[हातसहित जिन्दगीका सबैभन्दा ऊर्जाशील र स्वप्नील याम जनयुद्धलाई दिएकी नमूना बीएण्डबी अस्पतालमा लामो समयदेखि उपचाररत छिन्। रोग पत्ता लाग्न नसक्दा उनका परिवारका सदस्य र प्रियजन पनि आत्तिएका छन्।
संयोगबस्, उनको उपचारको लागि देश विदेशमा सहयोगी हात भने बढिरहेका छन्।
शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनको नाउँमा लेखेको संस्मरण फेरि तपाईंलाई सुनाउँछु। फेरि सुनाएकोमा गारोपिरो औसरमाफ पाम्।]
पुस बाटो लाग्नुभन्दा दुई दिनअघि। पानी परिरहेको थियो । रातको यस्तै दस बजेको हुँदो हो, पोखरा गएका कमरेड गुलाफ मेरो अफिसमा आए । उनी भिज्दै आएका थिए ।
अफिसको गाडीमा फन्को मार्दा त्यसदिन मेरो पालो लाष्टमा प¥यो । काठमाडौं झन्डै एक फन्का मारेपछि डेरा पुग्दा ११ ले नेटो काट्दै थियो ।
एकदिन फोनमा नमूनाले भनेकी थिई, ‘गलबन्दी बुन्दैछु ।’ के सोचेर कुन्नि ? ख्यालख्यालैमा भनेछु, ‘मलाई त चार फन्का लाउने बुन्नु ।’
साँच्ची बुन्ने कुरा गरी । उसले यति भनेपछि आफैलाई नरमाइलो लाग्यो । थाहा छ, गलबन्दी बुन्न गाह्रो छ । तैपनि यसै ख्याल गरेको भनेर भन्न पनि सकिनँ । नराम्रो लाग्ला भनेर पर्दैन भन्न पनि सकिनँ ।
गलबन्दी बुनिछ । खबर पठाई । तर गलबन्दी लिन पोखरा जाने साइत जुरेन ।
अँ, भन्दैथिएँ । डेरा पुग्दा ११ ले नेटो काटिसकेको थियो । विमल घोराही र गणेश रोल्पा गइसकेकाले एक्लै थिएँ ।
मीनाले पठाएको सुन्तलासँग गुलाफजीले लाङ्घाली पत्रिका पनि ल्याउनुभएछ । लाङ्घाली मगर भाषाको पहिलो पत्रिका थियो । वल्टाइपल्टाइ गरेँ । जति धेरै भाषा जानियो उति बलियो रे । भाषालाई हतियार भन्छन् । आफ्नो मातृभाषा नजानेकोमा पछुटाएँ ।
नमूनाले गलबन्दीको साथमा दुई पाकेट मुस्ताङी स्याउको सुकुटी पनि पठाइछ ।
‘साँच्ची चार फन्का रहेछ त,’ पहेलो हाबी भएको छिर्बिरे गलबन्दी गलामा बेरेर गुलाफलाई भनेँ ।
पुसमा पानी परेपछि चिसो हुने नै भयो । गलबन्दीलाई फन्को लाएर लाङ्घाली पढेँ । त्यसपछि गुलाफजीसँग दुईचार कुरा भए– नारायणमान बिजुक्छेको किल्लामा जिल्ला इन्चार्ज हुँदाका उनका संस्मरणका, पोखरा र उनी लडेका लडाइँका ।
त्यसपछि ?
नमूनासँग भेट भएको जोरपाटी सम्झना फर्कियो । कुरा २०६३ को थियो । नमूना आफूजस्तै साथीसँग थिई । (नमूनासँग जोरपाटीमा भेटिएका मध्ये एकजनासँग तिहारमा चितवन गएको बेला एकजना भेटेको थिएँ।)
अँ, जोरपाटी । एउटा सामान्य कोठा । धर्के धर्के कुर्ता सुरुवाल लगाएकी एउटी अबोध केटी थिई । उसका आँखा, उसको अनुहार बच्चा लाग्थे । किन किन यै केटीको बाइट लिन मन लाग्यो । बाइट सुनेपछि क्यामेराम्यान श्याम दाइ (श्याम श्रेष्ठ)ले भने, ‘मान्छे मात्र बच्चा रहिछ । जिरे खुर्सानीजस्तो । मान्छे हेर्दा फुच्ची तर बोलीचाहिं एकदमै पन्ची ।’
कोठैभर थिए नमूनाहरु । त्यहाँ भएका मध्ये सबैभन्दा सानी थिई नमूना । १५ वर्षकी थिई सायद । उनीहरु उपचारका लागि भर्खरै काठमाडौं आएका थिए ।
त्यसैदिन अस्पतालमा अपिल (भक्तराज थापा मगर) र गोपालको बाइट लिइसकेको थिएँ । त्यसताका कान्तिपुर टिभीमा इन्टर्न गर्दैथिएँ । श्याम दाइले धेरै पछिसम्म पनि त्यो नानी कहाँ होला भनेर सोधिरहन्थे ।
त्यसपछि नमूनासित भेट भएन । संचो लाग्यो या लागेन ? के भयो उसलाई ? न मैले उसको फोन नम्बर मागेँ न उसको नै लिएँ । त्यसबेला मोबाइल किनेको थिएँ कि थिइनँ ? याद छैन ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीको खुला मञ्चमा कार्यक्रम थियो । त्यसबेला भेट भयो । याद छैन, कति वर्षपछि । नमूना मन्चको पछिल्तिर साथीहरुसँग थिई ।
कहाँ छ कार्यक्षेत्र ? के गर्दैछ ? सोध्न भुलिछु । के भयो कुन्नि ? न उसले मेरो फोन मागी न त मैले नै दिएँ ।
त्यसपछि? भेट हुन सकेन ।
लामो समयसम्म ऊ कहाँ छ भन्ने बेलाबेलामा श्याम दाइले झस्काउँथे, ‘साँच्ची त्यो नानी कहाँ होला हँ ?’ बेलाबेला भनिरहे, ‘त्यस्ता मान्छेसँग भेट हुँदा मलाई नि लानु है ।’
कहिलेकाहीँ प्रसंग आउँदा सम्झे नि नमूनाको सायद नाम पनि मैले भुलिसकेको थिएँ ।
एक दिन खन्ना गार्मेन्टको एउटा कार्यक्रममा भेट भयो । उसको हातमा क्यामेरा थियो । घरी लेख्थी घरी फोटो खिच्थी । सायद ऊसँग पछिल्लो पटक भेट भएको दुई तीन वर्षपछि हो क्यार ।
थाहा पाएँ, उसले रेडियो र टीभीमा कार्यक्रम चलाउँदीरहिछ । समाचार वाचन पनि गर्दिरहिछ । एउटा भाषामा होइन तीन÷तीनवटा भाषामा ।
त्यसपछि? फोन साटफेर भए । दसैताका मेरा जेईबाबा उपचारका लागि रोल्पाबाट आउनुभएको थियो । उपचारकै बीचमा घुमाउन पोखरा लगेँ ।
‘कसले बुनेको ?’ सोधे ँ।
‘मैले,’ भन्दै उसले बुनेका गलबन्दी र लेस देखाई ।
‘तिम्ले !’ छक्क परेँ ।
हाम्रा सामान्य आँखा सामान्य काम मात्र सोच्न सक्छन् । असामान्य कुरा कल्पना पनि गर्न सक्तैनन् । कल्पना नै गरेको रहेनछु ।
‘बुन्न नसक्ने हो र ?’ उल्टै प्रश्न गरी । आफूले सिकेको प्रसंग उप्काई ।
त्यति जनमुक्ति सेना भर्खरै ब्यारेकमा बस्दैथिए । युद्धताकाजस्तो कामको चाप नभएकाले ससाना सीप सिक्न थाले ।
‘साथीहरुले बुनेको हेर्थें,’ चितवन ब्यारेकमा बसेपछिका घटना उप्काई, ‘जसले बुन्नै सक्तैन किन हेर्ने भनेको पनि सुनेँ ।’ त्यसपछि ऊ इख लिएरै रातरातभर लागिछ सिक्न । रातरातभर बुन्दै फुकाउँदै बुन्दै गरिछ । आँटे के असम्भव रहेछ र ? रहेनछ ।
‘रातरातभर अभ्यास गरेँ,’ उसले भनी, ‘दुईचार रातमै सिकेँ ।’
कम्प्युटर पनि यसैगरी सिकेकी रहिछ । आफ्नो संस्मरणमा यस्तो लेखेकी छ–
सम्झना छ–
मंसिर÷पुस, २०६३ । शीर मेमोरियल अस्पताल बनेपामा मेरो उपचार हुँदैथियो । उपचारकै बेलामा कम्प्युटर सिक्ने तीब्र इच्छा कमाण्डरसँग प्रकट गरें ।
कतिले भने, ‘हात नै छैन । कसरी चलाउछ्यौ र कम्प्युटर ?’
एक मनले सोच्थें, ‘कुरा ठिकै हो ।’
अर्को मनले सोचें, ‘जसरी नि सिक्नुपर्छ ।’
कहिले यताबाट कहिले उताबाट यो मनले कम्प्युटर सिक्न घच्घच्याइरह्यो ।
केही महिनापछि जनमुक्ति सेनाको बेथान स्मृति ब्रिगेडको प्रकाशन विभाग पनि बनेपामै स¥यो । घाइतेका बसाइ पनि प्रकाशन विभाग बसेको घरमा स¥यो ।
मन फुरुङ्ग भयो, ‘अब त सिक्छु ।’
संयोग ! प्रकाशन विभाग प्रमुख सन्देश दाइले हौसला दिनुभयो, ‘मैले सिकाउँछु ।’
केही कि वर्ड ‘नोट’ गरिदिनुभयो । कम्प्युटरको किबोर्डमा हात राख्दा सुरुसुरुमा बन्दुक समाएको अनुभूति भयो । किन यस्तो अनुभव भयो होला ?
सुरुमा बन्दुक छुँदा लाग्थ्यो, ओहो ! पड्किहाल्ने पो हो कि त ! कम्प्युटर पनि त्यस्तै लाग्यो, ‘बिग्रिहाल्ने हो कि ?’
दाइले दिनभर कम्प्युटर कोठामा बसेर सैन्य प्रशिक्षण गाइड प्रकाशनको तयारी गर्नुहुन्थ्यो । घरिघरि सोधिरहन्थें, ‘दाइ के थिच्दा घ आउँछ ? फ नि फ ?’ टाइप गर्दैजाँदा त्यही अक्षर फेरि लेख्नुर्दा बिर्सिसक्थें । ‘सन्देश दाइ फेरि भन्नुहोस् त, फ के मा आउँछ रे ?’ त्यसैगरी अन्य अन्य पनि सोधिरहेँ ।
सपना देखे नि मतलब नगर्ने मान्छे । अरुले सपनाका कुरा सुनाउँदा वास्ता पनि गर्दिनथें । तर एक दिन ? देखेको त्यही सपनाले विपनामा धरधरी रुवायो । कहिलेकाहीँ आफैलाई नि पत्यार लाग्दैन ।
सम्झन्छु–
अरु दिन प्रायः बिस्तारामा पल्टेर पत्रपत्रिका र अन्य किताब पढ्थें । दिन त्यस्सै बित्थ्यो । प्रकाशन विभागसँगै बसेर उपचार गर्न थालेपछि दिनको एक÷दुई घण्टा कम्प्युटरमा बस्न थालेँ ।
जाडोको सिजन भएर पनि घाउ झन दुख्थ्यो । सुन्निन्थ्यो ।
अँ, त्यस साँझ ।
बेलुकी ९ बजेतिर खाना खाएँ । निद्राले च्यापे पनि १० बजे औषधी खानुपर्ने बाध्यताले पर्खिएँ । रातको १० बज्दा सुनसान भइसकेको थियो ।
औषधी खाएर सुतेँ ।
औषधीले दुखाइ कम भएछ क्यार मज्जाले निदाएँ । सपना देखेछु । सपना वास्तविकताभन्दा उल्टो थियो । भनौं मेरो भौतिक परिवेशको ठिक विपरीत ।
सुनाउँछु है त्यो सपना ।
चिसो मौसम । रात ढल्दै गइरहेको थियो । कुनै नौलो र अपरिचित ठाउँमा पुगेछु । एक्लो अनुभूति भइरहेछ । डर लागिरहेछ । उ....परबाट कमल कमरेड लाल सलाम गर्दै अघि बढिरहनुभएको थियो । सँगसँगै जनमुक्ति सेनाको फर्मेसन देखें ।
अनौठो सपना । भर्खर भर्खरै लडेको मोर्चामा सहिद भएका योद्धालाई देखें । तर ती कोहीसित पनि कुराकानी भएन ।
झुर्झुरे मोर्चामा सहिद हुनुभएकी कम्पनी कमाण्डर रविना लामा, कम्पनी भीसी सिद्धार्थ पाख्रिन, गोमा बिक., प्लाटुन कमाण्डर सुनिता, आकाश र बन्दीपुर मोर्चामा सहादत प्राप्त गर्नुभएका कम्पनी कमाण्डर शक्तिलगायतका कमरेडलाई देखें ।
एकैछिनपछि भिषण लडाइँ भयो । कमाण्डर कमरेड रबिनाले ‘होल’ लडाइँको कमाण्ड गरिरहनुभएको थियो । त्यस लडाइँमा पनि जनसेनाको जीत भयो । शाही सेनाको हार भयो । लडाइँ जितेपछि त विजय उत्सव मनाउनुपर्ने हो । तर, ती साथी एक्कासी बिलिन भए ।
कता गए ?
कमरेडहरु हराउनुभयो । निराश भएँ । आदरणीय कमरेड कता हराउनुभयो ? हैन मैले यो के देखिरहेछु ? अचम्मै भयो । केही छिनपछि सपनामै जनयुद्धको लाल इलाका बूढाखानीतिर पुगेछु । युद्धताका जुन स्थानमा बसेर युद्धसामग्री निर्माण ग¥थ्र्यौं । त्यसबेला पनि साथीहरु युद्धसामग्री बनाइरहनुभएको थियो । सबैले घाइते नमूना भनेर बोलाउँथे ।
घाम झुल्कदैथियो । आँगनमा उफ्रिदै भन्दैथिएँ, ‘घाइते छु भनेर कति पीर लागिरहेथ्यो । म त भ्रममा पो रै’छु नि । घाइते भा’कै रैन’छु । इः मेरा दुवै हात छन् ।’
‘अब त आमाबालाई भेटेर भन्छु, ‘म लडाइँमा घाइते भएको छैन ।’ दगुर्दै सन्देश दाइ भएको ठाउँमा गएँ । सुनाएँ, ‘मेरो हात छैन भनेको त हैन रहेछ । हेर्नु त मेरा दुवै हात । केही भा’कै छैन । कति ठूलो भ्रममा रहेछौ हगि दाइ ?’
सैन्य प्रशिक्षण गाइडकै लागि युद्धकलाका पुस्तकबाट कम्प्युटरमा टाइप गर्दैथियौं । किबोर्ड पनि खर...र्र्र्र्र्र्र्र गरिरहेको थियो । टाइपको स्पिड पनि झन् भन्दा झन् तीब्र गतिमा बढ्दैथियो । निकै फुरफुर हुँदै ÷उत्साहित भएर औला किबोर्डका गोटी थिच्दैथिएँ ।
एक्कासि व्युझिएछु । व्युझँदा नि सपनाले छोडेनछ क्यार । एउटा मात्र हात भएको मान्छे म । तर दुवै हात भएझै लाग्यो । हात टेकेर उठ्न खोजेछु । नभएको हात किन टेक्थ्यो र ? एक्कैचोटी ओछ्यानबाट भुइँमा पल्टिएँ । हात ठोकियो । झिनिन्न करेण्ट लागेझंै दुख्यो । व्युँझँदा भुइँमा थिएँ ।
चिसो भयो । भित्तामा घडी हेरें । रातको १ बजेको थियो ।
सपनामा देखेको कुरा क्यासेटको रिलजस्तै दिमागमा घुमिरह्यो । मन भक्कानियो ।
कठै ! मेरो जिन्दगी !
धिक्कार लाग्यो । आँखा आँसुले भरिइसकेको थियो । सहयोद्धा छोडेर कता भागे आज ? किन बोल्नुभएन मसंँग ?
साउने भेलको वागमती पनि के उर्लिन्थ्यो त्यसरी ? वर्षामा नदीनाला र खोला पहरा र चट्टानमा के पछारिन्थ्यो, समयले मलाई त्यसरी नै पछा¥यो । मनमा अनगिन्ती कुरा खेल्न थाल्यो ।
अनि ?
डाको छोडेर रुन थालेँ । आफ्नो अवस्था स्वीकार्न कठिन छ । तर, त्यही कठिन परिस्थितिमा सपनाले पनि किन मुटु चस्काइरहन्छ ? किन झस्काइरहन्छ ?
केही महिनाअघि ऊ काठमाडौं आई । उसकी आमाबा र दिदीसँग भेट भयो । उसलाई जोरपाटीमा खिचेको फुटेज देखाएँ । जुन कान्तिपुर टिभीमा बजेको थियो । उसले ती दिन सम्झन चाहिन सायद । उसकी दिदी रमिला र साथी डोल्साङले मात्र हेरे । देखाएकोमा आफैलाई नजाती लाग्यो । नमूना, माफ गर्नू है, ती फुटेज देखाएकोमा ।
पानी जस्तै हो रे मन पनि –जता ओरालो भेट्यो उतै बग्ने । समाजका उकालीओराली देखेर उसको मन पनि बेलाबेलामा बहकिन्छ सायद । अचेल कहिलेकाहीँ मन ओरालिएको फोन गर्छे । एसएमएस गर्छे ।
भन्छु, ‘गोलीले नगालेको मान्छे कहाँ पानीमरुवा कुरा गर्छे ।’
अँ, गलबन्दी पठाई, नमूनाले । गुलाफजी र म सुत्नुअघि एसएमएस गरी धन्यवाद दिएँ, ‘नमूना तिमीले बुनेको गलबन्दी गलामा बेरेर सुतेँ । के सपना देखिन्छ कुन्नि ?’
सपनामा ऊसँगै काकाकी छोरी सन्सारी दिदी, बहिनी रुपसरी र कमलासहित मैले तिहार थामेका टीकाजीका बहिनीहरु, उदयजीका बहिनी आए । आई सीता पनि । बहिनी बनाएको सीता फिनल्याण्ड गइसकेकी थिई माष्टर्स गर्न ।
सपनामा गाउँ गएँ । तिहार थियो । अरुका घरमा दिदीबहिनीले छल्किएका थिए । हाम्रो घर सुनसान थियो । आमाले नदेखेका ती भगवानप्रति गुनासो गर्दै थिइन्, ‘जाने बेला मेरो चिहानमा एक थोपा आँसु चुहाउने छोरी पनि दिएनौ ।’
छोरी नभएकोमा चाडपर्वमा भिज्ने आमाका आँखाअघि निरुत्तर बसिरहेको थिएँ ।
भोलिपल्ट नमूनाले फोन गरी, ‘के सपना देख्नुभयो ?’
मेरा सहयोद्धा मलाई छोडेर कता भागे आज किन बोल्नुभएन !
ReplyDelete'गोलीले नगालेको मान्छे कहाँ पानीमरुवा कुरा गर्छे ।'
Thank you Nabin dai.. Really heart touching diary by namuna sis.. i wish her a better days ahead !!!
Rajendra Pun Magar
ReplyDeletegood
संसार विचित्र छ, विचित्र संसारको उपभोग गर नमुना, अनि एउटा 'नमुना' बन नमुना । हुन त भगवान नै सम्पूर्णता होइन भन्ने पक्षमा म, विचार सापट त लिन्छु 'तँ आँट म पुर्याउँछु' । आज तिम्रो आफ्नै मेहनत र साहसले त्यो प्रमाणित गरेको छ । तिमी युद्ध जितेकी साहसी नारी, विगतका दिनमा जे भयो त्यसप्रति गुनासो भन्दा गर्व गर । देश बनाउन कुर्चीमा पुगेका नेताहरुले जति निर्दोस नेपालीको मन रुवाएको छ ्रत्यसको बदला तिमी एउटा सामान्य नारी भएर आज विसाल नेपालीको लागि आफ्नो अङ्ग र अमूल्य समय समर्पण गर्यौ । कमेडी राजनीति गर्ने नेतालाई तिम्रो अंग-आत्माले खिल्ली उडाइरहेको निर्लज्ज स्वीकार्न व्याध्य पारिएको छ ।
ReplyDeleteनविन दाई बग्ने पानीलाई पनि बाँध बाँधेर उपयोग गर्न सक्नुपर्दछ, जसको सहायताले अस्तित्व मेटिने अवस्थाका विरुवाले प्राण भर्न पाउन् । त्यसैले तिमी नेपालीको प्राण दिने ढुकढुकी हौ नमुना, नेपाली आमाको स्नेही छोरी, नेपाली दाजुको पि्रय बहिनी, अनि लाखौं ताराबीच ध्रुव तारा.........। दाई बधाई छ हजुरलाई, यो सालको जाडो याममा कहर काट्नु परेन है ?
मलाई विश्वास छ, मेरो दाइले मलाई कहिल्यै ढाँट्नु हुन्न । तर, थाहा पाएँ केही कुरा भने लुकाउनु हुँदोरहेछ । जस्तै त्यो दिनको सपना । -आमा भगवानसित गुनासो गर्दै थिइन् ुजाने बेला मेरो चिहानमा एक थोपा आँसु चुहाउने छोरी पनि दिएनौं।ु छोरी नभएकोमा चाडपर्वमा भिज्ने आमाका आँखाअघि म चुप लागिरहेँ) दुःख लाग्यो दाई तपाईले आमाको आँसु पुछ्न सक्नुपथ्र्यो । जीवन यात्राको गोरेटोमा भेटाएको मेरी वहिनी अर्थात -तपाईकी छोरी) भनेर पनि वुढी आमाको अन्तिम क्षणमा चित्त प्रसन्न पार्न सक्नुपथ्यो साँच्चै वहिनी सम्झनुभएको भए । ए साँच्चै यो त सपना पो त, म त विपनीमै नमज्जाले डुवे नी । तर, आमाको आँसु पुछ्न म तयार छु ।
ReplyDeleteनविन दाई यस्ता कुराहरु अरु पनि लेख्दै जानुहोला । जनयुद्धमा घाईते भएका हजारौं साथीहरुको वास्तविक कुराहरु समेटीदिनु है धन्यवाद दाई तपाईलाई
ReplyDeleteआज नमूनाको जीवन भोगाइका "नमुना" कहानि पढ्न पाए । संघर्सका कुराहरु अनि जीवन भोगाइका वास्तविक कहानिहरु । कतै मनमा चिसो पसेजस्तो, कतै पीडाले निरन्तर चिमोटिए जस्तो । जनयुद्ध कालमा कैयौ नेपालीहरुले बलिदान दिएर सर्जिएको आजको हाम्रो नेपाल, सुन्दर हुनुपर्नेमा झनै समस्या नै समस्याको खाल्डोभित्र नराम्रारी फसेको छ ।
ReplyDeleteनमूनाको "नमुना जीवन संघर्सका भोगाइहरु" पढ्दा:
भौतिक सक्षमतालाई प्राथमिकता दिने हाम्रो समाजको खराब नजरान्दजलाई ठाडै चुनौती दिदै एक नमुनाकै रुपमा आफुलाई स्थापित गर्न सफल "नमूना" । जो कोहिले आट गर्न सक्दैनन् र सहनशिलताको बाध टुटिन्छन् पनि । परिस्थितीहरुले जीवनलाई कुन मोडमा लगेर ठक्कर खुवाइदिन्छन् पत्तो हुन्न तर शनशिलताको बलियो आडमा त्यो ठगराबलाई बिफल पार्ने हामीमा आत्मशक्ती मजबुत हुनु जरुरी छ ।
हो भौतिक रुपमा अरु जस्तो सक्षम नहोला पक्कै, तर आत्मशक्ती बलियो भने संसारमा त्यस्ता असम्भव चिज नै के छ र गर्न नसकिने । नमूनाको यो जीवन कथाले तिनिहरु "जो आफुलाई अशक्त ठान्छन्"ले जिवनमा केही गर्ने शक्तिलाई मजबुत पार्नेछ र जीवन संघर्सको कथालाई सुन्दर मोड दिनेछन् ।
"दाइले दिनभर कम्प्युटर कोठामा बसेर सैन्य प्रशिक्षण गाइड प्रकाशनको तयारी गर्नुहुन्थ्यो । घरिघरि सोधिरहन्थें 'दाइ के थिच्दा घ आउँछ फ नि फ' टाइप गर्दैजाँदा त्यही अक्षर फेरि लेख्नुर्दा बिसर्िसक्थें । 'सन्देश दाइ फेरि भन्नुहोस् त फ के मा आउँछ रे?' त्यसैगरी अन्य अन्य पनि सोधिरहेँ ।
सैन्य प्रशिक्षण गाइडकै लागि पुरानो युद्धकलाका पुस्तकबाट कम्प्युटरमा टाइप गर्दैथियौं हामीले । किबोर्ड पनि खर…र्र्र्र्र्र्र्र गरिरहेको थियो । पुरै साथीहरुसँग प्रतिस्पर्धा गर्दै टाइप गरिरहेको देखें । टाइपको स्पिड पनि झन् भन्दा झन् तीब्र गतिमा बढ्दैथियो । निकै फुरफुर हुँदै/उत्साहित भएर औला किबोर्डका गोटी थिच्दैथिएँ ।"
जीवन भोगाइका कथा ब्यथाहरु आ-आफ्नै । एक कथा पढे, मनभित्र त्यही संघर्सका कथाहरु घुमिरहेछन् ।
Mp Kharel
ReplyDeleteSo nice writing!