Friday, August 3, 2012

माओवादीमा दुई सय ५१ सदस्यीय महाधिवेशन आयोजक समिति

रोशन खड्का/नयाँ पत्रिका
काठमाडौं, १८ साउन
एकीकृत माओवादीको महाधिवेशन आयोजक समिति दुई सय ५१ सदस्यीय हुने भएको छ । विभाजनपछि रहेको एक सय चार सदस्यमा एक सय २७ जनालाई तत्काल थप्ने र बाँकी २० जनालाई पछि थप्ने निर्णय पार्टीले गरेको हो ।
बुधबारको महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक सय ७५ सदस्यीय समिति बनाउने प्रस्ताव लगेका थिए । तर, धेरैलाई समेट्न खोज्दा समिति धेरै ठूलो भएको छ ।
'हामीले तत्काल दुई सय ५१ सदस्यीय आयोजक समिति बनाउने निर्णय गरेका छौँ, केन्द्रीय सदस्यहरूको कार्यविभाजन शनिबारको बैठकले टुंगो लाग्छ,' प्रवक्ता दीनानाथ शर्माले नयाँ पत्रिकासँग भने ।
महाधिवेशन आयोजक समितिका सदस्य खगराज भट्टले छुटेका केही साथीलाई कार्यालयको बैठकले थप छलफलपछि थप्ने बताए । बुधबार बिहान बसेको एकीकृत माओवादीको पूर्वपदाधिकारी बैठकले एक सय ७५ सदस्यीय आयोजक समिति बनाउने सहमति गरेको थियो । तर, आयोजक समितिको बैठकमा गुनासो आएपछि सदस्य थपिएका थिए ।

महाधिवेशन आयोजक समितिका सदस्य राम कार्कीले आवश्यकता, क्षमता र वरिष्ठतालाई आधार मानेर आयोजक समितिमा थप मनोनयन गरेको जानकारी दिए । 'प्रस्तावको सामान्य विरोध भए पनि आवश्यकता, क्षमता र वरिष्ठताको विकल्प नभएको भन्ने निष्कर्ष निकालियो,' कार्कीले भने ।
माओवादी केन्द्रीय कार्यालय स्रोतले दिएको जानकारीअनुसार हरेक राज्यबाट आयोजक समिति सदस्यका लागि १० देखि १५ जनाको नाम अनौपचारिक रूपमा प्रस्ताव गरिएको थियो । माओवादीका १४ राज्य समिति छन् ।


आयोजक समितिमा थपिएका एक सय २७ सदस्य

मधेस

रामलोटन तिवारी
घनश्याम यादव
शिवेशचन्द्र कुसवाह
भरत साह
रामचन्द्र मण्डल
असर्फी सदा
असर्फी यादव
जोधमाया यादव
सरस्वती चौधरी
रामकुमारी चौधरी
असहर हुसेन
अख्तर हुसेन मुसलमान
अशोक जैसवाल

दलित

दलजित श्रीपाइली
गोपी अछामी
पदमलाल विक
सीता नेपाली
गणेश नेपाली

महिला

धर्मशीला चापागाईं
बलावती शर्मा
सत्या पहाडी
कल्पना धमला
सीता पोखरेल
नारायणी शर्मा
पूणर्ा सुवेदी
जुनकुमारी रोकाय
सुष्मा शर्मा
उमा देवकोटा
रेणु चन्द
गंगा दलवार
देवी खड्का
विमला सुवेदी
मीना तामाङ
समिता कार्की
सुशीला सिंखडा
लक्ष्मी लामा

जनजाति

पूर्णसिंह राजवंशी
काकतेन लामा
अमर तमू
विष्णु चौधरी
सूर्यमान दोङ
सोनामसिंह स्याङतेन
श्री जवेगू
रामकुमार राई
राजेन्द्र किराती
बुद्धिबहादुर माझी
सन्तवीर चौधरी
महेन्द्र श्रेष्ठ
भास्कर प्रधानांग
दिलीप महर्जन
श्रीकृष्ण श्रेष्ठ
मानबहादुर बुढा
कृतिबहादुर पुन
राजकाजी गुरुङ
मुङसाहाङ लिम्बू
छत्रबहादुर श्रेष्ठ

पूर्वजनमुक्ति सेना

सुकबहादुर रोका
महेन्द्र शाही
राजबहादुर बुढा
बलबहादुर पुन
हरिबहादुर श्रेष्ठ
पदमबहादुर लामा
यमबहादुर अधिकारी
जीवन बुढा

अन्य/आवश्यकता

दयाराम एमएस
आयुक्ता काफ्ले
तारामान स्वाँर
रामबहादुर बोहरा
तिलक शर्मा
देवेन्द्र पराजुली
कृष्ण धिताल
रामकुमार राई
सन्देश पौडेल
शालिकराम जमकट्टेल
झलकमणि तिवारी
नेत्रबहादुर अधिकारी
आरसी शर्मा विज्ञान
टीबी पाठक
मुक्ति खनाल
डा.डिल्ली खनाल
हरि रोका
चित्रबहादुर श्रेष्ठ
खिमलाल देवकोटा
विष्णुहरि शर्मा
देवराज रेग्मी
हिमाल शर्मा
गजेन्द्र बोहरा
बालकृष्ण ढुंगेल
चन्द्रबहादुर खड्का
बसन्त शर्मा
हेमराज भण्डारी
हरि दाहाल
बलराम तिमल्सिना
ओम शर्मा
गोविन्द आचार्य
जयराम दाहाल
रामेश सिग्देल
श्रीकृष्ण शर्मा
टेकेन्द्र भट्ट
ठाकुर शर्मा
घनश्याम दाहाल
चुडा खड्का
निर्मल आचार्य
पारशमणि पौडेल
खड्ग बस्नेत
युवराज चौलागाईं
गणेश बुढा
दीनानाथ गौतम
कमल खनाल
श्यामबहादुर बोहरा
थिरबहादुर कार्की
गणेश सिंह
कुबेर ओली
भक्ति लामिछाने
रेशम चौलागाईं
शंकर लामा
तुलसी ढुंगाना
शरण बाठा
from Naya Patrika daily newspaper 

No comments:

Post a Comment