Wednesday, November 5, 2008

थ्यांक्यू अनिता

हाइस्कुलकी मेरी साथी । धेरैपछि दसैमा घर जाँदा भेटिएका थियौं धेरैपछि । कुरैकुरामा मैले मोबाइल हराएको कुरा गरें । यसै रिन उसै रिन बूढी भैसी किन भने झैं मोबाइल किनेको कुरा पनि गरें । र सारा सन्तुलन बिग्रेको कुरा पनि गरें । कतिखेर भनें कुन्नि रिनको कुरा गरेछु कुरैकुरामा । अचेल साँझपख धेरै बेर फोनमा कुरा गर्नु नियमीतजस्तै भएको । कुरैकुरामा उसले भनी -मैले पठाइदिउँ ऊ पनि मजस्तै हो नि घरदेखि टाढा बस्छे धनगढीमा । मेरोजस्तै सानो जागिर छ । भन्दैथिई -मैले पैसा घरमा दिनुपर्दैन । मलाई ठीक्क हुन्छ । तर यहाँ मलाई आठ नौ सयले नै महिना पुग्छ । खर्च त्यति हुँदैन । मेरो कोठभाडा नै तीनहजार भन्ने सुनेर तीनछक्क परेकी थिई । अँ भन्दैथिएँ उसले पैसा पठाइदिने कुरा गरी । ओरालो भेटे पानी त स्वाभाविकरुपमा बग्ने नै भयो होइन अँ भनेछु । नॊेभेम्बरमा बुझेकी रहिछ तलब । भनी -६ हजार पठाइदिन्छु । कहाँ राष्टिय बाणिज्य बैंकमा पठाई । छठ पर्वका कारण अस्ति पठाए पनि आज लिन गएँ । बानेश्वर भनेपछि पुरानो बानेश्वर पुगें । रहेछ नयाँ बानेश्वरमा । पट्यारिलो लाइन बसेर ती कर्मचारीको काम गर्ने शैली देखेर झण्डै बान्ता आयो । ग्राहकका काम गर्ने भनेपछि गला नै रेटिएजस्तो ठान्ने ती कर्मचारी देखेर वाक आयो । ती बूढी बूढी खालका तीनवटी च्यारच्यार मात्र गर्ने काम पनि नगर्ने । झण्डै एक घण्टापछि काम भयो । दुई सय कमिसन काटेर ल्याएँ पाँच हजार आठ सय । पाएपछि साथीलाई फोन गरेर धन्यवाद दिएँ । भनें -धन्यवादमा रिस पनि मिसिएको छ है । सुनेर खित्का छाडेर हाँसी र भनी -के पैसा दिने हँुदो त्यै पैसा खोज्नमै पैसाको सत्यानाश भइसक्यो है । भन्दैथिई -मलाई ब्याज चािहंदैन । मैले भनें -केको ब्याज भन्छ्यौ साथी सावा पनि के कसो हो लाष्टमा धन्यवाद दिदै भनें -कोई जुगमा कमाइयो भने तिरम्ला है । थाहा छैन अनिताको रिन कहिल्यै फर्काउँछु जहिले तिरे पनि अप्ठेरोमा सघाउने तिमीलाई धेरैधेरै धन्यवाद है ।

No comments:

Post a Comment