Monday, May 13, 2013

आदिवासी जनजातिको नेतृत्व कुमाललाई

काठमाडौँ- चितवनको सौराहामा भएको आदिवासी जनजाति महासङ्घको आठौँ राष्ट्रिय महाधिवेशनले तीन वर्षीय कार्यकालका लागि नगेन्द्र कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। महास‍ंघको उपाध्यक्षमा तराईतर्फ राम अवतार मण्डल, हिमालतर्फ डण्डु शेर्पा, पहाडतर्फ सुर्यबहादुर भुजेल, भित्री तराईतर्फ तपिया दराई, महिलातर्फ रोश्नी मेचे निर्वाचित भएका छन्।

त्यसैगरी महासचिवमा पेम्बा गुरूङ भोटे र कोषाध्यक्षमा जगतबहादुर बराम विजयी भएका छन्।

सचिवमा हिमालमा गणेशलाल थकाली, पहाडमा यमबहादुर चेपाङ, तराईमा ध्यानी उराव, भित्री तराईमा चिनिमायाँ माझी र महिलामा यशोधा चौधरी निर्वाचित भएका छन्।
from Nagariknews

No comments:

Post a Comment