१० वर्ष लामो जनयुद्धले छिचोलेको नेपालको अनुहार सिर्जनात्मक लेखनमा आउनेक्रम जारी छ। मात्रात्मकरुपमा सन्तोषजनक देखिए पनि गुणका हिसाबले आएनन् कि भन्ने ठाउँ मनग्य छ। नेपाली युद्ध साहित्यबारे टीकाराम उदासीले दाङबाट छापिने नयाँ युगबोध दैनिकमा छाँगोपांगो केलाएछन्। युद्धले उब्जाएका सिर्जनाबारे जान्न चाहनेका लागि 'अच्छै ' होला भन्ठानेर यसमा राखेँ है !
टीकाराम उदासीसमकालीन नेपाली साहित्य समकालीन विश्व साहित्यकै एउटा महत्वपर्ूण्ा अध्याय हो । त्यसैले विश्व साहित्यको समकालीन चेतना, धारा र प्रवृत्तिको प्रभाव समकालीन नेपाली साहित्यिक सिर्जना र चिन्तनमा देखिनु एउटा स्वाभाविकै प्रक्रिया हो । आधुनिक नेपाली साहित्यका विभिन्न कालखण्डमा देखिएका विविध विषय र शैलीगत प्रवृत्तिहरुको निरन्तरताका साथै यतिबेला केही नवीन प्रयोग र शैलीहरु पनि नेपाली साहित्यमा देखिदैछन् । उत्तर आधुनिकतावाद वा उत्तरआधुनिकता, नारीवाद, आप्रवासी चिन्तन, आदिवासी चिन्तन आदि वर्तमान नेपाली साहित्यमा जबर्जस्त चर्चा-परिचर्चामा आएका साहित्यिक धारा हुन् भने युद्ध साहित्य समकालीन नेपाली साहित्यको एउटा नवीन र चर्चालायक तर चर्चामा ल्याउन नखोजिएको जस्तै देखिने विषयवस्तु हो । यसमा पश्चिमी साहित्यमा कुनै बेला चर्चा पाएका तर वासीझैं भइसकेका विषय वा शैली पनि नेपालीमा अत्यन्त नवीन धाराका रुपमा चर्चा गर्ने परम्परावादी-बौद्धिक समालोचकहरुको पुरातन चिन्तनशैली नै दोषी देखिन्छ ।
युद्ध साहित्य विश्व साहित्यकै एउटा महत्वपर्ूण्ा भाग हो । पौराणिककालका कुनै युद्धलाई विषय बनाइएका रामायण र महाभारतदेखि प्राचीन ग्रीकमा भएको ट्रायको युद्धलाई विषय बनाउने होमरका इलियड र ओडेसीसम्मको प्रशंसा, चर्चा र विवेचनामा घण्टौं खर्च गर्ने समालोचक र लेखकहरु आज आफ्नै देशभित्र भएको अभूतपर्ूव युद्ध र त्यसका प्रभावहरुलाई विषय बनाएर लेखिएका युद्ध साहित्यबारे उदासीन हुनु दर्ुभाग्य हो । कतिपय बुज्रुकहरु आज पनि युद्ध साहित्य लेख्ने, चर्चा गर्ने र तिनको अध्ययन गर्ने जिम्मा वामपन्थीहरुलाई मात्रै छाड्नु आफ्नो धर्म ठान्छन् भने कतिपय वाममार्गी नेता, समालोचक र लेखकहरु युद्ध साहित्यका रुपमा चिनियाँ-रसियन साहित्यिक रचना मात्र सम्झन्छन् । उनीहरुलाई नेपाली युद्ध साहित्यसम्बन्धी चेतना मात्रै नभएको होइन बरु नेपाली युद्ध साहित्यप्रति नै उनीहरु आफ्नै वैचारिक धुरीका कारण उदासीन छन् । यो नै समकालीन नेपाली साहित्यको अध्ययन, बोध र मूल्यांकनमा देखिएको सायद सबैभन्दा ठूलो समस्या हो ।
युद्ध मानव समाजको एउटा अभिन्न भाग हो । मानव सभ्यताको इतिहासभित्रका अधिकांश पानाहरु युद्धले रंगिएका छन् । युद्ध मानव समाजका लागि अत्यावश्यक खराबी हो भन्ने कतिपय विचारकहरुको धारणा देखिन्छ । साहित्य भनेको कुनै पनि समाजकै कलात्मक प्रतिबिम्ब भएकाले समाजमा हुने युद्धको प्रतिबिम्ब तत्कालीन साहित्यमा देखिनु पनि एउटा स्वाभाविक कुरा हो । युद्ध मानव समाजकै एउटा भाग भएकाले यसका विविध आयामबारे सही विश्लेषण र चिन्तन आजको आवश्यकता हो ।
युद्धका दर्ुइ आयाम छन्- न्यायपर्ूण्ा र अन्यायपर्ूण्ा । समाजमा अन्यायलाई स्थापित गर्न वा त्यसलाई निरन्तरता दिन गरिने युद्ध अन्यायपर्ूण्ा युद्ध हो भने न्यायका लागि गरिने युद्ध वा प्रतिरोध न्यायपर्ूण्ा युद्ध हो । नेपाली समाजमा सदियौंदेखि विद्यमान राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, जातीय असमानता, अन्याय र भेदभावका विरुद्ध नेपाली जनताले हतियारमार्फ नै एक दशकअघि पहिलोपल्ट न्यायपर्ूण्ा युद्धको उद्घोष गरेका हुन् । स्वाभाविकरुपमा युद्धका विविध आयाम र प्रभावहरु छन् । सबैभन्दा महत्वपर्ूण्ा कुरा बाह्र वर्षो युद्धका प्राप्ति र गन्तव्य के-के थिए अनि ती प्राप्ति भए वा भएनन् भन्ने प्रश्नमाथि अझै बहस-विश्लेषण आवश्यक छ नै । साथै युद्धले नेपाली समाजको इतिहासमा पारेको प्रभाव र गरेको परिवर्तनसम्बन्धी चर्चा परिचर्चा पनि अझै अपर्याप्त छन् । यसका प्राप्ति र सीमाबारे प्रशस्त चिन्तन जरुरी भए पनि अझै यसको वस्तुगत आधारबारे धेरै मानिस आफै भ्रमित रहेका छन् । प्रशंसामात्रै वा गालीमात्रै गर्नेहरुबाट इतिहासको सही मूल्यांकन हुन सक्तैन ।
युद्धका बारेमा लेखिएको साहित्य युद्ध साहित्य हो । यसको अर्थ युद्धलाई प्रशंसा नै गर्नुपर्छ वा युद्धलाई गाली नै गर्नुपर्छ भन्ने कदापि ठान्नु हुँदैन । डा. गोविन्दराज भट्टर्राईको उपन्यास सुकरातका पाइला होस् वा नारायण वाग्लेको उपन्यास पल्पसा क्याफे दुबै युद्ध साहित्यकै नमूना हुन् । यी दुबै रचनाले नेपाली जनयुद्धलाई कलात्मक आवरणमा भ्रष्टीकरण गरेर प्रस्तुत गरेका छन् । यसको विपरीत कृष्ण सेन इच्छुकको "बन्दी र चन्द्रागिरि" काव्य जनयुद्धको दार्शनिक सारलाई काव्यात्मकरुपले प्रस्तुत गर्ने अभिलेख हो । यसरी युद्ध साहित्यमा विषय युद्ध वा त्यसको प्रभाव हुन्छ- युद्धको र्समर्थन वा विरोध यसको अनिवार्य आधार होइन ।
कतिपय ठान्छन्- प्रगतिवादी र प्रगतिशील रचना सबै युद्ध साहित्य हुन् । त्यसो कदापि होइन । प्रतिगामी, यथास्थितिवादी वा प्रगतिशील सबै चिन्तनलाई केन्द्र बनाउने साहित्य युद्ध साहित्य हुनसक्छ । सिर्फविषयहरु युद्धजनित हुनु आवश्यक छ । यर्सथ प्रगतिशील वा प्रगतिवादी रचना सबै युद्ध साहित्य होइनन् । युद्ध साहित्यका लागि युद्ध र त्यसको प्रभाव विषयवस्तु हुने भएकाले नेपाली युद्ध साहित्यको स्पष्ट आकृति दशवर्षो जनयुद्धकै विषयले निर्माण गरेको हो- त्यसपर्ूव भएका यससम्वन्धी सिर्जनाहरु नेपाली युद्ध साहित्यका पृष्ठभूमि हुन् ।
सशस्त्र जनयुद्ध वा व्रि्रोहका बहुआयामिक प्रभावहरु छन् । सबैभन्दा महत्वपर्ूण्ा प्रभाव नेपाली समाजमा आएको अभूतपर्ूव जागरण हो । आज शास्त्रीय बौद्धिकहरुको चिन्तन र विश्लेषण अर्थहीनझैं बन्दै गएको देखिन्छ । आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक आदि क्षेत्रमा जुन हलचल देखिदैछ- यी सब यसकै परिणति हो । आज परम्परागत वौद्धिकवर्ग र अधिकारसम्पन्न जमात जनताको जागरणले आतंकित भइरहेको अवस्था छ त्यसलाई सामाजिक परिवर्तनको दिशामा सकारात्मक संकेतका रुपमा लिनर्ुपर्छ । अवश्य, जनजागरण र उच्च चेतनालाई सम्बोधन गर्नेखालका संरचना, नीति नियम र कार्यक्रमहरु अझै बन्न सकेका छैनन् । आजको युद्ध साहित्यले यी विषयलाई पनि आफ्नो केन्द्र बनाउनर्ुपर्दछ ।
कला साहित्यको क्षेत्र सौर्न्दर्यशास्त्रभित्र पर्दछ- दर्शनशास्त्रभित्र होइन तर हिजोदेखि आजसम्म पनि अधिकांश प्रगतिवादी वा
प्रगतिशील स्रष्टाहरुले यसलाई दर्शनशास्त्रको विषयझैं बनाउने काम गरेका छन् । नेपाली युद्ध साहित्य क्षेत्रमा यो नै सबैभन्दा चुनौतीको विषय बनिरहेको छ । शैली, शिल्प, प्रयोग र नवीनता सबै साहित्य र सबै विधाका प्राण हुन्, तिनलाई भरपुर उपयोग गर्नर्ुपर्छ भन्ने चिन्तनको सामान्यीकरण नभएसम्म कला साहित्यमा स्तरीयपनको अपेक्षा गर्नु पनि असम्भव नै छ । यसमा विश्वको युद्ध साहित्यसम्वन्धी सूक्ष्म अध्ययन र नेपाली समाजको जीवनशैली, चिन्तनस्तर र बदलिँदो स्वरुपसम्बन्धी गहन रुचिले पनि पूरक सामग्रीको काम गर्ने स्पष्ट छ ।
नेपाली युद्ध साहित्यका आफ्नै प्राप्ति र सीमाहरु छन् । साथै नेपाली युद्ध साहित्य अझै आरम्भिक अवस्थामै अगाडि बढिरहेको छ । त्यसैले यसका सीमाबारे चर्चा आवश्यक छ, जसले आगामी युद्ध साहित्यलाई सुदृृढ र सुन्दर बनाउन सहयोग गरोस् किनभने दशवर्षो युद्ध र प्रभावका विषयले नेपाली लेखकहरुलाई पचासौं वर्षम्म पनि निरन्तर अभ्रि्रेरित गरिरहने छन् । समकालीन साहित्यको एउटा अध्याय बनेको युद्ध साहित्य यात्रा भर्खर आरम्भ भएको छ, यसको विकास हर्ेन निश्चय नै धेरै समय पर्खनुपर्नेछ ।
Chamling Ko
ReplyDeletethankyou. s