Saturday, August 25, 2012

नवसंशोधनवादसाग सम्बन्धविच्छेद गर्न ढिला गरेछौ

नेत्रविक्रम चन्द ‘विप्लव’, सचिव, नेकपा-माओवादी

biplap-1 - Copy (2)

०     भर्खरै मात्र पार्टीको पोलिटब्युरो बैठक सम्पन्न भएको छ, त्यसले के-के निर्णय गर्‍यो बताइदिनुस् न ?
पोलिटब्युरो बैठक मुख्यगरी तीनवटा विषयमा केन्दि्रत भयो । एउटा सम्बन्धविच्छेदपछि परिस्थिति कस्तो बनेको छ भन्ने बारेमा रिपोर्ट, दोस्रा महाधिवेशनलाई कसरी भव्यतापूर्वक सम्पन्न गर्ने र तेस्रो अबको राजनीतिक कार्यनीति कस्तो हुनुपर्ला भन्ने विषयमा छलफल भयो । मुख्य यही तीन विषयमा हामीले गम्भीर ढङ्गले अन्तरक्रिया एवं छलफल गर्‍यौ

०     पार्टी केन्द्रीय समिति बैठक पनि बस्दैछ, यसको आवश्यकता किन पर्‍यो ?
हामीले तीव्रतामा छलफल अगाडि बढाउनुपर्ने केही नयाा कार्यनीतिक शृंखलामा पनि छलफल गर्नुपर्ने निर्णय लिनुपर्ने । त्यसैगरी, पोलिटब्युरो बैठकले लिएका निर्णयको बारेमा पनि छलफल गर्नुपर्ने र पार्टीको कामकारवाहीलाई सुव्यवस्थित गर्नुपर्ने भएकाले नै केन्द्रीय समिति बैठक बोलाइएको हो ।
०     कामचलाउको हैसियतमा रहेको सरकारले अध्यादेशमार्फत् मुलुक चलाइरहेको छ, यस विषयमा बैठकले के निर्णय लियो ?
यो सरकारको औचित्य छैन । यसले बाटो छोडिदिनुपर्छ भन्ने हाम्रो भनाइरहेको छ । त्यसागै हामीले भन्दै आएको देशभक्त, गणतन्त्रवादी, संघीयतावादीको नेतृत्वमा सरकार बन्नुपर्छ ।
०     पार्टी गठनसागै देशदौडाहामा जानुभएको थियो, त्यसबीचमा आमकार्यकर्ताको धारणा कस्तो पाउनुभयो ?
हामीले सम्बन्धविच्छेद गर्न ढिला गरेछौ भन्ने लाग्यो । हामीले जे निर्णय लियौा, यो एकदम ठीक छ । त्यसले कार्यकर्तालाई निराशा बनाएको छैन । बरु निराशातिर गएको कार्यकर्तापंक्तिलाई थोरै भए पनि आशा थपिदिएको जस्तो ऊर्जा थपिदिएको जस्तो अनुभूति भएको छ । नवसंशोधनवादसाग सम्बन्धविच्छेद गर्नुलाई कार्यकर्ताहरूले स्वागत गरेका छन् । कैयौा पुराना, इमानदार, क्रान्तिकारी कमरेडहरू पार्टी कमिटीमा सहभागी बन्दै गएको जिम्मेवारी सम्हाल्दै गएको मैले व्यवहारबाट देखेा ।
०     तपाईंहरूले संघीय जनगणतान्त्रिक मोर्चा गठन गर्नुभएको छ, तपाईंहरूले जनविद्रोहको लागि यो मोर्चा गठन गरेको भन्ने चर्चा छ नि ?
यो मोर्चालाई जनविद्रोहसाग मात्र जोड्नु त उचित ठान्दिन । संयुक्त मोर्चा भनेको राजनीतिक समाधान हो । राजनीतिक समस्याहरूलाई जनसमुदायका विभिन्न वर्ग, जातिलाई आबद्ध गर्ने सबैको मद्दतबाट संकटलाई निकास दिन गरिएको कसरत हो । त्यसलाई त्यसकारण विद्रोहसाग मात्र जोड्नु उपयुक्त छैन । तर, जनताका अधिकार खोसिने अवस्थामा यो विद्रोहको साधक बन्न पनि सक्छ ।
०     एमाओवादीले पनि मोर्चा गठन गरेको छ नि, यस विषयमा के भन्नुहुन्छ ?
त्यसको कुनै तुक छैन । एउटा उकुसमुकुसको विस्फोट मात्र हो, त्यो मोर्चा । त्यसले केही गर्न सक्दैन ।
०     एमाओवादीले पार्टीलाई शुद्धिकरण गर्ने भन्दै विभिन्न आयोगहरू गठन गरेको छ, यस विषयमा के भन्नुहुन्छ ?
त्यो गिरोहहरूको चलखेलको रूप हो । पहिले-पहिले पनि त्यस्तै चलन थियो, भित्र आˆनै भ्रष्टाचार गर्ने, अनि बाहिर आˆनै मान्छेहरू राखेर आयोग बनाउने नीति हुन्थ्यो । म त्यसलाई त्यहीरूपमा बुझ्छ ।
०     आगामी पुसमा पार्टीको महाधिवेशन तय गरिएको छ, यसलाई एकताको महाधिवेशन हुन्छ भनेर प्रचार गरिएको छ नि ?
पार्टी एकता अहिले हाम्रो एजेन्डामा नै छैन । हामी अहिले क्रान्तिकारी पार्टी निर्माण, क्रान्तिकारी जनाधार निर्माणको क्रममा छौ । संकटबाट निकास दिन हामी हाम्रो पक्षबाट के गर्न सक्छौा भन्नेबारे योजना बनाइरहेका छौ । हामीले अहिले पार्टी एकताबारे कुनै सोचेकै छैन ।
०     तपाईंहरूले उठाउनु भएको गोलमेचसभाको विषयमा के भइरहेको छ ?
गोलमेचसभा आफैामा निकास होइन, तर टुक्राटुक्रा भएर बसेका दलहरूलाई एक ठाउामा ल्याउने प्लेर्फमको काम गर्छ । यसभित्र बसेर देशको निकास कसरी निकाल्न सकिन्छ भनेर बृहत् प्रकारले सोच्न सकिन्छ । दुईतीनजना मान्छे बसेर कोठाकोठा चाहारेर सहमतिको डम्फु ठोकेर देशले निकास पाउादैन भन्ने कुरा त प्रमाणत भइसक्यो ।
०     यस्तो अवस्थामा राष्ट्रपतिको भूमिका कस्तो हुनुपर्ला ?
राष्ट्रपतिले होइन, दलहरूकै भूमिका मुख्य हुनुपर्छ । राष्ट्रपतिले सहयोग मात्र गर्न सक्छन् ।
०     जनसेना समायोजना प्रक्रिया अलमलमा परेको छ, जनसेनाको तपाईंहरूले चिल्लीबिल्ली नै पार्नुभयो होइन ?
प्रचण्ड र बाबुरामजीको विचलनको परिणाम जनसेनाको अपमान भएको छ । उहााहरूले आफैाले व्यक्त गरेर वचनबाट उहााहरू भाग्नुभयो । काग्रेस, एमालेले पनि धोका दिए । जसको परिणाम यो आएको हो । बाइस हजार जनमुक्ति सेना अहिले बाहिर छ र त्यो सेना कुनै न कुनै रूपले राष्ट्रिय सेनाको रूपले तयार छ । त्यसमा हामीले कुनै चिन्ता मान्नुपर्दैन ।
०     तपाईंकै नेतृत्वमा जनस्वयमसेवक दस्ता गठन हुादैछ, यसको उद्देश्य के हो ?
जनस्वयम्सेवक दस्ता होइन, यो एउटा संगठन हो । जनमुक्तिसेनाबाट आएका योद्धाहरू, लाखौाको संख्यामा रहेका युवाहरूलाई जनताको सुरक्षा, राष्ट्र निर्माण र विकास निर्माणमा सहभागी गराउने गरी यो संगठन निर्माण गरेका छौ ।
०     नया पार्टी गठनसागै यसको प्रभावसागै देखिएको कार्यक्रम पनि आउन सकेन भन्ने आमकार्यकर्ताको गुनासो रहेको छ अब के कार्यक्रम ल्याउादै हुनुहुन्छ ?
त्यस्तो छैन । हामी गुणात्मकरूपमै फरक छौ भन्ने मैले पाए । बरु अतिरञ्जित ढङ्गले तुरुन्तै युद्धमा जाादैछ भनेर जुन व्याख्या गरिएको छ, त्यो ठीक होइन । संशोधनवादीहरूसाग सम्बन्धविच्छेद गरेपछि दुवै एकै हो भन्ने कुरा कतै पर्लाजस्तो मलाई लाग्दैन ।
०     जनताले प्रत्यक्ष अनुभव गर्ने गरी कार्यक्रम कहिले ल्याउनुहुन्छ ?
प्रत्यक्ष अनुभव त पहिलो दृष्टिकोणको कुरा हो । हामीले अहिले मुलुकको राष्ट्रिय स्वाधीनता, जनताको अधिकार, किसानको भूमिसुधार, संघीयता, दलित, जनजाति, मुस्लिमहरूको बारेमा जे बोलेका छौा, त्यसले जनताहरूको बीचमा यो कुरा अलग दृष्टिकोण हो भन्ने गइसकेको छ । कार्यान्वयनमा जालान अझै केही मेहनत गर्नुपर्नेछ । हामीले एउटा मागपत्र सरकारलाई बुझाउादैछौा ।
०     भनेपछि नेकपा-माओवादी जनयुद्धको उपलब्धिलाई रक्षा गर्दै अगाडि बढ्न तयार छ ?
त्यो त एकदम सामान्य कुरा हो । आजसम्मको हाम्रो बहस, विद्रोह र हामीले बनाएको दृष्टिकोणबाट सामान्य किसान, मजदुरहरूले पनि बुझिसकेको स्थिति हो ।
०     अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?
अहिलेको अवस्थामा हामी हैरान हुनुपर्ने केही छैन । अलिकति निराशाको लहर सृष्टि गर्ने कोसिस प्रतिक्रियावादी, पश्चगामी, संसद्वादीहरूबाट गरिएको छ । त्यसमा कोही दिनमा पर्ने छैन । नेपाल पश्चगमनमा जान सम्भव छैन । मुलुकलाई अग्रगमनदिन सकिन्छ । त्यो विश्वास हामीसाग छ । त्यसकारण हामी सबै अग्रगामी आन्दोलनको लागि माओवादी पार्टीको झण्डामुनि गोलबद्ध हुन जरुरी छ
from chhepastra weekly

No comments:

Post a Comment