Sunday, July 22, 2012

बाबुराम भट्टराईलाई खुलापत्र

I'm fan of the articles of Krishna Jwala Devkota.
I got chance to read his article after long and long...
I could not complete his article and also interview of Himal Sharma. The interview was taken by his sister Pramila.
I know, Prime Minister Dr Baburam Bhattarai will read both articles. Its reason is that he always inquisitive to read related him.But I don't know, why, I'm not sure he will remember these articles at the moment of signing Raju Basnet's promotion.
Why? His performances are enough to guess.
Anyway, the article and interview both returned those days which I forced to forget. But never.
I borrowed article and interview from Naya Patrika just for you. 
कृष्णज्वाला देवकोटा
डच व्यवसायी प|mान्स भान एनरटले नेदरल्यान्डको रोट्रेडम अदालतमा वर्षौं नरसंहारको मतियारको मुद्दा खेपे । उनी न कुनै आतंकवादी समूहका नाइके थिए, न त कुनै नरसंहारकारी युनिफाइड कमान्डका कमान्डर । एनरटको अपराध यत्ति थियो, उनले बीस वर्षअघि सद्दाम हुसेनको नेतृत्व रहेको तत्कालीन इराकी सरकारलाई विषाक्त रासायनिक ग्यास बेचेका थिए । त्यसलाई पछि सन् १९८८ मा विरोधी अल्पसंख्यकलाई सामूहिक रूपमै समाप्त पार्न सद्दाम प्रशासनले उत्तरी इराकको कुर्द सहर हलाब्जामा प्रयोग गरी पाँच हजार कुर्दको सामूहिक हत्या गर्‍यो । जापान र अमेरिकाका कारखानाहरूमा बनेको त्यो ग्यास सद्दामसम्म पुर्‍याउने माध्यम मात्र रहेका एनरटले मानवताविरोधी गतिविधिमा संलग्न भएको मुद्दा खेप्नुपर्‍यो ।

सभ्य संसारमा यस्ता 'विचित्र' मुद्दाका समाचार पढ्दा कुख्यात भैरवनाथ गणका तत्कालीन सेनानी राजु बस्नेतलाई न्याय व्यवस्थामाथि दया लाग्दो हो । र, उनलाई जर्साबमा प्रमोसनको तयारी गरिरहेको डा. भट्टराई सरकारलाई न्यायको सम्मानसँग हाँसो लाग्दो हो । माधव नेपाल नेतृत्वको सरकारले यसअघि भैरवनाथ-प्रकरणसँगै जोडिएका तोरणबहादुर सिंहको प्रमोसन गरेको थियो । त्यो यातनाशालामा मारिने र बेपत्ता हुने माधव नेपालका कोही थिएनन्, त्यसैले त्यसलाई सामान्य नै मान्नुपर्ला । तर, यही काम डा. बाबुराम भट्टराई सरकारले गर्नु सामान्य हुनेछैन । कालिकोटको कोटवाडादेखि नगरकोटको चिहानडाँडा र रामेछापको दोरम्बादेखि राजधानीकै भैरवनाथ गणसम्मका अपराध अब तिनका लागि पनि सामान्य भइसके जसले त्यहाँ बगेको रगतको सिंढी चढेर सिंहदरबार हासिल गरे । यातना शिविरमा बलिदान गर्ने आफ्नै कार्यकर्ताप्रति कृतघ्नताको यति लाजलाग्दो उदाहरण बिरलै भेटिन्छ ।
संयुक्त राष्ट्रसंघीय मानअधिकार उच्चायुक्तको कार्यालय -ओएचसियचआर) ले भैरवनाथ गणबाट ४९ बन्दी बेपत्ता हुनुको मुख्य दोषी तत्कालीन लेफि्टनेन्ट कर्णेल राजु बस्नेत भएको औपचारिक प्रतिवेदन नै दिइसकेको छ । पाँच वर्षअघिको सो प्रतिवेदनमा छानबिनका लागि बस्नेतलाई निलम्बन गर्न सिफारिस गरिएको थियो । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको निष्कर्ष पनि लगभग यस्तै छ । यसअघि महासेनानी भइसकेका उनलाई रक्षा मन्त्रालयले बिग्रेडियर जर्नेलमा बढुवाको सिफारिस गरेको छ । विरोध र प्रतिवाद पुगेन भने उनी छिटै बढुवा हुनेछन् । जताततै कृतघ्नताको बोलवाला भएका वेला माओवादी नेतृत्वकै सरकारबाट उनको बढुवा भैरवनाथगणमा मारिएका माओवादी कार्यकर्ताप्र्र्र्रति माओवादी सरकारको 'सच्चा श्रद्धाञ्जली' मानिनेछ ।
आमहत्याका घटनामा सेनाको भूमिका कति संवेदनशील हुन्छ र आधुनिक न्याय व्यवस्थामा त्यसलाई कति गम्भीरतापूर्वक लिइन्छ भन्ने थुप्रै उदाहरण छन् ।
सन् २००२ को अपि्रलको पहिलो साता 'नेदरल्यान्ड इन्स्िटच्युट अफ वार डकुमेन्टेसन'ले बोत्स्िनयामा सन् १९९५ मा भएको सेब्रेनिट्सा नरसंहारमा नेदरल्यान्ड सरकार र सेनाको भूमिकाबारे दश किलो वजनको रिपोर्ट सार्वजनिक गर्‍यो । नरसंहारका वेला नेदरल्यान्डको सुरक्षाफौज सेबे्रनिट्सामा संयुक्त राष्ट्र संघको निगरानीमा शान्ति सैनिकका रूपमा कार्यरत थियो । तर, ऊ बोत्स्िनयाली सर्व अतिवादीहरूबाट अल्पसंख्यक मुसलमानहरूको आमहत्या रोक्न असफल
भएको आरोप रिपोर्टले लगाएपछि नेदरल्यान्डका प्रधानमन्त्री विम कोकको सिंगै मन्त्रिपरिषद्ले राजीनामा दिनुपरेको थियो ।
सरकारले राजीनामा दिएको भोलिपल्ट नेदरल्यान्डका सेनापति लेफि्टनेन्ट जनरल एड भान बालले पनि राजीनामा दिएका थिए । वास्तवमा नेदरल्यान्डका सैनिक त्यो अपराधमा संलग्न थिएनन्, न तिनले कसैको हत्या गरेका थिए । तर, ती सात हजार व्यक्तिको ज्यान गएको त्यो नरसंहारलाई रोक्न असफल भएका थिए र सरकार र सैनिक नेतृत्वले त्यसको जिम्मेेवारी लिएको थियो । हामीकहाँ भैरवनाथ गणजस्ता अपराध केवल नैतिक र कानुनी प्रश्न होइनन्, बरु मानवताविरुद्धकै घृणित अपराध हुन् । राजु बस्नेतलाई निलम्बन गर्नुको साटो सरकार उनको प्रतिरक्षामा उभियो भने त्यो लोकतन्त्र होइन, लोकतन्त्रको अझ प्रधानमन्त्रीज्यूहरूको क्रान्तिको पोर्नोग्राफी हुनेछ । यदि बस्नेत अपराधी होइनन् भने संसारमा कोही अपराधी र कुनै अपराध छैन भन्ने निष्कर्षमा पुग्नुपर्छ ।
सन् १९९४ मा रुवान्डाको जातीय नरसंहारका वेला चरमपन्थी हुतुहरूको संगठन इन्टरहाम्बेलाई सरकारी संरक्षण प्रदान गर्ने कर्नेल थियोनेस्ट
बागोसेरालाई अन्तर्राष्टिय युद्ध अपराध न्यायाधीकरणले मानवताविरोधी अपराधको दोषी ठहर गरेको धेरै भएको छैन । हामी कहाँ पनि प्यारजंगले प्रतिकार समितिका नाममा भिजिलान्ते समूह गठन गरे र त्यसले सयभन्दा बढीको ज्यान लियो । त्यही रुवान्डामा पछि स्थानीय भाषामा गागाचा भनिने नौ सदस्यीय ग्रामीण अदालतहरूको स्थापना गरियो र युद्ध अपराधका अभियुक्तलाई पीडितहरूकै सामुन्ने उभ्याएर तिनकै अगाडि दण्ड तोक्ने परिपाटी बसाइयो । नेपालमा पनि सरकार अभियुक्तहरूकै पक्षमा उभिने हो भने जनताले बीच सडकमा गागाचाहरू गठन गर्ने र सहिदका परिवार र घाइतेका बीचमा राजु बस्नेतसँगै डा. बाबुरामले पनि बयान दिने अवस्था आउनेछ ।
राजु बस्नेत प्रकरण सायद अदालत पनि जाला । त्यतिखेर राजु बस्नेतको प्रतिरक्षामा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले के भन्लान्, भैरवनाथ गणका सहिद र बेपत्ताका परिवारलाई त्यो सुन्ने व्यग्र प्रतीक्ष्ाा छ । आफ्ना सन्तान सहिद भएकामा शर्म मान्न, लाजले पानीपानी हुन र शिर निहुराउन तिनले अब यही कलंकपूर्ण क्षण मात्र देख्न बाँकी छ ।
प्रधानमन्त्रीज्यू, जसले आफ्नै सहिदमाथि न्याय गर्न सक्दैन, त्यसले देश र जनतामाथि कसरी न्याय गर्न
सक्छ ? राजु बस्नेतको बढुवामा हस्ताक्षर गर्नुअघि कृपया छेवैको हिमाल शर्माको अन्तर्वार्ता पढिदिनुहोला र हात कामेनन् भने मात्र हस्ताक्षर गरिदिनुहोला ।

"राजु बस्नेत आफैँले बलात्कार गरे"

(३० जेठ, ०६३ मा रिहा भएलगत्तै अखिल (क्रान्तिकारी) का तत्कालीन नेता हिमाल शर्मासँग प्रमिला देवकोटाले लिएको अन्तर्वार्ता जुन लन्डनबाट प्रकाशन हुने ँयुरोपको नेपालीपत्र’मा प्रकाशित भएको थियो । यसले भैरवनाथ गण र राजु बस्नेतको वास्तविकता बुझ्न प्रधानमन्त्रीलाई सहयोग गर्ला भन्ने अपेक्षा छ । सं.)

तपाईं कहिले गिरफ्तार हुनुभयो ?

०६० साल कात्तिक ३ गते । कर्णेल राजु बस्नेत स्वयंले मलाई गिरफ्तार गरेका हुन् ।

भैरवनाथ गणबाट जिउँदै कसरी र्फकनुभयो ?

म मर्न नलेखेर बाँचेको व्यक्ति रहेछु । बाँच्छुजस्तो लाग्ने त कुरै थिएन । मेरै आखा अगाडि हाम्रा साथी तथा कार्यकर्तालाई निकै यातनापछि मारियो र त्यहीँ गाडियो । हामी हाम्रै साथीको चिहानमाथि राखिएका थियौँ । अहिले त्यो गण सम्झँदा
सपनाजस्तो लाग्छ ।

भैरवनाथ गणमा बन्दीहरूमाथि निकै निकृष्ट व्यवहार भएको आरोप छ । यो सत्य हो ?

मलाई गिरफ्तार गरी सीधै महाराजगन्जस्थित भैरवनाथ गणमा लगियो । त्यहाँ पहिलादेखि नै हाम्रा साथीहरू ज्ञानेन्द्र त्रिपाठी, दीपेन्द्र पन्तलगायतलाई राखिएको रहेछ । धेरै महिला साथी पनि थिए । सबैलाई आँखामा पट्टी थिए र हात  पछाडि बाँधिएका थिए । तिनीहरूमा रेवकला तिवारी, कौशला पोखरेल, रेनुका दुलाल, दुर्गा विसंखेलगायत थिए । उनीहरूले हामीबाट धेरै जानकारी लिन र आत्मसमर्पण गराउन यातनाका विभिन्न विधि अपनाए । हामी आस्थाबाट विचलित नभएपछि यातना थपिँदै गयो । पानीमा डुबाउने, करेन्ट लगाउने, हिटरमा पिसाब फेर्न लगाउने, सिस्नोपानी लगाउने, पत्तीले चिरेर नुन लगाउनेजस्ता यातना त सामान्य थिए । सैनिकहरू मुख्य गरी अधिकृतहरू महिला बन्दीमाथि बलात्कारलाई आफ्नो हक मान्दा रहेछन् । ०६० मंसिरको अन्तिम हप्तातिरको कुरा हो । वाइबा नाम गरेकी एकजना महिलालाई तेह्रजना सैनिकले बलात्कार गरेको मैले आफ्नै आँखाले देखेँ । त्यसमा कर्नेल राजु बस्नेत पनि थिए । उनी मलाई राखिएको ठाउँभन्दा पाँच मिटर मात्र टाढा थिइन् । वाइबाको आठ महिनाको गर्भ थियो । उनले 'पहिले बच्चा  जन्माउन देऊ, त्यसपछि चाहेको गर' भनेर गर्नुसम्म हारगुहार गरिन् । यति हुँदाहुँदै पनि सैनिकहरूले 'हामी अहिल्यै जन्माइदिन्छाँै' भन्दै बलात्कार गरिरहे । नभन्दै दुई घन्टापछि एउटा मरेको बच्चा जन्मेछ । छोरी रहिछ । ती महिलाको यातनाका कारण भोलिपल्टै मृत्यु भयो । त्यसपछि कर्नेल बस्नेत आएर 'जहाँ मेरकी छ त्यही खाल्डो खनेर पुरिदे, कसैले केही गर्ने वाला छैन' भन्दै गए । र, ती महिलालाई त्यही पुरियो । हामीलाई पनि सांलोमा बाँधिएको थियो  र पछाडिबाट हात बाँधिएको थियो । अरूवेला  हाम्रो आँखामा पट्टी बाँधे पनि यातना दिने समयमा भने खोलिन्थ्यो, आतंकित पार्न । उनीहरूले १५, १६ वर्षदेखि ६० वर्षसम्मका महिलालाई पनि छाडेनन् ।

खानपान कस्तो थियो ?

के-को खान पाउनु ? त्यहाँको चलन नै यातनाका नयाँ-नयाँ तरिका अपनाउने र मार्ने रहेछ । हाम्रा तीनजना साथी भोकले मरे । १८ घन्टामा एकपटक चिया गिलासको एक गिलास फुको भात खान दिइन्थ्यो । त्यही पनि पछि खान नदिएर साथीहरू छट्पटाइरहेका थिए । बैसठ्ठी वर्षका खड्कबहादुर बुढा भन्ने हुनुहुन्थ्यो । उहाँले मैले दूध र पाउरोटी खान पाए हुन्थ्यो भन्दै हुनुहुन्थ्यो । त्यतिवेलै मेजर आएर कुट्नसम्म कुटे । 'खालास् दूध-पाउरोटी, तँलाई हामी भोकै माछौर्ं' भनी कुटे । उहाँ त्यहीँ मर्नुभयो । पदमनारायण नहर्कीको पनि खानै नपाएर मृत्यु भयो । किरण रायमाझीको कुटाइबाट भएको घाउ पाकेर पिपैपिप कुण्ड भएको थियो । उनी पनि त्यो घाउको पीडा र खानै नपाएर मरे । केही नलागेर हामीलाई यतिसम्म गर्न लगाए कि त्यस्तो घटना मानव इतिहासमा बिरलै होला ।   एकजना हाम्रै कार्यकर्ता रेवकला तिवारी र भवनाथ धमलाल्ााई त्यहीँ राखिएको थियो । उनीहरू हामीलाई निकृष्टभन्दा निकृष्ट यातना दिएर मनोरञ्जन लिन चाहन्थे  । रेवकला र भवनाथ श्रीमान्श्रीमती थिए । उनीहरूलाई नांगै बनाइयो र त्यही हाम्रा अगाडि शारीरिक सम्पर्क गर भनी आदेश दिइयो । उनीहरूले भिडियो क्यामरा ल्याएका थिए, त्यो दृश्य खिच्नलाई । त्यो पनि हुन सकेन र कलालाई एकातिर लगेर रेप गरियो भवनाथलाई कुट्नसम्म कुटियो । त्यसपछि तत्कालै हामी सबैलाई नांगै पारियो । महिला बन्दी र पुरुष बन्दी दुवैलाई नांगै पारेर 'ल तिमीहरूले बलात्कार गर' भनी हामी पुरुषलाई आदेश दिइयो । तर, त्यो पनि सम्भव हुने कुरै थिएन । त्यसपछि सबै महिलालाई लाइन लगाएर सेनाले बलात्कार गरे । महिला साथीहरूले बरु हामीलाई मार, गोली हान भनेर कराएको सुनिन्थ्यो । हामीलाई  एउटा हलमा राखिएको थियो । नामबाट कसैलाई पनि बोलाइँदैनथ्यो । जबसम्म महिला आत्मसमर्पण गर्दिन बलात्कार गर्नु भनेर माथिबाट आदेश आएका हुन्थे । हामीले किन यसो गछौर्ं भनी सोध्दा 'पिट्नभन्दा यही ठीक छ नि' भन्थे ।

तपाईं त मारिएको हल्ला थियो, बाहिर ?

०६० साल पुस ५ गते राति साढे १० बजेतिर एउटा ठूलो ट्रक आयो । त्यसमा हामी सबैलाई राखियो । तिमीहरूलाई कुन ठाउँमा मर्न मन छ भन भनेर सोधियो । हामी केहीलाई बाँच्न लेखेको रहेछ । माथिबाट के आदेश आएछ कुन्नि, 'तिमीहरूको पालो भोलि' भन्दै बिना मगर, कृष्ण केसी र मलाई हलमा लगेर राखियो । सायद त्यतिवेला लगेर मारेका भए हामी मरिसक्थ्याँै । त्यही घटनापश्चात् हामी मारियौँ भन्ने हल्ला फिजिएको हुन सक्छ । तर, हाम्रा अन्य साथी रेवकला तिवारी, भवनाथ घमला, निश्चल नकर्मी, ज्ञानेन्द्र त्रिपाठी, रेनुका दुलाल, दुर्गा विसंखे, गोकुल निरौला, भीम महर्जनलगायतलाई हाम्रै आँखासामुन्ने त्यो ट्रकमा राखिएको हो । र, त्यहाँबाट गएका हाम्रा अन्य साथी अहिलेसम्म र्फकेका छैनन् । पछि हामीले त्यहाँबाट र्फकेका सैनिक जवानबाट पाएको जानकारीअनुुसार शिवपुरीमा उनीहरूलाई मारेर पुर्न पहिला नै खाल्डो तयार पारिएको रहेछ । त्यहाँ गोली हान्ने समयमा सैनिक जवानहरू आतंकित भएर  भागाभाग गरेछन् । पछि,  कर्नेल  राजु बस्नेत, विवेक विष्ट, इन्दीवरसमसेर राणाले हाम्रा सबै साथीलाई गोली हानेर मारेछन्  र पुरेछन् । त्यो कुरा त्यहाँबाट आएका सैनिकले नै हामीलाई  बताए ।

त्यसपछि मार्ने प्रयास गरिएन ?

यातानाका क्रियाकलाप त यथावत् नै थिए । ५ पुसपछि धेरै ठाउँबाट हामीलाई खोजीनीति गर्न थालियो । त्यहाँ राखिएको छ भन्ने भइसकेपछि मिडियाले मलाई फलो गर्‍यो । त्यसपछि उनीहरूले मलाई मारिहाल्न सकेनन् । केही समयपछि पर्खेर मार्ने विचारमा उनीहरू थिए ।

भैरवनाथ गणमा कति बस्नुभयो ?

सत्ताइस महिना । हामीहरू त्यहाँ एक घन्टा होसमा हुन्थ्यौँ र तेइस घन्टा बेहोसीमा । हामीलाई अठार घन्टामा एकपटक खान दिइन्थ्यो, एक चिया गिलास भात । हामीलाई दिइएको यातनाको पीडा त हुन्थ्यो नै त्यसमाथि भोक । हामी खाना खाएर भाडा मोल्न जाँदा त्यहाँ खसेका जुठो टिपेर खान झगडा पथ्र्याे । यस्तो घटना त हिटलरले पनि यहुदीमाथि गरेको थिएन होला । हामी पीडाले गर्दा 'बरु गोली हानीदिए हुन्थ्यो' भन्थ्यौँ । सत्ताइस महिनापछि मलाई सर्वाेच्चले रिहा गर्न आग्रह दियो । तर, लगत्तै मलाई त्यहाँबाट पनि पक्राउ गरियो र अन्य झुटा मुद्दा लगाएर नख्खु कारागारमा लगियो ।

नख्खु जेलमा पनि यातना दिइन्थ्यो ?

यातना त दिइन्थ्यो, तर भैरवनाथ गणभन्दा त्यहाँ धेरै होलो थियो ।
from Naya Patrika

No comments:

Post a Comment