Monday, April 18, 2011

धोका नै उसको स्वभाव

 From Naya Patrika
बंगलादेशी लेखिका तसलिमा नसरिनको प्रतिबन्धित आत्मकथा ँउत्तल हावा’-बंगाली भाषा)को अंग्रेजीमा 'वाइल्ड विन्ड’का नाममा अनुवाद गरिएको छ, त्यसको पहिलो खण्ड नेपालीमा ँसंघर्ष’ यसअघि प्रकाशित भइसकेको छ । यो पुस्तकको दोस्रो खण्ड ँप्रेम र जीवन’ फेरि खोजी प्रकाशन गृहले भर्खरै प्रकाशन गरेको छ । विकास बस्नेतद्वारा अनुवादित र भोगीराज चाम्लिङद्वारा सम्पादित यस पुस्तकको अंशः

रुद्रको चिट्ठी पाउनेबित्तिकै फेरि म ढाकातिर हान्निएँ
इन्दिरा रोडको हाम्रो कोठामा पुगेर हेर्दा रुद्र थिएन । कोठामा उसको सुवास त थियो, तर ऊचाहिँ थिएन । भर्खरै बाहिर निस्केको हुनुपर्छ । दिनभरि म उसलाई कुरेर बसेँ । रुद्र आएन । रात पर्‍यो तैपनि ऊ आएन । राति अबेरसम्ममा आइहाल्ला कि भनेर कुर्दाकुर्दै रातभरि जाग्राम बसेँ । सायद कतै साथीहरूसँग गफिएर बसेको होला, राजनीति र साहित्यको तातो बहसमा पो अल्झेको होला कि भन्ने सोच्दै म बसिरहेँ । बिहानीको उज्यालोले मलाई स्पर्श गर्‍यो । त्यो उज्यालोले मेरो आँखा, कपाल र चिउँडोमा छोयो । प्रकाशको किरण छातीमा ठोक्किएर पूरै शरीरभरि छरियो । तर, रुद्रको स्पर्श कतै हराएको थियो । सिरानी च्यापेर म ओछ्यानमा पल्टिरहेँ । बिहानी पनि बित्यो । रुद्र बल्ल दिउँसोतिर आयो । मलाई देख्नेबित्तिकै ऊ अलि झस्कियो 
'तिमी कहिले आयौ ?'
'आज हैन, हिजै आएको
'म एक ठाउँमा गएको थिएँ
 ।'
'कुन ठाउँमा ?'
'त्यहीँ हो
 ।'
'कहाँ ?'
मेरो प्रश्नको उत्तर नदिईकन लुंगी बेर्दै तौलिया बोकेर ऊ बाथरुमतिर छिर्‍यो
 । नुहाउँदा उसले यति लामो समय लगाएको मलाई पहिले थाहै थिएन । जिउभरि वासनादार साबुनको गन्ध लिएर ऊ त्यहाँबाट निस्कियो र मलाई सोध्यो, 'खाना खायौ ?'
'अँ, खाएँ
 ।'
'त्यसो भए पर्ख
 । म खाना खाएर आउँछु ।'
रुद्र डाइनिङ टेबलतिर लाग्यो
 । ओछ्यानमा पल्टिँदै मैले सोचिरहेँ । आफू राति कहाँ थिएँ भन्ने रुद्रले किन नभनेको होला भन्दै मनमा नानाथरि कुरा खेले । 'त्यहीँ हो' भन्दै किन ऊ आफू गएको ठाउँ लुकाउँदै छ, म छक्क परेँ । मैले केही अनुमान गर्न सकिनँ । रुद्रले आज खाना खान पनि निकै समय लगायो । खानैमा यत्तिका समय बिताएको पनि मलाई थाहा थिएन । मेरो शरीरको हर अंग उसको स्पर्शका लागि आतुर भइरहेका थिए । मलाई डाइनिङ टेबलको छेउमा बसेर उसले खाएको हेर्न मन लाग्यो । बिचरोले राति खाएको थिएन होला । नत्र मेरो छेउमा राम्ररी मुख पनि नदेखाई किन आत्तिएर खान जान्थ्यो । घमन्ड र डरले मलाई बिस्तारै गाँज्यो । खाना खाएर कोठामा आएपछि मैले उसलाई छेउमा बसाएँ । उसको हात आफ्नो हातमा लिँदै भनेँ, 'तिमीले किन मलाई बेवास्ता गर्न खोजेको ?'
'छैन, किन बेवास्ता गर्नु नि
 ।'
'त्यसो भए राति कहाँ थियौ, किन नभनेको त ?'
'त्यो ठाउँचाहिँ कहाँ हो त ?'
'साथीकोमा ?'
'हैन
 ।'
'कुनै अड्डामा ?'
'हैन
 ।'
'अनि ?'
रुद्र चुपचाप बस्यो
 । उसको मौनताले मेरो पूरै शरीर गलेर आयो । मेरो सास रोकिएलाजस्तो भयो । 'प्लिज रुद्र बोल, तिमी कहाँ थियौ । मेरो सबै पीडा हराउँछ ।' रुद्रको जवाफले मेरा पीडा गएन । ऊ नारायणगन्जमा रात बिताएर आएको रहेछ 
'किन नारायणगन्ज गएको ? कोही साथी छन् त्यहाँ ?'
'अहँ छैनन्
 ।'
'त्यसो भए किन गएको त ? कोसँग गएको ?
एक्लै
 । कसकोमा ?'
'कसैकोमा पनि होइन
 ।'
'राति कहाँ बस्यौ ?'
'तनबजारमा
 ।'
रुद्रका भावविहीन आँखा मेरो आँखामा केन्दि्रत थिए
 । मेरो मुटु जोडले धड्किरहेको थियो । नारायणगन्जको तनबजार देशकै सबैभन्दा ठूलो रेडलाइट एरिया हो । कतै राति त्यहीँ नारायणगन्ज तनबजारको वेश्यालयमा रात बिताएर आएको कुरा त रुद्रले भन्न आँटेको होइन । प्लिज रुद्र अरू जे भन, तर त्यो कुराचाहिँ नभन । बरु रातभरि चिया पसलमा थिएँ अथवा भट्टीमा नै थिएँ भन । बरु सडकमै सुतेँ भन, तर वेश्यासँग सुतेर आएँचाहिँ नभन । तर, 'राति तनबजारको वेश्यालयमा वेश्यासँगै सुतेर आएको,' रुद्रले सुनायो 
मेरा आँखा भयभित भए
 । रुद्र । वेश्याहरू पनि मान्छे नै हुन्, तिम्रा दिदीबहिनी र आमाजस्तै । बरु राति भोक लाग्यो, त्यसैले म वेश्याकोमा भात खान गएँ भन । बरु रक्सीले मातेपछि निद्रा लाग्यो । त्यसैले सुत्न गएँ र बिहानै उठेर आएँ भन । रातभरि निस्लोटसँग सुतेर बिहानै हिँडिहालेँ भन । अरू आइमाईको शरीर छुँदै छुन्न भनेर तिमीले वाचा गरेका थियौ । आफूले वाचा तोडेको छैन भन । तिम्रो ओठहरूले मेरोबाहेक अरूको ओठ चुमेका छैनन् भन रुद्र । मेरोबाहेक अरू कसैको पनि शरीर तिमीले भोगेको छैन भन । रुद्रले मेरो यी आँखाका भाखाहरू बुझेन 
आफू वेश्यासँग सुतेको कुरा उसले भनेरै छाड्यो
 । मेरो संसारको उज्यालो एकै झड्कामा निभाउँदै रुद्र निरन्तर बोलिरह्यो । म मूर्तिभै"m उभिइरहेँ । मैले सास फेर्न हावा पनि पाइनँ । आपै"mले सजाएको कोठा, आपै"mले बसाएको घर र आपै"mले रोजेको रुद्रतिर मैले हेरेँ । उहिल्यै टुक्रिसकेको मेरो विश्वास र
आस्था एकाएक गर्दै जोडेर मैले फेरि नयाँ जीवन सुरु गरेकी थिएँ
 । ओहो मेरो जीवन ! घर घर रहेन, चिहान बन्यो । म चिहानभित्रको लासभै"m यो घरभित्र बसिरहेँ । म जलेर खरानी हुँदै थिएँ तथापि भित्रैबाट ममा अनौठो शक्ति आयो । त्यही शक्तिले मलाई आगोको लपेटाबाट तानेर फुत्त बाहिर ल्यायो । मेरो अस्तित्वको बाँकी रहेको सानो टुक्रालाई यसैले बचायो । आफ्नो शरीरमा टाँसिएको वेश्याको शरीरको गन्ध र रस धोइपखाली आएर रुद्र ओछ्यानमा पल्टियो । खाना खाएपछि ऊ सधैँ एक निद्रा सुत्थ्यो । यो उसको बानी नै भइसकेको थियो । सुतेर उठेपछि ऊ साँझमा घुम्न निस्किन्थ्यो । राति रक्सी धोकेर र्फकन्थ्यो । मसँग सुतेर मलाई भोग्थ्यो, मलाई भेटेन भने वेश्यालाई भोग्थ्यो । रुद्रको जीवनमा अलिकति पनि परिवर्तन आएन । मेरा लागि ऊ आफ्नो जीवनशैली परिवर्तन गर्ने पक्षमा थिएन । मैले उसलाई सुहागरातकै दिन छाडेर हिँड्नुपथ्र्यो । यत्रो वर्षसम्म यो प्रेमको बोझ उठाउँदै हिँड्न मलाई के जरुरी थियो र । एकपटक विश्वासमा घात गरेपछि ऊ बारम्बार त्यसै गर्न पल्किरह्यो । धोका नै उसको स्वभाव बन्यो । धोका नै उसको नशा बन्यो 
आवाजमा कति पनि पश्चाताप नदेखाई मैले उसलाई सोधेँ, 'तलाक दिनलाई के गर्नुपर्छ ?'
रुद्रले बिस्तारै भन्यो, 'पहिले वकिललाई सम्बन्धविच्छेदको कारण दिनुपर्छ
 ।'
'लोग्नेस्वास्नीबीचको सम्बन्धका समस्या भन्नुपर्छ
 ।' पहिलोपल्टभै"m योपटक मेरो आँखामा आँसु आएको थिएन । मौनताको बीचमा मेरो गहिरो आवाज आयो, 'यहाँ नजिकै वकिल कहाँ छन् । म आजै जान्छु । ममात्रै किन, तिमी पनि हिँड । अब त तिमीले पनि छर्लंगै बुझिसक्यौ होला । हामीबीच अब केही पनि बाँकी रहेन । मैले रिसले तिमीलाई छाड्न खोजेको होइन । अब दुवैजना गएर सम्बन्धविच्छेदको काम सकौँ । अनि कृपया मलाई विश्वास गर, तिमी वेश्यासँग सुतेकाले मैले तिमीलाई छाड्न खोजेको हैन । तिमीले मलाई माया गर्दैनौ । त्यो प्रस्ट भयो । त्यसैले मात्र म तिमीलाई छाड्दै छु 
'म तिमीलाई माया गर्छु,' रुद्रले अनि दृढ हुँदै भन्यो
 
'विश्वासविनाको माया
 ।'
'म तिमीलाई विश्वास गर्छु
 ।'
'तिमीले त मलाई विश्वास गर्छौ
 । तर, तिमीमाथिको मेरो विश्वासलाई कहिल्यै सोचेका छौ ? तिमी मेरो ठाउँमा भइदिएको भए के गथ्र्यौ । कसैमाथि विश्वास नगरीकन माया गर्न सकिन्छ ?'
'केही काव्यिक मान्छेको जीवनमा यस्तो भइहाल्छ नि
 । उनीहरू समाजका नियम र काइदा मान्दैनन् । कम्तीमा तिमीले त त्यति बुझिदिनुपर्छ । म कवि हुँ भन्ने थाहा पाउँदा-पाउँदै तिमीले मसँग बिहे गरेकी होइनौ ? अनि अहिले किन त्यस्ता वाहियात प्रश्न र तर्क ?'
'सवाल सामाजिक नियम र काइदाको होइन
 । व्यक्तिगत सम्बन्धमा विश्वास महत्त्वपूर्ण तत्त्व हो भन्ने कुरा गर्दै छु म ।'
म हाँस्न थालेँ
 । हाँस्दै मैले भनेँ, 'तिमी कवि भएकैले कसैको निर्मम हत्या गरेर फुत्किन सक्दैनौ, होइन त ? कलाकार भएकैले स्वतन्त्रताको भरपूर प्रयोग गर्न पाउँछौ भन्न खोज्या होइन ? यदि तिमी कवि-कलाकार नभइदिएर आम मानिस भएचाहिँ स्वतन्त्रताको प्रयोग गर्न पाउँदैन थियौ त ? म पनि कविता लेख्छु । यसको मतलब मैले पनि जे मन लाग्यो, त्यही गर्न पाउँछु ? कि म राम्रो कविता लेख्न नसक्ने भएकीले मसँग त्यो स्वतन्त्रता छ भन्न खोज्या हो तिमीले ? कि आफू लोग्नेमान्छे भएकाले तिमीसँग त्यो स्वतन्त्रता छ ? अनि आइमाई भएकैले मलाई त्यो स्वतन्त्रता नभएको हो ?'
रुद्र चुपचाप बस्यो
 । उसले झ्यालबाट निकैबेर बाहिर हेरिरह्यो । खासमा त्यो झ्यालबाहिर ठीक अगाडि अग्लो पर्खालबाहेक केही थिएन । मैले रुद्रका आँखामा गौर गरेर हेरेँ । त्यही पर्खालमा निकैबेरसम्म हेरेपछि उसले बल्ल भन्यो, 'अन्तिमपटक' कहिल्यै आउँदैन ।'
'हैन, योपटक साँच्चिकै अन्तिम हो
 ।'
'तिमीले पहिले पनि त्यसै भनेका थियौ
 । तिमीलाई त याद होला । अब यो तिम्रो बानी भइसक्यो । बानी बदल्ने कुरा मामुली होइन ।'
'ठीकै छ, मलाई अब एकपटक मौका देऊ
 । म आफूलाई बदल्छु ।'
'पर्दैन
 । किन बदल्नुपर्‍यो । तिमी साँच्चिकै बदलिन चाहन्छौ ? आखिर तिमीलाई आफ्नो बानी बदल्ने आवश्यकता नै किन पर्‍यो र ? तिमी त आफ्नो बानीमा त्यस्तो केही खराबी पनि देख्दैनौ ।'
रुद्र ओछ्यानबाट उठ्यो
 । एकदम रुखो स्वरमा बोल्दै उसले भन्यो, 'मैले तिमीलाई सँगै बसौँ भनेर कतिपटक भनेँ । बिहेपछि तिमी कतिन्जेल नै मसँग बस्यौ र ? भन त । तिम्रो लाज हटाउनै मलाई तीन दिन लाग्यो । लोग्नेमान्छे यसरी कसरी एक्लै बस्न सक्छ ?'
'मैले सकेँ त
 ।'
'आइमाई एक्लै बस्न सक्लान्, तर लोग्नेमान्छे बस्न सक्दैनन्
 ।'
'किन सक्दैनौ ?'
'कारण जेसुकै होस्, म सक्दिनँ
 । म ढाका फर्किएपछि तिमीलाई खोेजेँ । तर, तिमी रहेनछौ । मलाई रिस उठ्यो । मैले भट्टीमा गएर रक्सी पिएँ । अनि त्यही रक्सीले मलाई यस्तो काम गर्न उक्सायो ।'
'मतलब, तिमी रिसाउँदा मात्रै रक्सी पिउँछौ, अरू वेला पिउँदैनौ
 । तिमी त नरिसाएको वेला पनि त मात्नेगरी पिउँछौ । खुसी हुँदा तिमी रक्सी पिउँदैनौ ?'
'रक्सीको कुरा छाड
 । तिमी त हाम्रो सम्बन्धको सुरुवातदेखि नै धेरै समय मसँग सँगै बसेकी छैनौँ । यसबारेमा चाहिँ के भन्छौ नि ?'
'तिमीलाई राम्रोसँग थाहा छ
 । मेरो मेडिकल पढाइ सकिएको थिएन । अब त मेरो पढाइ सकिएपछि सधैँभरि ढाकामा बस्नलाई मलाई कुनै समस्या छैन । भाग्ने त तिमी हौ ।'
'तिमी सुरुदेखि नै सधैँभरि मसँग बस्नुपथ्र्यो
 ।'
'मेरो डाक्टरी पढाइ छाडेर म तिमीसँग बस्नुपथ्र्यो भन्न खोजेको ? त्यो पनि तिम्रो सुविधाका लागि
 । हैन त ? ताकि तिमी बेवारिसे बन्नबाट जोगिन सक । ठीक छ, अब मैले जागिर पाएँ भन पनि त्यो जागिर मोङ्गला वा मिठेखालीमै हुनुपर्‍यो । त्यहाँबाहेक अन्त जागिर पाएँ भने जागिरै छाड्नुपर्‍यो हैन । तिमीचाहिँ आफ्नो खेतबारी र माछा व्यवसाय हेर्न जान पाउने, मचाहिँ आफ्नो पढाइ पूरा गर्न मायमनसिंह जान नपाउने ?'
रुद्र निकैबेर चुपचाप बस्यो
 । मैले भनेँ, 'म तिमीसँग ढाका हुँदा मेरो शारीरिक आवश्यकता पूरा गर्न म अरू लोग्नेमान्छेकोमा जान्नँ । अरू लोग्नेमान्छे त मेरो सपनामा पनि चिहाउँदैनन् । तर, त्यही काम तिमी कति सजिलै गर्न सक्छौ ? तिमीलाई कारण थाहा छ ? किनभने म तिमीलाई माया गर्छु । त्यसैले अरू लोग्नेमान्छेकोमा जान सक्दिनँ । तिमी मलाई माया गर्दैनौ । त्यसैले तिमी त्यसो गर्न सक्छौ । सीधा जवाफ यही हो ।'

 ।' 'हिजो ?'
'हो, हिजो
 । राति तिमी घरमा किन नआएको ? कहाँ थियौ ?'
रुद्रले यो सरल जवाफ स्विकार्दैन भन्ने मलाई थाहा थियो
 । उसले माया गर्छु भन्छ भन्ने थाहा थियो । आफू वेश्यासँग माया गरेर सुतेको होइन भन्छ होला भन्ने मैले सोचेकी थिएँ । तर, रुद्रले एकदम गम्भीर स्वरमा भन्यो, 'म स्वतन्त्र विवाहमा विश्वास गर्छु । मैले तिमीलाई पहिले पनि भनेकी थिएँ । बिहेमा कुनै झुट हुनुहुँदैन । आम विवाहित जोडीको भन्दा बिल्कुल भिन्न जोडीका रूपमा म जीवन बिताउन चाहन्थेँ । यस्तो बिहेमा मात्रै म निस्सासिन्नँ । बिहे नै पिँजडाजस्तो भयो भने त्योभन्दा त खुला आकाशै ठीक छ नि ।'

1 comment: