Sunday, September 11, 2011

दुई दिनपछि झुल्किएका प्रचण्डले भने-पारिवारिक समस्या मिलाएँ

'नेपालबाहिर गइनँ, तर कहाँ गएको भन्न मिल्दैन'२५ भदौ, काठमाडौं । वरिपरि जर्दजौं कमाण्डोको सुरक्षा लिएर हिड्ने माओवादी अध्यक्ष प्रचण्ड गत शुक्रबारदेखि कसैलाई पत्तै नदिई हराएपछि फेसबुकदेखि सार्वजनिक मिडियासम्म चर्चा र खोजीका बिषय बने ।
शुक्रबार बिराटनगर बिमानस्थलमा देखिएका प्रचण्ड आइतवार पुन त्यहीं भुल्किए । तर यी दुई दिनमा प्रचण्ड कहाँ गए त्यसबारे पार्टी कार्यकर्ता, संचारकर्मी, सुरक्षा निकाय र जासुसी संयन्त्रले समेत केही पत्तो लाउन सकेनन् ।
यसबिचमा डिभोर्सनजिक पुगेका छोरीज्वाईर्ंको झगडा मिलाउन सिलिगुडी पुगेको, दक्षिण एसियाली माओवादी पार्टीको गोप्य वैठकमा भाग लिन पूर्वी पहाडतिर हानिएको र साँचो बुझाउने बिषयमा असन्तुष्ट पहिलो डिभिजनका लडाकू फकाउन इलाम गएको लगायतका अडकलबाजी काटिए ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो पूर्व भ्रमण ब्यक्तिगत र पारिवारिक भएको बताए । उनले आफ्नो पारिवारिक समस्या सुल्भिmएको समेत बताएका छन् । उनले भने-’परिवारको विषयमा केही समस्याहरु थिए ति समस्या समाधान गरेर फर्केको हूँ । पूर्वका विभिन्न ठाउँमा रहेका नातागोतासँग भेटघाट पनि गरें ।’ कहाँ गएको भनि सोधिएको प्रश्नमा उनले भने-’नेपाल बाहिर गइनँ, नेपालमै थिएँ । विभिन्न ठाउँमा पुगेँ, ठाउँको नाम भने नभनौं ।’ आफ्नो भ्रमण गोप्य नभएको भन्दै उनले प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई जानकारी गराएको बताए ।

प्रचण्डसँग भ्रमणमा रहेका माओवादी पोलिटव्युरो सदस्य हरिवोल गजुरेलले पनि भ्रमण प्रचण्डको पारिवारिक भएको बताए । ‘यो उहाँको व्यक्तिगत र पारिवारिक भ्रमण हो । उहाँले जहाँ-जहाँ भन्न्नुभयो, त्यही लगिदिएँ’ अनलाइनखबरसँग कुराकानी गर्दै भने-’यसबारे मैले बोल्न मिल्दैन ।’ प्रचण्डले छोरी ज्वाईको कुरा मिलाएर आउनु भएको हो भन्ने प्रश्नमा उनले पारिवारिक भ्रमणबारे आफूले केही भन्न नमिल्ने बताए । उनले भने- अरुले थाहा पाउलान भनेर म गएको, मैले नै भनिदिएँ भने के अर्थ रह्यो र ?

नयाँ बजार निकट श्रोतका अनुसार प्रचण्डको भ्रमण आफ्नी कान्छी छोरी गंगा र ज्वाई नारायण प्रधानबीच सम्वन्ध सुधारमा केन्द्रीत थियो । पारिवारिक समस्या सुल्झाएको भन्ने प्रचण्डको अभिब्यक्तिले पनि उनी छोरीज्वाईंको कुरा मिलाउन सिलगुडी गएको पुष्टी हुन्छ । दुई बर्षदेखि सिलगुडीका श्रीमानलाई छाडेर काठमाण्डौंमा आमाबुबासँग बस्दै आएकी गंगा र काठमाण्डौं आउन नमान्ने नारायणवीच कस्तो मेलमिलाप भयो र कसरी समस्या सुल्भिmयो भन्नेबारे कसैले पनि बताउन चाहेनन् । उनी श्रीमति सीता दाहाल र पुत्र प्रकाश दाहालसँगै शुक्रबार अपरान्ह बिराटनगरतिर लागेका थिए ।

के हो छोरीज्वाईंको लफडा ?

गंगा र पश्चिम बंगाल डुअर्सस्थित बाग्राकोटका बासिन्दा नारायणसँग सुन् १९९७ फेब्रुअरी ९ तारिखमा लखनउमा विवाह गरेका हुन् । सिलिगुडी कलेजबाट उच्च शिक्षा हासिल गरेका नारायण स्थानिय बाग्रकोट हाइस्कुलका शिक्षक हुन् । गंगा झण्डै २ वर्षदेखि माइतमा बाबु प्रचण्डसँगै बस्दै आएका छन् । प्रचण्ड प्रधानमन्त्री भएपछि बाठमाडौं आएकी गंगा ६६ साल चैतमा नारायणको बाबुको निधन हुँदा समेत घर नगएपछि उनीहरुको सम्वन्धमा चिसोपन आएको बताइएको छ । गंगाले काठमाडौंमा सर्न आग्रह गरेपनि श्रीमान नारायणले अस्वीकार गर्दै आएका छन् । आफु शसुराली भूमिमा नबस्ने नारायणको अडान र सिलगुडी नजाने गंगाको अडानका कारण उनीहरुवीचको सम्बन्ध बिछोडको मुखमा पुगेको बताइन्छ । यद्यपी श्रीमती गंगासँगको सम्वन्ध सुधारका लागि नारायणले पटक-पटक काठमाण्डौं आएर प्रचण्ड परिवारलाई भेट्दै आएका थिए ।

शुक्रबार गोरखामा भएको कार्यक्रममा शीर्ष नेताहरुसँग सहभागी भएर प्रचण्ड, माओवादी कोचिला राज्य समिति इन्चार्ज गजुरल, श्रीमती सीता र छोरा प्रकाशसँगै विराटनगर पुगेका थिए ।

from onlinekhabar

No comments:

Post a Comment