Wednesday, September 7, 2011

यस्तो थियो माओवादीको धोबीघाट प्रतिबद्धता

पार्टीको अगाडि क्रान्तिकारी रुपान्तरण र पार्टी एकताको विकल्प छैन । त्यसको लागि हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अनुभवको सश्लेषण एवम† प्रतिक्रान्तिका शिक्षाहरुलाई आत्मासात गरी सङगठनात्मक प्रणालीलाई सामूहिक नेतृत्वको अवधारणाको प्रयोग जनवादी केन्द्रीयताको अभ्यास र नया ढङगको पार्टी निमाण्र्ँलाई केन्द†रमा राखेका छौं । परन्तु पार्टीको मूल नेतृत्वमा देखापरेको नोकरशाही एकाधिकारवादी प्रवृत्तिले गर्दा आज पार्टी रुपान्तरित हुन सकिरहेको छैन । पार्टी पद्धतिविहीन बन्दै गइरहेको छ । बैठकहरु पटक-पटक अनिण्र्ँयको बन्दी बनिरहेका छन । केही निर्णहरु लिइयो भने पनि ती व्यवहारमा क्रियान्वयन भइरहेका छैनन† । पार्टी विधान तथा दस्तावेजहरु परित हुदै थीन्कदै गरिराखेका छन† । व्यवहारमा व्यक्तिवाद देखापर्दै गइरहेको छ ।
पार्टी विसर्जनको दिशा तर्फ तीब्र रुपमा बढिरहेको छ । अतः पार्टीलाई विसर्जन हुन न्दिन पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्नै पर्छ । नयाँ ढङ†गले पार्टीलाई सु-सङगठित गर्न पार्टीमा सामूहिक नेतृत्व प्रणालीको विकास गर्नु पर्ने टड†कारो आवश्यकता देखिएको छ । पार्टीमा विधि विधानलाई स्थापित गर्नै पर्दछ । जनवादी केन्द्रीयताको मान्यता अनुसार विचारमा स्वतन्त्रता र कामकारवाहीमा एकरुपताको मान्यतालाई दह्रोसँग अबलम्बन गर्नु पर्दछ । अन्तरसङघर्षको क्रममा भएका कमीकमजोरीलाई सच्याउँदै स्वास्थ मैत्रीपूर्ण र ँपान्तरणमुखी ढङ†गले अन्तरसङघर्ष साचालन गर्नु पर्दछ । पार्टीभित्र रहेका विभिन्न प्रवृत्तिहरुलाई एक अर्काको परिपूरक बनाएर लैजानु पर्दछ । परन्तु पार्टीमा भिन्न मतलाई निषेध गर्ने र असहिष्णु बन्ने एकमानावादी नोकरशाही प्रवृत्ति बढ†दो छ । त्यसलाई दुरुत्साहित गर्नै पर्दछ ।

सामूहिक पद्धतिमा आधारित नया ढङगको पार्टी निमार्णका लागि पार्टीका जिम्मेवारीहरुलाई पनि वैज्ञानिक ढङ†गले विभाजन गर्नु पर्दछ । त्यसको लागि पार्टी सदन सरकार सहितको संयुक्त मोर्चा र सैन्य जिम्मेवारीलाई विभाजन गरी पार्टीको माथिदेखि तल्ला कमिटीहरुसम्म एक व्यक्ति एक मुख्य जिम्मेवारीको मान्यता अनुसार कार्य विभाजन गर्न पहल गर्नुपर्ने भएको छ । एवम† प्रकारले पार्टीको आर्थिक आय व्याय तथा स्रोत साधनको सामूहिक व्यवस्थापन र ठोस जिम्मेवारी विभाजन गर्न पनि पहल गर्नु पर्ने भएको छ ।

पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्नका लागि पार्टी अध्यक्षलाई रुपान्तरित गर्दै हामी सबै पनि रुपान्तरित हुन नयाँ ढङ†गको कम्युनिस्ट पार्टी निर्माण गर्न र पार्टी एकतावद्ध गर्न पार्टी अन्तरसङघर्षलाई सशक्त र प्रभावकारी ढङ†गले अगाडि बढाउन हामी प्रतिवद्ध भएका छौं ।
१ उपाध्यक्ष क. मोहन वैद्य 'किरण'
२ उपाध्यक्ष क. बाबुराम भट्टराई
३ उपाध्यक्ष क. नारायणकाजी श्रेष्ठ
४ महासचिव क. रामबहादुर थापा 'वादल'
५ पिविएम क. स्वनाम साथी
६ पिविएम क. नवराज सुवेदी
७ संस्थापक सदस्य क. नरबहादुर कर्माचार्य

No comments:

Post a Comment