Tuesday, June 14, 2011

अहिलेको संघर्ष क्रान्तिकारी र अवसरवादीबीचको हो- अनन्त

Maoist Military In-charge Barshman Pun aka Anant
from nepaleverestnews.com
 
आजभोली के मा ब्यस्त हुनुहुन्छ ?
पाँचबुँदे सहमतिपछि संविधानको मस्यौदा तयार गर्ने र शान्ति प्रक्रियालाई अगाडि बढाउने दुईवटा मुलभुत काममा केन्द्रीत भएका छौं । अर्कोतिर समग्र पार्टीलाई कसरी अगाडि लैजाने भन्ने बहस पनि पार्टीका अगाडि रहेको छ । पार्टीमा मतभेदहरु पनि छन् । ती सबैका बारेमा साथीहरुलाई प्रशिक्षित गर्ने, छलफल गर्ने कामहरुमा नै व्यस्त भएका छौं ।
-बाबुरामजी पार्टीले निर्णय गरेको बेला र उहाँले पनि रुची गरेको बेला जहिले पनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ । तर अहिले जसरी उहाँ नजिकका मान्छेहरु भट्टराईजी प्रधानमन्त्री प्रधानमन्त्री भनेर भनिरहेका छन् त्यो बेठीक कुरा हो । यसले उहाँको कद अरु घटेको छ ।
बिशेष समितिको बैठक बसिरहेको छ, त्यसले के के गरिरहेको छ त ?
राजनीतिक बिचारधारा र चिन्तनहरुको संघर्ष बिशेष समिति र संविधानको मस्यौदा बनाउने ठाउँमा पनि भैरहेको छ । बिशेष समितिको अहिलेको काम समग्र नेपालको राजनीतिक परिस्थिती र पार्टीकै राजनीतिक कार्यदिशा अन्तरगतको मोर्चा जस्तो भएको छ । अहिले समग्र देशकै काम र जनताको अपेक्षा पनि बिशेष समितिमा केन्द्रीत भएको छ । मुख्य कुरा क्यानटोन्मेन्टको अनुगमनका लागि जनसक्ति पठाउने काम भएको छ । दोहोरो सुरक्षामा रहेको हतियार तथा जनसेनालाई अस्थायी शिबिरहरुमा पठाउने काम भएको छ । त्यसैगरी भदौ १० गते सम्म पुनः समुहकरण -बर्गीकरण०वा रिगु्रपिङको काम सक्ने गरी तालिका बनाईएको छ । सर्बे र रिग्रुपिङकालागि ४ वटा टीमको छनौटका लागि काम सुरु गरिएको छ । त्यसैगरी काठमाडौं नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्र भवनमा सेना समायोजन अनुगमन प्रक्रियाको अपडेट गर्नकालागि सिचुएसन सेन्टर खडा गरिएको छ ।
खमेरुजहरु हतियार बोक्दाबोक्दै सिद्धिए । बर्मीजहरु, थाइल्याण्डका क्रान्तिकारीहरु क्रान्तिका कुरा गर्दागर्दै सिद्धिए । दश बर्षसम्म श्रीलङ्का हल्लाएका तमिलहरु र पेरुका बामपन्थीहरु सिद्धिए । नेतृत्वको महत्व बिचारको महत्व र परिस्थितिलाई ठीक बिश्लेषण गर्न नसक्दा हतियार बोक्दै पनि सिद्धिदोरहेछ नि त ।
जनमुक्ति सेनाका कमाण्डर क. पासाङकालागि पनि काठमाडौंमै कार्यालय स्थापना गरिएको छ । यी सबै कामहरु अगाडि बढेका छन् । अब बाँकी रहेको कुरो मोडालिटी, संख्या, यसका नम्र्सहरु टुङ्गो लगाउने, पदहरुको मिलान, स्वच्छिक वर्हिगमन र पुनस्र्थापनाको प्याकेज बनाउने काम, सेना र हतियार कुन प्रक्रियामा समायोजन हुन्छन् त्यो प्रक्रिया निश्चित गर्ने काम उच्च नेतृत्वलाई छोडेका छौं । त्यसबारे पनि अनौपचारिक छलफल सुरु भएको छ ।
जनमुक्ति सेना बुझाउन लागे भन्ने आरोप तपाईहरुको पार्टी भित्रबाटै आइरहेको छ र बाहिर पनि भदौसम्ममा जनसेना र हतियार माओवादीले बुझाउादै छ भन्ने हल्ला चलाईएको छ नि । वास्तविकता के हो ?
एकथरी चिन्तन पद्दती छ, जसलाई जडसुत्रवाद, यान्त्रिक संकिर्णता भनिन्छ । क्रान्ति चाहने तर क्रान्तिको प्रक्रियामा अघि जान नचाहने त्यसको बिशेषता छ । क्रान्ति चाहिने तर एक जना मान्छेको पनि क्षति नहोस् र केही पनि दुख नपाईयोस् त्यस्तो शुद्ध खालको क्रान्ति होस् भन्ने शुद्धतावादी प्रबृति पनि छ । त्यसैगरी क्रान्ति र बलिदानका ठूलठूला कुरा गर्ने र आफु र आफ्ना परिवारका सदस्यहरुले होईन अरुले गर्दियोस् भन्ने चाहने अनि कोही चाही क्रान्ति र परिवर्तनको कुरा गर्ने तर आफु परिवर्तन हुन नचाहने प्रवृति पनि छ ।
रक्षामन्त्री त्यसलाई लागु गर्ने एक कारिन्दा मात्र हुन्छ । व्यक्तिगत रुपमा रक्षामन्त्रीले आफ्नो भनाई राख्न पाउाछन् । बिशेष समितिले जे मापदण्ड बनाउाछ त्यही अनुरुप समायोजन हुन्छ । उहाँको भनाईको कुनै अर्थ हुादैन । अहिलेको संघर्ष क्रान्तिकारी र अवसरवादीबीचको हो । यसको तरीका र पद्दती हेर्दा कुनै प्रकारको दुईलाईन संघर्ष छैन । आफ्नो सहयोद्धालाई बदनाम गर्ने, नङग्याउने, अपशब्द प्रयोग गर्ने निरासा फैलाउने र पुरै पार्टी विघटन गर्ने बिसर्जनवादी पद्दती र चिन्तन देखिन्छ । त्यसैले यसलाई रोक्नुपर्छ ।
यो प्रवृति हिजो युद्धको बेलामा पनि त्यस्तै थियो । हिजो जो डाँडा तिर बस्यो उ आज क्रान्तिका ठूला-ठूला कुरा गरिरहेको छ । जो भागेर बिदेशतिर बस्यो त्यसले बिद्रोहको कुरा गरिरहेको छ । जो हिजो जनसेनासँग बस्न पनि डराउाथ्यो, हेला गथ्र्यो र सैनिक काम भनेको दोस्रो दर्जाको काम ठान्थ्यो आज उही जनसेना र हतियारको रक्षाको कुरा गर्छ । यो उनीहरुको ढोंगमात्र हो । त्यस्ता ढोंगी मान्छेलाई त कुनै जवाफ दिनु पर्छ जस्तो त मलाई लाग्दैन ।
हिजो जो डाँडा तिर बस्यो उ आज क्रान्तिका ठूला-ठूला कुरा गरिरहेको छ । जो भागेर बिदेशतिर बस्यो त्यसले बिद्रोहको कुरा गरिरहेको छ । जो हिजो जनसेनासाग बस्न पनि डराउाथ्यो हेला गथ्र्यो र सैनिक काम भनेको दोस्रो दर्जाको काम ठान्थ्यो आज उही जनसेनाको र हतियारको रक्षाको कुरा गर्छ । यो उनीहरुको ढोंगमात्र हो । त्यस्ता ढोंगी मान्छेलाई त कुनै जवाफ दिनु पर्छ जस्तो त मलाई लाग्दैन ।
हामी हिजो जनयुद्धको सुरुदेखि नै अध्यक्ष प्रचण्डको नेतृत्वमा छौं । सेना बनाउने हामी नै हौं, युद्ध लड्ने हामी नै हौं । हतियारहरु जम्मा गर्ने हामी नै हौं । अनि यसको नेतृत्व गर्ने अध्यक्षलाई यसको माया हुादैन रु हामीहरुलाई यसको माया हुादैन रु जनमुक्ति सेना जस्ले बलिदान गर्‍यो, क्रान्ति गर्‍यो उसलाई आफ्नो संगठनको माया हुादैन रु त्यसकारणका यसप्रकारका आरोप र तर्कको कुनै अर्थ छैन । त्यसमा प्रभावित हुनै पर्दैन । हामी क्रान्तिकै प्रक्रियामा छौं । यो मौलिक ढंगले जान्छ , नयाँ ढंगले जान्छ । आवश्यक पर्दा हामी सेना र हतियार समायोजन पनि गछौं । तर फेरी क्रान्ति अगाडि बढेन, जनता अधिकार सम्पन्न भएनन् भने त्यसको लागि हामी बाध्य छैनौं ।
हिजो पनि क्रान्तिका सुरुका चरणमा त्यस्तै भयो । ग्रामिण वर्गसंघर्ष सुरु गर्ने कुरा अलिक बढि भयो कि भन्ने आदरणिय नेता यहीं हुनुहुन्छ । तर त्यो आज ठीक प्रमाणित भएको छ । त्यस्तै जनयुद्ध सुरु गर्दा बिस्तारै गर्ने कि भन्ने नेताहरु पनि हुनुहुन्छ तर त्यो तिब्रतामा गयो । आधार इलाका अलिक हतार हुन्छ कि र नेतृत्व केन्द्रीकरण गर्दा नेतृत्व नोकरशाही हुन्छ कि भन्ने नेताहरु नै पार्टीलाई पाठ सिकाउँदै हिड्नुहुन्छ ।
त्यसैले अमर्यादित र अस्वस्थ्य प्रकारको व्यक्तिगत गाली गलौज र लान्छना, कार्यकर्ता भड्काउने खालको अभिव्यक्ति र प्रवृतिसंग हाम्रो कुनै पनि लेनदेन छैन । त्यो बेठीक प्रवृति हो त्यो संग संघर्ष हुन्छ । पार्टी अगाडि जान्छ, क्रान्ति अगाडि जान्छ । बिरोधीहरुले गर्ने हल्ला त प्रतिक्रियावादी चिन्तन र प्रवृति भैहाल्यो । सेना बुझाउने भन्ने तर्क शान्ति प्रक्रिया र संविधान निर्माणको सोचलाई भत्काउने प्रतिक्रिया हो । जनमुक्ति सेना हारेको सेना होईन जितेको सेना हो । जसले गणतन्त्रका लागि लडयो, धर्म निरपेक्षता, संविधान सभा जस्ता कुरा प्राप्त गरायो । जनसेना जस्ले सामाजिक र आर्थिक परिवर्तनका लागि लड्यो ।
अमर्यादित र अस्वस्थ्य प्रकारको व्यक्तिगत गाली गलौज र लान्छना, कार्यकर्ता भड्काउने खालको अभिव्यक्ति र प्रवृतिसंग हाम्रो कुनै पनि लेनदेन छैन । त्यो बेठीक प्रवृति हो त्यो संग संघर्ष हुन्छ । पार्टी अगाडि जान्छ, क्रान्ति अगाडि जान्छ ।
यस्ता ठूलठूला परिवर्तनका लागि लडेको जनसेनालाई निःशस्त्र गर्ने र अपमानित गर्ने सोच प्रतिक्रियावादी र यथास्थिततिवादी सोच हो । यो समाजलार्इ पुरानै ठाउामा राख्नेहरुको सोच हो । हिजो परिवर्तनका लागि लडेका नेता कार्यकर्ताहरुलाई अपमानित गर्ने सोच हो । यो सोच पुरै खारेज गर्नुपर्छ । सेना समायोजन भनेको मान्छको समायोजन हो, हतियारको समायोजन हो । सेनासंग भएका सम्पुर्ण सामाग्रीको समायोजन पनि हो । त्यसको आफ्नो प्रक्रिया छ । कसैलाई हतियार बुझाउने कसैलाई चाबी बुझाउने जनमुक्ति सेनाले गर्दैन । यसको आफ्नो प्रक्रिया छ । दुइवटा सेना समायोजन गर्ने भन्ने कुरा हो । यो विगतमा सहमति भइसकेको कुरा हो । दुई सेनाको समायोजन गरेर एउटा सेना बनाउने जस्ले लोकतान्त्रिक गणतन्त्रको सुरक्षा गर्न सक्छ, परिवर्तित नेपालको सुरक्षा गर्न सक्छ । त्यस प्रकारको सेना बन्छ ।
तपाईहरुले आफुहरुसंग रहेका जनसेना त फिर्ता गर्नु भो नि ?
त्यो शान्ति प्रक्रियाको एक भाग हो । भोली हामीले समायोजन पछि नयाँ सुरक्षा पनि लिन सक्छौं । विगतमा रहेको दोहोरो सुरक्षा प्रणालीबाट एकोहोरोमात्र सुरक्षा प्रणाली कायम गर्दा त्यसले शान्ति प्रक्रियामा सकारात्मक सन्देश जाने भएकाले गरिएको हो । दोस्रो समायोजन प्रक्रियाकालागि यसले सहयोग गर्छ । नेतृत्वको सुरक्षामा रहनुभएका साथीहरुका रुची हुनसक्छन्, कसैले पुरक तालिम पनि लिनुपर्ने हुन्छ होला त्यसको लागि पनि उहााहरु फिर्ता भन्दा पनि समायोजनको तयारीका लागि जानुभएको हो ।
तर केही नेताहरुले त अझै फिर्ता गर्नु भएको छैन नी ?
उहाँहरुले पार्टीको निर्णय मान्छौं भन्नुभएको छ तर अहिलेसम्मपनि फिर्ता गर्नु भएको छैन । उहााहरुले बहुमतको निर्णय मान्छौं तर आफ्नो मत दर्ज गछौं भन्नुभएको छ त्यो हेर्न बाँकी छ । आगामी केन्द्रीय समितिको बैठक पछि पठाउने भन्ने छ अब त्यसै गर्नुहोला ।
यो रिग्रुपिङ भनेको के हो ?
रिग्रुपिङ भनेको जनसेनालाई तीन प्रकारको रुची दिइन्छ । पहिलो त राष्ट्रिय सेनाका लागि जान्छु भन्नेले त्यो छान्न पाउाछ र राष्ट्रिय सेनामा जान्छ । होईन म राजनीतिक प्रक्रियामा जान्छु र सेनामा रहन्न भन्छ भने राज्यबाट केही राहत लिएर राजनीतिक कार्यकर्ताका रुपमा स्वेच्छिक अवकास लिन सक्छ । त्यसपछि घाइते अपाङ्गता भएका साथीहरु जसलाई आजिवन राज्यले वा संस्थाले हेर्नुपर्ने हुन्छ त्यस्ता साथीहरुलाई पुनस्र्थापना प्याकेज बनाईन्छ । यीनै तीनवटा प्याकेज जनसेनाले रोज्न पाउाछन् । जनसेनाले यो स्वतन्त्र रुपमा रोज्न पाउाछ । यसरी यो रुची छनौट गर्ने प्रक्रियालाई रिग्रुपिङ वा रुची छनौट प्रक्रिया भनेका छौं ।
भर्खरै रक्षामन्त्रीले पनि नेपाली सेनाको मापदण्ड पुगेकाको मात्र समायोजन हुन्छ भन्ने भनाईप्रति तपाईको धारणा के छ ?
रक्षामन्त्रीले गरेको कुरा बिशेष समितिको अधिकारिक कुरा होइन् । समायोजन सम्बन्धी हेर्ने निकाय भनेको संविधानले व्यवस्था गरेको बिशेष समिति हो । समायोजनमा रक्षामन्त्रीको कुनै भूमिका हुन्न । यहाँसम्म कि सरकारको समेत कुनै भूमिका हुन्न । बिशेष समितिले जे निर्णय गर्छ र राजनीतिक सहमतिमा जे हुन्छ समायोजनमा त्यही हुन्छ । रक्षामन्त्री त्यसलाई लागु गर्ने एक कारिन्दा मात्र हुन्छ । व्यक्तिगत रुपमा रक्षामन्त्रीले आफ्नो भनाई राख्न पाउाछन् । बिशेष समितिले जे मापदण्ड बनाउँछ त्यही अनुरुप समायोजन हुन्छ । उहाँको भनाईको कुनै अर्थ हुँदैन ।
शान्ति प्रक्रियालाई टुङ्ग्याउन सेना समायोजन प्रक्रिया चाही जोड तोडकासाथ अगाडि बढिरहेको छ तर संविधान निर्माणमा त्यति गति देखिदैन नि ?
संविधान निर्माणको तालिका पनि बनेको छ । भदौ १ गते ड्राफ्ट सकिने गरी आन्तरिक तयारी पनि भएको छ । हाम्रो अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा रहेको उपसमितिले काम गरिरहेको छ । यसलाई सघाउने कार्यदलपनि बनेको छ ।
हाल पार्टीमा देखिएको अन्तरसंघर्ष गाली गलौज र मानमर्दन हो कि बिचार बीचको संघर्ष हो ?
हरेक पार्टी भित्र संघर्ष हुन्छ । जसलाई कम्युनिष्ट भाषा वा राजनीतिक भाषामा दुईलाईन संघर्ष भनिन्छ । यसमा सही लाईन र गलत लाईन हुन्छन् । एक पटकमा एउटा कुरो मात्र सत्य हुन्छ । यसलाई माक्र्सवादले बस्तुगत परिस्थतिको प्रतिबिम्ब पनि भन्छ । समाजमा हुने वर्गसंघर्ष, सामाजिक संघर्ष र छलफल बहस कै प्रतिबिम्ब अन्तरसंघर्ष हो । समाजमा हुने सबै संघर्षको प्रभाव पार्टीमा हुन्छ । वर्गसंघर्ष कै भिन्न रुपमा तर संगै बैचारिक संघर्ष चल्छ । पार्टी भित्र हुने संर्घषमा क्रान्तिकारी क्रान्तिकारीबीच पनि जोड र कोणबीच पनि संघर्ष हुन्छ । अवसरवादीहरुकाबीच पनि संघर्ष हुन्छ । कतिपय बेला क्रान्तिकारी र अबसरवादीबीच संघर्ष हुन्छ । अहिलेको संघर्ष क्रान्तिकारी र अवसरवादीबीचको हो । यसको तरीका र पद्दती हेर्दा कुनै प्रकारको दुईलाईन संघर्ष छैन । आफ्नो सहयोद्धालाई बदनाम गर्ने, नङग्याउने, अपशब्द प्रयोग गर्ने निरासा फैलाउने र पुरै पार्टी विघटन गर्ने बिसर्जनवादी पद्दती र चिन्तन देखिन्छ ।
त्यसैले यसलाई रोक्नुपर्छ र बैचारिक संघर्ष गर्नुपर्छ । बरु महाधिवेशनमा जाउँ सम्मेलनमा जाउँ । त्यसमार्फत व्यवस्थित रुपले फरक मतहरुलाई दस्तावेज बनाउँ। कार्यकर्ता र नेताका विभिन्न तहमा छलफल गरौं । त्यसले सत्यको अन्वेषण हुन्छ । त्यसले क्रान्तिलाई उर्जा र गति दिन्छ । अहिले जस्तो गुटबन्दी, पार्टी भित्र पार्टी चलाउने, निर्णयभित्र निर्णय गर्ने, आफ्नो समानान्तर संगठन चलाउने जस्ता बेठीक कुरा हुन यसले संगठनलाई बिघटन र बिसर्जन गर्छ ।
अहिले यहाँहरुका बरिष्ठ उपाध्यक्ष किरणले अध्यक्षविरुद्ध १८ बुँदामा आरोप पत्र सार्वजनिक गर्नुभएको छ नि यसमा तपाईको धारणा के छ ?
यो अराजकताको पराकाष्ठा हो । आफ्नो नेतालाई आत्मसमर्पणवादी गद्दार भन्ने र त्यही पार्टीमा बसिरहने, यो राजनीतिक अनैतिकता हो । आरोप लगाउनु पनि अनैतिकता र त्यही बसिरहनु पनि अर्को अनैतिकता हो । बाटोमा डकुमेन्ट बनाउादै बाँड्ने गैरजिम्मेबार प्रवृति हो ।
यो विषय पार्टीको बैठकमा आएको थिएन ?
होईन, यो कहिापनि आएको बिषय होईन । यसको बारेमा कहिा उल्लेख पनि छैन र जानकारी पनि छैन । एकथरी साथीहरुले बाँडे भन्ने छ । एउटा डकुमेण्ट गौरबजीले केन्द्रीय समितिमा आफ्नो प्रतिक्रियाको रुपमा छलफलका लागि पेस गर्नुभएको थियो । अर्को अहिले गुरुङजीले तयार गरेको भन्ने आईरहेको छ । र अर्को किरणजीको पनि आईरहेको छ । त्यस्तै अरु थप दुईवटा टिपोटहरु दस्ताबेजका रुपमा तल पठाउन खोजिरहेको छ भन्ने पनि आएको छ । यसको त केही अर्थ नै छैन । भोली उहाँले अर्को पार्टी खोल्नुभयो भने अर्कोले पनि त्यस्तै गरिदिन्छ । जस्तो गुरु उस्तै चेला । यो त बुर्जुवाहरुको भन्दा पनि फरक कुरा हो । बुजुर्वाहरुपनि आफुनो कुरा फरक मतको रुपमा राख्छन् । आफ्नो मतलाई फरक मतका रुपमा महाधिबेशनमा लान्छन् । महाधिबेशनमा सहमति जुट्न नसकेपछि अर्को महाधिबेशनसम्म पद्दतीमा बस्छन् । कम्युनिष्ट पार्टीमा त झन आफ्नै पद्दती हुन्छ । अहिले गैरजिम्मेबार र अराजनीतिक क्रियाकलाप भएको छ त्यसले पार्टीलाई हानी गर्छ ।
उहाँहरुले त पालुङटार भेलाले पारित गरेको नीति अनुसार पार्टी गएन भन्ने आरोप लाउनु भएको छ नि ?
उहाँहरुले नै पार्टी कार्यनीति नबुझे जस्तो लाग्यो । पालुङटार बिस्तारित बैठकले राष्ट्रिय स्वाधिनताको कार्यनीतिको अन्तरगत शान्ति र संविधानको कार्यनीतिक श्रृंखलामार्फत अगाडी जाने, सरकार, सदन र सडकबाट हस्तक्षेप गर्ने, चार तयारी गर्ने र चार आधार बनाउने, नयाँ र मौलिक तरीकाले क्रान्ति सम्पन्न गर्ने । कार्यनीति पास गरेको हो । त्यो प्रक्रियामा अहिले पनि पार्टी छ । क्रान्तिका बाँकी कामहरु पुरा गर्नुपर्छ, समाजवादबाट साम्यवादमा पुग्नुपर्छ भन्नेमा पार्टी कहिपनि दायाँबायाँ छैन । किरणजीहरुले भनिरहे जस्तो परम्परागत तरिकाले क्रान्ति हुादैन । खमेरुजहरु हतियार बोक्दाबोक्दै सिद्धिए । बर्मीजहरु, थाइल्याण्डका क्रान्तिकारीहरु क्रान्तिका कुरा गर्दागर्दै सिद्धिए । दश बर्षसम्म श्रीलङ्का हल्लाएका तमिलहरु र पेरुका बामपन्थीहरु सिद्धिए । नेतृत्वको महत्व बिचारको महत्व र परिस्थितिलाई ठीक बिश्लेषण गर्न नसक्दा हतियार बोक्दै पनि सिद्धिदोरहेछ नि त । यस प्रकारका बाम बिसर्जनवादी प्रवृतीले अन्ततः आन्दोलन सिद्धिन्छ । अहिलेको युगको बिशेषतालाई समात्ने, मार्क्वादका आधारभूत सिद्धान्तलाई प्रयोग गर्ने र बिकास गर्‍यो भने क्रान्ति सम्भव छ । हिजो ०४८ सालमा पनि अध्यक्ष क। प्रचण्डको नेतृत्वमा नयाँ प्रयोग भएकै हो । त्यतिखेर जसरी संसदमै बसेर त्यसैको भण्डाफोर गर्दै क्रान्तिको तयारी भएको थियो । आज सरकारमै बसेर पनि क्रान्ति पुरा हुन सक्छ । त्यो संभावना छ ।
तपाई सरकारको मोर्चाबाट क्रान्ति गर्ने भन्नुहुन्छ तर तपाईका पार्टीका कतिपय नेताहरुले मन्त्री भएर पनि सपथ ग्रहण नै गरेनन् भने अहिले कतियप मन्त्रीले पद त्याग्ने भनिरहेका छन् नि !
कतिपय साथीहरुको दोहोरो चरित्र देखापर्‍यो । यो सरकारले राजीनामा दिनुहुन्न मजबुद बनाएर जानुपर्छ भनेर किरणजीहरु भन्नुहुन्छ अनी यो सरकारलाई पुर्णता दिनबाट अवरोध खडा गरेर कमजोर उहााहरुले नै पार्नुहुन्छ । यो सरकारले पुर्णता नपाओस् भनेर बिदेशी भारत लगायतहरु ल्ाागे । हामीहरुले सरकारलाई पुर्णता दियौं । यता किरणजीहरु यसलाई परा गर्न दिईरहनु भएको छैन । यो कस्तो तालमेल हो रु उहााहरु स्थाधिनता राष्ट्रवादी कुरा गर्ने अनि राष्ट्रप्रेमी र बामपन्थीहरुको सरकारलाई सहयोग नगर्ने र त्यसलाई कमजोर बनाउने ? त्यसैगरी जयपुरीजी महिलालाई ३३ प्रतिशतको कुरा गर्नुहुन्छ, किरणजी हाम्रो मन्त्रीलाई राम्रो मन्त्रालय भएन भन्नुहुन्छ । गौरवजी हामीलाई कम मन्त्रालय भयो तीनवटा चाहिन्छ भन्ने । महेन्द्रजी मैले हराएकोलाई राम्रो मन्त्रालय भयो भन्ने कुरा गर्नुहुन्छ । उहााहरुको कुन मात्र कुरा मान्ने रु उहााहरुलाई जे मन पर्छ त्यही बोल्नुहुन्छ ।
तपाईहरुका अर्का उपाध्यक्ष डा. भट्टराईले पनि त प्रधानमन्त्री खनालको राजीनमा माग्नु भएको छ नि !
त्यो पार्टी नीति बिपरित छ । अहिले त्यसो गर्नु हुन्थेन । उहाा हाम्रो पार्टीको बरिष्ठ नेता हो । पार्टीले निर्णय गरेको बेला र उहाँले पनि रुची गरेको बेला उहाा जहिले पनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ । तर अहिले जसरी उहाा नजिकका मान्छेहरु भट्टराईजी प्रधानमन्त्री प्रधानमन्त्री भनेर भनिरहेका छन् त्यो बेठीक कुरा हो । यसले उहााको कद अरु घटेको छ । उहााको जम्माजम्मी आसक्ति प्रधानमन्त्रीमा, उहाँको जम्माजम्मी रुची वा लक्ष्य प्रधानमन्त्रीमा भने जस्तो जो देखिएको छ त्यो बेठीक हो ।
एकातिर त्यस्तो अर्को तिर उहाँले प्रधानमन्त्रीको राजीनामा माग्नु र उहाँसंग नजिक भएका साथीहरुले मन्त्री पदबाटै राजीनामा दिने कुराले उहाालाई, पार्टीलाई र आन्दोलन कसैलाईपनि फाईदा हुादैन । सरकार छ आफ्नो, काँग्रेस र मधेशवादी बिना चल्दैन, अझ म बिना चल्दैन भन्ने कुराले नेताहरुलाई नै राम्रो हुँदैन ।
अन्त्यमा आजैबाट सार्वजनीक भएको हाम्रो अनलाइनसेवामार्फत के भन्न चाहनुहुन्छ ?
शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याउने र संविधान लेखनमा मिडियाको भूमिका अग्रणी हुन्छ । मिडियाले तथ्यगत रुपले जनतालाई सुचना दिन जरुरी छ । अहिलेको सूचना प्रविधीको युगमा डिजिटल प्रविधिको बिकासको युगमा तपाईंहरुले जसरी अनलाइन समाचार सेवा सुरु गर्नुभएको छ त्यो धेरै महत्वपुर्ण छ । यस अवसरमा म तपाईहरुको अनलाइनले परिवर्तनलाई संस्थागत गर्ने कार्यमा भुमिका खेल्न सकोस भन्दै यसको व्यवसायीक सफलताको पनि कामना गर्दछु ।

No comments:

Post a Comment