Sunday, December 6, 2009

११ नम्बर गाडी


जापानी हुन् या कोरियाली महिला पर्यटक सर्वोच्च अदालतअगाडिको बाटोमा मस्तराम िहंड्दै

अव्यवस्थित सडक। सडकको क्षमताभन्दा बढी गाडी। प्रदुषण। यी सब देख्दा हप्तामा एकपालि 'बन्द' भए हुँदो होजस्तो लाग्थ्यो। बन्दमा कमसेकम सडकमा आफूखुसी िहंड्न त सकिन्छ।

नेपाल बन्द, आज। कैलाली, डुडेझारीमा प्रहरीले सुकुम्बासी मारेको विरोधमा माओवादीद्वारा बन्द।

एघार नम्बर गाडीमा नयाँ बानेश्वरबाट कारखाना(अफिस) आउँदा मज्जा लाग्यो। आज खोला तर्न बाह्र बजेको छैन। नत्र त खोला तर्न यति गाह्रो कि! न ट्राफिक न बटुवाले जेब्रा क्रसिङबाट नै तर्छन्। तीनपानेको तालमा चलाउने डाइभरको के भर?


एघार नम्बरबाट नै कारखानातिर िहंडेँ। नयाँ बानेश्वर चोकमा भेटिए, आधा दर्जन माओवादी सभासद्। बैतडीकी रेणु चन्ददेखि दाङका शिवराज गौतम र उदयपुरे रामबहादुर थापासम्म। बन्द गराउन आएका हुन् या रामचाउन(हेर्न)? सोधिनँ।

दुईचार फोटो खिचेँ।

चोकमा मजदुर महिला 'नेपाल बन्द' लेखिएको ब्यानरअगाडि बसेका छन्। छेउमा छन् ससाना भुराभुरी। उतिसारो बन्दधारी देखिएनन्। चोकको मास्तिर एक हुल बन्दधारीले मज्जाले बदाम खाँदैथिए। उनीहरुको छेवैमा पुस्तक/पत्रपत्रिका पढ्नेहरुको भीड।

सडकमा गाडीको साम्राज्य चलेको बेलाजस्तो पछाडिबाट खायो कि अघिबाट आयो कि भन्ने जगजगी छैन। त्यसैले मान्छेहरु असनमा साढे िहंडेजसरी िहंडिरहेछन्।

चोकबाट कारखानातिर लागेँ। एभरेष्ट होटलनेरको उकालोमा एउटा साइकलवालले रिक्सा ठेल्दै आइरहेको एक पोज खिचेँ। बबरमहल पुलनेर पुग्दा एउटा लोर्के छोरासित एक कुइरे मामाको जोडी नयाँ बानेश्वर हान्निरहेका भेटिए।

यसबीचमा पुलिसको भ्यान हान्ने राङा बारीमा कुदेजसरी घरी नयाँबानेश्वर घरी माइतीघर कुद्यो। सडकमा मस्तराम िहंडिरहेका बटुवालाई पुलिसका भ्यानले घरीघरी बिथोले। माइतीघर पुग्दा ठूलो गाडी िसंहदरवारतिर लाग्यो। देखियो ठूलो अक्षरमा लेखिएको 'पर्यटक।' तर बसमा पुलिस खचाखच थिए।


बच्चा लिएर नयाँबानेश्वरतिर पैदल जाँदै कुइरे मामा माइजू



कृषि विकास बैंकनेर पुग्दा भेट भयो कवि मित्रलाल पंज्ञानीसित। दुईचार कुरा हुँदाहँुँदै चारजना कोरियन हुन् कि जापानीज चेलीहरु हान्निदै दायाँ साइडबाट आइरहेको देखियो। पंज्ञानीसरसित 'एक्कैछिन है' भनेर फोटो खिचेँ। फर्कंदा पंज्ञानी सर बाटो लागिसकेछन्।
िसंहरदरवार मूल गेट अगाडि साइकल सिक्ने भुराभुरी भेटिए भने भद्रकालीनेर पुग्दा सुटकेस गुडाउँदै िसंहदरवारतर्फ आइरका बटुवा।

भद्रकालीनेर ध्रुव आले(अन्नपूर्ण पोष्ट) र दिनेश श्रेष्ठ(जनदिशा)सँग भेट भयो। बन्दको फोटो खिच्दैथिए। मंसिर २६ देखि काठमाडौंमा हुने 'जनयुद्धदेखि शान्तिसम्झौतासम्म' नामक फोटो प्रदर्शनीमा बहिनी नमूनाको फोटो पनि थियो। फोनमा त्यो फोटो 'ठूलो बनाइदिन' भनेकी थिई। दिनेशलाई 'कति पैसा लाग्छ बनाइदिन' भनेँ।

उनले नमूनालाई प्रदर्शनी हेर्न बोलाउन आग्रह गरे। ठोकर्पा घटनामा नमूना घाइते भएपछि बोकेर लगिरहेको फोटो छ। त्यो फोटो पोखरामा मलाई पनि देखाएकी थिई। नेपाल पत्रिकामा छापिएको फोटोलाई खिचेर बनाइएकाले होला त्यति स्पष्ट थिएन।

'नमूना तिहारताका नै घर आएकी हो। छुट्टि मिल्दैन होला' दिनेशलाई भनेँ। उनले 'डेढ सयमा मिलाएको' तर आफूले अर्को प्रति पनि बनाउन भन्न नमिल्ने बताए। आखिरमा उनले नमूना नै आएपछि फोटो निकाल्ने कुरा भयो।

तर नमूना आउँछ या आउँदैन? मलाई थाहा छैन। नमूनाले डिमाइ साइजको किताबजत्रै बनाइदिन भनेकी थिई।

सहिदगेटनेर पुग्दा थोत्रा सामान बटुल्ने केही बच्चाबच्ची र आमाहरु भेटिए। उनीहरु बोरामा प्लाष्टिकजस्ता सामान बोकेर कतै जान 'बैठक' बसेका थिए, सायद। मलाई यस्तै लाग्यो। किनभने त्यहाँ विवाद चर्कदैथियो।

दुईचार फोटो खिचेँ।



सडक खाली थियो। एघार नम्बर चलाउँदै बटुवा मज्जाले िहंडिरहेका थिए। गाडी नै भएपछि के काम ट्राफिकका? त्यसैले बीच सडकमै उभिएर तीन ट्राफिक चेली गफिदै गरेका भेटिए। त्यसैबेला हुइँकिदै दुई कुइरे मामा स्केटिङ गर्दैआए।



माओवादी सभासद् बानेश्वर चोकनेर गफिदै

मलाई थाहा छैन बन्दले कतिका पेट बन्द भयो तर सडकमा मस्तराम िहंड्दा भने मज्जा आयो। लागिरह्यो, 'प्रदुषण, अनावश्यक गाडीको चापमा जगजगीबीच िहंड्नुभन्दा महिनामा एकपालि नै सही यसरी नै असनका साढेजसरी िहंड्न पाए कस्तो हुँदो हो यो ज्यान?'

5 comments:

  1. आहा कति राम्रोसँग वर्णन गरिदिनुभएछ । आफैपनि वानेश्वरको बाटो हिँडेको अनुभव गराइदिनुभयो । धन्यवाद है दाजु ।

    ReplyDelete
  2. Tesari hide ta hajurko moto jyan pani slim huntyo hola 2 din ma nai, ani fress hawa khadai hidda health pani chito sancho huntyo ki?

    ReplyDelete
  3. chandra
    Pathari Morang

    la la badhai 6 tapailai Tapai ta Baneshwor bata Sundhara Pugda nai jagir pakaunu bhayechha tara tapailai k tha nepali majdur jo din ma kamayera sajhma khanu partho tiniharu ko ta bijok dekhnubhayenachha ni?tapaiko camera pani uniharu ko ma ta parenachha ni ? hoina ta ??/ sayad tapai le a moterbike ma nepal banda safal paru bhanera chalako ta dekhanu nai bhayenachha ani RATO JHANDAWAL sgadi pani dekhanu bhayenachh hoina ta???? la la jyan banaunos .

    ReplyDelete
  4. nice_chandra1987@yahoo.com
    La la Pet ghataunus.kati po lagchha ra ? sundhara pugna ??? Hunata ktm ko byasta sadak maina ma 1 din hoina 2-4 din bhaye ramro huntho hola hoina ? tapai lai ta 2 hat ma nai laddu bhayechha ni hoina ta ? yeka tira jyan ghatne bhayo aarko tira jagir pani pakne bhayo hoina ta ? la la moj garnus

    ReplyDelete
  5. Yam Bahadur Dura
    AH! well-versed expressions. FANTASTIC!

    ReplyDelete