सामाजिक न्याय र समानता
अधिकारसम्पन्न जनता
...फाटोका खेती कुहिन्छन्,
स्वार्थी हिंसा तुहिन्छन्
जनतन्त्र हो यो जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन ।
सामाजिक न्याय र समानता
अधिकारसम्पन्न जनता
...फाटोका खेती कुहिन्छन्,
स्वार्थी हिंसा तुहिन्छन्
जनतन्त्र हो यो जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन ।

“हिजो परिवारमा पनि सल्लाह गरेँ, अब गाउँतिर जाने तयारी गरौँ भन्ने भएको छ। म आफैँले पनि सोच्ने गरेको छु, एक महिना गएर रोल्पामा बिताएँ भने के होला ? मलाई त्यो अनुभव लिन मन छ।”
११ पुसदेखि काठमाडौंमा जारी नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा आफूले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने।

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले आजदेखि राजधानी काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आफ्नो आठौं महाधिवेशन गर्दैछ।
जतिपालि माओवादी सरकारमा पुग्यो उति नै माओवादी नेता मोटाउने र पार्टी दुब्लायो। यसरी दिनानुदिन दुब्लाइरहेको माओवादी पार्टी आठौं महाधिवेशनले केके काम गरेपछि माओवादी पहिलेकै अवस्थामा फर्केला? कस्ता नीति तथा कार्यक्रम ल्याएपछि माओवादीको दुब्लाएको ज्यान भरिएला? कस्ता बुटी खाएपछि माओवादीको ज्यान लाग्ला?

‘प्रवासको अभावग्रस्त समयमा बनारस जान लागेका बीपी कोइरालालाई कुमुदिनीले आफूसँग भएको एक तोला सुन लुकाएर दिएकी थिइन्। त्यो सुन दिव्याले कसरी आफ्नो कछाडमा सिलाइदिइन् र बनारसमा कसरी बेचियो भन्ने कुराको वर्णन बीपीको आत्मवृत्तान्तको सुरुवाती पृष्ठमा छ। कालान्तरमा उनको बिहे कोइराला परिवारकै बोधप्रसादँग भयो। सुशील जन्मनुअघि नै बीपीलाई कुमुदिनीले ठूलो गुन लगाएकी थिइन्। यसरी सहजै आकलन गर्न सकिन्छ कि, गिरिजाप्रसाद कोइरालाले सुशील कोइरालालाई यत्तिकै पार्टी उत्तराधिकार सुम्पेका थिएनन्’ (शंकर तिवारी, सरलतामा दृढता सुशील कोइराला, पृष्ठ ४९)।

“यस्तो बेला नेपाल जानु भनेको फाँसीको फन्दामा जानु हो। त्यसरी मर्नु भनेको आत्महत्या गरेसरह हुन्छ। त्यसैले यो निर्णय फिर्ता लिनोस्। त्यसरी जानुपर्ने हो भने म चाहिँ जान्नँ। आजसम्म तपाईंका हरेक निर्णय मान्दैआएको छु। यो चाहिँ मान्दिनँ।”
“इण्डियामा बस्यो भने स्लो डेथ भयो, नेपाल गयो भने आत्महत्या। आत्महत्या र स्लो डेथमा हामीले कुनै त रोज्नै पर्यो नि। तपाईंलाई स्लो डेथ मनपर्ला। मलाई चाहिँ आत्महत्या मनपर्ला। आखिरमा दुवैमा त मर्नुपर्ने छँदै छ। मन्द विष खाएर मर्नुभन्दा त आफ्नै देशमा फाँसीमा झुण्डिनु बेस। यो विदेशी भूमिमा एकछिन पनि टिक्न सक्दिनँ।” (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग ५, पेज ११)।