पाइला भन्दा घुम्ती धेरै मेरो कहानीमा
कति कुरा सम्झनाका पातभरि लेखेँ
मीठामीठा सपना पनि यै धुलोमै देखेँ
-पवित्र सुब्बा
preparing to set his baggage to leave cantonment |
just ahead taking a rucksack bag and set of trouser with tag of unfit PLA at Jhyaltungdanda |
receiving farewell being unfit PLA at Jhyaltungdanda |
entering home at Kolhuwa, Nawalparasi |
giving medicine to his grandfather at his last stage of life |
'नजाने ?' केही छुट्यो कि भनेर फर्की हेर्दा प्रतीक्षालयमा बसिरहेको देखेछन् सायद । उनले सोधेपछि केही पनि नबोली उनको पछि लागेँ ।
जब फेरि उसैगरी विदावारी गर्दै िहंड्न थाले तब नवीन सुब्बाको (लिम्बू संस्कृतिमाथि बनाएको) नुमाफुङ फिल्मको गीत कानमा बज्यो । कथाले भन्छ -बाआमाले दिएको घरमा नगई छोरी दिल बसेको ठिटोसँग लाग्छे । रुपौली-सुनौलीको हर्जाना घरबारी बुझाएर लिम्बू परिवार देश लाग्छ । परम्परा तोडेर दिलको कुमारसित बाटो लागेकी लिम्बू चेली र रुपौली-सुनौली तिर्न नसकेर गाउँ छोडेका चेलीका बाआमा बाटो लाग्दा बज्ने यो गीत किन यतिखेर कानमा बज्यो ? छक्क परेँ । यो गीत त त्यतिखेर पनि सान्दर्भिक हुँदैथ्यो जब दुई दिनपछि झ्याल्टुङडाँडाबाट अयोग्य भनिएका जनसेना देश जाने जसरी लर्को लाग्ने छन् ।
last day of cantonment: recalling his past with his comrades
'विरामी जाँच्ने काम त फेरि पनि गरिएला तर यै ठाउँमा भने यो नै अन्तिम होला,' स्वास्थ्यकेन्द्रबाट बाहिरिदै उनले फरक्क फर्केर हॆरे ।
झाडी फाडेर मान्छे बस्नलायक बनाएर यस्तो अवस्थामा पुर् याएको शिविरको तीन वर्षे घामछाया काटेका थिए । २०६३ मंसिर ५ देखि जनमुक्ति सेना सात मुख्य र २८ सहायक शिविरमा बस्न थालेका थिए । युद्धकालमा पनि स्वास्थ्यमै काम गरेका सर्जन शिविरमा बसेपछि पनि शिविरकै स्वास्थ्यकेन्द्रमा काम गरे । तीन वर्षसम्म काम गरेको स्वास्यकेन्द्रबाट बाहिरिदा उनका आँखा आँसुले भरिइसकेको थियो । तर, उनले लुकाउने कोशिस गरे ।
recalling his past with PLA dressed photo at the first night of his home returing |
स्वास्थ्यकेन्द्रबाट निस्केर नजिकै रहेका हरिया रंगका पालतर्फ लागे । बीचको एउटा पालमुनि छिरे । जुन पालमुनि उनीसहित उनका सबैभन्दा मिल्ने साथी पिपल पनि बस्छन् । तर उनी पस्दा उनका साथी पिपल ड्युटीमा गइसकेका थिए ।
एप्रोन फुकाले । त्यसलाई पालको भित्तामा झुण्ड्याए । के सम्झे कुन्नि ? झिके । पट्याएर झोलामा राख्न खोजे । फेरि के सम्झे कुन्नि ? एप्रोन स्वास्थ्यकेन्द्रमा लिएर गए ।
पालमुनि फर्किए । भित्तामा झुण्ड्याइएका टाटेपाटे लाहुरे पोसाक झिके । लगाए ।
'आज यै पोशाक पनि अर्कै लाग्दैछ,' उनले बाहुला बेर्दै भने 'फेरि लगाइने छैन । सायद यसैले हो कि ?'
हतार थियो, विदावारीका लागि साथीहरुलाई भेट्न । हतारहतारमा उनले टाटेपाटे पोसाक लगाए । त्यसपछि पालबाट बाहिरिए । भेट्नुपर्ने साथीलाई फोन गरे । शिविरको ठूलो क्षेत्र भएकाले बटालियन बटालियनहरुमा पुग्दा भेटिने हुन् या होइनन् ? पक्का गर्नलाई पनि फोन गर्नुको कारण खुलाए ।
बाहिरिनेबित्तिकै भेटिए उनका स्वास्थ्यकै सहकर्मी । केही साथी पालको छेवैमा चौरमै खाना पकाउँदै थिए । साथीहरुलाई विदाइका लागि बोइलर पकाउने तयारी हुँदै थियो ।
स्वास्थ्य विभागका भान्सा बटालियनको जस्तो ठूलो थिएन । आठ/दसजनाको भान्सामा उनीहरुले पालैपालो पकाउँदारहेछन् । भान्सा छेवैमा भेटिइन् बि्रगेड सहकमाण्डर कुशलरक्षा । उनले सर्जनलाई 'कहिलेकाहीँ आउन' भन्दै 'नबिस्रन' आग्रह गरिन् ।
भोलिपल्ट नेकपा (मसाल) निकट राष्टिय जनमोर्चाको लुम्बिनी बन्दका कारण बहिर्गमनका लागि चौथो डिभिजन मुख्यालय झ्याल्टुङडाँडा पुग्न बिहान पाँच बजे नै हात्तीखोरबाट बाटो लाग्नु थियो । त्यसैले पनि साथीहरुलाई आजै भेटन् उनी हतारमा थिए ।
परेड खेल्ने चौरमा पुगे । एकछिन टक्क अडिए । त्यसपछि पुगे दैनिक रोलकल हुने सानो चौरमा । जहाँ उनी दैनिक रोलकलमा भाग लिन्थे । हेरे -भलिबल कोर्ट । बास्केट बल कोर्ट हेरे ।
साथीहरु भेट्न सबै बटालियन चहारे । अन्तमा पीएलए स्पोर्टस् क्लबमा पुगे । विदाइका लागि पुगेका बटालियनमा विदाइकै लागि आएका जाने साथीहरु पनि भेटिए ।
'स्वास्थ्यमा भएकाले प्रायः सबैसँग चिनजान हुन्छ', धेरै साथीलाई भेटेपछि उनी बासस्थान फर्कंदैगर्दा भने 'अघिपछि नभए पनि जाने बेला एकपालि त भेट्नै पर् यो ।' भेटमा साथीहरुलाई 'गल्ती भए माफ गर्न' भने । साथीहरुले पनि कहिलेकाहीँ आउन भन्दै आफूहरुलाई माया नमार्न आग्रह गरे । तीन वर्षसम्म मात्र होइन त्यसअघि युद्धकालमा सँगै िहंडेका साथीहरुसँग छुट्टिदाका घाउ अनुहारमा छरपष्ट देखिन्थे । विदाइ गर्नका लागि भेट्न गएका उनी साथीहरुकहाँ दुई मिनेट भन्दा बढी अडिन सकेनन् ।
साथीहरुसँग विदावारी गरेर आफू बस्ने पालमुनि फर्कंदा साँझ पर्न लागिसकेको थियो । फर्केपछि बाकस झिके । खाट वरपर र पालको भित्तामा झुण्ड्याएका लुगा मिलाउन लागे ।
last day under tent of his PLA life |
त्यसपछि उनले आफूले लगाएको कम्ब्याट ड्रेस फुकाल्न थाले । टोपी फुकाले । क्रमशः उनको अनुहार कम्ब्याट लुगा फुकाल्दैजाँदा फेरिदै गयो । जनयुद्धमा लागेदेखि बोक्दैआएको जनमुक्ति सेनाको परिचय यतैकतै छाडेर जान थालेजस्तो विछोडको पीडा उनको अनुहारमा झल्किरहेको थियो ।
के सम्झेर कुन्नि ? एकछिन टोलाए । त्यसपछि ती लुगालाई वल्टाइपल्टाइ हेरे ।
कम्ब्याट लुगालाई पट्याउनुअघि कुनै काम भुलेजसरी फरक्क फर्केर हेरे । के सम्झेर कुन्नि ? जुरुक्क उठे । बुट कुनातिर राखे । रातो तारा भएको क्याप देवीराम महतो 'सर्जन' भनेर लेखिएको 'नेम प्लेट' भएको सर्ट र पाइन्ट मज्जाले पट्याए । र, बाकसमा राखे ।
'अन्तिम दिन हो', आज आफूले साँचीराखेको पुरानो यादलाई छाडेर जाँदाखेरि जसरी भने 'मलाई नै कस्तो कस्तो लागिरहेछ । मनमा लागेको कुरा कसरी भन्ने ? मलाई नै थाहा छैन ।'
पालमुनि दुईवटा खाट छन् । कुनातिर बाकस छ । त्यै बाकसबाट उनले सामान झिकेर सुटकेसमा राख्दैछन् ।
बसाइ सर्न लागेकालाई आफन्त र छिमेकी भेट्न आएजसरी उनलाई पालमुनि भेट्न साथीहरु आए । कतिलाई उनले प्रत्यक्ष भेटेर विदा मागे भने कतिलाई फोनबाटै विदावारी मागे ।
खाना खाँदा बत्ती थिएन । खासा बत्तीको मधुरो उज्यालोमा शिविरमा खानपिन भयो ।
तीन वर्षसम्म घामपानी ओतेको शिविर छाड्नुअघिको अन्तिम रातमा उनले के देखे होलान् हँ, सपना ?
६ गते
बिहान चार बजेदेखि नै हात्तीखोर शिविरमा चहलपहल सुरु भइसकेको थियो । पाँच बजे बस छुट्ने भएकाले उनीहरु सबेरै उठेका थिए । शिविरमै बस्ने र बहिर्गमन हुने जनसेना उठिसकेका थिए ।
बाहिर हुस्सुको अँध्यारो मात्र थिएन पानी परेजस्तै थियो । बि्रगेड कार्यालय अगाडि रहेको प्रतीक्षालय छेउमै उभिएको गाडीमा जानेहरु आउनेक्रम जारी थियो । गाडीमा आएर कोही विदाइ गर्दै थिए । जाने जनसेना आआफ्ना बटालियनबाट विदाइ भएर आएका थिए । उनीहरुका निधारमा राता टीका र गलामा मालाले विदाइ भएको पुष्टि गर्थे । जानेहरु ससाना नानीसहितका आमा पनि थिए । बि्रगेड सहकमाण्डर पोष्टबहादुर बुढा मगर 'रणदीप' आफै उनीहरुलाई लिएर डिभिजन कार्यालय जाँदै थिए ।
सर्जन गाडीमा चढ्दा गाडी भरिइसकेको थियो । त्यसैले उनी छतमा जान त_िम्सए । कावासोतीमा बन्द आव्हानकर्ता राष्टिय जनमोर्चाका कार्यकर्ताले गाडी रोके । कुरा नमिलेपछि कमाण्डर रणदीप नै ओर्लिए । लामो छलफलपछि मात्र गाडी गुड्यो ।
डिभिजन कार्यालय झ्याल्टुङडाँडा पुग्दा उज्यालो भइसके पनि हुस्सुले 'होइन कि' जस्तो लाग्दैथियो । दिनभर उनले सैनामैनास्थित कृष्ण सेन स्मृति बि्रगेड, जर्घास्थित वसन्त बि्रगेड र झ्याल्टुङडाँडास्थित सलिम स्मृति बि्रगेडका साथीहरुसँग संचोबेसंचोका कुराकानीसँगै विदावारीमा बिताए । 'तपाइ[ पनि !' एकअर्कालाई भेटेर आश्चर्य प्रकट गरे । बाहिर जान थालेको थाहा पाएर उनीहरु दुखी हुन्थे । १२ बजेतिर बहिर्गमन प्रकि्रयामा भाग लिए । अनमिनले दिएको पुरानो कार्ड फेरियो र नयाँ कार्ड लिए । जुन कार्डमा एक वर्षको म्याद छ । उनले चाहे संयुक्त राष्ट संघका एजेन्सीले घोषणा गरेको क्रखुरा पालनलगायतका प्याकेज लिन सक्ने छन् । एजेन्सीले दिएको एक जोर लुगा लिए । त्यसपछि उनले साथीहरुसँगै झ्याल्टुङडाँडास्थित डिभिजन कार्यालय र सलिम बि्रगेडका बटालियनमा घुमे ।
भोलिपल्ट औपचारिक विदाइ कार्यक्रम हुनुअघि उनले अघिल्लो दिन दिएको १० हजारको चेक भजाए । जनमुक्ति सेनाले दिएको १२ हजारसहित २२ हजार भयो ।
'के गर्ने यो पैसा ?' उनले पैसा हातमा समाएर एकछिन अक्मकाए । उनले लगानी गरेको झर्झराउँदो जवानी स्वप्निल यामको लगानी २२ हजार मात्र थिएन । पैसामा जोख्न त सकिदैनथ्यो । उनी केही बोलेनन् ।
'हामी लडेर गणतन्त्र त आयो नि । यसैलाई मानां उपलब्धी', उनले पैसाको खाम गोजीमा राख्दै भने 'सरकार, अनमिन जति दोषी भए पनि के गर्नु ? जे नहुनु थियो भइसक्यो ।'
विदाइको औपचारिक कार्यक्रममा नेपाल सरकारको प्रतिनिधिलाई बोल्न स्टेजमा बोलाएपछि हुटिङ भयो । आफूहरुलाई बेवास्ता गरेको भन्दै भन्दै हुटिङ गरेर बोल्न दिएनन् । अन्तमा फेरि सरकारी प्रतिनिधिलाई बोल्न दिएपछि उनको भाषण सुरु हुँदा कुसर्ी खाली भइसकेको थियो ।
उनका मिल्ने साथी पिपल हात्तीखोरमा छुटिसकेका थिए । त्यसैले बराबर प्राथमिकताका साथी थिए विदावारी गर्नुपर्ने । उनले बस गुड्नुअघि फेरि आफ्ना साथीहरुसँग अन्तिम विदाइ गर्न घरी बसमा पसे घरी ओर्लिए ।
'माया नमार्नु है', बस गुड्न सुरु गरेपछि टाटेपाटे पहिरनका जनसेनाले हात हल्लाउँदै भने 'आउँदै गर्नु है ।'
शिविरमा कसैका प्रेमी छुटेका थिए कसैका प्रेमिका । कसैका श्रीमती छुटेका थिए कसैका श्रीमान् । कसैका भाइ छुटेका थिए त कसैका दिदी । त्यसमाथि तीन वर्षसम्म बसेको थलो छोड्दा उनीहरुका आँखा यसैयसै रसाएका थिए ।
सर्जन २०६१ मा जनमुक्ति सेनामा भर्ना भएका थिए । दस कक्षामा पढिरहेको बेला एकदिन कावासोतीमा भेटेका थिए जनमुक्ति सेनालाई । उनले भेटेका जनसेनाका कुरा सुनेर र उनीहरुलाई भेटेर यसै जागेको रहरको आधारमा उनी जनमुक्ति सेना बने । त्यसपछि उनले राजनीतिक र सैन्य प्रशिक्षण लिए । त्यसपछि उनले भने 'देश बदल्ने भन्ने स्वप्निल सपना उनियो ।' उनले उनेको सपना र देखेको विपनामा अहिले आकाशपातालको फरक छ । तैपनि उनले भने 'हामी नै निराश भएपछि देशको मुहार कसले फेर्छ ?'
तीनवटा बस गुडे पोखराको लागि । त्यसमध्ये एउटा बसमा थिए सर्जन । उनी डण्डामै ओर्लेर कोल्हुवातिर लाग्नुपर्ने तर सुटकेस कावासोतीमै छोड्ने भनेर कावासोतीमा ओर्लिए । उनले सुटकेस कावासोतीमै राखे जहाँ उनी आउने छन् एसएलसीको तयारी गर्न । उनले यसैपालि सेन्टअप परीक्षा दिएका छन् ।
अब के गर्ने ? उनीसँग बनिबनाऊ योजना छैन । तर आफूले यति धेरै लगानी गरेको पार्टी नछाड्ने बताए । पार्टी काम गर्दै पढाइ पनि अघि बढाउने बताए ।
कावासोतीमा उनका केही स्कुले साथी भेटिए । उनीहरुले सोधे 'कहिले फर्कने ?' उनले भने 'यस्तै दुईचार दिनपछि ।' कहिल्यै नजानेगरी आएको कुरा साथीहरुलाई भन्न सकेनन् ।
'घरमा कसरी भन्लान् हँ ?' उनको घर जान डण्डाबाट कोल्हुवास्थित लेढातिर गुडेको ट्याक्सीमा झुण्डिएको बेला मनमनै सम्झिएँ । 'के भन्लान् सोच्नुभएको छ ?' उनी फिस्स हाँसे । गाउँका मान्छेले सोधे के भन्ने ? छरछिमेकले सोधे के भन्ने ? उनीसँग तयारी जबाफ थिएन सायद ।
ट्याक्सीमा झुण्डिएर उनको घर नवलपरासीको कोल्हुवास्थित लेढा पुग्दा घाम डुबिसकेका थिए । कुनै जानकारीबिना नै घरमा आएको देखेर उनकी आमा, बहिनी, भाउजू र भतिजी अचम्मित भए । उनकी आमाको अपरेसन यसै महिनामा गर्नुपर्ने भएको रहेछ । विरामी रहिछन् । उनका बाबा भने पल्लो कोठामा थिए जहाँ उनका हजुरबा दुई दिनदेखि बोली बसेको थियो । उनकी बहिनीले रगत दिसा गरेको जानकारी दिइन् ।
थारु भाषामा के के कुरा गरे । उनी हत्पत्त विरामी हजुरबा भएको कोठामा गए । उनले औषधी हेरे । हजुरआमा पनि विरामी रहिछन् । वाल्लोपाल्लो राखिएका दुईवटा चारपाइमा बूढाबूढी सुतेका थिए । उनले दुवैजनालाई औषधी खुवाए । उनका बाबाले थारु भाषामै के के भनेपछि उनले नेपालीमा अथ्र्याए 'मलाई फोन आइरहेको थियो तर आउन सकेको थिइनँ । हजुरबाले 'देवे' 'देवे' भन्दै मलाई खोज्नु भएको थियो रे । तर हिजोदेखि हजुरबाको बोली नै बन्द भएछ ।'
उनका परिवारका सदस्य मात्र होइन आफन्तजन पनि आएका थिए ।
विरामीकै चापमा रहेकाले उनलाई कहिले फर्कने ? के गर्ने ? कसैले पनि सोधेनन् । सिकिस्त विरामी भएकाले उनले टाढाका आफन्तलाई फोन गरे । ७ बजेतिर हजुरबा बिते । त्यसपछि मलामी बोलाउन फोनमै व्यस्त भए । तर लोडसेडिङको अँध्यारोमा रुवाबासी रातभर चल्यो ।
राति १० बजेतिर बत्ती आयो । कम्ब्याट लगाएर खिचेको फोटो जसलाई लेमिनेसन गरेर कोठामा राखिएको रहेछ, उनले हातमा लिए । के सम्झिए कुन्नि ? एकछिन हेरे । केही बोलेनन् । हजुरबा बितेको शिविरबाट अयोग्य भनेर बाहिरिएको यी एकैचोटी लागेका चोट थिए ।
कहिले फर्कने ? या कसरी आए ? भनेर न परिवारजनले सोधे न त यसरी आएँ भनेर उनले नै भनेका छन् । उनका गाउँले साथीहरु पनि भेला भए । उनीहरुले कहिले फर्कने ? भनेर सोधे । 'केही दिन बस्ने' बताए ।
उनले कम्ब्याट लगाएको फोटो हेरेपछि सिरकभित्र गुटमुटिए ।
के सपना देखे होलान् हँ, घर फर्किएको त्यो रात ?
बिहान आँगनमा उल्टो पारिएको चारपाइमा राखिएको लाशको छेउमा सर्जन टुक्रुक्क बसेका थिए । लाशको छेवैमा हजुरआमा घरीघरी भक्कानिदैथिइन् । हुस्सुले अँध्यारो नै थियो । चिसो थियो । तर ती आमैको परम्परागत सेतो लुगा घुँडाभन्दा माथि थियो भने शरीरमा पातलो लुगा र त्यसमाथि पातलो बर्को थियो ।
आँगनमा छोरीहरुले डाको छाडेका थिए ।
सर्जन घरी फोन गर्थे घरी मलामी बोलाउन साइकल कुदाउन थाले । थारु परम्पराअनुसार गाड्नु पर्ने । गुरुवा भएकाले झन् गाड्नै पर्ने । तर सर्जनका बाले जलाउने भनेपछि नारायणी किनारतिर लागे ।
सर्जन र उनका भिनाजु जो नेपाली सेना रहेछन् बोके । भिनाजु आर्मी कोटमै आएका थिए ।
नारायणीको पाल्लो किनार कति पारि छ ? हुस्सुले केही पनि देखिदैनथ्यो तर थारु परम्पराअनुसार पोलि नसक्दासम्म मलामीले सात/आठ पालि नारायणीमा डुबुल्की मारिसकेका थिए ।
'सुन त जलिसक्यो होला है' काठले हजुरबाको लाश चलाउँदै उनले भने 'हजुरबाको कम्मरमा एक तोलाको सुनको औठी थियो ।' आफूसँगै लाने इच्छा प्रकट गरेकाले सुन नझिकेको उनले बताए ।
बाआमाले के भन्लान् ? के थियो सपना ? जनयुद्धमा जनमुक्ति सेना भएर िहंडेको छोरो रित्तो हात घर फर्कंदा मनमा कस्तो तर्कना उठे ?
उनका अबोध बाबाआमा दिदी बहिनी हजुरआमासँग यस्तो बेला सोध्नु मानवीय हिसाबले पनि उचित थिएन । उनको घरबाट बाटो लाग्न अघि उनले आफूलाई आमाले टीका लगाएर जनयुद्धमा पठाएको ठाउँ देखाए । आमाले फर्केर हेरेको आँगन देखाए ।
'यहीनेर हो आमाले मलाई टीका लगाएर विदा गरेको,' उनले भने ।
उनी त्यहीनेर उभिइरहेका थिए जहाँबाट उनी आमाको हातबाट टीका लगाएर जनयुद्धमा िहंडेका थिए । उनलाई आमाले के आशिर्वाद दिएकी थिइन् ? सोध्नु थियो । जे होस् उनले चढाएको यौवन र त्यागले देशमा गणतन्त्र त आइसकेको थियो तर उनी भने आमाले विदावारी गरेको ठाउँमा रित्तै उभिइरहेका थिए ।
सर्जनसँग विदावारी भएर डन्डा जाने गाडीको पुच्छरमा झुण्डिदा उनी उसैगरी उभिएका थिए । गाउँतिर चल्ने टेम्पोजस्तो भ्यानमा नअटेर झुण्डिरहेका कोल्हुवाबसीसँगै झुण्डिएर गुड्न थालेपछि शिविरमा बजेको पवित्र सुब्बाकै बाँकी गीत कानमा फेरि बज्यो-
लेख्न बाँकी सानो खुसी मनमा अझै छ िक
फेरि अर्को जंघार मैले तर्नु रहेछ बाँकी
-पवित्र सुब्बा
(यो गीत र सर्जनबीच के साइनो लाग्छ ? रामजाने ।)
(अंग्रेजीमा पढ्न मन लागे http://www.myrepublica.com/e/component/flippingbook/book/74-republica-05-feb-2010/1-republica.html क्लिक गर्न कष्ट गर्नुहोला ।)
Tara Lal Shreshtha:
ReplyDeletepathetic pictures; sad; unknown future of them; but for the peace; they are compled;
उनी त्यहीनेर उभिइरहेका थिए जहाँबाट उनी आमाको हातबाट टीका लगाएर जनयुद्धमा हंडेका थिए । उनलाई आमाले के आशिर्वाद दिएकी थिइन् ? सोध्नु थियो । जे होस् उनले चढाएको यौवन र त्यागले देशमा गणतन्त्र त आइसकेको थियो तर उनी भने आमाले विदावारी गरेको ठाउँमा रित्तै उभिइरहेका थिए ।
ReplyDeleteनिकै हृदयविदारक र मार्मिक । एउटै ब्यक्तिको यती धेरै ब्यथा छ ति हजारौ अयोग्य बनाइकाहरुको एकैचोटएे सुन्दा रदेख्दा कस्तो होल ? भगवान पनि जो कमजोर छ, जो कोमोल छ उसैलाई दुखाउन मात्र सक्छ । बस, यो दैब पनि निकै कठोर छ । देबिरामको उज्ज्वल भबिश्यको कामना गरौ । अनी उनको बाजेको स्वर्गमा बास हवस । शान्तिप्रक्रिता तार्किक निस्कर्शमा पुगेर सम्रिद नेपाल बनोस अनी मात्र रित्तो सपनाहरु भरिनेछन । धन्यवाद नबिन दाई ।
ख्वैं के भनेर लेखुँ कमेन्ट ? पढ्दा पढ्दै के भयो भयो ।
ReplyDeleteसर्जनको हृदयविदारक पीडालाई नवीन दाईको प्रस्तुतिले झनै सघन बनाएछ ।
जीवन एउटा घाम छायाँ हो.... एकछिनमै कहाँ पुग्छ
ReplyDeleteमानिसको जीवन खरानी हो..... माटो मा नै मिल्छ ।
जन्मेर एक दिन मर्नु छ मुटुमा माया बोकी
बाचुञ्जेल केही गर्नु छ आँखामा आँसु बोकी ।
सुख र दुख आधादी हरपल यहा झेल्नु छ
आसु-हासो बरोबरी दैवको खेल खेल्नु छ ।
Indra Dev Rai
ReplyDeleteKe ayogya bhaniyaka 6apar yinai ta hoina?
के गर्ने सपना देखेर हिँडेका के बोकेर फर्कीए ? प्रश्न अनुत्तरित छ अझैपनि । अयोग्य छापामारको अलिखत कहानी खोतल्ने प्रयास गर्नु भएछ नविन दाजूलाइ धन्यवाद ।
ReplyDeleteसधैं संगै अघि वढ्ने थियो मनको आशा
ReplyDeleteरुदै मन पुछ्दै आँसु पाइला सार आज
फेरी भेट्ने वाचा गरी मिलाऔं साथी हात
विदाई यहाँहरुलाई अभिवादन साथीहरुलाई ।
वर्गीय मायाको डोरीले वाधिसकेको मनलाई टुक्राउदा -अलग्याउदा) मुटु भक्कानिनु अनौठो होइन । सायद सवैको आत्मा पोल्छ । त्यस्तै भयो सर्जनलाई पनि ।
एउटै मुहानले वग्ने पानी दुई किनारा हुँदा
विछोडको वेला हो यो पक्कै मुटु दुख्ला
तर, हामी नरोऔं साथी फेरी भेट हुन्छ
वर्गीय माया हो यो तपाई हामी फेरी भेटौला ।
Chetan Budhamagar
ReplyDeleteoh sir yati siriyas katha.....?bhugna dherai bhugiyo kinto bhabanalai shabdma utarna sakidain.plz cam sarjanko ph no hajursang 6 vane........i hope. uttam 4th div hq.