Wednesday, November 19, 2008

दोबाटोमा

दाङबाट टीकाराम उदासीले फोन गर्नुभएको थियो । रेडियो मध्यपश्चिमको स्टेशन म्यानेजर छाड्नेबारे राय माग्नुभयो । कलेजमा पढाउँदै सिर्जनामा कि्रयाशील एउटा स्रष्टाको लागि स्टेशन म्यानेजर घाँडो नै थियो । मलाई यस्तै लाग्यो । त्यसैले उहाँको छाड्ने निर्णयलाई स्वाभाविक प्रतिकि्रया दिएँ । धेरै भयो केही लेख्न सकेको छैन । समाचारको पछि लाग्दालाग्दै दिन बितेका छन् । जीवनका अनुभूतिलाई सुरक्षित गर्ने कतै पनि पदचाप सुरक्षित छैनन् । भातको पछि लाग्दालाग्दै अनाम काठमाडौंमा आफैसँग अनचिनार भएजस्तो लाग्न थालेको छ । कुनै याममा सोचेको थिएँ लेखनमै आफ्नो पहिचान बनाउँछु । तर भातको पछि लागेर त्यो बाटो कताकता भुलेजस्तो लाग्न थालेको छ । केही दिनअघि पोखरामा धेरै लेखकहरु भेटिए । आफ्नो परिचय बनाएकै त्यै लेखन थियो मेरो । मलाई जतिले चिनेका थिए लेखनबाटै थियो । सबै लेखकहरुको एउटै प्रश्न थियो -खै लेखेको जबाफमा चार पैसाको दाँत देखाएर फिस्स हाँस्नुबाहेक अर्को उत्तर थिए मसँग । भातको पछि दगुर्दादगुर्दै रोजेको त्यो बाटो नै कहाँ छाडेछु कहाँ । टीकाजीको फोनपछि भात र आफूले रोजेको बाटोको दोबाटोमा मन पनि दोबाटोमै उभिएको छ- मैले भात रोजूँ कि मैले रोजेको बाटो कन्फ्युजमा छु -कुन बाटो हो मेरो भात हो या

No comments:

Post a Comment