Friday, May 31, 2013

नारायणकाजी श्रेष्ठविरुद्ध प्रचण्ड र बाबुरामको तीर

शुक्रबार १७ जेष्ठ, २०७०
कृष्ण ढुंगाना
काठमाडौं — एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गणतन्त्र दिवसको अवसरमा बिहीबार साँझ आयोजना गरेको चियापान कार्यक्रममा आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहालको सचिवालय टोलीलाई कार्यक्रमस्थलमा निषेध गरिएको छ। अध्यक्ष दाहालसँगै हरिसिद्धिस्थित श्रेष्ठ निवास पुगेका पुत्र प्रकाश दाहाल, सचिवालय प्रमुख एवम् एमाओवादी केन्द्रीय सदस्य सन्तु दराई, निजी सचिव चुडामणि खड्का तथा प्रेस संयोजक शिव खकुरेललाई प्रवेश रोक लगाइएको हो।चियापानका आगन्तुकलाई स्वागत गर्ने मुख्य द्वारमा रहेकी नारायणकाजी श्रेष्ठकी सहयोगी सुसन कर्माचार्यले उनीहरुलाई निषेध गरेको अध्यक्ष पुत्र दाहालले फेसबुक स्ट्याटस राख्दै बताएका छन्।

'गेटमा बसेकी नारायणकाजीकी पिए सुसनले तपाइँहरुलाई इन्ट्री छैन भनेपछि जबरजस्ती गर्ने कुरा भएन', दाहालका एक सहयोगीले शुक्रबार बिहान नागरिकन्युजसँग भने- 'त्यसपछि हामीभित्र प्रवेश गरेनौं।'

'सुसन कर्मचार्यको क. परवाना र क. चुणमणिलाई गेटबाटै प्रवेश नदिनुको हैसियत के हो? अध्यक्ष पुत्र प्रकाशले आक्रोस पोख्दै फेसबुक स्ट्याटस लेखेका छन्- 'सुसनको के भूमिका थियो? अहिले पार्टीमा उनीहरुको हाउभाउ बढ्दा बलिदानी गरेकाले आवाज उठाउनु परेकै हो। नारायणकाजीले जवाफ दिनुपर्‍यो।'

चियापानमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल, पूर्व प्रधानमन्त्रीहरु सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सहितका नेताहरु सहभागी थिए।

नारायणकाजीकी सहयोगी सुसन कर्माचार्यले भने चियापन पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा कुटनीतिक नियोगका प्रमुखहरुलाई निम्ता गरिएको बताइन्। 'एमाले अध्यक्ष आउँदै हुनुहुन्थ्यो त्यही बेलामा प्रकाश भाइ आइपुगे', नागरिकन्युजसँग कुरा गर्दै उनले भनिन्- 'मैले असाध्यै सद्भावपूर्वक एकछिन है भनेर अध्यक्ष खनाललाई प्रवेश गराउन खोजेँ उहाँ रिसाएर फर्किनु भयो।'

कुनै बेला अध्यक्ष दाहालले आफ्नै पहलमा नारायणकाजी श्रेष्ठलाई उपाध्यक्षको पोर्टफोलियो सहित पार्टी एकीकरण गराएका थिए। हेटौंडा महाधिवेशनमा प्रतिनिधि छनौटको बेला नारायणकाजीलाई साथ लिएर दाहालले भट्टराईलाई तल पारे। सो समयमा भट्टराई पक्षधरहरुले दाहालप्रति मौन रहँदै नारायणकाजीमाथि खनिएका थिए। नारायणकाजीलाई आलोचना गर्ने सो क्रम अझै रोकिएको छैन। खासगरी बाबुराम भट्टराईले गरेको विप्पा लगायतका सन्धिमा नारायणकाजीले असहमति जनाउँदै राष्ट्रियताको मुद्दा उठाएपछि भट्टराई पक्ष अझ चिडिएको थियो। यही सन्दर्मा भएको हिजोको घटनामा पनि भट्टराई पक्षीय कार्यकर्ताले समेत नारायणकाजीप्रति सामान्य शिष्टता पालन गर्न छाडेका हुन्। महाधिवेशनमा प्रतिनिधि छनौटमा नारायणकाजीलाई उपयोग गरे पनि पछिल्लो समयमा दाहाल भट्टराईसँग नजिक छन्।

प्रकाश दाहालले फेसबुकमा यस्तो लेखे

जनयुद्ध र जनआन्दोलनमा ज्यानको बाजी लगाएर हिँड्ने सिपाहीलाई प्रवेश निषेध गरेर गणतन्त्र दिवसमा लाखौं खर्च गरेर नौटंकी गर्नुको मज्जा नै बेग्लै। माफ गर्नुस्, सुसन कर्मचार्यको क. परवाना र क. चुणमणिलाई गेटबाटै प्रवेश नदिनुको हैसियत के हो ? सुसनको के भूमिका थियो ? अहिले पार्टीमा उनीहरुको हाउभाउ बढ्दा बलिदानी गरेकाले आवाज उठाउनु परेकै हो। नारायणकाजीले जवाफ दिनुपर्योह।
from nagarik

No comments:

Post a Comment