Friday, October 5, 2012

चार लडाकू महिला सेनामा अधिकृत बन्दै

अधितृक मापक तालिममा ७१ कमाण्डर पास

७ असोज, काठमाडौं । नेपाली सेनाविरुद्ध थुप्रै मोर्चामा युद्ध लडेका चार जना महिला लडाकू यतिबेला नेपाली सेनाको अधिकृत बन्ने अन्तिम तयारीमा छन् । नेपाली सेनाले लिएको अधितृक मापक तालिमको परीक्षामा पास भएका ७१ लडाकूमा चार महिला छन् ।
पूर्व व्रिगेड सहकमाण्डरद्वय विमला लामा, शशीकला भट्टराई, कम्पनी कमाण्डर मिना बस्नेत र बटालियन कमाण्डर मनकुमारी राईले अधिकृत मापकको तालिम पास गरेका हुन् । उनीहरुको मेडिकल जाँच पनि दिइसकेका छन् । अब अन्तरवार्तामा पास भएपछि उनीहरु सेनामा कम्तिमा अधिकृत हुने छन् ।
‘हामीले शिविरमा बसेदेखि नै नेपाली सेनामा समायोजन हुनु पर्ने माग गरेका थियौं । लामो समयको शिविरको बसाई र प्रतिक्षापछि सेनामा जाँदैछौं । निकै खुसी लागेको छ’-अधितृक मापक तालिममा पास भएपछि मेडिकज जाँच दिएकी पूर्व व्रिगेड सहकमाण्डर विमलाले टेलिफोनमा अनलाइनखबरसँग भन्नुभयो ।
पहिले लडाकूका रुपमा परिर्वतनका लागि लडेको भन्दै उहाँले अब नेपाली सेनामा रहेर देश र जनताका लागि काम गर्ने बताउनु भयो । ‘पहिले परिर्वतनका लागि लड्यौं । देशमा गणतन्त्र आयो’ उहाँले भन्नुभयो-’अब नेपाली सेनामा रहेको देश र जनताको सेवा गछौं ।’ पूर्व व्रिगेड सहकमाण्डर विमलाले लडाकूबाट सेनामा जान पाएकोमा आफूलाई गर्व रहेको बताउनु भयो ।

५७ सालदेखि माओवादी लडाकूमा सक्रिय विमला सुरुमा पहिलो डिभिजन इलाममा हुनुहुन्थ्यो भने पछिल्लो समय दोस्रो डिभिजन दुधौलीमा । यस्तै शशीकला पनि पहिलो डिभिजनमा नै हुनुहुन्थ्यो भने मनकुमारी तेस्रो र मिना चौथो डिभिजनमा हुनुहुन्थ्यो ।

अधिकृत भन्दा तल्लो तहमा भने १ हजार ३ सय ८८ लडाकू समायोजनमा जाने भएका छन् । अहिले उनीहरु तालिममा जानु अघि ४५ दिने घरविदामा छन् ।
from online khabar

No comments:

Post a Comment