Wednesday, October 3, 2012

के सोचेँ पहिले, के भयो अहिले !

 राजु क्षत्रीबितेका पछिल्ला १३ वर्ष थुप्रै विषयमा लेखियो, लाखौ“ शब्द सर्सर्ती लेखेका यिनै हात आज आºनै बारेमा लेख्न बस्दा किन–किन शब्दविहीनजस्तै बन्न पुगेको छ । शब्द संयोजन गर्ने आ“ैला प्यारालाइसिसझै“ भएका छन् । दुनिया“का सुख–दुःखका कुरा लेख्ने यिनै हात आºनै दुःख र पीडाका कुरा लेख्न बस्दा किन यस्तो निरीह बनेको होला ? आज लागिरहेछ, अरूका लागि शब्दद्वारा केही भन्नु र तिनै शब्दद्वारा आºनालागि भन्नु फरक कुरा रहेछ । आºनै बारेमा लेख्न बसिरह“दा आफ“ैलाई न्याय गर्न सक्छु कि सक्दिन“ भन्ने कुराले मन चिमोटिरहेको छ । घरी लाग्छ, म स्वयं मेरो बादशाह हु“, त्यसैले मैले मात्रै मलाई न्याय गर्न सक्छु ।

जतिबेला देशमा जनयुद्ध सुरु भयो, यो न्यायको युद्धमा नलाग्ने हो भने, लाग्योे भविष्यमा बितेर गएका दिन सम्झेर पश्चाताप गर्नुपर्नेछ । त्यसैले विगत सम्झेर पश्चात्ताप गर्न नपरोस् भनी विश्वविद्यालयको स्नातक तहको पढाइलाई लात मारेर युद्धमा होमिएँ । बाबाआमाले भनेका थिए– नलाग बाबु यो मर्ने यात्रामा । नातागोता, आफन्त सबैले सम्झाउ“दै भनेका थिए, अरूका लागि मान्छे मार्ने बाटोमा नलाग् बाबु । पछुताउनेछस् एकदिन । आदर्श संसारको सपना देखाएर नाता, आफन्तलाई सम्झाउ“दै, फकाउ“दै, हा“स्दै–हा“स्दै युद्ध यात्रामा लागेको थिए“ । १६ वर्षअघि पुलिसले लघारेर रु“दै–रु“दै होइन, बाबाआमाले रातो टीका लगाइदिएर हा“स्दै–हा“स्दै युद्धको यात्रामा निस्केका दिन कति रंगीन र मिठास थिए ! विद्यार्थी राजनीति, पार्टी पत्रकारिता, संकटकाल, बेपत्ता अनि जेलजीवन र फेरि फर्केर पत्रकारिता ।
युद्धविराम, फेरि संकटकाल फेरि गिरºतारी र १३ महिना लामो बेपत्ता अवस्था । ब्यारेक ब्रेक र फेरि पार्टी काम । सक्रिय राजनीतिक जीवनको ९ वर्षको दैनिकी थियो यो । शान्तिप्रक्रियापछि घर जा“दा रोग, भोक र गरिबीले जीर्ण भएका बूढा बा–आमाले आ“खाभरि आ“सु पारेर मलाई हार्दिक स्वागत गरेका थिए । साथमा थिइन् स“गै युद्धयात्रामा रहेकी जीवनसंगिनी सरिता । आºना बाबुआमा देखेर हो या पराई मान्छे ठानेर आ“खामा नजानि“दो डर र मायाको कोलाज बोकी उभिएका दुईवटा बहिरा सन्तान आºना हजुरबुबा, हजुरआमाका छेउबाट हामीलाई हेरिरहेका थिए । हामी घरको आ“गनमा पुग्दा नजिकबाट मैले देखँे– आमाबाका आ“खामा खुसीको हा“सो थिया,े छोराबुहारी युद्धबाट सकुशल फर्केर आउ“दाको खुसी ।

तर, हाम्रा छोराछोरीको उदास अनुहार र आ“खामा छल्केका आ“सुले भनिरहेका थिए– हामी बहिरा, असहाय बच्चालाई छाडेर कहा“ र किन जानुभएको तपार्इंहरू ? उनीहरू रोए मात्र । हामी तिनका बाबुआमाप्रति उनीहरूको कति गुनासो थियो होला, दुर्भाग्य, उनीहरू शब्दद्वारा आºना कुरा भन्न सक्दैनथे । त्यो दिन लाग्यो यो दुनिया“मा शब्दविहीनजस्तो ठूलो अपांगता अरू केही हु“दैन रहेछ । लाग्यो, यो प्रकृतिको सबैभन्दा ठूलो चोट हो, उनीहरूको बाबुआमाका लागि ।

शान्तिप्रक्रियामा पार्टी फर्केपछि फेरि पार्टी पत्रकारिता सुरु भयो । पोखराबाट पार्टीको योजनामा साप्ताहिक पत्रिका निकाल्न थाल्यौ“ । पत्रिकामा व्यस्त भइरहने समय थियो त्यो । त्यहीबेला थाहा भयो उपचार गरी हाम्राजस्ता बच्चाले सुन्न र बोल्न सक्ने हुन्छन् । म त्यसको खोजीमा हि“ड्न थाल“े । राजधानीमा त्यस्तो सम्भावना भएको र उपचार लामो प्रक्रिया भएकाले काठमाडांै जान पार्टीस“ग अनुमति मागे“ । नेताहरू हितराज पाण्डे र झलकपाणी तिवारीले जिल्लाको पार्टी काममा असर पर्ने भएकाले राजधानी नजान निर्देशन दिए । मैले जाने अडान दोहो¥याएपछि उनीहरूले काठमाडांै जानबाट रोेके । तैपनि, बच्चाहरूको हितका लागि काठमाडौं जाने अडानमै रह“े र उनीहरूले अनुमति नदिए पनि पार्टीको निर्णय अस्वीकार गर्दै अन्ततः राजधानी गए“ । उनीहरूले मलाई सरुवा पत्र पनि दिन मानेनन् । काठमाडौं गएर नेताहरूलाई आºना कुरा राखे“ र पार्टीको काम गर्दै बच्चाहरूको उपचारमा लागे“ । दुई वर्षपछि उपचार सकियो ।

त्यसपछि फेरि कास्की आउन पहल गरेँ तर आºनो आदेश नमानी राजधानी गएकाले फेरि जिल्ला फर्कन नदिने अडानमा रहे नेताहरू । म कास्की आउन चाहने र उनीहरूले आउन नदिने अडानबीच लामै समय जुहारी चल्यो । केन्द्रीय प्रकाशन विभागमा रहेर पार्टीको मुखपत्रमा काम गरेँ । स“गै काम गर्दा सहयोद्धाहरूस“ग शैली, स्वभाव र सोचमा आउने कतिपय भिन्नताले गर्दा त्यति सुखद हुन सकेन जनादेशको पत्रकारिता । पछिल्लो समय पत्रिकाको कार्यकारी सम्पादक थिए“ तर आर्थिक अवस्था यति नाजुक थियो कि पत्रिकाले दिने भनेको मासिक ८ हजार रूपैया“ पनि पार्टीभित्रैका भ्रष्टाचारीको विरोध गरेबापत १८ महिनासम्म रोकियो । बहिरा बच्चा लिएर राजधानीमा बसेको समय अहिले सम्झि“दा पनि कहाली लाग्छ– कति अभाव र पीडामा बिताइयो ती दिन भनेर ! त्यो समय राजधानीमा चिनेका कुनै त्यस्ता आफन्त थिएनन् जोस“ग पैसा सापट नलिएको होस् ।

अनि यो दारुण जीवनको कथा प्रचण्ड, बाबुराम, किरण सम्मिलित बैठकमा रु“दै राख“े । नेताहरूले सहानुभूति राख्दै भने, ‘मनका कुरा सबै भन्नोस् हामी सुन्छा“ै, कामरेड ! मैले भक्कानिँदै भनिरह“े, उनीहरूले अल्छी मान्दै सुनिरहे । अहिले पछाडि फर्केर बितेका दिनको सम्झना गर्छु कति ठूलो मजाक थियो त्यो क्रान्तिका योद्धाका आ“खामा छल्केका आ“सुको ! मेरो सम्पादकलाई साक्षी राखेर प्रधानमन्त्री डा. बाबुरामलाई भने“– मैले खान पाइन“, मलाई काम देऊ । बहिरा बच्चा काठमाडांैमा ल्याएर राखेको स्पिच थेरापी गर्न । उनीहरूलाई ख्वाउने अन्न छैन । मैले भन“े– ए हजुर, लौन मलाई केही काम दिनोस् । मैले बालुवाटारमा गएर आ“खा पिलपिल पार्दै भनिरह“े । रोबटझै“ शालीन भावमा प्रधाननमन्त्रीले सुनिरहे । घरी–घरी त लाग्थ्यो कतै उनी पनि मेरा सन्तानजस्तै बहिरा त भएनन् ! त्यसपछि म स्पिच थेरापी गर्न काठमाडांै लगेका बहिरा बच्चा च्यापेर रु“दै पोखरा फर्कें । फर्कंदा बसपार्कको कपडा पसलमा कपडा समाएर छोरो झुन्डि“दा पनि एकजोर नया“ कपडा किनिदिन नसक्दा त्यसदिन मलाई आफू एउटा निरीह बाबु भएकोमा धिक्कार लाग्यो । गरिबीको पीडा मात्रै होइन, नानीहरूका सामु ग्लानीले लत्रेर झुक्नुपर्दाको पीडा मृत्युपीडाभन्दा पनि भयंकर हुन्छ सायद ।

फेरि काठमाडांै गए“ र केन्द्रीय प्रकाशन विभागबाट तमुवानमा सरुवा भएको पत्र लिएर आएँ । इन्चार्जका नाताले बाबुरामले सरुवाको चिठीमा हस्ताक्षर गरिदिए । पत्र ल्याएर इन्चार्ज उत्तमलाई दिएँ । चिठी रीतअनुसार भएन, सरुवाको पत्र इन्चार्जले होइन सेक्रेटरीले दिनुपर्छ भनेर अत्तो थापे । सेक्रेटरी महेश्वर दाहाल र बाबुरामबीच राम्रो सम्बन्ध नभएकाले प्राविधिक विषयमा खोचे थापेर सरुवाको पत्र बदर गर्ने उनीहरूको मनसुवा देखेपछि रु“दै महेश्वरकोमा गएँ । कोमल मनका उनी पग्लिए र मेरो सरुवाको पत्र बनाइदिए । पत्र तमुवान इन्चार्जलाई ल्याएर बुझाएँ । पत्र बुझाएको करिब एक वर्ष भयो, नया“ ब्युरो इन्चार्जमा डिलाराम आए । उनी तमुवानमा नआउ“दै मैले फोन गरे“ । लौ न दाइ, मेरो पार्टी सरुवा मिलाइदिन प¥यो भनेर । उनलाई भेटे“ । दर्जना“ैपटक फोन गर“े, सायद उनी आजित भएर होला मेरो फोनै उठाउन छाडे । फेरि राजधानी गए“ । बाबुरामका पिएलाई फोन गर“े । आधा दर्जन फोन, म्यासेज गर“े । बाबुरामका पिएलाई पनि गर“े । सायद प्रधानमन्त्री व्यस्त थिए । यसमा मेरो केही गुनासो छैन ।

एउटा स्नातक विद्यार्थी हा“स्दै युद्धमा लड्न, मर्न गएर १६ वर्षपछि रु“दै घर फर्किनुप¥यो । कस्तो विडम्बना भयो नेपाली क्रान्तिको ! पार्टी र नेताप्रतिको आºनो विश्वासले कति ठूलो मजाक ग¥यो आफ“ैप्रति । विगतलाई हेर्छु, सबै विगत सुखद मात्रै हु“दा रहेनछन्, दुःखद् र दुर्भाग्यपूर्ण पनि हु“दा रहेछन् ।
from Jana Ashtha

No comments:

Post a Comment