Tuesday, April 26, 2011

माओवादी नेतालाई यी मन्त्रालय

माओवादी मुख्यालय पेरिसडाँडामा केन्द्रीय समिति बैठक जारी छ। अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष किरणको दस्ताबेजमाथि केन्द्रीय सदस्यका वक्तित्वकला pani प्रतियोगिता जारी छ।

(माओवादीको यति चाँडो र यति लामो बैठक नहुँदो हो, माओवादी बिट हेर्ने हामीले के लेख्दाहम् हँ? खरिपाटी राष्ट्रिय कार्यकर्ता भेलायता जे निर्णय भए ती कार्यान्वयन नगर्ने भनेर आलोक प्रवृत्ति भनेजस्तै माओवादी प्रवृत्ति बनिसकेको छ।)
माओवादीको एउटा थेगो जस्तै छ जुन बैठक बस्छ त्यसलाई 'ऐतिहासिक बैठक' भन्ने। तर निर्णय भइहालेछ भने नि कार्यान्वयन गर्ने कार्यक्रम कहिल्यै नल्याउने। माओवादी संस्कृतिजस्तै बनिसकेको छ यो पनि।

यसपालि बैठकमा खरिपाटी र पालुङटारमा उठेका जे जे कुरा थिए,  जो जो नेता जुन जुन गुटमा थिए, ती तिनैमा थिए र तिनै कुरा उठाइए। तैपनि यसअघिका जस्तै यसलाई पनि 'ऐतिहासिक बैठक' भनिरहे बोल्ने नेताले।

यी सब देखेर आजित भएछन् क्यार, उपाध्यक्ष डा।बाबुराम भट्टराई निकट खगराज भट्ट. pgnले मंगलबार बैठकमा यस्तो कविता बनाएर भनेछन्-

अनुहार उही, आचार उही, बहस उही विचार उही
लड्ने उही, लडाउने उही, पालुङटार भाग-दुई।

माओवादीको अर्को थेगो छ जो आफ्नो पार्टीको नाउँ भन्नुपर्यो भने 'महान तथा गौरवशाली' भन्ने।
नयाँ सामन्त, कुखुरा चोर र जग्गा दलालको हातमा माओवादी पार्टी जाँक्किए पनि 'गौरवशाली' भन्न नछाडेकोमा भट्टले बैठकमा भारतीय कहावत सुनाएछन्-

सौं मे ९९ बेइमान है
फिर भी हमारा भारत महान् है।


माओवादी-एमाले गठबन्धनमा माओवादीलाई ११ मन्त्रालय परेको छ। तर गृह मन्त्रालय वर्षमान पुन, कृष्णबहादुर महरा वा देव गुरुङमध्ये कसलाई दिने? भन्ने विषयमा विवाद बल्झिएपछि त्यसै थन्किएको छ। पार्टी नेता ती मन्त्रालय भन्दा पनि अहिले चलाइरहेका मन्त्रालयका लागि पोख्त भएको भन्दै उनले माओवादी नेताका लागि निम्न मन्त्रालय प्रस्ताव गरेछन्।

कुन मन्त्रालय चलाउन को माहिर छ? त्यो त पाठकलाई थाहा नै छ। त्यसैले नेताका नाम उनले पनि बैठकमा सुझाएनछन्।

उनले सुझाएका मन्त्रालयः
यासा्रगुम्बा तथा रक्तचन्दन मन्त्रालय
अस्पताल टेलिभिजन तथा प्रकाशन मन्त्रालय
ठेक्कापट्टा तथा जग्गा कारोबार मन्त्रालय
भन्सार तथा मालामाल मन्त्रालय
गुटबन्दी भन्डाफोर तथा गोदागोद मन्त्रालय
मनोराजन तथा शुभलाभ मन्त्रालय (क्यासिनो स्यासिनो चलाउने)
जनशिक्षा निजीकरण मन्त्रालय
चाकरी चाप्लुसी तथा कमिसन मन्त्रालय
अन्तर्राष्ट्रिय रोमान्स मन्त्रालय
झैंझगडा तथा सोरसार मन्त्रालय (मुद्दा मिलाउने भनेर पैसा कमाउने)

यी त भए पार्टी नेता कुन मन्त्रालय चलाउन माहिर छन् भनेर प्रस्ताव गरेका मन्त्रालय। भट्टराईले पालुङटारमा 'पहिले शान्ति र सविधान' भन्दा जनसंविधान बनाउनु पर्छ भन्दै भट्टराईलाई दक्षिणपन्थी भनेको सम्झेछन्। प्रचण्ड पक्षले भट्टराईलाई दक्षिणपन्थी भन्दै सत्तोसराप हालेका] ;Dem]5g\।

तर जारी केन्द्रीय समिति बैठकमा त्यै कुरा प्रचण्डले ल्याएको उनले देखेछन्। र, भट्टराईलाई दक्षिपन्थी भन्नेले नै 'क्रान्तिकारी' भनेर उप्रुेकोमा उनी तीनछक्क परेछन्। यी सब देखेर उनले आफ्नो गाउँको एकजना बूढा दमाईलाई सम्झेछन्। ती दमाईले भन्थे रे-

त्यै कुरा म भन्दा छु, कोही मान्दैन
त्यै कुरा मुक्खेसाप् भन्दाछन्
सबै मान्दा छन्।

बैठकमा रोल्पाली सन्तोष बुढा मगरले पनि चीन र भारतबीचको लडाइँमा भारतले हारेपछि भनेको कुरा सम्झेछन्। किरण पक्षधर सन्तोषले हारपछि 'बहादुरीपूर्वक पछि सरेको' भारतीय प्रचारसँग प्रचण्डको दस्ताबेजलाई दाँजेछन्।

भारतले चीनसित हारेपछि भनेथ्यो रे 'हमारा सिपाही साहससाथ पिछे हट रहा है।'


अरु के के बोल्ने हुन् ? सुन्न बाँकी नै छ।

No comments:

Post a Comment