Saturday, November 8, 2008

बेताल बेताल जिन्दगी

इश्माली सरको फोन आएको थियो । अनुवादको लागि मेरो कथा छनौट भएको र तुरुन्त दिन ताकेता गर्नुभयो । पत्रकारिता मेरो करिअर होइन । रोटी मात्र हो । आफ्नो पहिचान खोज्ने काम लेखनबाटै गर्छु भन्ने थियो । छ पनि । रोटीका समाचारले बचाउने केही समय मात्र हो । दीर्घकाल होइन । तर त्यै रोटीकै पछि लागेर जीवनका सबैभन्दा उर्बर याम पोखिइरहेको छ । सायद मेरो जस्तै अरु मेरा साथीहरुको पनि । महिनौं बितिसक्यो केही लेखेको छैन । अचेल त लेखकहरुले पनि कार्यक्रममा बोलाउन छाडिसके । नेत्र एटम सर भन्दै हुनुहुन्थ्यो ुहामीलाई गाह्रो भयो अब कुनै किताब त निकाल्नै पर्छ । नत्र तपाईं पनि लेखक हो कथाकार हो भनेर भन्न गाह्रो भइसक्यो ।ु उहाँकै करले ६५ भित्र कथाको एउटा कलेक्सन निकाल्ने बाचा बाँधेर दसैअघि छुटेको थिएँ । त्यसको लागि पुराना कथा खोजें । मसँग भएका पनि । तर धेरै त मलाई चित्त बुझेनन् । तिनलाई सम्पादन गर्न मन छ । केही नयाँ पनि लेख्न भनेर सोचेको छु । तर लेखन भएको छैन । पटक्कै भएको छैन । समय नभएको पनि होइन समयको व्यवस्थापन गर्न नसकेको मात्र होला । किनभने कस्ता कस्ता व्यस्त मान्छेहरुले पनि लेखिरहेका छन् । उनीहरुको जीवनशैली व्यवस्थित छ । तर मेरो त एकदमै जिक्ज्याक छ । बिकलकुल जिक्ज्याक । कथा खोज्ने र तिनलाई उन्ने कुरा नभएपछि नेत्र सरलाई फोन पनि गरेको छैन । भाग्दै हिडेको छु । थाहा छैन कहिले माकुरी जालमा पर्छु कुन्नि युवराज नयाँघरे दाइले हिजो फोन गर्नुभएको थियो । ुसमकालीन नेपाली द्वन्द्व निबन्धुका लागि मेरो ुअनाथालयका नानीु निबन्ध छनौट भएको जानकारी दिनुभयो । तर मैले त्यसलाई सम्पादन गरेर मात्र राख्न भनें । त्यसलाई सम्पादन गर्ने पनि कसरी कुराकानी भएको छैन । एकपालि छलफल गरेर सम्पादन गर्छु । अव्यवस्थित जिन्दगीको जीवन-डुंगा बेतालसित गुडिरहेको छ । कहिलेकाहीँ त यस्तो नि लाग्छ यार कहाँ हो यसको गन्तव्य आफै पनि बक्क पर्छु । आफ्नो करिअरको लागि आफूलाई खर्चने याममा रोटीको लागि फनफनि घुमेको जिन्दगी देखेर मन हतास हुन्छ । निम्न वर्गीय किसान परिवारको सदस्यको लागि यो भन्दा फरक जीवन के हुन सक्छ होला र होइन समाचारको पुच्छर समाउन दौडियो बेतालसित । कहिलेकाहीँ त लाग्छ समाचार नै नभए हुँदो हो कस्तो यो मुलुक

No comments:

Post a Comment