
राजनीतिमा नेतृत्वको उमेर मानक हो कि योग्यता ? पार्टी नेता कार्यकारी पद दुई अवधि नै काफी हो कि सास फेरुञ्जेल? राजनीतिमा पार्टी नेतृत्व उमेर महत्त्वपूर्ण हो कि उसको विचार, नीति र काम ?
नेकपा (एमाले), माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) मा त झन शक्तिशाली र स्वायत्त भनिएका ‘अनुशासन आयोग’ नै छन् भने नेपाली कांग्रेसको ‘अनुशासन समिति’।
आयोग होऊन् या समिति, दलहरू भने संगठनात्मक होस् या नैतिक बेथितिको दलदलमा फसेका छन्। दलका शीर्ष नेता होऊन् या मझौला नेता, आर्थिक, सामाजिक र नैतिक आँखाले हेर्दा ‘बदनाम’ छन्।
काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले ११–१३ पुसमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने तय गरेको छ। महाधिवेशन नजिकिँदै गर्दा प्रश्न उठ्न थालेको छ-अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्लान् ? यसैपालि नगरे पनि उत्तराधिकारको विधिसम्म त बनाउलान् कि ?
नेपालको चार दिने भ्रमणबाट एमसीसी उपाध्यक्ष फतेमा सुमार फर्किएको अर्को दिन २८ भदौमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले राजधानीमा अमेरिकी सहयोग एमसीसीविरुद्ध सभा गर्यो। उक्त सभाबाट संसद्मा सामेल नभएका नेपालका वामपन्थी दलका नेताले पनि एमसीसीको विरोध गरे।
काठमाडौं। घरहरू पुसमा हुम्लाको कुनै गाउँको ‘मौरीघार’जस्तै देखिन्थे।
जुन घरबाट बेलाबखत भने मानिसहरू भित्रबाहिर गर्थे। सडकमा गाडी पनि आक्कलझुक्कल मात्र गुड्दै थिए। घर अगाडिका पार्किङ पनि आधाउधी त खाली नै थिए।
एकान्त काराबासरत कमरेड गोञ्जालोले शनिवार ‘गुडबाई’ गरे ।
रोल्पा/रुकुमजस्ता नेपालका दुर्गम गाउँ र बनपाखामा कुनै बेला गीत भएर उनै गोञ्जालो गुञ्जिए । मुख्य गीत थिए, रक्तिम परिवारका जीवन शर्माहरुले गाएको ’ओ याङ्की गो होम, डर्टी याङ्की गो होम, हाम्रो रातो झण्डा पेरूमा फर्फराउँदै छ’ र सामना परिवारका ध्रुव ज्ञवालीले गाएको ‘झुकेनन् ती टर्कीमा, झुकेनन् ती पेरुमा, न झुके ती सिस्ने हिमालमा…।’
नवीन विभास
२०७८ भदौ १९ शनिबार ११:००:००
खडेरी परेपछि देउखुरी उत्तरमजगाउँका बठिन्या (अविवाहित थारू महिला)सहित सजना गाउन माहिर महिला पुरुष–पहिरन पहिरिन्छन् । सजना गोडाले छिमेकी गाउँ (वनगाउँ वा घुम्ना वा भैसकुर्मा वा सिर्गाउँ वा टिक्लिगर) पुग्छन् । तिनले हलो चोर्छन् । त्यसपछि गोरु । गोरु लिन नपाए लोग्नेमानिस साथ लिई फर्किन्छन् ।त्यसपछि ? रातमा ककन्डार(थारू गाउँको मूली, जसलाई भलमन्सा, मटवाँ र बड्घर पनि भन्छन्)को आँगनमा ‘उल्टो हलो’ जोत्छन् । जोत्ने महिला नांगै हुन्छन् ।
इराकमा अपहरणमा परी १२ नेपाली युवा मारिएको १६ भदौमा १७ वर्ष पुगेको छ तर ती युवाका परिवार र आफन्तजनका आँखा अझै ओसिला छन्। सरकारले इराक जान प्रतिबन्ध लगाए पनि हत्केलामा ज्यान राखेर सुख खोज्दै जाने क्रम रोकिएको छैन बरु अन्य देश र महादेशसम्म पुग्ने लर्को बढ्दो छ।
कालो अनुहारको अर्धकदे सालिक। सालिकका छिमेकी छन्- गणेश, शिव र सरस्वती मूर्ति बसेका सानो मन्दिर अनि अलि तल खोलाकिनारमा टीकाभैरव मन्दिर।
घुरिन्भीरको घोङ्रेरूखमा घाम लागेपछि जैपा गाउन थाल्छ । रोल्पाको सुदूर गाउँ हो जैपा । अनि घोङ्रेरूख त्यहाँको घडी । भीरको टाउकोमा घुङ्रिएको रयाजको त्यो बूढो रूखमा घाम लाग्नु नै दिनको दोपहर हुनु हो ।
जैपाले भाका हाल्नुअघि एक वृद्ध पिठ्युँमा घुम बोक्छन् । कोलो र घाँट लिएर भकारामा पुग्छन् । कोले गाईको गलामा कोलो र घाँरे बाख्राको गलामा घाँट झुन्ड्याउँछन् । गाई/बाख्राका गति–संगीतमा तिनै कोलो र घाँट गीत बन्छन् । बीचबीचमा र्याप हानेजसरी गाई र बाख्राले गीतमा गला गाँस्छन् । पिठ्युँमा घुमवाल बूढो पाइलालाई गाई/बाख्राले पछ्याउँछन् भने तिनलाई एउटा फुच्चेले । यसरी प्रत्येक भकाराबाट वस्तुभाउ बाहिरिँदा रोल्पाको बरै, उत्रा, फाँक, ख्यालीजस्ता रैथाने गीत गुन्जन्छ ।
कोरोनालाई कोर्रा कसले लाउला ? कोरोनाकालीन जारी मन्थनमा तीतेपाती पनि सहभागी छ । भलै तीतेपाती मन्थन सायदै सुनिएको किन नहोस् । तीतेपाती गन्थन गर्न‘अघि भने एकैघरी २०४६ तिर फर्कनु छ । यसको कारण मेरो बालापनको सम्झनासँग सम्बन्धित छ । तीतेपाती सिउरिँदै घर(रोल्पाको जैपा)बाट घोराही र घोराहीबाट घर पुगेको सम्झना । घोराहीबाट फर्कंदा हटारु, कालापारे र लाहुरे हुलसँग खच्चर र घोडाका लस्कर पछ्याउँदै हिँडेको याद ।