Monday, December 21, 2009

हुम्लाकी जानकी



एकटक हेरिरहेकी थिइन्। उनका आँखा ठीक दक्षिण-पूर्वमा उभिएको हिमालमाथि अडिएका थिए। जो सेतै फुलेको एउटा बूढो मान्छे िठंग उभिएजस्तो देखिन्थ्यो।

Sunday, December 20, 2009

आन्दोलनकारीलाई फोहरा



सात बजेतिर पुलिस अन्तराष्टिय सम्मेलन केन्द्रतिर एक लाइन बसेका थिए भने पूर्वमन्त्री हिसीला यमीको नेतृत्वमा नाराबाजी गर्दै आन्दोलनकारी बानेश्वर पुलतिर जाँदैथियो । आन्दोलनकारीले त्यसबेलासम्म सडकमा रहेका डिभाइडर लगभग ढालिसकेका थिए ।

Monday, December 7, 2009

भ्यागुताको धार्नी


फोटो खिचेर दिन धकेल्दै प्रचण्डपुत्र प्रकाश


आजदेखि तीन प्रमुख दलले फेरि वीरबलको खिचडी पकाउन सुरु गरे। माओवादीले एक महिने तेस्रो चरणको आन्दोलन घोषणा गर्नुअघिल्लो दिनसम्म खिचडी पकाउने काम जारी थियो। माओवादी पुस ७ सम्मका लागि एक महिने तेस्रो चरणको आन्दोलनमा छ।

Sunday, December 6, 2009

११ नम्बर गाडी


जापानी हुन् या कोरियाली महिला पर्यटक सर्वोच्च अदालतअगाडिको बाटोमा मस्तराम िहंड्दै

अव्यवस्थित सडक। सडकको क्षमताभन्दा बढी गाडी। प्रदुषण। यी सब देख्दा हप्तामा एकपालि 'बन्द' भए हुँदो होजस्तो लाग्थ्यो। बन्दमा कमसेकम सडकमा आफूखुसी िहंड्न त सकिन्छ।

नेपाल बन्द, आज। कैलाली, डुडेझारीमा प्रहरीले सुकुम्बासी मारेको विरोधमा माओवादीद्वारा बन्द।

एघार नम्बर गाडीमा नयाँ बानेश्वरबाट कारखाना(अफिस) आउँदा मज्जा लाग्यो। आज खोला तर्न बाह्र बजेको छैन। नत्र त खोला तर्न यति गाह्रो कि! न ट्राफिक न बटुवाले जेब्रा क्रसिङबाट नै तर्छन्। तीनपानेको तालमा चलाउने डाइभरको के भर?

Saturday, December 5, 2009

हरियो डाँडामाथि …


भन्छन् -चट्कनको तालमा बच्चालाई पढाउन हुन्न । सधैं 'पढ्' भनेर कर गर्न हुन्न। यसले उनीहरुको बालमनोविज्ञानमा असर पर्छ। पढाइप्रति मोहभंग हुन्छ।

के यो आदर्श सबैले पालना गरेका छन्? रामजाने।

'अर्काका उदाहरण दिएर उनीहरुलाई किन दुखी बनाउने? आफ्नै उदाहरणबाट दिन्छु.' घोराही क्याम्पसका अंग्रेजी सर नारायणिसंह गुरुङ आफ्नै उदाहरणबाट पढाउन मेसो थाल्थे। कसोकसो उनको सिको गर्न मन लाग्यो।

Saturday, November 28, 2009

एक बेखवर साथीको यादमा



धेरै भयो, ऊ बेखवर छ।

कहाँ छ ? थाहा छैन।

संचो छ कि बेसंचो? त्यो पनि थाहा छैन।

किन बेखवर छ ? त्यो पनि थाहा छैन।

Wednesday, November 18, 2009

करिमा तर्क


प्रधानमन्त्री कार्यालयबाट निस्केपछि पत्रकारसित आफ्नो गल्ती ढाक्ने तर्कशास्त्र सुनाउँदै कृषि राज्यमन्त्री करिमा


बुधबार तीन दलको बैठक थियो, प्रधानमन्त्री कार्यालयमा। चार बजे मन्त्रिपरिषद्को बैठक तय भएको थियो। तीन बजेपछि नै मन्त्रीहरुको घुइँचो लाग्दैथियो।

पत्रकारहरुबीच कुराकानी चल्दैथियो, 'राखौं, मन्त्री चिनां, प्रतियोगिता। कसले धेरै चिन्दोरहेछ।'

झण्डा हल्लाउँदै गाडी आउँथे। र, दुलोबाट मुसो निस्केजसरी फुट्ट निस्कन्थे। तर, को मन्त्री ? चिनिए पो। एकअर्कामा सोधासोध गर्दैथियौं। तर, चिने पो?

आफ्नै देशका मन्त्री पत्रकारले चिन्न नसकेर बक्क पथ्यौ।

चार/पाँच किस्तामा विस्तार भएको छ, मन्त्रिमण्डल। देउवा मन्त्रिमण्डलपछि नेपालको यो नै दोस्रो ठूलो मन्त्रिमण्डल हो। देउवाकालमा ४८ मन्त्री थिए भने अहिले माकुनेकालमा ४५।

प्रधानमन्त्री नै चुनाव हारेका परेपछि मन्त्रीहरु त पर्नु स्वाभाविकै हो। तर, मन्त्रीका अनुहारसमेत अपरिचित हुनु अर्को विडम्बना छ।

गफ चलिरहेको बेला नयाँ र चिल्लो गाडी आयो। झण्डावाल। को रहेछ?

हामीबीच चलेको हल्लाकै बीचमा गाडीबाट निस्किइन्, करिमा बेगम। अघिल्लो साता मात्र पसा्रका सिडीओ दुर्गाप्रसाद भण्डारीलाई चड्कन हानेकी थिइन्। करिमा चर्चा तातै छ।

क्याबिनेट मन्त्री त आउँछन् नै, यी माइजू किन आइन्? यी त राज्यमन्त्री हुन्। सबै मुखामुख गरे। पक्राउ गरिएको छैन। माधव नेपालले माफी मगाउने हल्ला चलेको थियो। माफी मगाउन हो कि भन्ने लाग्यो। सरकार ढल्ने डरले प्रधानमन्त्रीले त्यसो भन्लान् भन्ने पनि ठेगान भएन।

करिब आधा घण्टापछि निस्किइन्, करिमा। घेरे पत्रकारले।

'कहिले हो राजिनामा दिने, मन्त्रीज्यू?'

'मैले किन दिने, राजिनामा? मैले के गरेछु?'

'सिडीओलाई कुटेकाले'

'मैले कहाँ सिडीओलाई कुटेछु? दुर्गाको अहंकारलाई कुटेछ।'

'किन आउनुभयो त?'

'प्रधानमन्त्री विरामी भएको सुनेँ। उहाँलाई भेट्न।'

आफूले कुनै पनि गल्ती नगरेको उनको तर्क कायम नै थियो। गाडीमा चढिन्। झ्याल खोलिन्। र, हात हल्लाउँदै लागिन्।

पसा्रबाट जित्नेबित्तिकै नयाँ पत्रिकाको शनिबारे 'झन् नयाँ'मा कभर स्टोरी गरेको थिएँ, 'करिमाको करिष्मा' भनेर। धेरैले मन पराएको स्टोरी थियो, त्यो।

सात कक्षा मात्र पढेकी एक मुश्लिम महिलाको तर्क सुनेर प्रभावित भएको थिएँ। ध्र्मभीरु मुश्लिम समाजबाट एउटी चेली यसरी वीरगाजजस्तो ठाउँबाट जित्नु चानचुने थिएन। फोरमको हावा लागेको बेला पात पितंगरले जिते भन्नु अर्कै कुरा थियो।

फोरम फुट्यो। उनी लागिन् विजय गच्छेदारतिर। दोस्रो/तेस्रो पटकको विस्तारमा पनि मन्त्री नबनाएपछि उनले गच्छेदारलाई भनिन्, 'तेरो अर्को आँखा पनि फुटाइदिन्छु।' विराटनगरमा एउटा आँखा अखिलले फुटाइदिएका थिए।
त्यसपछि? अर्कोपालिको विस्तारमा करिमा परिन्। भइन् कृषि राज्यमन्त्री। केही साताअघि मात्र खेलकुद सहायकमन्त्री चन्दा चौधरीले थोत्रो गाडी दिएको भन्दै शिसा फुटाएकी थिइन्।


करिमाले सिडीओ कुटेपछि उनका बारेमा थुप्रै कुरा थपिए। सचारमाध्यममा नकारात्मक चर्चा चुलियो। उनले कुट्दा भएको गल्ती भन्दा पनि चरित्रसित जोडेर बढ्ता हल्ला चल्यो।

एक मुश्लिम महिला र मधेसका मान्छेलाई हेर्ने भण्डारीका आँखामा खोट थिएन होला भन्न सकिदैन। पहाडीया र बाहुन आँखाले उनलाई हेप्न खोजेन भन्न सकिन्न।
हात हाल्नु करिमाको गल्ती हो। करिमाको गल्ती अक्षम्य छ। क्षमा मागेर मात्र हुन्न। कारबाही नै गर्नुपर्छ। तर त्यसको पछाडिको कारण पनि खोज्न जरुरी छ।

गल्ती गरेपछि त्यसलाई ढाक्न उनले जे तर्क गरिरहेकी छन् ती तर्क बेजोड छन्। तर्कशास्त्रका विद्यार्थीले उनीबाट सिक्न जरुरी छ। मुश्लिम समुदायबाट आएकी एउटी महिला यति तर्कशील हुनु के चानचुने


Friday, November 13, 2009

सिंहदरवार ठप्प




प्रचण्ड, पत्नी सीता, छोरी गंगा, नातिनी स्मीता र महासचिव वादल

दोस्रो चरणको आन्दोलन। अन्तिम दुई दिन माओवादीले लाखौं जनतासाथ िसंहदरवार घेर् यो।
पहिलो दिन २६ गते।
पाँच बजे नै कर्मचारीलाई कार्यालय आउन सरकारी उर्दी थियो। एकाविहानै पाँच मन्त्री छिरे। सुरक्षा प्रमुख छिरे। सचिवहरु छिरे। तर, कुनै पनि सेवाग्राही छिर्न पाएनन्। मन्त्रीहरु दिनभर िसंहरदरवारमै थुनिए। आठ बजेदेखि कार्यालय समयभर घेराउका कारण कोही पनि भित्र छिर्न पाएनन्।

Tuesday, November 10, 2009

हटारुको नाउँमा


साथीहरुले भने, 'के हो यार, ब्लगको नाम पनि 'हटारु!'सबैले बुझ्नेखाले पो हुनुपर्छ.'
यसो गमें.स्वाभाविक लाग्यो, प्रतिकि्रया ।
जायजै लाग्यो, नजानेको नामप्रतिको असमहमति ।
उनीहरुको तर्क थियो, 'कतै क्लिक गनेृ्रबित्तिकै खुल्नेखाले हुनुपर्छ, ब्लगको नाम।'
अस्वाभाविक थिएनन्, गुनासा ।
के यी गुनासा सोह्र्रैआना सही हुन्?
जायज थिए.
खेतीपाति सकाइवरी भीरमा खरघुर्रो काटेर मान्छेकd लर्को लाग्थ्यो -घोराहीमा नुन बोक्न जानेको । एकजना प्रत्येक घरबाट जान्थे । १५/२० दिन खाने खाजा र पिठोका साथ उनीहरुको लर्को छुटेपछि गाउँ सुनसान हुन्थ्यो । उनीहरुले परिवारका लागि वर्षदिन पुग्ने नुन बोकेर आउँथे ।
बाबाको पालासम्म नुन बोक्न कोइलाबास या नेपालगाज या बुटवल जान्थे रे । डेढ महिना लगाएर नुन बोकL आउँथे रे । रापती तर्दा कहिले त नुनको भारी नै बग्थे।
प्रत्येक घरबाट भारे डोको, त्यसमाथि मसिनो डोरीको जाली बुनिएको खकन्ना लगाएर तयार हुन्थे । भन्थे -'हटारु जान लागे है ! आइजौ विदावारी गर्न जाम ।' प्रत्येक घरबाट दही र अक्षताको टीका लगाएर विदा गर्थे । पहिलोपालि हाट जानेलाई परिवारका सदस्यलाई मारीमारी सम्झाउँथे, 'दायाबाया नगरेस् है । हर्दा पनि तेरो त नाम्रो रंगढंग छैन ।' जानेहरुमा सबैभन्दा पाकालाई भन्थे, 'नाम्रोसत बगाल लाइदिए है, यो लखेलाई ।'
नुनको भारी र नयाँ लुगा लिएर आउँथे ।

Thursday, November 5, 2009

The Last Laugh





The Last Laugh
I made hay while the sun shone
My work sold
Now, if the harvest is over
And the world cold
Give me the bounce of laughter
As I lose hold
(The Last Laugh by John Benjamin)
अमेरिकी पेन्टर सिलिया वािसंगटनको चित्र। छेवैमा कागजमा लेखेर टाँसिएको छ, कवितांशसहित पेन्टिङको व्याख्या। व्याख्यापछि थाहा पाएँ, चित्र रहेछ सेप्टेम्बर ११ को घटनामा आधारित। 'व्याख्या' नदेखेको भए त्यै पनि थाहा नपाउने रहेछु। उनकैको अर्को चित्र 'ब्रोकन डि्रम्स' पनि त्यसैमा आधारित रहेछ।

बबरमहलस्थित आर्ट ग्यालरी। महिलाका बारेमा बनाइएका पेन्टिङ। केही फोटो। र, केही सामान नै जस्ताको तस्तै राखिएका छन्। अस्मिना रिाजतले टिकुली र चुराको नाउ बनाइकी छन्। काठमा छ टिकुली। र, पर्दाजस्तो बनाइएको छ, चुरैचुराको। यो पेन्टिङ नभई, रहेछ चुरा र टिकुलीले बनाइएको नाउ। भन्न खोजेको बुझिनँ। बोरामा माटो। र, बोरा खोपेर रोपिएको जौ। उम्रेको छ बोरैभरि जमरा। यसैगरी खाने तेल वा मट्टितेलको डिलर भएको दुकानमा तेल भर्ने पाउ, आधा लिटर, एक गदैै्र पाँच लिटरसम्मका भाँडा। त्यसैमा लेखिएको छ, अंग्रेजीमा। के लेखिएको छ कुन्नि? पढिएन। ती भाडाको शीर्षक दिइएको छ, विधवा।

बक्क परेँ कसरी हुनगयो यी भाँडा, विधवा शीर्षकमा?

चित्रसँग चिनजान छैन। सायद नजिकिने कोशिस पनि भएन क्यार। हाइस्कुलसम्म विज्ञान विषयमा चित्र बनाउनुपथ्र्यो । मलाई चरा, रुख, घर र मान्छेको चित्रबाहेक अरु बनाउन आएन। वातारवरण नभएर पनि होला, बनाउने जाँगर पनि चलाइनँ।

जिन्दगीमा पनि मैले एउटा चित्र बनाएँ, पानी कलरमा। जुन एक महिला चित्र थियो, पछिल्तिर कपाल फिजेकी। खुबै राम्रो लाग्यो। कुरा हो, स्नातकमा पढ्ने बेला, घोराहीमा। के जङ चलेर बनाएँ? थाहा छैन। सायद डेरामा मेरो भतिज विमले र गोपालले चित्र बनाउँथे। यसैको प्रभाव थियो कि? मैले उनीहरुले प्रयोग गर्ने रङ प्रयोग गरेर बनाएको थिएँ।

'ल हेर, मैले पनि चित्र बनाएँ। आफूले मात्र जानेको भन्ठान्छस्?' स्वयम्वर हाङलाई देखाएँ।
हाँस्यो। र, भन्यो, 'पहिले चित्रबारे बुझ्। त्यसपछि बनाउने।' खिसि्रक्क भएँ।


हाइस्कुल पढ्ने बेला। कुनै याम थियो। चुनबाङमा साइनबोर्ड र ब्यानर लेख्ने मेरो ठेक्का थियो। साइनबोर्ड लेख्नेमात्र कहाँ हो र? हिमालसिमालको चित्र पनि बनाइदिन्थेँ। सायद अझै पनि खुइलिएका दुईचार साइनबोर्ड होलान्, मैले लेखेका सानीगार्ड र चुनबाङमा।

एउटा याम। भर्खरै हिरासतमुक्त भएको थिएँ। कुरा २०६०को। कसैले मेरो नाम सिफारिस गरेछ। अस्मिना रिाजतको सूत्र भन्ने चित्रकारितासम्बन्धि संस्थाले ओशो तपोवनमा लग्यो। जहाँ चित्र संगीत र लेखन गरी तीन क्षेत्रका तीन पुस्ताको जमघट रहेछ। पाँचदिने शिविरमा बाजे छोरा र नाति पुस्ताका बसे।

भाँतीभाँतीका अनुहारका क्यान्भास। चित्रकारहरु लहरै लागेर दिनभर चित्र बनाए। त्यहाँ कोही पनि थिएनन् काठमाडौंबाहिरका, बात्सायनबाहेक। थाहा पाएँ, चित्रकारिता काठमाडौंका सम्भ्रान्त परिवारबाट मात्र सम्भव छ। चित्रका लागि चाहिने सामग्री र माहौल गाउँको सामान्य परिवारको लागि सम्भव नै छैन। कोही अपवादबाहेक।

चित्रसित हिमचिम नभए पनि चित्रकारसित ठीकै थियो। रोल्पा थबाङको स्वयंवर हाङ(नारायण बुढामगर)ले चित्र बनाउँछ। रोल्पा पढेर होइन बुढानिलकण्ठ बोर्डिङ पढ्दाखेरि सिकेछ।। मूर्तबाहेक उसले बनाएका कुनै पनि चित्रसित चिनजान हुन सकेन। अर्धअमूर्तलाई 'हो कि हो कि' भनेर अथ्र्याउनेसम्म मात्र हो। कसैले यस्तो उस्तो भनेर अथ्र्याइदिएपछि 'हो कि' जस्तो लाग्छ।

एकचोटि सुशील गौतमको किताब चर्किएको जून नामक किताबको कभर बनाइदिएछ, स्वयम्वरले। कलमको टुप्पोले जून छुन खोजेजस्तो बनाएछ। बूढाको के जङ चलेछ कुन्नि? जूनलाई टुप्पो छुवाएर किताब छापेछन्।

साँच्ची चित्र नबुझ्ने मान्छे नै हुँ कि म पनि? जस्तो लाग्छ।

अँ, भित्तामा चित्र छन्। हेरियो मात्र। बुझिाएन। बुझ्ने कष्ट पनि गरिएन।

फोटो। हेर्दैजाँदा फोटो पनि भेटिए।

बेरुतका सहिदका फोटो छन्। फोटोहरुको शीर्षs दिइएको छ, सहिद।

एउटा फोटो। त्यसको छेवैमा एक महिला बसेर यसो नियालिरहेकी।

अर्को फोटो- भग्नावेश। त्यही बसेर दुध चुसाइरहेकी एउटी महिला।

अर्को फोटो- टाँसिएको छ भित्तामा। एक महिला फोटो हेरिहरहिछ, पर्पुरोमा हात राखेर।

अर्को फोटो। अफगानी महिला। हातमा हतियार लिएर उभिएका छन्। उनीहरुका अनुहारमा बुर्का छैन। सारीजस्तो उनीहरुको परम्परागत पहिरन। कोही रगीन छन् कोहीका सेता लुगा।


यसै चित्र हेर्ने उसै चित्र हेर्ने भनेर छिरेँ, सिद्धार्थ आर्ट ग्यालरीमा। छिर्नेबित्तिकै भेटियो -कोक समातेकी मोनालिसा। लेखिएको छ मोनालिसा एक। अर्को छ, हाँसेको मोनालिसा। लेखिएको छ, मोनालिसा दुई।

चित्र सर्वसधारणले बुझ्ने हुँदैन? अमूर्त बनाए मात्र अब्बल हुन्छ? गाँठवालाको मात्र चिधकारिता ठेक्क हो? प्रश्न अनुत्तरित। सीप भएर मात्र पनि नहुनेरहेछ चित्रमा। कुनै याममा स्वयम्वर काठमाडौं आयो, 'करिअर बनाउन।' राजधानीमा टिक्न सकेन।


एक ठाउँमा चित्र बनाउने काममा लागेको पनि थियो। पैसा नदिएपछि भनेछ, 'तँलाइ पैसा पनि माग्दिनँ काम पनि गर्दिनँ।' चित्रले खान दिएन भनेर वाइरिङ गर्दैथियो। केही महिना गंगोबुमा रहेको आफन्तको साइबरमा काम गर् यो। अरब जाने तयारीमा छ भन्ने सुनेको थिएँ।

कहाँ छ? बेखवर छ। ऊ सकेसम्म मबाट बेखवर बस्न चाहन्छ। कारण? भन्छ, 'रक्सी र चुरोट नखा भनेर भन्ने तेरो कचकच सुन्न चाहन्नँ।' जहिल्यै भन्छ, 'म किन रक्सी खान्छु? तँ बुझ्दैनस्। मान्छे किन रक्सी खान्छ? के हो जीवन तैले बुझेको पनि छैनस्। त्यसैले तँ लेखक पनि बन्न सक्तैनस्।'

उसले म लेखक बन्न नसक्ने ठोकुवा नै गरेको छ।

नबुझिने चित्रसँग भएका भेटैपिच्छे आँखामै उभियो, स्वयम्वर।

'नबुझिने नै सही। म एकजनाले नबुझदैमा के फार्रिन्छ र? कहिले यस्तै भित्तामा झुण्डिएका स्वयम्वरको चित्र हेर्न पाइएला बबरमहलमा, सिद्धार्थ आर्ट ग्यालरीमा?' प्रश्न उभिइरह्यो ऊसँगै।

झुण्डिएका चित्रहरु अमेरिका, भारत, श्रीलंका र नेपालका उनै नाम चलेका गन्यमान्य चित्रकारका मात्र छन्।

'स्वयम्वरको कहिले होला यसरी प्रदर्शनी? नबुझे पनि मेरो गाउँको कलाकारको भनेर कहिले भन्न पाउँला मैले?'

ग्यालरीबाट बाहिरिए पनि अझै गनगन गरिरहेछ, यो अनुत्तरित प्रश्नले।





Wednesday, November 4, 2009

अनिश्चित पर्खाई

कार्तिक १७ अर्थात् नोभेम्बर ३ । हेरिरहेछु, आइबीएन७ च्यानल । मोटो किताब टिभीमा देखाउँछ । कभरमा इन्दीरा गान्धीको फोटोमाथि लेखिएको छ, ‘१९८४ ।’
अँ, एक केटी छ, स्टुडियोमा कार्यक्रम संचालिका । छेउमा बसिरहेका छन्, अधबैसे शिख महिला ।  
संचालिका अक्क न बक्क परेकी छ । बक फुटेकै छैन सोध्नलाई ।
‘त्यसदिन कस्तो थियो ? के भयो ?’ मुश्किलले सोध्छे ।
अधबैशे र बूढी महिला बोल्दैजान्छन् । बोल्दाबोल्दै थामिन्छन् । र, घटना सुनाउन आँसुबाहेक अरु बचेको छैन । तर चाहिएको छ, बोली । कार्यक्रम संचालिकाले गर्नुपर्ने हो, प्रश्न । प्रश्नकर्ता आफै भक्कानिएर डाको छाड्छेजस्तो छ । उसेको अनुहारले भन्छ, थाम्न १२ बजेको छ ।

Saturday, October 31, 2009

माओवादीले भुल्यो लालसलाम


नेपाल संवत्को अवसरमा कार्तिक १३ गते माओवादी ललितपुरले आयेाजना गरेको चियापानमा कार्यकर्ताको लालसलाम फर्काउँदै अध्यक्ष प्रचण्ड

कुनै याम थियो, सनासोले चेपेजसरी हात मिलाएपछि अनचिनार मान्छेलाई पनि सहजै चिन्थे,'माओवादी विचार बोकेको मान्छे रहेछ।' संकटकालमा हात मिलाउँदा पनि तौलेर गर्नुपरेको माओवादी, शुभचिन्तकले भन्थे। उनीहरु यसरी हात मिलाउनुलाई 'वर्गीय माया' र 'आत्मीयता'सँग जोडेर व्याख्या गर्थे।

पार्टी अध्यक्षले शुभचिन्तक र तल्लो तहका कार्यकर्तासँग पनि मज्जाले हात मिलाउँथे। फलस्वरुप नेतृत्व र आफूहरुबीच 'सारो सीमारेखा नभएको' अनुभूत गर्थे। र, युद्धकालमा जस्तोसुकै बलिदान गर्न र नेतृत्वको रक्षा गर्न तयार हुन्थे।

Friday, October 30, 2009

झुमे प्रचण्ड


'कहाँ भेटिएला'की हिरोनी श्वेता खड्का

राजनीतिक\सांस्कृतिक रुपान्तरणका लागि जनयुद्धको नेतृत्व गरेको दल, माओवादी। र, त्यसका अध्यक्ष प्रचण्ड। प्रचण्डसहित पत्नी सीता, सभासद्पुत्री रेणु, पुत्र प्रकाश, नातिनी(कान्छी गंगापुत्री) स्मीता प्रधान . र, भतिज समीर।

साथमा माओवादी महासचिव वादल। सुदूरपश्चिमका दर्जनांै माओवादी नेता र सभासद् । जनयुद्ध थालनीको पूर्व सन्ध्यामा रोल्पा रुकुममा चलाइएको 'सिज मितेरी अभियानुमा'समाज बदल्ने' भन्दै सुरिएर क्रान्तिकारी गीतको तालमा छमछमी नाच्ने तारा घर्ती(अहिले सभासद्।) क्रान्तिकारी लेखकदम्पति सुधा त्रिपाठी र रमेश भट्टराई।

बुधबार काठमाडौंस्थित एकेडेमीको हलमा श्वेता खड्का र बबि तामाङको पश्चिमा शैलीको 'उग्रु नृत्य' र रामकृष्ण ढकालहरुको(माओवादीको शव्दमा 'घोर प्रतिकि्रयावादी') गीतमा झुम्नु झुमे।

'समाज रुपान्तरणका लागि क्रान्तिको गीत गाउँदागाउँदै मारिएका चुनू गुरुङ, मस्त विष्ट, शारदा श्रेष्ठ, डीबी थापा र गाउँदागाउँदै बिकलांग भएका माइला लामाहरुको बलिदान बालुवामा खन्याएको पानी हो ?'

'यै हो हामीले गर्न खोजेको सांस्कृतिक रुपान्तरणु ?'

'यतिमै भुल्नु थियो त किन कार्यकर्तालाई रणभुल्ल पारेको ?'

उत्तेजक नृत्य र दारु खाएर हेर्ने गीतमा जति झुम्दैगए उति नै प्रश्नले अध्यक्ष प्रचण्ड र महासचिव बादललाई घेरे।

'फर्कनु नै रहेछ त रामकृष्ण ढकालकै गीत र बबि तामाङको नृत्यमा, किन एमालेलाई सत्तोसराप हाल्छौं ?' जति बबि तामाङ पश्चिमा शैलीमा फन्कदैथिइन् उति हुल बाँधेर आएका प्रश्नका गति 'भैसीलाई मुरली'को ताल हु्ँदैगयो, 'घुम्दै फिर्दै रुम्जाटारै रहेछ त किन यति सारो बजाउँछां ?' सांस्कृतिक रुपान्तरणको बाजा ?'

समाज बदल्ने भनेर जिन्दगी नै बगर बनाएका विचरा खुसीराम पाखि्रन, जेबी टुहुरे, रामेश, रायन, रामकृष्ण दुवाल, जीवन शर्माहरु कुन कुनामा गुमनाम थिए, त्यतिखेर ? रामजाने।

कार्यक्रम थियो, सुदूरपश्चिम बाढीपीडित सहयोग अभियानको। संयोजक थिए, पूर्व श्रममन्त्री एवं माओवादी पोलिट्ब्युरो सदस्य लेखराज भट्ट। कार्यक्रम थियो, बाढीले आफन्त गुमाएका सम्पत्ति गुमाएकालाई सहयोग गर्ने। तर, नृत्य र गीत थिए दारु खाएर डकार्दै हेर्ने। र, छेर्ने।

कत्रो विरोधाभास!

रामकृष्ण ढकालको गीत थामिएपछि आइपुगिन्, अध्यक्ष प्रचण्डकी नातिनी स्मीता प्रधान। उनी अध्यक्षकी कान्छीपुत्री गंगाकी पुत्री x'न्। उनले गाइन् दुईवटा गीत। गीत थियो जागरण। तर, र् याप मिसिएको। संगीत रहेछ, चेतन सापकोटाको।

'अध्यक्ष प्रचण्डले भनेको 'फ्युजन' यै गीतजस्तै हो कि क्या हो ?' छेवैमा बसेका क्रान्तिकारी पत्रकार र अघिल्तिर बसेका एक माओवादी कलाकारले कानेखुसी गरे।


प्रचण्डनातिनी स्मीता प्रधान

जतिजति उनीहरुका पश्चिमा शैलीका नाच र पंचायतकालीन गीत बज्दैगए उति उति स्कुले झोला थन्काएर सांस्कृतिक रुपान्तरणका लागि होमिएका गाउँका अबोध कलाकार आँखामा आए। जनयुद्धकाल र चुनावमा भोट माग्न िहंडेका र अचेल न यता न उता भई विचल्ली भएका कलाकार झंकार मगर कोपिला बुढा उषा बोहराहरु आँखामा आए। छोराछोरीलाई स्कुल पठाउन नसकेर एक छाक पेट भर्न र परिवारको आङ ढाक्न के गर्ने होला भनेर माडीखोलाको दोभानमा दोमनदोमन उभिएका माओवादीका लाखौं लाख जनकलाकार आँखामा उभिए।

'अब के होला तिनका भविष्य सबै रामकृष्ण ढकालमा परिणत भए ?' कल्पना पनि गर्न नसकी उकुसमुकुसिएर मान्छेहरु हलबाट बाहिरिन थाले।



Thursday, October 29, 2009

गाउँको तिर्खा


१० कार्तिक। रातको सवा दस बजे। बुद्धनगर। भर्खरै फर्केको छु, अफिसबाट।

रुकुम चुनबाङबाट आजै आइपुगेको रहेछ, उमाकान्ते। खानासाना खाएर विमले र ऊ गफमा मस्त रहेछन्।

सिङ पुच्छर उमारेको खाना हसुरेर भान्छा कोठाबाट अर्को कोठामा आएँ। सोधेँ, गाउँघर र यसपालिको दसै तिहारको बारेमा।

मुखले भन्नुभन्दा भिडियो प्रभावकारी ठानेछ, सायद। खासा मोबाइलमा भिडियो 'अन्' गरेर हात पार् यो। र, भन्यो, 'यै हो गाउँको दसैतिहार।'

एक हुल चुनबाङ्गी। दमाहा, दौरी, मादल, झ्याली र मुरलीको तालमा पैसरी नाचिरहेछन्। बेलाबेलामा कल हाल्छन्, 'नक्कले बाबु उर्जा' 'खोरे बल्द लोटी मर् यो पुच्छर जिउँदैछ ह…' गला नै छिनियोजसरी लामो न लामो 'बगाले स्वरुमा' कल हाले।

अघिअघि पाकाहरु ज्यानमा सानो हड्डी पनि छैनजसरी लच्केर नाच्दैछन्। पछिपछि 'उँधो खोला बगाएर उँभो खोला खोज्ने'जस्ता ठिटाहरु पाइन्ट झुण्ड्याएsf. सुकेका काठलाई हावाले जबर्जस्ती घरी यता घरी उता हल्लाएजसरी अल्छि मानेर हल्लिरहेछन्। कसैका कानमा कुन्डल छन् त कसैका आँखाको छेवैमा। कोहीका कपाल चीनतिर फर्केका छन् कोहीका भारततिर। तिनका कपालका रङ पनि भाँतीभाँतीका।

Sunday, October 25, 2009

छापामार पुत्र


शिविर बाहिर बसेका आमा जनसेना आफ्ना बच्चासहित तिहार मनाउन शिविरमा आएका थिए। कति युद्धकालमा र कति शिविरमा बसेपछि जन्मेका बालबालिका कोही स्कुले उमेरका थिए त कोही स्कुल जाने तर्खरका।

उनीहरुका जीवनशैलीमा छापामार बाबाआमाका प्रत्यक्ष प्रभाव देखिन्थ्यो। जस्तो आबामाका सैन्य पोसाक लगाउँदा रमाउँथे। सर्ट र पाइन्ट जिउमा फिट नभए पनि टोपी मात्र लगाएर भए पनि कहिले यता दगुर्थे कहिले उता। 'दुश्मनसितको लडाइँ' भन्दै एकअर्काबीच लखेटालखेट गर्थे।

बाबा जनसेनाको टोपी लगाएका यी छापामारपुत्र हुन् रेशम बुढामगर। उनी पाइलट बन्न चाहन्छन्। रोल्पा इरिबाङ घर भएका पोष्टबहादुर बुढा रणदीप र पाछाबाङकी विमलाका छोरा हुन् रेशम। रणदीप हात्तीखोरस्थित परिवर्तन स्मृति बि्रगेडका सहकमाण्डर हुन् भने विमला झ्ल्टुङडाँडास्थित चौथो डिभिजन मुख्यालयमा कार्यरत। रेशम युद्धकालको अन्ततिर जन्मेका थिए। उनका मिल्ने साथी नवीन शाही दैलेखका हुन्। उनका बाबा हिमाल परिवर्तन स्मृति बि्रगेडमै बटालियन सहकमाण्डर छन्।


Friday, August 7, 2009

ऐठन ऐठन

बिहान आउन भुलेका याम। ती याम नाप्ने माध्यम नै यातना थिए। ती याम थिए, असोज, कार्तिक र मंसिर, २०६० का। कति गते। कति बजे। र, कुन बार। हामीलाई यत्ति मात्र थाहा थियो, एकादशी। जुन दिन हामी एकछाके हुन्थ्यौं।
अँ, त्यो एक बार। चारैतिर अँध्यारो। सैन्य कष्टडी। जहाँ कसला काटिरहेका थियौं। तीन महिने यामका कुनै एक बार।

भन्दैथिएँ, रात या दिन। अनुमान मात्र लाउन सक्थ्यौं। हाम्रा लागि न दिन थिए ती न त रात नै। असोज, कार्तिक र मंसिरका ती तीन महिनाका रात र दिनसँग मेरो उठबस त के चिनजान पनि हुन सकेन।
तर, रात र दिन नखुलेका ती समयमा यातना भने आइरहे।
आफन्त आउने र जानेक्रम जारी रहे।
आउने त हामीकहाँ आइपुग्थे तर जानेहरु? थाहा छैन, ती घर पुग्थे या सिधै माथि?
अहिलेसम्म? रामजाने, थाहा छैन। तर, अझसम्म पनि कामना गरिरहेछु नचिनेका ती मेरा आफन्त सकुशल घर पुगून्।

Saturday, August 1, 2009

गुरुकुलमा भेटिएका कवि

कवि निभा शाह

कवि विजय सुब्बा


Sunday, July 26, 2009

सम्बन्ध

आज बिहीबार। मेरो छुट्टि। जाँचको तयारी गर्नु छ। तर पढ्न मन छैन।

गाउँबाट माल्दाइ र राजेश आएका छन्। माल्दाइ कान्छा र राजेश जेठाबाजेका नाति हुन्। दुवैजना अरबबाट छुट्टिमा आएका थिए। छुट्टि पकाएर फर्कंदैछन्।

अरब र गाउँका कुराकानीले रातको आधा जोवन ढल्कियो। बत्ती अफ छ। तर, निद आएन। विमल र म एउटा खाटमा ढलेका छौं, माल्दाइ र राजेश अर्कोमा।

राजेशको उडान छ, भोलि। माल्दाइ जाँदैछन् पर्सि। गाउँमा जस्तो हुँदो हो त एकै ठाउँ जाने मान्छे कहाँ साथ छोडी जान्थे। सँगै जान्थे। तर, यो त सहर पनि होइन। मुसलमानको देश अरब जाने कुरा हो। जाने ठाउँ एकै भए पनि जाने समय फरकफरक। अरब पुगेर फेरि बनाउन थाल्नेछन्, अरबको बालुवामा महल।

माल्दाइ अरबे लाहुरे बनेको आठवर्ष लागेछ भने राजेशको ५ वर्ष। यतिका वर्ष अरबमा बगाएको पसिना समुद्र पुग्यो या पुगेन? अरबलाई छोएर नै समुद्र बग्छ भन्छन्। तर, यी दुवैलाई यो कुरा थाहा छैन।

सायद पुगेको छैन। त्यसैले जाँदैछन् फेरि अधुरो सपनाको निहुँमा। अरबको धूपमा सपनासँगै आफू पनि सेकिनेछन्, रेष्टुरेन्टमा सेकुवाजसरी। माल्दाइ काम गर्दारहेछन् दुकानमा त राजेशले चलाउँदोरहेछ डोजर।
गाउँमा अचेल बोडिङ पढाउने हावा चलेको छ। भन्दारहेछन् 'अरबे हावा।' माल्दाजुको गुनासो थियो, 'अरबको पैसा बोर्डिङले स्वाहा पार्‍यो।' राजेशले भने घोराहीमा घडेरी जोडेछ।

Wednesday, July 15, 2009

आँसुको जबाफ

घरमा फोन गरेको छैन। धेरै भयो। घरको याद नआएर होइन। आमाको यक्ष प्रश्नदेखि तर्सेर। हुटिहारा भएर।
आमाको आँसुको जबाफ छैन, मसँग। फोन गर्‍यो कि आमा रुन थाल्नुहुन्छ, 'समयमा खाना खाइस् कि नाई? बाटो काट्दा गाडीले किच्ला राम्ररी हिंड्नू, राति नहिंड्नू, कल झगडा नगर्नू, सबैसँग मिलेर बस्नू...' आदिआदि।
पैसा नकमाएकोमा उति गुनासो छैन। तर, घर नगएको र खानपिनमा ध्यान नदिएको, पत्रकारितामा लागेकोमा भने उहाँको गुनासो छ। म गाउँमा माष्टर भएको वा स्वास्थ्य चौकीमा अहेव भएको हेर्ने रहर थियो, आमालाई। आमाको आँखामा डाक्टर(अहेव) र माष्टर(शिक्षक) यो दुनियाँका सबैभन्दा असल र ठूला मान्छे हुन्।

Wednesday, July 8, 2009

पेरिस डाँडामा माओवादी

रिबन काटेर आफ्नै कार्यालय उद्घाटन गर्दै प्रचण्ड
पेरिस डाँडामा सरेको माओवादी कार्यालय

Sunday, July 5, 2009

डा.भट्टराई गोर्खामा

शनिबार पुगे डा।बाबुराम भट्टराई उनको चुनावी क्षेत्र गोरखा -२ अन्तर्गत च्याङ्ली। पुगे २०५२ फागुन २ देखि जनयुद्ध थाल्दा आक्रमण गरिएको साना किसान विकास बैंक रहेको घरमा। जनयुद्ध थाल्दा सिन्धुलीमाडी रोल्ापको होलेरी र रुकुमको हाठबीसकोटमा माओवादीले आक्रमण गरेको थियो। अन्य तीन ठाउँमा राति आक्रमण गरिएका थिए भने साना किसान बैंकमा भने दिउँसै।

साना किसान बैंक राखिएको उक्त घरमा अहिले पसल छ। उनलाई स्थानीयबासीले स्वागत् गरे। आक्रमण हुँदा गण्डक ब्युरोका इन्चार्ज थिए भट्टराई र गोरखा सचिव थिए हितराज पाण्डे उत्तम। कार्यक्रममा उत्तम पनि सहभागी थिए। तर आक्रमणमा भाग लिएका भने कार्यक्रममा थिएनन्।
भट्टराईले यो ठाउँमा स्तम्भ बनाउने आश्वासन दिए।
कार्यक्रमलगत्तै विरुवाटारमा रहेको माध्यमिक विद्यालयमा आयोजित अन्तकिर््रयामा भाग लिए। अखिल नेपाल किसान संघ २००७ ले आयोजना गर् यो। किसानका समस्या हल गर्ने उपाय के होला? के भन्छन् नेता समाधानका लागि?
च्याङ्लीलगायत गोर्खाका पाँचवटा टारमा िसंचाइ कसरी गर्ने जीवनस्तर उकास्नेबारेमा किसानहरुले समस्या राखे। भट्टराईले समाधान गर्ने उपाय निकाले। र, आफूले पहल गर्ने आश्वासन गरे।

कार्यक्रमलगत्तै भट्टराईले गाई पालन केन्द्र हेरे। राजेन्द्र पन्तले पालेका गाई १२२ रहेछन्। दूध पोखरा जाँदोरहेछ। नेता भट्टराईलगायत पत्रकारहरुले मही खाए।
त्यसपछि भट्टाराई पुगे तनहुँको दुलेगौंडा। तनहुँ -३ ले आयोजना गरेको कार्यक्रममा ३५१ जनालाई भट्टराईले माओवादीमा स्वागत् गरे। एमाले कांग्रेसलगायतका दल छाडेर छिरे।


विरुवाटारको अन्तकिर््रया सकेर फर्कंदै भट्टराई र पोलिट्ब्युरो सदस्य हितराज पाण्डे उत्तम।



स्वागत्को टीकाले भुलेछ जनआस्थाका अरुण बराललाई। कालो सर्टमा सगरमाथाका गोकुल श्रेष्ठ र बिहारी सर्टमा भट्टराईका सहयोगी विश्वदीप पाण्डे


स्वागत्को टीका थापेर मक्ख नीलो सर्टमा रहेका अन्नपूर्ण पोष्टका रेवती सापकोटा रातो सर्टमा जनादेशका मनऋषि धिताल



समानुपातिक सभासद् ज्ञानेन्द्र कुमाल


माओवादीले आक्रमण गरेको साना किसान बैंक रहेको घर



मज्जाले मही खाँदै रिपब्लिका दैनिकका पोष्ट बस्नेत


गाउँमा खाएको मही सम्झेर महीमै झुले कान्तिपुरका गंगा बीसी


गाई पालन हेरेपछि भट्टराईको मनमा के फुरेछ? लेख्दै भट्टराई


च्याङलीमा स्वागत् थाप्दै भट्टराई

Saturday, June 27, 2009

कलाकार माओवादीमा

१३ असार। काठमाडौंं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबली। नीर शाह मौसमी मल्ल दीपक श्रेष्ठ अन्जु पन्त इकु राजेन्द्र खड्गीलगायत १०८ जना कलाकार माओवादीमा प्रवेश। माला अबिर लगाउँदै अध्यक्ष प्रचण्डले स्वागत गरिरहेको बेला पानी पर्यो। पानी परेपछि हलभित्र छिरे। तर कुनै पनि हल खाली थिएनन्। पहिलो तलाको बाहिरी भागमा कार्यक्रम गरे। नीर शाह युवराज लामा मौसमी मल्ल केपी पाठक दीपक श्रेष्ठ दीपरत्न तुलाधरले भाषण ठोके। कुनै पनि दलले राष्ट्रियता कलाकारको ध्यान नदिएको भन्दै माओवादी मात्र बिकल्प भएकाले आफूहरु प्रवेश गरेको दाबी गरे। कार्यक्रममा एमाले अाचल कमिटीका सदस्य रुकुमेली हस्तबहादुर केसी पनि माओवादीमा छिरे। उनलाई पनि अध्यक्ष प्रचण्ड अर्का नेता किरणले माला अबिर लगाएर स्वागत गरे।

कलाकार विमला केसी




गायक दीपक लिम्बू



निर्माता युवराज लामा



अभिनेता नीर शाह



द्वन्द्व निर्देशक राजेन्द्र खड्गी



गायिका अन्जू पन्त र निर्देशक दीपक श्रेष्ठ


हाँस्य कलाकार निर्मल शर्मा



गायिका पूजा सुनुवार


कलाकार निरु खड्का



अभिनेत्री मौसमी मल्ल



Monday, June 15, 2009

आयो मगरको भूमे

रोल्पा रुकुम लगायतका अठार मगराँत क्षेत्रका मगर जातिको पर्व भूमे। असार १ देखि सुरु भएको छ। प्रकृति पुजक मगर जातिले बालीनाली राम्रो होस् बाढी-पहिरो नआओस् भनेर भूमिको पूजा गर्न यो पर्व मनाउँछन्। विभिन्न मेलोमा राजधानीमा अल्झिएका मगर जातिका तरुन तन्नेरी मात्र होइन बूढाबूढी पनि परम्परागत पहिरनमा सजिएर कम्मर मर्काएर नाचे। स्कुल र कलेजका ठिटाठिटी आफ्ना पूर्खाले लगाएका पहिरन सम्झिएर एक दिन भए पनि लगाएर नाचे। बन्दका कारण उनीहरु िहंडेर खुलामाच पुगेका थिए।