं शिविर, दहवन, रोल्पा (१० जना) 
डिभिजन सहकमाण्डर, राजबहादुर बुढा (अविनाश) (४६)
ब्रिगेड कमाण्डर, दीपेन्द्र Bahadur Shah (Yugant) (३२)
ब्रिगेड कमाण्डर, हीरालाल चौधरी (बज्र) (३३)
ब्रिगेड कमाण्डर, हिम्मत (ध्र्रुव) (३१)
ब्रिगेड कमाण्डर, जगतबहादुर पुन (३०)
ब्रिगेड सहकमाण्डर, परिमाण बुढा (रायन) (३३)
ब्रिगेड सहकमाण्डर, सर्वजित घर्ती मगर (योद्धा) (३४)
ब्रिगेड सहकमाण्डर, कमल घर्ती मगर (मधुकर) (३५)
ब्रिगेड सहकमाण्डर, टेकबहादुर खड्का (भुवन) (३२)
ब्रिगेड सहकमाण्डर, खगेश्वर शर्मा (मुक्ति) (३३)

छैठौं शिविर, दशरथपुर, सुर्खेत (१५ जना) 
डिभिजन सहकमाण्डर, महेन्द्रबहादुर शाही (प्रज्ज्वल)
ब्रिगेड कमाण्डर, नरबहादुर पुन (तारा) (४४)
ब्रिगेड सहकमाण्डर, गोगनबहादुर मल्ल (युनाइटेड) (२९)
ब्रिगेड सहकमाण्डर, नवीन पाण्डे (कैलाश) (३६)
ब्रिगेड सहकमाण्डर, पद्मबहादुर खड्का (सुवास) (३२)
ब्रिगेड कमाण्डर, ग्ाङ्गाबहादुर घर्ती (सूर्य) (३५)
ब्रिगेड सहकमाण्डर, दामोदर अधिकारी (सम्भव) (३०)
ब्रिगेड कमाण्डर, वीरबहादुर रावत (सौगात) (२९)
ब्रिगेड सहकमाण्डर, सूर्यबहादुर केसी (जिज्ञासु) (४४)
ब्रिगेड कमाण्डर, नन्दबहादुर बोहोरा (जोखिम) (३२)
ब्रिगेड सहकमाण्डर, प्रदीप तामाङ (दीपक लामा) (३०)
ब्रिगेड कमाण्डर, रत्नबहादुर शाही (आशुतोष)
ब्रिगेड सहकमाण्डर, विष्णुप्रसाद बराल (विजय) (३२)
ब्रिगेड सहकमाण्डर, दीपक बस्नेत (उमेश) (३६)
ब्रिगेड सहकमाण्डर, मुनबहादुर बुढा (चुनौती) (२९)

सातौं शिविर, तालबन्द, कैलाली (१८ जना) 
डिभिजन कमाण्डर, सन्तकुमार दरई (परवाना) (४५)
डिभिजन सहकमाण्डर, वीरेन्द्र बुढा (जीवन) (३४)
डिभिजन सहकमाण्डर, नेपबहादुर चौधरी (सिंहराज) (३०)
ब्रिगेड सहकमाण्डर, शान्तबहादुर बस्नेत (क्रान्ति) (३५)
ब्रिगेड सहकमाण्डर, दमनबहादुर बटाला (विश्वजीत) (३०)
ब्रिगेड सहकमाण्डर, प्रेमबहादुर कटुवाल (वीरवल)(३२)
ब्रिगेड सहकमाण्डर, इन्द्रभक्त महर्जन (रुपक)(३०)
ब्रिगेड सहकमाण्डर, विद्या देवकोटा (महानता)
ब्रिगेड सहकमाण्डर, विर्खबहादुर महतरा (विनर) (४५)
ब्रिगेड सहकमाण्डर, कलकबहादुर खड्का (गम्भीर)(३४)
ब्रिगेड कमाण्डर, देवेन्द्र पुन मगर (निरन्तर) (२५)
ब्रिगेड सहकमाण्डर, नन्दबहादुर साउद (राजेन्द्र) (४३)
ब्रिगेड सहकमाण्डर, दण्डविक्रम बिष्ट (मित्रसेन) (३२)
ब्रिगेड सहकमाण्डर, दलसिंह नाथ योगी (सुन्दर) (२८)
ब्रिगेड सहकमाण्डर, हरिप्रसाद थारू (विजय) (३१)
ब्रिगेड कमाण्डर, प्रचारबहादुर शाही (सेवक) (२८)
ब्रिगेड सहकमाण्डर, देवबहादुर बोहरा (सुवास) (३०)
ब्रिगेड सहकमाण्डर, लालबहादुर रोकाया (तुफान) (३२)
(कोष्ठभित्र उल्लेखित अङ्क सम्बन्धित व्यक्तिको उमेर हो।)
from Himal Khabar Patrika

No comments:

Post a Comment