अस्तिको दिन मेरो जीवनको लागि सुखद् रह्यो । बिहानै नयाँ पत्रिका लिएर भित्र पस्दा अनौठो अनूभूति गरेको थिएँ । कारण थियो -नेपाली पत्रकारिताको इतिहासमै सबैभन्दा पहिले नयाँ पत्रिकाले रिपोर्टरको फोटोसहित समाचार छापेको थियो ।
संयोग ! त्यो मेरो समाचार परेको थियो ।
पत्रिका पल्टाएर बसेर के समाचार हेर्द्रै टिभी पनि अन् गरें । 'बाराक ओबामा' अमेरिकी राष्टपतिमा विजयी ।' अफि्रकी मूलको पहिलो राष्टपति ओबामा । ५२ प्रतिशत भोट प्राप्त । कान्तिपुर टीभीको स्कोरलमा दिइरहेको थियो । झसंग भएँ । एकछिन त होइन कि जस्तो लाग्यो । चुनावको दिन मात्र नयाँ पत्रिकाले विश्वप्रकाश शर्माको समाचारलाई दोस्रो समाचारको रुपमा छापेको थियो -अधिकांश नेपालीको भोट ओबामालाई । केही दिन अघि मात्र म पनि ओबामाको समर्थकको सूचीमा सामेल भएको थिएँ । ओबामाले जित्ने कुरामा मेरा केही शंका थिए । सबैभन्दा पहिलो त थियो -अमेरिकीहरु छालाप्रति हदैसम्मको संवेदनशील छन् । त्यसैले अल्पसंख्यक काला जातिका ओबामालाई भोट दिने छैनन् । दोस्रो कारण पनि थियो -पछिल्लो चरण काला र गोराका कित्ताबन्दी हुँदैथियो । बुसका विदेशमन्त्री कोलिन पाबेलले विपक्षी दलका ओबामालाई समर्थन गरेका थिए । जसले कित्ताबन्दीलाई अझ बल दिएको आभास हुन्थ्यो । त्यसो ओबामाका केही प्लस कुरा पनि थिए । ती थिए अमेरिकामा आप्रवासीको संख्या बढ्दो । उनी आप्रवासीको आँखामा थिए । यसैगरी अमेरिकामा छाएको आर्थिक मन्दीलाई पनि बुस नीतिको असफलतासँग जोडेका थिए । त्यसैले पनि त्यो उनको लागि प्लस प्वाइन्ट थियो । अर्को कुरा इराक युद्ध पनि बुसको सनकका आधारमा भएकाले त्यसको विकल्पमा ओबामालाई रोजेका थिए । त्यसैले उनको पल्ला भारी थियो । तर युगौंदेखि छालाप्रति हदैसम्मको दूरीले ओबामाको विजयलाई पचासपचास गरेको थियो । अँ भन्दैथिएँ ओबामा विजयी भएको स्क्रोरलमा दिइरहेको थियो । ओबामाको एकजना समर्थकका लागि यो भन्दा खुसी कुरा के हुनसक्छ होइन कि जस्तो पनि लाग्यो । अरु च्यानल पनि घुमाएँ । एकछिन पछि कान्तिपुरले नै मुख्य समाचारको रुपमा प्रसारण गर् यो -ओबामा विजयी । उनको समाचार सम्पूर्ण दबाइएका जातिका लागि सबैभन्दा सुखद थियो सायद । ओबामासँगै आएको नयाँ पत्रिकाले त्यो दिनलाई सुखद बनायो । कति होलान हँ यस्ता दिनहरु जो आउलान् ओबामासँगै आउलान् नयाँ पत्रिका । म ती दिनको प्रतीक्षा गरिरहने छु । सायद जीवनको अन्त नहुँदासम्म ।
No comments:
Post a Comment