Saturday, December 18, 2021
अलबिदा गुरुङ

काठमाडौं। ‘उत्तरबाट बादल आउँदा उत्तरतिर हेर्छिन् रे,
बम्बईको कोठीमा हाम्री चेली रुन्छिन् रे’
सत्ता संरक्षित दलालको पासोमा परेर भारतीय यौन बजारमा बिक्री भएकी नेपाली चेलीको आर्तनाद वर्णन गर्ने यो गीतकी गायिका लक्ष्मी गुरुङ अब आफ्ना आवाजमा मात्रै रहने भइन्। नेपाली जनवादी संगीत क्षेत्रकी चर्चित गायिका लक्ष्मी गुरुङको निधन भएको छ। भारतमा काम गर्ने लक्ष्मी नेपाली मजदुरमाझ अझ बढी लोकप्रिय थिइन्। उनले रक्तिम परिवारका अधिकांश एल्बममा आफ्नो गला दिएकी छिन्।
एमालेमा किन छैन वैचारिक बहस?

काठमाडौं। यही १० र ११ मंसीरमा नेकपा (एमाले)ले महाधिवेशन गर्दैछ। राजनीतिक दलको सर्वोच्च अंग मानिने महाधिवेशनलाई केवल नयाँ नेतृत्व चयनको रूपमा मात्र नभई पार्टीको नयाँ कार्यक्रम र दिशा तय गर्ने अवसरको रूपमा पनि लिइन्छ।
त्यसैले महाधिवेशनमा वैचारिक बहस हुने अपेक्षा गरिन्छ। तर महाधिवेशन नजिकिँदै गर्दा पनि एमालेमा वैचारिक बहसको थोरै पनि संकेत छैन। महाधिवेशनको मुखमै पुग्दा पनि एमाले विचारको बहसका हिसाबले सुनसान छ।
वैधानिकता जोगाउन महाधिवेशन गर्दै मुख्य राजनीतिक दल

काठमाडौं। देशमा महाधिवेशनको मौसम शुरु भएको छ। ठूला राजनीतिक दलहरूले मंसीर र पुसमा महाधिवेशन गर्दैछन्। नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपाले मंसीरमा महाधिवेशन गर्दैैछन् भने सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले पुसमा राष्ट्रिय सम्मेलन।
किन यी दलले मंसिर र पुसमै महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्दैछन् ? मुख्य कारण हो संविधानले तोकेको सीमा।
यसकारण पुजिन्छ गाई

गाई गीत
गोठैको भकारोभरि गाई बाच्छीका दाउँला
साई(मायालु) बैरागी, मै उलासे सँगसँगै जाउँला।
घाँस खाँदिन दूधै दिन्न, तिल्कु मेरी गाईले
रूप चिन्दैनौ गुण चिन्दैनौ, कैरङे साईले।
दूध धारा तिलौरी गाईको, तेल धारा बत्तीको
न्याउली बास्दा रुन्चेउ जिज्यै, म रुँदा कत्तिको ?
पातल चर्ने कैलु गाईको, मन्टैभरि घाँट
कोई बैरागी एकवचने कोई ता हुन्चन् ढाँट।
गोबर गउँत गाईकै चल्ने, गाईकै चल्छ धार
सिङारी गरेइको भरमा, हुँदैन कि सार ?
रापती, भेरी र कर्णाली सुसाइसँगै सुसेलिने ठारी भाकाका गीति लहरा हुन्, यी। जुन रुकुम खाराबाट मनलाल ओलीले इ–हुलाकमार्फत गला हालेर डाक गरेथे। कति लहरा उनै ओलीले खारा, खुम्चेरी, जिबाङ, लाइतका वनपाखामा गाई चराउँदै उनेथे भने कति उनका अग्रज पुस्ता र सङ्साथीले गाएको सुनेर उनेका।
होला त माओवादी-जसपा एकता ?

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टी(जसपा)सँग पार्टी एकता गर्न प्रस्ताव राखे। माओवादीनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र मधेशवादी दल निकट नेपाल लोकतान्त्रिक शिक्षक महासंघबीचको एकता समारोहलाई सर्लाही सदरमुकाम मलंगवामा १३ कात्तिकमा सम्बोधन गर्दै दाहालले ‘जनकपुरमा पार्टी एकता घोषणा गर्ने’ चाहनासमेत व्यक्त गरे।
समस्यै–समस्याले थिचिएको छ न्यायालय, सुध्रिएला कसरी?

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग्ने क्रम बढ्दो छ। आज (९ कात्तिक) मा प्रधानन्यायाधीशलाई उनको च्याम्बरमा भेटेर सर्वोच्च अदालतका १४ न्यायाधीशले राजीनामा मागे। तर प्रधानन्यायाधीश राणाले ‘सडकमा माग्दैमा राजीनामा दिए न्यायपालिका बच्न नसक्ने’ तर्क गर्दै राजीनामा नदिने अड्डी कसे।
चोलेन्द्रलाई हटाउँदैमा न्यायालय विकृतिमुक्त हुन्छ त ?

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरकारमा भागबन्डा खोजेको प्रकरण चुलिदैजाँदा पदबाट राजीनामा दिनुपर्ने नभए महाअभियोग लगाउनुपर्ने माग बढिरहेछ। सर्वोच्च अदालतका न्यायाधीशले फुलकोर्ट बहिष्कारसमेत गर्ने भएका छन्।
के ‘विवादित र विनोदी’ छवि बनाएका राणा बाहिरिँदैमा पूर्वन्यायाधीश फोरमले ‘गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता’ गुमाएको आरोप लगाएको नेपालको न्यायालय ‘न्यायालय’जस्तो भइहाल्छ त ? समस्या राणाजस्ता व्यक्तिमामात्रै छ कि राणाहरू जन्माउने, हुर्काउने पद्धतिमै छ ? व्यक्तिमा समस्या हो कि पद्धतिमा ?
चुनावसम्म टिक्ला त गठबन्धन ?
सरकारका सय दिन

‘लोकतन्त्र र संविधान जोगाउन’ भन्दै बनेको पाँचदलीय गठबन्धन शेरबहादुर देउवा सरकारको ‘हनिमुन’ (सय दिन) सकिएको छ। बिहानीले दिनको संकेत गर्छ भनेजस्तै सरकारको यो मधुमासले गरिखाला भन्ने शुभसंकेत देखिएन।
Subscribe to:
Posts (Atom)