Tuesday, October 16, 2012

साझदेखि पेस्तोल तेस्र्याएर मलाई धम्क्याइयो

उदय चलाउने ‘दीपक’, तत्कालीन सह–कमान्डर तेस् उदय चलाउने जाजरकोटमा जन्मिए र रहरलाग्दो उमेरमा जनयुद्धमा लागे । दसवर्षे जनयुद्धका घुम्ती पार गर्दै शान्तिप्रक्रियापछि पहिले छैटौ“ डिभिजन र पछि तेस्रो डिभिजनको सह–कमान्डर बने । शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न माग गरेबापत कमान्डर धनबहादुर मास्कीलगायतले उनीमाथि दुस्मनको जस्तो व्यवहार गरे र अभिशप्त पात्र बनाएर शिविरबाट निकालिए । लालमोर्चाका किल्लाहरूमा, समरयात्रालगायत किताबका लेखक चलाउने जनयुद्धकालमा कमरेड दीपकका नामले चर्चित थिए ।
माओवादीले निकालेको प्रत्याक्रमणको सिडीमा चलाउनेले तत्कालीन शाही सेनास“गको भिडन्तपछि सेनालाई ‘भ्याकुर खेदाइ’ गरियो भनेर प्रतिक्रिया दिएका थिए । त्यही भ्याकुर खेदाइ गरेको सेनामा भर्ती हुन उनका पुराना मित्रहरूले छाती नापिरहेका बेला उनी भने नेकपा–माओवादीको युवा संगठन राष्ट्रिय जनस्वयंसेवक केन्द्रको सम्मेलनको चटारोमा छन् । नेकपा एमालेले काठमाडौंमा सभा गरेको दिन सार्वजनिक बसको आवागमन ठप्प भएपछि हि“डेरै बुद्धनगरस्थित पार्टी कार्यालय जाने हतारोमा थिए । पुरानो बसपार्कमा भेट भयो र त्यहा“बाट हि“ड्दै गएर बागबजारस्थित माक्र्सवाद अध्ययन–अनुसन्धान प्रतिष्ठानको कार्यालयमा बसी जनआस्थालाई दिएको अन्तर्वार्ता । –यादव देवकोटा०००
शिविरबाट बाहिरिएपछि के गर्दै हुनुहुन्छ ?पार्टीले युवाहरूको संगठन राष्ट्रिय जनस्वयंसेवक ब्युरोको केन्द्रीय जिम्मेवारी दिएको छ । जनस्वयंसेवक ब्युरोले चाहि“ के गर्दै छ ? शिविरबाट अपमानित रूपमा निकालिएका र अवकाशबाट बाहिरिएका साथीहरूसमेतलाई संगठित गर्दै राष्ट्रिय सम्मेलनको तयारी गरिएको छ । पहिले ब्युरो भनिएको थियो । अहिले त्यसलाई बदलेर राष्ट्रिय स्वयंसेवक केन्द्र नाम राखेका छौ“ । स्वयंसेवक केन्द्रलाई सशस्त्र रूपमा अगाडि बढाउने योजनाका साथ काम भइरहेको छ होइन ? मान्छेहरूले त्यस्तो हल्ला पनि चलाएका छन् ।
हावा नै नचली पात हल्लियो होला र ? 
कहिलेकाही“ त्यस्तो पनि हुन्छ । तर, हामी माक्र्सवादीले सैद्धान्तिक रूपमा बल प्रयोगको सिद्धान्तलाई अस्वीकार गर्दैनौ“ । केही मान्छेले आफ्नो कुत्सित मनसाय पूरा गर्न हतियार उठाउन लाग्यो भनी ठुल्ठूला अक्षरमा होहल्ला मच्चाएका छन् । हामी दमन हु“दा टुलुटुलु हेरिराख्नुपर्ने गरी चुपचाप बस्नुपर्छ भन्ने आत्मसमर्पणवादी सोच राख्दैनौ“ र आवश्यक तयारी चुस्त–दुरुस्त राख्नुपर्छ भन्ने माक्र्सवादी मान्यतामा विश्वास गर्छौं । तपाईं विघटित जनमुक्ति सेनाको माथिल्लो तहको कमान्डर हुनुहुन्थ्यो । त्यो पनि सबैभन्दा
धेरै भ्रष्टाचार भएको भनेर बद्नाम तेस्रो डिभिजनमा । धेरै गोलमाल भएको हो पैसा ? भ्रष्टाचार सबै डिभिजनमा भएको छ । फरक यत्ति हो धेरै र थारै । त्यसरी हेर्दा तेस्रो डिभिजनमा २० करोड हाराहारीमा रकम हिनामिना भएको देखिन्छ । यो अन्य डिभिजनको भन्दा अलि बढी नै हो । तत्कालीन कमान्डर धनबहादुर मास्की राजेशले डिभिजनको सबै हिसाब–किताब उदय चलाउनेको मातहतमा थियो भनेका छन् नि ? तेस्रो डिभिजन मात्रै होइन, त्यसअघि मैले काम गरेको छैटौ“ डिभिजनको पनि आवश्यक कागजात झिकाएर हेरे हुन्छ । भनुन् न छानबिन गरेर मैले कति खाए“ । अहिले सुनिन्छ धनबहादुर कन्स्ट्रक्सन कम्पनी खोलेर बसेका छन् ।
त्यत्रो रकम राजेशले मात्रै खाए कि माथि पनि पुग्यो होला ?
के सक्थ्यो त्यसले एक्लै खान † अनन्त, पासाङ हु“दै प्रचण्डसम्म पुगेको छ । मैले जनमुक्ति सेनाका योद्धाहरूको नाममा आएको पैसाको हिसाब–किताब सार्वजनिक गर्न माग गर्दा शिविरबाट अपमानजनक ढंगबाट निकालियो ।
के गरेर अपमान गरे तपाईंलाई ?
त्यो हिनामिनाको विषय मेरो तहबाट पनि उठाइएन भने इतिहासमै कहिल्यै उठ्दैन, सहिदको रगतको बलमा बनेको जनमुक्ति सेनाको नाममा दुई÷चारजना भ्रष्टको चुलोमा भतेर लगाउने काम गरेर हाम्रो इतिहास सकिन्छ भन्ने लाग्यो र जोडदार छानबिनको माग गरे“ । पर्दाभित्र बसेर लुटेको सम्पत्ति सार्वजनिक गर्नुपर्छ भनेर उनीहरूले सोचेकै थिएनन् । अनि सा“झदेखि बन्दुकको घेरामा राखेर, पेस्तोल तेस्र्याएर नियन्त्रणमा लिने काम भयो । बढ्ता हल्ला नगर जे पनि हुन सक्छ भनेर धम्क्याइयो । एकजना ओमलाल खड्का भन्ने कम्पनी कमान्डर साथीलाई कोठामै निर्घात कुटपिट भयो र स्वैच्छिक अवकाशका लागि लिएको चेकबाट साटिएको पैसामध्ये ४३ हजार लुटियो । त्यो पैसा अझै उहा“ले फिर्ता पाउनुभएको छैन । यो सबै धनबहादुरको प्रत्यक्ष नेतृत्वमा भयो । हिजो दुनिया“ फेर्छु भनेर हि“डेको मान्छे,आङ्खनै आ“खाअगाडि बडे–बडे नेताहरू साहु–महाजनमा फेरिएको देखेर घर फर्किंदा समाजचाहि“ कत्तिको फेरिएको पाउनुभयो ?
हुनेखानेहरूले हु“दा खानेहरूमाथि गरेको अत्याचार सही नसक्नु थियो । हामीलाई त्यो मन परेन । र, फेर्न भनेर हि“ड्यौ“ समाज र समाजका जाली संरचना । त्यो फेर्न हि“डेका हामी अचेल । गाउ“ जान्छु, सबैतिर भत्किएका छन्, जनयुद्धकालीन संस्कार । भग्नावशेष बनेको छ सबै सबै । केही फेरिएको छैन जनताको जीवनस्तर । भो कुरा नगर्नोस् विकृतिको । विकृतिको सबैभन्दा ठूलो स्याम्पल र पाठशाला प्रचण्ड हो । नेता गद्दार भएपछि सब बर्बाद हु“दोरहेछ ।
यो सबै देखेर कस्तो लाग्छ ?
त्यत्रा मान्छेको रगत बग्यो नया“ संसार निर्माण गर्नका खातिर । घाइते, अपांग भएका हजारौ“ मान्छेको जीवनको लगानी र आन्दोलनमा सामेल लाखौ“ कार्यकर्ताको जोवनको लगानी भयो जनयुद्धमा । तर, क्यान्टोनमेन्टमा बस्दा नै मैले धेरै भोगे“ । धेरै देखे“ । हेर्दाहेर्दै पार्टी बिग्रिएको । पार्टी बिग्रियो है † भनेर खबरदारी गर्दा टेढा आ“खाले हेरिएको । दुस्मन ठानिएको । जा“ड–रक्सीको साथमा भोजभतेर देखेको । नेताहरूको जीवन फेरिएको । ती पराइका हाकिमजस्ता हु“दै गएको । उठबस र खानपिन फेरि“दै गएको । खरिपाटी हु“दै पालुङटारसम्म फरक विचार राखेकै कारण निगरानी र अपमानको निरन्तरता जारी रह्यो । शिविरबाट निस्कने बेला पनि नमीठो व्यवहार भयो । मन कोक्याइरहन्छ सम्झ“दा । सहज लाग्दैन । पीडाबोध हुन्छ ।
दुई÷चार नेता बिग्र“दैमा, एउटा पार्टी बिग्र“दैमा त्यत्रो बलिदान र त्यागको जगमा बनेको सभ्यता र संस्कृति फेरिने कुरा हुन सक्छ ?
अहिलेसम्मको संसारको संस्कृति बनाएकोे बन्दुकले नै हो । त्यसैले त माक्र्सवादीहरू बल प्रयोगको सिद्धान्तलाई अस्वीकार गर्दैनन् । हामीले नेपालमा निर्माण गर्न खोजेको सभ्यता र संस्कृति पनि बन्दुककै हो । जहा“सम्म स्थायित्वको सवाल छ, आङ्खनो अदालत, सत्ता, सेना सबै विघटन गरिसकेपछि जनताले मात्रै बा“की कुरा थेगिदिनुपर्छ भन्ने पनि त भएन नि †
त्यही पीडाबोधले नया“ सेना बनाउने अभियानमा लाग्नुभएको हो ?
पीडाबोध मात्रै छैन । भावना छ । जिम्मेवारीबोध पनि छ । अधुरो रहेको नेपालको जनवादी क्रान्तिलाई पूर्णता दिन जिम्मेवारीबोधका साथ लागेका छौ“ ।
जनताचाहि“ नाम फेर्दै आइरहने नया“–नया“ पार्टीले बेच्ने सपना किन्ने र सधै“ ठगिइरहने नियतिबाट निस्कन नपाउने भए है ?
 जहानिया“ राणाशासन ढल्यो । पञ्चायत ढल्यो । राजतन्त्र गयो । यी भिन्न–भिन्न उपलब्धि प्राप्त गर्ने आन्दोलन नेपाली जनता एकजुट भएर लागेकैले सफल भएको हो । देश धर्मनिरपेक्ष भयो । संघीयता कसैले पनि अस्वीकार गर्न नसक्ने जबर्जस्त मुद्दा बनेर आयो । यो सबैले जनताको पेटचाहि“ नभरिनेरहेछ क्या π यही त समस्या भयो । परिवर्तनले व्यवस्था बदल्यो । नेता बदल्यो । पार्टी बदल्यो । सिंहदरबारमा फोटो बदल्यो ठालुहरूको । जनताको झुपडी बदलिएन । यो बदलाव बुर्जुवा बद्लाव भयो । यसले मुठीभर मान्छेको मात्रै हित गर्छ । त्यसैले त संघर्ष सकिएको छैन । जनयुद्धको आ“खाबाट र सर्वहारावर्गीय आ“खाबाट हेर्दा नेतृत्वको बद्मासीका कारण हाम्रा सपना हताहत भए । नेपाली जनताप्रति, नेपाल राष्ट्रप्रति प्रचण्ड, बाबुरामहरूको बेइमानीले सबै ध्वस्त बनायो । धोकाहरूको शृंखलामा दाहालहरूले महान् योगदान गरे । अघाएको जुकाजस्तो मैमत्त भएर हि“ड्न थाले । अनि जनता भोकभोकै पर्न थाले ।
माओवादीभित्र गल्तीको यो शृंखला कहा“बाट सुरु भयो भन्ने लाग्छ तपार्इंलाई ?
चुनवाङबाट भयो या कहा“बाट भयो समीक्षा गर्दै जाउ“ला । त्यो समीक्षा माओवादीभित्रका मान्छेले मात्रै गर्नुपर्छ भन्ने पनि छैन । जनताले यसको मूल्यांकन गर्नुपर्छ र फैसला पनि । सेनाको पुनःसंरचनाको कुरा थियो । राज्यकै पुनःसंरचनाको कुरा थियो । जनयुद्धमा दर्जना“ै योद्धाको हड्डीसमेत गायव पार्नेहरूलाई तक्मा दिएर फुली थपिएको छ भर्खरै । सेना समायोजन अपमानजनक भयो भन्दा मैमाथि त्यस्तो नीच व्यवहार भयो । सरकार प्रमुख बनेका महोदयहरू जनतालाई खाने, लाउने व्यवस्था बनाउन सक्दैनन् र भोकमरी लागेका जनताको घरमा हेलिकोप्टर चढेर पशुपतिमा भिक्षा दान दिएझै“ चामल बा“ड्दै हि“ड्छन् । यस्तो भएपछि उनीहरूले भनेको क्रान्ति पूरा हुन्छ रे † अनि उनीहरूले कहा“बाट गल्ती गरे भन्ने ? उनीहरूले गल्ती गरेका छैनन् । उनीहरूलाई त्यो तहको विश्वास गर्नु हाम्रो र नेपाली जनताको कमजोरी थियो ।
लडाइ“का दिन सम्झ“दा फनफनी घुम्दै आउ“छन् होला नि होइन ?
पिलीमा लडियो । लहानमा लडियो । बर्दियामा एउटा ठूलो टिम लिएर गएका थियौ“ । कमरेड जितले एउटा टिमको नेतृत्व गर्नुभएको थियो । मसहित सह–कमान्डर साथीले अर्को टिमको नेतृत्व गरेका थियौ“ । गणेशपुरमा कमान्डर ‘जित’ मारिनुभयो थुपै्र कमान्डर तहका साथीसहित । हेर्नाेस् त त्यत्रो बलिदान खोलाको पानीभन्दा सस्तो बनाए र बेचे दाहालहरूले । अर्घाखा“ची भिडन्तमा केही नोक्सानीका बाबजुद ठूलो उपलब्धि हासिल भयो । गण्डक अभियान अघि म सेनामा कमिसार थिए“ । सोही अभियानका क्रममा कमान्डरको जिम्मेवारीमा आए“ । स्याङ्जाको मनकामना भिडन्तमा घाइते भए“ । यस्ता कति घटना छन् कति जसलाई चाहेर पनि बिर्सन सकिन्न ।
त्यही स्याङ्जाको मनकामनामा होइन, बाबुराम भट्टराई घाइते भएको भनिएको ?
खोइ ? एसडी मुनीको भान्सा मनकामना भन्ने भारतको कुनै ठाउ“मा थियो र त्यहा“ ठेस लागेर बाबुराम घाइते भएको भए हामीलाई थाहा हुने कुरै भएन । त्यो त उतै भारतमा भात–भान्सा चलाउनेहरूलाई थाहा होला । हामी त्यहा“ छैटौ“ डिभिजनका साथीहरू थियौ“ । सह–कमान्डर म थिए“ । अन्य ब्रिगेड कमान्डर साथीहरू हुनुहुन्थ्यो । हाम्रो ठूलै टिम घाइते भएको थियो ।
नेकपा–माओवादी गठन गर्दै पुष्पकमल दाहालविरुद्ध प्रश्न उठाउनुभयो ? अर्काको विरुद्ध प्रश्न उठाएर आफू क्रान्तिकारी भइन्छ ?
बेइमानी र फट्याइ“विरुद्ध प्रश्न गर्नु त्यस्ता प्रवृत्तिविरुद्ध विद्रोह गर्नु पनि हो । खराबहरूविरुद्ध प्रश्न उठाउनु र तिनको विरुद्ध संघर्षको घोषणा गर्नु क्रान्तिकारीको पहिलो काम हो र हामीले त्यसो ग¥या“ै । दोस्रो, क्रान्तिकारी पार्टी निर्माणको दिशामा केन्द्रित रहेर हाम्रो पार्टीको महाधिवेशन हु“दै छ र महाधिवेशनले पार्टीको क्रान्तिकारी कार्यदिशा तय गर्छ ।
महाधिवेशनपछि चाहि“ लडाइ“को तयारी गर्ने रे है तपाईंहरूले ? त्यसैका लागि तपार्इंलाई डेपुटी कमान्डर बनाएर सैन्य संरचना बनाइरहेको छ रे माओवादीले ?
मैले सुरुमै पनि भने“ माक्र्सवादलाई सा“चो अर्थमा ग्रहण गर्नेहरूले सशस्त्र संघर्षलाई कहिल्यै पनि इन्कार गर्दैनन् । जानुपर्ने भयो भने खुसुक्क जाने कुरा भएन । भनेरै जान्छौ“ । यो दमनको पृष्ठभूमि तयार गर्ने मनसायले मच्चाइएको हल्ला हो भन्ने कुरा जोडदार ढंगले राख्न चाहन्छु । मलाई नै थाहा नदिई सैन्य संरचनाको डेपुटी कमान्डर बनाइदिने महोदयहरूलाई भेट्ने रहर छ ।
from Jana Ashtha

No comments:

Post a Comment