Friday, July 27, 2012

हो, हामी हिँड्यौं ः प्रकाश दाहाल

काठमाडौ, श्रावण ११ -
म मिडियामा मेरोबारे आएका टीकाटिप्पणी हेरिरहेको छु । सायद कसैको व्यक्तिगत जीवनमा यति धेरै टीकाटिप्पणी हुनु त्यति राम्रो होइन जस्तो लाग्छ । हो, मान्छेको जीवनमा उतारचढाव आउँछ कति मिल्छ कति मिल्दैन । तर त्यसबारे यति धेरै चर्चा हुनु त्यति जायज हो जस्तो लागेन ।

तैपनि देशको ठूलो नेताका परिवारको सदस्य हुनुको नाताले चर्चा हुनु स्वाभाविक पनि हो । आज जुन हिसाबले प्रचार गरिएको छ, खत भयो बिगि्रयो, पैसा लिएर प्रचण्डको प्लानमा नै भगाइयो । यस्तो काल्पनिक समाचार देख्दा दुःख र दया लागेर आउँछ, न म सम्पर्कविहीन भएर भागेको हो, न पैसाको कुरा ।

यथार्थ भन्नुपर्दा सिर्जना र मेरो अरेन्ज विवाह भएको थियो, जुन ममीले मिलाइदिनु भएको हो । मेरो सुरुमा नै विवाह गर्ने इच्छा थिएन । विवाहपछि घरमा झगडा हुने त भइहाल्छ । राम्रो होस् भन्ने हुन्थ्यो, त्यो चार वर्षको अवधिमा पारिवारिक सम्बन्ध सुमधुर बनाउने प्रयत्न पनि भएकै हो । तर हामीले त्यो सम्बन्ध सुमधुर बनाउन सकेनौं । फेरि अरेन्ज विवाह भएको हुँदा परिवारमा सम्बन्ध विच्छेदको प्रस्ताव लग्न पनि अप्ठ्यारो । समाज र परिवारले पनि नमान्ने । सीएम -अध्यक्ष) सँग हिँड्नुपर्ने हुँदा त्यति समय दिन पनि भ्याउँदिनथें । त्यस्तैगरी चल्दै थियो । सगरमाथा आरोहणबाट फर्केपछि त्यो टिमका कृष्ण केसीले व्यक्तिगत मनमुटावको आधारमा गलत समाचार दिनुभयो । त्यति बेलासम्म बिनाजी र मेरो त्यस्तो केही थिएन । पछि त्यो समाचार आइसकेपछि मेरो घरमा पूरै शंंकाको दृष्टिकोणले हेरियो । मैले बारम्बार हाम्रो केही छैन, आउने बेलामा कृष्ण केसीसँग मेरो झगडा भएको थियो, त्यही कारणले उनले गलत रिपोर्ट दिए भनें । तैपनि सिर्जनाले विश्वास नगर्ने र 'म तपाईंसँग बस्न सक्दिनँ' भन्ने गरिन् । म जान्छु अब आउँदिन भनेर गएपछि झन् पागलजस्तो भएँ । घरमा सान्त्वना दिने पनि कोही भएन जस्तो लाग्यो । मिडिया पनि त्यहीअनुसारले अध्यक्षलाई नै बदनाम गर्नतिर उत्रे । बिनाजीको परिवारमा नि त्यस्तै अवस्था । हामीबीच नजिकपन बढ्दै गयो । हामी पार्टीमै खट्ने, पार्टीको नियमअनुसार गलत हो, पार्टीले दिएको सजाय वा कारबाही बेहोर्छौं । यही पार्टीमा खट्ने निर्णयअनुसार हामी यो निर्णयमा पुगेका हौं ।

तर मिडियाले यसरी बंग्याएर पैसाको खेल परिवार, मुख्य त अध्यक्षसँग जोडेर यसलाई तुलना गरेको देख्दा साह्रै दुःख लागेको छ । यसप्रति म पूर्ण रूपमा जिम्मेवार छु, मैले पार्टी मुख्य त अध्यक्षलाई सम्बोधन गरेर स्पष्टीकरण पनि लेखेको छु । र, अनावश्यक अरूको जीवनमा पार्टी र सीएमप्रति आक्षेप लगाउने काम नगरिदिनु होला । कारबाही अवधिभर हामी पार्टीलाई सहयोग गर्नेछौं । त्यसपछि सक्रिय रूपमा फिल्डमा खटिनेछौं । जे हुनु भइहाल्यो । सम्बन्ध सुमधुर नभएपछि सँगै बस्नुभन्दा छुट्टनिु नै उत्तम हो । शंकाको दृष्टिकोणले मात्र हेरेर त्यो सफल हँुदैन भन्ने निर्णयमा म पुगेँ । भइहाल्यो अब मेरो मागप्रति पार्टीले गम्भीर निर्णय लिने नै छ ।

from Kantipur daily newspaper

No comments:

Post a Comment