एकीकृत माओवादी त्यस्तो पार्टी हो, जसको केन्द्रीय तहमा अविवाहित नेताहरूको पंक्ति पनि ठूलो छ र आपसमा नाता-सम्बन्ध भएका नेताहरूको सञ्जाल पनि त्यत्तिकै परसम्म फैलिएको छ । केन्द्रीय तहमा राजनीतिक सम्बन्ध मात्रै होइन, नातेदारी सम्बन्ध हुनेहरू पनि थुप्रै छन् । राज्य समिति र जिल्ला समितिसम्म पुग्दा त पारिवारिक जालो झनै फराकिलो पाइन सक्छ । पार्टी सर्वोच्च नेतृत्व अर्थात् अध्यक्षदेखि विधायक सदस्य अर्थात् सभासद्सम्मको पारिवारिक जालो पनि कम फराकिलो छैन ।

प्रधानमन्त्री तथा पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईको पनि पूरै परिवार पार्टीमा क्रियाशील छ । पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री हिसिला यमी भट्टराईपत्नी हुन् । भट्टराई र यमी दुवै संविधानसभामा प्रत्यक्षतर्फका सभासद् पनि हुन् । उनीहरूकी एक्ली छोरी मानुषी माओवादीनिकट विद्यार्थी संगठनको केन्द्रीय सदस्य छिन् भने त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सचिवसमेत छिन् ।
अर्का सचिव तथा पूर्वसूचना तथा सञ्चारमन्त्री पोष्टबहादुर बोगटी दिवाकरकी पुत्री प्रभा र प्रचण्डपुत्र प्रकाशबीच विवाह भएको थियो । तर, उनीहरूबीच अहिले सम्बन्धविच्छेद भइसकेको छ । अध्यक्ष र सचिव अब पूर्वसम्धी मात्रै बनेका छन् । सचिव दिवाकरपत्नी नुवाकोट गणतान्त्रिक मञ्चमा सक्रिय छिन् ।
स्थायी समिति सदस्य देवप्रसाद गुरुङकी पत्नी यशोदा सुवेदी पार्टी केन्द्रीय सदस्य छिन् र दुवैजना सभासद्समेत छन् । यशोदा माओवादी पोलिटब्युरो सदस्य नारायणप्रसाद शर्माकी बहिनी हुन् । अर्का स्थायी समिति सदस्य वर्षमान पुन अनन्तपत्नी ओनसरी घर्ती केन्द्रीय सदस्य र पूर्वयुवा तथा खेलकुदमन्त्री हुन् । अनन्त र ओनसरी दुवै सभासद् पनि हुन् । स्थायी समिति सदस्य लीलामणि पोखरेलकी पत्नी शशि श्रेष्ठ पार्टी केन्द्रीय सदस्य र पूर्व स्वास्थ्य राज्यमन्त्री हुन् ।

कुलप्रसाद केसी पोलिटब्युरो सदस्य हुन् भने उनकी पत्नी तारा सभासद् छिन् । पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेतकी पत्नी सत्य पहाडी सभासद् छिन् । पोलिटब्युरो सदस्य हरिबोल गजुरेल र केन्द्रीय सदस्य झक्कु सुवेदीबीच सम्धी नाता छ । गजुरेलकी छोरी ज्योति र सुवेदीका छोराबीच विवाह भएको छ ।
वाइसिएल संयोजक एवं पार्टी केन्द्रीय सदस्य गणेशमान पुन र केन्द्रीय सदस्य कमला रोका दम्पती हुन् । रोका माओवादी संविधानसभा दल सचेतक र भर्खरै नियुक्त युवा तथा खेलकुदमन्त्रीसमेत हुन् । केन्द्रीय सदस्यद्वय ईश्वरी दाहाल र महेश्वर दाहाल बाबुछोरा हुन् । केन्द्रीय सदस्य सरला रेग्मीका पति गुणराज लोहनी माओवादीनिकट शिक्षक संगठनका अध्यक्ष हुन् । केन्द्रीय सदयद्वय कृष्णध्वज खड्का र रेखा शर्मा पतिपत्नी हुन् ।

माओवादीमा सात जोडी दम्पती सभासद् छन् । आठ जोडी केन्द्रीय समितिमा छन् । राज्यस्तरका नेताहरूको केन्द्रीय तहसम्मको पारिवारिक सम्बन्धको कुनै लेखाजोखा नै छैन । कतिपय राज्यस्तरका नेताका आफन्तहरू पनि सभासद्, केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य र मन्त्रीहरू छन् । तर, केही शीर्ष नेताहरू भने नातेदार सम्बन्धका अपवाद पनि छन् । पदाधिकारीमध्ये उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश'का कुनै पारिवारिक आफन्त केन्द्रीय तहमा छैनन् । उनी अविवाहित नेता हुन् । महासचिव रामबहादुुर थापा बादल र सचिव सिपी गजुरेलका आफन्तजन पनि केन्द्रीय तहमा छैनन् । स्थायी समिति सदस्यहरू कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, दीनानाथ शर्मा र नेत्रविक्रम चन्द विप्लवका नातेदारहरू केन्द्रीय राजनीतिमा छैनन् । महराका छोरा जनसेनाका एक कमान्डर छन् । यी नेताका पत्नीहरू भने राजनीतिमै सक्रिय छन् ।

सभासद् दम्पती
डा. बाबुराम भट्टराई-हिसिला यमी
वर्षमान पुन अनन्त-ओनसरी घर्ती
देव गुरुङ-यशोदा सुवेदी
हितमान शाक्य-अमृता थापा
राजकुमार श्रेष्ठ-देवी खड्का
Dawa तामाङ-कुमारी मोक्तान
टेकेन्द्र भट्ट-रेणु चन्द

प्रचण्ड-टिबी पाठक
किरण-अग्नि सापकोटा
हरिबोल गजुरेल-झक्कुप्रसाद सुवेदी
हितबहादुर तामाङ-कमानसिंह लामा
केन्द्रीय समितिमा
पति-पत्नी
डा. बाबुराम भट्टराई-हिसिला यमी
वर्षमान पुन अनन्त-ओनसरी घर्ती
देव गुरुङ-यशोदा सुवेदी
हितमान शाक्य-अमृता थापा
लीलामणि पोखरेल-शशि श्रेष्ठ
कुलप्रसाद केसी-तारा घर्ती
गणेशमान पुन-कमला रोका
कृष्णध्वज खड्का-रेखा शर्मा
बाबु-छोरा
ईश्वरी दाहाल-महेश्वर दाहाल
from Naya Patrika/ नेत्र पन्थी
from Naya Patrika/ नेत्र पन्थी
No comments:
Post a Comment