Sunday, November 9, 2008

ब्लग र फेसबुकसँगका साँझ

अचेल अबेर फर्कन्छु डेरा । विमल आएको छैन । डेरा पनि अव्यस्थित छ । आठ कक्षा पढ्न थालेदेखि डेरामा बसेको जिन्दगी डेरामै छ । थाहा छैन कहिलेसम्म हो । तर यति लामो डेरा बसाइबीच पनि डेरालाई कहिल्यै व्यवस्थित गर्न सकिनँ । मलाई थाहा छैन म नै अव्यवस्थित हँु या मेरो डेरा साथीहरु गाली गर्छन् । डेरामा छरिएका किताब देखेर हकार्छन् । अव्यवस्थित जिन्दगीका पानाहरु जता पल्टिए पनि उस्तै हुँदारहेछन् । लिबाङ आएँ । उस्तै । नुवागाउँ गए । उस्तै । चुनबाङ गएँ । उस्तै । दाङ झरें क्याम्पस पढ्न । त्यहाँको डेरा पनि उस्तै । र अचेल छु काठमाडौंमा । यहाँ पनि उस्तै । डेरामा मेरो कम्प्युटर कीराले सत्यानाश पारेको छ । अचेल त अन गर् यो कि झिमिझिमिक गर्छ । अस्ति स्कान गर्न खोजेको दुई हजारको हाराहारीमा कीरा भेटिए । अब के गर्ने कीरा मार्ने हालौं नेट छैन । के गर्ने के गर्ने भएको छ । हिजो पनि चाउचाउले रात काटियो । आज पनि अफिसमै चाउचाउ पकाउन लगाएँ । अनितालाई भनेको थिएँ -चाउचाउ नखाऊ है मेरी साथी । स्वास्थ्यको लागि हानिकारक छ । तर अचेल आफैले चाउचाउ खाइरहेको छु । थाहा छैन मैले चाउचाउ मैले खाइरहेछु या चाउचाउले मलाई । अँ भन्दैथिएँ मेरो साँझ अचेल खासगरी समाचार लेखिसकेपछि हुन्छु फेसबुकमा । नयाँ नयाँ साथीहरुसँग आफ्ना अनुभूति साट्न पाउँदा अर्कै अनुभूति हुन्छ । शनिबार मात्र फेसबुकसम्बन्धि स्टोरी झन नयाँमा सहकर्मी प्रमिलाजीले लेख्नुभएको थियो । सायद यसको चाप झन बढ्ला । अँ फेसबुमा धेरै नयाँ साथीहरुसँग कुराकानी गरें । सीमा दाहालसँग लामो कुराकानी भयो । विज्ञान संकायबाट स्नातकको फाइनल दिएर बसेकी रहिछन् । अनामनगरकी सीमालाई लेख्न रुची रहेछ । पत्रकारितातिर पनि उनको रुची रहेछ । केही लेखेको र छाप्न मन लागेको बताइन् । उनीसँगको कुराकानी रमाइलो भयो । दिउँसो गुणराज लुइँटेल दाइसँग पनि कुराकानी भयो । रोल्पामा दैनिकीको लागि चाहिएको छ कि भनेर सोधें । अहिले मिलाइरहेको बताउनुभयो । हिजो कथा सम्पादन गर्दै थिएँ । तर जाँगर चलेन । के भो के भो । आज कभर स्टोरीका लागि एउटा समाचार बनाउँदैथिएँ तर अर्को गर्नुपर् यो । संयोग त्यो स्टोरी पनि मेरै थियो । सशस्त्र समूहहरु सरकारसँग वार्ताका लागि सम्पर्कमा आएको समाचार थियो । मुश्किलले शान्तिमन्त्री प्रभाकरको कोड लिएँ । सम्पर्कसूत्रलाई ५० हजार दिने समाचार सायद खगेन्द्र पन्तले लेख्नुभएको थियो त्यो समाचारले फायर भएका रहेछन् । त्यसले धेरै अप्ठेरो पारेको बताए । खासमा उनीहरुलाई दिने नभई सम्पर्कका लागि चाहिने खर्चपर्च रहेछ । सम्पर्क बारम्बार भइरहेको कुरा गरे । समाचार लेखेपछि केही दिनयताका साँझजस्तै फेसबुक र ब्लगमा लागें । मेरा पाठक ! साँच्ची तपाई्रका साँझ कसरी बितिरहेछन् हँ मेरा साँझ फलदायी हुने गरी बितिरहेछन् या नाई मलाई नै थाहा छैन ।

No comments:

Post a Comment