Saturday, February 6, 2010
सम्झना बोकेर रोल्पातिर
रोल्पा जाँदैछु, दुई वर्षपछि। थाहा छैन, रोल्पा सन्चो छ या बेसन्चो ? जहाँबाट नयाँ नेपाल बनाउने सपना उनियो। र, त्यसको लागि पहिलोपालि क्रान्तिको राँको बाले। (सही थियो या नाई ? यो बहसको विषय होला, त्यो अर्कै कुरा हो।) र, त्त्यही ठाउँ होलेरीबाट अनमिनले अयोग्य भनेका जनमुक्ति सेनालाई बाहिर पठाउने कामको समापन गरिदैछ।
सपना देख्ने याम रोल्पाको बनपाखामा बिताएँ। देखेँ, एउटा माष्टर बन्ने सपना। गाउँको हेल्थ पोष्टमा सुइ लाउने डाक्टरको सपना। र, गायकको सपना। बेसंजोग भनौं, जे सपना उनेँ त्यो बन्न सकिनँ।
जे होस् सपना देख्ने याम रोल्पाका बनपाखामा बिते।
होलेरी जाँदैछु। जहाँ माओवादीले पहिलोपालि जनवादी गणतन्त्र बनाउने कामको थालनी गर्न पुलिसचौकीमा धावा बोलेको थियो। कुरा थियो २०५२ फागुन १। र, फागुन १ आउनुभन्दा भन्दा एकसाताको बीचमै त्यसको छेवैमा बसेका उनै सपना फुलाउन धावा बोल्ने तन्नेरीहरुलाई बाहिर पठाइदैछ। जसलाई अनमिनले अयोग्य भनेको छ।
जाँदैछन्(prachand) उनीहरुलाई विदाइ गर्न जसले सपना देख्ने यामको कल्पना गरे। उमेर पढ्ने याम सपना देख्ने याम। िसंगो भविष्य गुजारेका बेला उनीहरुलाई घर न घाटको बनाउने गरी पठाइदैछ। के भन्लान् प्रचण्डलाई उनीहरुले जसले सपना देखायो। जसले मुक्तिको लागि भनेर सारा जीवनको खुसी छाडेर मुक्ति आन्दोलनमा होम्यो र गणतन्त्र आइसकेपछि उनीहरुलाई रित्तो हात घर फर्काइदैछ। के होला तिनीहरुको प्रश्न Prachand lai?
जसले सहजीकरणको काम गर्दैछ। अनमिन। त्यसको प्रमुख करिन लनगि्रन जाँदैछिन्। उनीसहित संयुक्त राष्ट संघका एजेन्सीले एक जोर जुत्ता, जीन पाइन्ट, ट्रयाकसुटको माथिल्लो भाग, दुईवटा प्यान्टी र रुक्स्याक झोलाको साथमा १० हजार नगद बाटो खर्च दिएर पठाउँदैछ।
के भन्लान् करिनलाई ? अनमिलने जसले दर्जनौं लडाइँ लडेको छ जसको बहिनी १८ वर्ष पुगेर योग्य भएको छ तर उसका दाजु/दिदी फेल छ। के भन्लान् करिनलाई ? जसका नागरिकतामा भएको जन्ममितिले पनि उमेर पुगेकालाई माइनर र दर्जनौं युद्धमा भाग लिएकालाई लेट रिक्रुट भनेर फालेको छ। तिनले के भन्लान् करिनलाई ?
जीवनका उर्बर समय र स्वप्निल याम सैन्यकला सिक्नमै बिताएका तन्नेरीलाई कुखुरा पालन, बंगुर पालनजस्ता कार्यक्रम दिएपछि जनमुक्ति सेनाले अस्वीकार गरेको थियो। के भन्लान् करिनलाई ?
माओवादीले घर फर्काउन उनीहरुलाई १२ हजार दिदैछ।
के उनीहरुले खर्चेको याम र सपनाको मूल्य २२ हजार हो ? यावत् यस्ता अनुत्तरित प्रश्नको जबाफ खोज्न बाँकी छ। के भन्लान् हँ प्रचण्ड र करिनले?
अँ होलेरी। त्यहीबाट थालिएको थियो नयाँ नेपाल बनाउने अभियान। र, त्यहीबाट सकिदैछ अयोग्य भनिएका जनसेनालाई बाहिर पठाउने काम पनि।
यो संयोग मात्र हो या साँच्ची उनीहरुको सपनामाथिको अन्तिम दाहसंस्कार?
सम्झन्छु, कुनै याम थियो। जुन बेला छोटे कलाकार थिएँ। गाउँथेँ। नाच्थेँ। बजाउँथेँ। नुवागाउँमा पढ्ने बेला त्यही होलेरीमा सांस्कृतिक कार्यक्रम देखाएका थियौं। यतिखेरका साथी कहाँ होलान् हँ ? दीपेन्द्र, रणबहादुर एण्ड रणबहादुर, कमला, भीमकुमारी, निर्मला आदि। कहाँ होलान् हँ ? दीपेन्द्र त शिविरमा। भेट होला कि? कमलाको नेपालगाजमा रेष्टुरेन्ट छ रे। एक रणबहादुर भारतीय लाहुरे बनेका छन् भने एक रणबहादुर जनसेना थिए। अहिले विरामी छन्। भीमकुमारी माओवादी नेता छिन्। अरु थाहा छैन।
अँ, माओवादीले २०५२ फागुन १ मा पुलिसचौकी ध्वस्त पार्न सकेनन्। तर पहिल्लोपटक भने उनीहरुले ध्वस्त पारे। राजाले सेना परिचालन गर्न नमानेपछि गिरिजाप्रसाद कोइरालाको कुसर्ी होलेरीले ढलेको थियो।
आक्रमणमा घाइते भएको पुलिसचौकीको छिमेकी घरवाला खड्का बा, सरकारबाट क्षतिपूर्ति नपाएको गुनासो अझै बाँकी होला सायद।
कति धेरै होलान् हँ त्यो शिविरबाट बाहिरिने, जसले राजतन्त्र र सामन्ती प्रजातन्त्रको रक्षार्थ खटिएका पुलिस र तिनको अड्डा होलेरीमै धावा बोले? भोलि हेर्दाहेर्दै अयोग्य भएर बाहिरिएलान्। के भन्लान् हँ होलेरीले करिनलाई ? के जबाफ होला होलेरीको प्रश्नसँग करिनको र होलेरीको प्रश्नको जबाफ कसरी देलान् प्रचण्डले ?
आफूले सपना उन्ने व्यावहारिक कामको थालनी गरेको ठाउँबाट नै अयोग्य भएर जाँदा कस्तो होला उनीहरुको प्रतिकि्रया ? सैन्य कला सिक्नमै बिताएका स्वप्निल याम काटेकाहरुले कसरी अर्को काम जिरोबाट थाल्लान् ? नयाँ नेपाल बनाउने भनी ज्यान हत्केलामा लिएर भिडेका जनसेना रित्तो हात घर फर्कंदा गाला बजाउने जोरीपारीलाई के के जबाफ देलान्, जनसेनाले?
जबाफ सुन्न मन छ। दुई वर्ष पहिले भेटेको थिएँ, आठ/दस जना जनसेनालाई दहबनमा। गफगाफ गरेको थिएँ। कहाँ होलान् भेट होला कि नहोला ?
यस्ता अनुत्तरित प्रश्न बोकेर जाँदैछु, रोल्पा।
दुई वर्ष भयो कस्तो छ रोल्पाको अनुहार नदेखेको. के साँच्ची उसको अनुहार उस्तै होला?
Subscribe to:
Post Comments (Atom)
nabin dai.. dherai samay sustaera blogma ta bhakaribata anna khanyae jasto ekaichoti hwaarrr khanyaaunu hunchha ta.. yasai gari khanyaudai garnu hola dai.. all the best
ReplyDeletenikai gambhir kura chha.. sanchi malai pani yastai lagiraheko cha. ke bhanlan uniharule prachandalai ? arthat k jawaf dinechhan ayogya bhanieka jansenale ?
यो संयोग मात्र हो या साँच्ची उनीहरुको सपनामाथिको अन्तिम दाहसंस्कार?
keep it up dai.. really heart touching !
नेपाललाई लोकतान्त्रिक गणतन्त्रमा ल्याइपुर्याउन आफ्नो ज्यान आहुति दिने देशभक्ति युवाहरुको गृहयुद्धले निम्त्याएको खाटा पुरिन नपाउँदै तिनैलाई अयोग्य ठहर्याइ बहिर्गमन गरिएको छ । आफ्नो भविष्यको मियो समाउने समयमा उनीहरुलाई घर न घाटको बनाई उनीहरुको भविष्यमाथि ठूलो बज्रपात पारिएको छ । मुक्ति गान र राष्ट्रभक्ति जनआकांक्षाहरु कुण्ठित पारिएका छन् । उनलाई यो परिस्थिति सँग जुध्न जसले बाध्य पारियो त्यहीबाट यत्रो घात ???????, तर तिनका कुन्ठित पीडामा नेपाली जनताका सहानुभूतिका गुच्छा मिसाउनु आवश्यक छ । कही नभएको जात्रा हाडी गाउँमा गराएर जनताले सास्ती भोग्नु पर्यो । यो नै नेपाली हुनुको बिडम्बना ।
ReplyDeleteIndra Dev Rai
ReplyDeleteAsha garau jana yuddako adharbhumi sanchai hos!Naya nepal banaune udhgoshle shuru gareko krantile kehi had samma bhaya pani safalta ta payo.Tara........Moistharu bhumigat kalma jati charchit ra janapriya thiya.Sighadurbar 6ire pa6i ta........bhai sakyoni?
Shridhar Giri
ReplyDeleteShridhar Giri
Shubhayatra
Chetan Budhamagar
ReplyDeleteChetan Budhamagar
Aaha kati mitho katha,wastbik katha ,ayugyale bhugeko katha.badhai 6 tapinlai.pheri rolpali jantakokatha padhna panu la,ok shubha yatra......!!!
Pradeep Walachan
ReplyDeleteThank you !Nabin ji .
Bisal Magar
ReplyDeleteBisal Magar
म पनि रोल्पामा आउदैछु! ढिलै भए पनि। नबिन सर ! हजुर सङ्ग सायद भेट हुन्छ होला।
Sham Acharya
ReplyDeletegood journey........
Roshni Gurung
ReplyDeleteRoshni Gurung
nabin ji have a nice journey laa
Achhamko Chhoro
ReplyDeleteAchhamko Chhoro
la la subha yatra dai ? khabar lekhna nachhodnu hola ?
Pawan Oli
ReplyDeleteThank you hai .
Nabin G
ReplyDeleteVery nice and touching life stories of Ayogya Jana-sena. Really nice one yar, Old days and worried futures of them.
Lal Rana,UK