Sunday, April 28, 2013

नेपाली सेनाद्वारा लडाकू समायोजनको खाका सार्वजनिक


नयाँ महानिर्देशनालयको नेतृत्वमा उपरथी रामकृष्ण अधिकारी
१५ बैशाख, काठमाडौं । नेपाली सेनाले लडाकूहरुको समायोजनबाट बन्ने महानिर्देशनालयको खाका सार्वजनिक गरेको छ । सैनिक मुख्यालय जंगी अड्डामा पत्र कार सम्मेलन गरी युद्धकार्य निर्देशनालयका उपरथी हरिबहादुर बस्नेतले दिनुभएको जानकारीअनुसार महानिर्देशनालयको नेतृत्व उपरथी रामकृष्ण अधिकारीले गर्नुहुने भएको छ ।
महानिर्देशनालयमा पूर्व लडाकूबाट १४ सुबेदार, ४२ जम्दार, १ सय ७० हुद्दा, अमलदार १ सय ९३ र सिपाही ७ सय ९० रहने छन् । ७१ अधिकृत तहको तालिममा रहेका मध्ये २ महासेनानी र १ सेनानी बढुवा प्रक्रियाबाट आउने छन् ।

नयाँ निर्देशनालयमा दुई प्रमुख सेनानी र एक महासेनानीलाई गणपति तालिममा पठाइने र उनीहरु नियमसंगत बढुवा प्रक्रियाबाट अघि बढ्न सक्ने बताइएको छ । महानिर्देशनालमा सहभागी लडाकुहरुले पनि शान्ति सेनामा भाग लिन पाउने तर, ६ वर्ष सेवा गरेको व्यक्तिमात्रै शान्ति सेनामा जान पाउने प्रावधान लागु हुने नेपाली सेनाले जनाएको छ ।

माओवादी लडाकू र नेपाली सेनालाई मिलाएर बनाइएको निर्देशनालयमा माओवादी लडाकूका तर्फबाट ७१ अधिकृत र १३ सय ७२ पदिक तथा अन्य दर्जा रहने बताइएको छ ।
from Onlinekhabar

No comments:

Post a Comment