Sunday, February 14, 2010

तन्नेरीका नाउँमा



केही समययता नेपाली जीवनशैली पश्चिमीकरण हुने गतिमा तीब्रता आएको छ। खानपिन, लवाइखवाइ, उठबस चालचलन सबैसबैको अन्धानुकरण हुँदैछ।

पश्चिमी जीवनशैली अपनाउँदा आफूलाई बौद्धिक र सभ्य ठान्ने कुसंस्कृतिको प्रभाव चर्कंदोछ। तर पश्चिमा जीवनशैलीका राम्रा पक्ष सिला खोजे मुश्किलले भेटिएलान्, जसका कारण पश्चिमा विज्ञान र प्रविधिको क्षेत्रमा छलाङ मारे।

पश्चिमाका सकारात्मक पक्षलाई पछ्याएको भए नेपाल कहाँ हुँदो हो हँ यतिखेर ?

हामीले पश्चिमा समाजको नकारात्मक पक्षलाई मात्र अन्धानुकरण गरेका छौं। जसको सबैभन्दा बढ्ता सिकार तन्नेरी पुस्ता भएको छ। हाम्रो लागि योभन्दा अर्को दुखद् समाचार के हुन सक्छ ?

पश्चिमी जीवनशैली सिक्नु नेपालजस्तो तेस्रो विश्वका मुलुकका लागि आवश्यकता र बाध्यता दुवै होला। तर अन्धानुकरण गर्नुपर्छ भन्ने छैन। आफ्नो पहिचानलाई नै धरौटी राखेर पश्चिमा जीवनशैली अन्धानुकरण गर्नु गलत हो।

पश्चिमाले त पूर्वीया 'इमोस्नल' 'िहंसाप्रेमी' 'गरिब' 'अज्ञानी' भन्छ। आफ्नोबारेमा केही पनि गर्न नसक्ने 'लाचार'को संज्ञा दिन्छ। पश्चिमाले पढाएका र तिनका संचारमाध्यमले पस्केका दृष्टिकोणलाई अपनाइरहेका छौं। पूर्वलाई हेर्ने पश्चिमा दृष्टिकोणलाई आँखामा चिम्लेर पछि लागेका छौं। हाम्रा समाजका सकारात्मक पक्षलाई माया मारेर पश्चिमकै पछि दौडेका छौं।

थाहा छ, सबैथोक सधैंका लागि सान्दर्भिक हुँदैनन्। फेरिदैजान्छ। तर नेपाली समाजको पहिचानलाई जोखिममा राखेर अरुका गलत संस्कार अपनाउनुको अर्थ के होला र ? तन्नेरी साथीका लागि पश्चिमा जीवनशैली सबै राम्रा होलान् तर मेरा लागि सबै ta सही छैनन्।

पश्चिमा गलत जीवनशैली हाम्रा लागि भाइरस हुन्। जसलाई एन्टीभाइरस प्रयोग नगरेर आँखा चिम्म पारी पछि लागेका छौं।

पश्चिमा जीवनशैलीको भाइरसबाट सबैभन्दा बढी आदिवासी जनजातिका चोखा जीवनशैली धरापमा परे।

पश्चिमका जे पनि आँखा चिम्लेर अपनाउने प्रवृत्ति त्यागे कसो होला ?

5 comments:

  1. भ्fइरस पनि धेरै प्रकारको हुन्छन् आजाभोलि त, एउटा एन्टी भाइरस प्रयोग गर्‍यो, अर्को भाइरसले आाक्रमण गर्छ, के गर्नु ? सबै फाइलहरुमा .exe लागिसकेको छ, एकैचोटी र्फमेट गर्न अब यो अवस्थामा गाह्रो छ ।

    ReplyDelete
  2. kura ta thikai garnu bayo yo ta bara aana nai sataya ho tara aadha jasto ta virus le khai sake ko aadha lai bachauna pane saro parayo sir.........

    ReplyDelete
  3. Rajendra Pun Magar

    kati chando lekheko ho yar sir?

    ReplyDelete
  4. Govind Khadka
    नेपालमा संविधान वनाउनु भन्दा भ्यालेन्टाईन्डे युवाजमातलाई महत्व किन भयो होला ?

    ReplyDelete
  5. Chetan Budhamagar
    haju jasto sabai vaideyama tadha 6ain .thanks

    ReplyDelete