Tuesday, April 19, 2011

किन जान्छन् प्रचण्ड एकान्तमा ?

पार्टीको अन्तरविरोध र १५ जेठपछिको राजनीतिक रणनीति तय गर्ने पोलिटब्युरो बैठकको पूर्वसन्ध्यामा माओवादी अध्यक्ष प्रचण्ड राजधानीबाहिर छन् । प्रतिवेदन लेख्दा प्रचण्ड सधैंजसो किन एकान्तमा जान्छन् ? उनका राजनीतिक सहयोगीहरू भन्छन्, 'लगातार करिब १० घन्टा एकान्त पाउन काठमाडौंमा असम्भव छ, त्यसैले उहाँ बाहिर जानुहुन्छ ।'
 नेत्र पन्थी
नयाँ पत्रिका

काठमाडौं, ५ वैशाख

पार्टीको विवाद र राष्ट्रिय राजनीतिमा माओवादी रणनीति तय गर्न माओवादीले ७ र ८ वैशाखमा पोलिटब्युरो बैठक बोलाएको छ । बैठकमा पेस गर्ने राजनीतिक प्रस्ताव तयार गर्न प्रचण्ड सोमबार दिउँसो चिसापानीस्थित पातलेवन भेनेड रिसोर्ट पुगेका छन् 
आफ्नो निवास नयाँबजारमा रहँदासमेत प्रचण्डको भेटघाटमै दिन बित्छ
प्रचण्डका पूर्वस्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य एवं सभासद् जोखबहादुर महरा प्रतापले पनि शान्त ठाउँमा बसेर प्रतिवेदन लेख्नका लागि प्रचण्ड एकान्त ठाउँमा जाने गरेको सुनाए
  'नियमित बसिरहेको ठाउँमा भेटघाटको चाप हुन्छ, त्यस्तो वेला प्रतिवेदन लेख्नै गाह्रो हुन्छ,' ०६२ देखि ०६५ सम्म प्रचण्डको स्वकीय सचिव भएर काम गरेका प्रतापले नयाँ पत्रिकासँग भने, 'उहाँ (प्रचण्ड) ले प्रतिवेदन लेख्न थालेपछि नसक्दासम्म पाँच/सात घन्टा लगातार लेख्नुहुन्छ, यस्तो वातावरण काठमाडौंमा नभएपछि बाहिर निस्कने हो ।' माओवादी जीवनमा ऐतिहासिक मानिएको चुनवाङ बैठकको प्रतिवेदन पनि प्रचण्डले रोल्पाको एकान्त ठाउँमा बसेर लेखेको प्रतापले बताए 

माओवादीका एक स्थायी समिति सदस्य अध्यक्ष प्रचण्ड तनाव बढी हुँदा एकान्त ठाउँमा जाने गरेको बताउँछन्
प्रचण्डले यसपालि आफ्नो रोजाइ चिसापानी क्षेत्रलाई बनाए पनि उनी विगतमा यस्तै गोप्य स्थलको खोजीमा पटकपटक धुलिखेल-बनेपा क्षेत्रमा गएका थिए
 । त्यहाँ जाँदा प्रचण्डसँग माओवादी पोलिटब्युरो सदस्यसमेत रहेका ताम्सालिङ राज्य समिति इन्चार्ज अग्नि सापकोटा पनि रहन्थे 
आसन्न माओवादी पोलिटब्युरो बैठकमा शान्ति र संविधानका लागि पार्टीले गर्न सक्ने अधिकतम पहल, १५ जेठपछि के गर्ने, अन्तरपार्टी समस्या कसरी हल गर्ने भन्ने विषयका साथै सरकारमा पठाउने मन्त्रीहरूको नाम चयनलगायतका विषय एजेन्डाका रूपमा आउँदै छन्
 । माओवादीको पालुङटार बैठकपछि बसेको केन्द्रीय समिति बैठकले शान्ति र संविधानका लागि अधिकतम प्रयास गर्ने तर, त्यसको सम्भावना न्यून भएकोले विद्रोहमा जाने कार्यदिशा तय गरेको छ 
यसअघि गहन छलफलका लागि दुई दिनसम्म एकान्त ठाउँमा बैठक बसे पनि माओवादी स्थायी समिति बैठकले संगठनात्मक विषयमा भने ठोस निर्णय लिन सकेको थिएन
 । दुई दिनसम्मको बैठकमा अधिकांश समय माओवादी नेताहरूले एक-अर्काको आलोचना र आफ्नो कमजोरी स्वीकार गर्नमा बिताएका थिए । १९ र २० चैतमा माओवादी नेताहरू हायस गाडी चढेर सिन्धुपाल्चोकस्थित बैठकस्थल 'सुकुटे इक्वेडर रिसोर्ट' गएका थिए 
विगतमा पनि पार्टीभित्र मतभेद चर्केको वेला तथा राष्ट्रिय राजनीति संकटमा परेको वेला माओवादी अध्यक्ष प्रचण्ड काठमाडौंबाहिर पुगेर प्रतिवेदन तयार पार्दथे
 । पार्टीभित्र मतभेद बढेको वेला प्रचण्डले बैठक अथवा प्रतिवेदनलेखनका लागि एकान्त ठाउँ खोज्ने गरेका छन् । त्यसअघि पनि प्रचण्ड पटक-पटक धुलिखेल पुगेका थिए । प्रधानमन्त्री चयन गर्ने चुनाव र आफ्नो केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा माओवादी अध्यक्ष प्रचण्ड भावी रणनीतिको खोजी गर्न ५ भदौ ०६७ मा बनेपा पुगेका थिए । पार्टीभित्र देखापरेको अन्तरसंघर्ष र भावी रणनीतिको खोजीमा पार्टी केन्द्रीय समिति बैठकमा चर्काचर्की हुने सम्भावना बढेकै वेला प्रचण्ड सबैलाई मान्य हुने रणनीति बनाउन हिँडेका थिए । प्रचण्ड मिरावेल होटलमा बस्ने गर्थे 

 । 'तनाव बढेको महसुस गर्नुभयो भने उहाँ अलि टाढा हिँड्नुहुन्छ,' उनले भने, 'राम्ररी सोचविचार गरेर योजना बनाउन जाने गरेको पाइन्छ ।' ती स्थायी समिति सदस्यले प्रचण्ड प्रतिवेदन लेख्न एकान्त ठाउँमा जानुको अर्थ राजनीतिक जटिलता बढेको संकेत हुनेसमेत सुनाए  ७ र ८ वैशाखमा बस्ने पार्टीको पोलिटब्युरो बैठकमा पेस गर्ने प्रतिवेदनको तयारीका लागि प्रचण्ड चिसापानीनजिकैको पातलेवन रिसोर्ट पुगेका हुन्
 । प्रचण्डका साथ उनका स्वकीय सचिवालयका सदस्य मात्र छन् । प्रतिवेदन लेख्न उता जानुपूर्व प्रचण्डले पार्टीका नेताहरूसँग परामर्श गरेका थिए । उनी मंगलबार काठमाडौं र्फकने स्वकीय सचिवालयले जनाएको छ 
यसअघि पनि महत्त्वपूर्ण केन्द्रीय समितिका बैठकपूर्व प्रचण्ड काठमाडौंबाहिर गएर प्रतिवेदन तयार पार्ने गर्दथे
 । ७ जेठ ०६७ बाट सुरु भएको केन्द्रीय समितिको बैठकपूर्व प्रचण्ड धुलिखेल गएका थिए । उनले त्यहाँ बसेर तयार पारेको रणनीतिअनुसार माओवादी केन्द्रीय समिति बैठकले संविधानसभाको म्याद थप्ने निर्णय लिएको थियो । प्रचण्डले गत वर्ष नै गोदावरी रिसोर्टमा तीन दिन बसेर प्रतिवेदन तयार पारेका थिए 
 । 'उहाँ (प्रचण्ड) एकान्त ठाउँमा जानुपर्ने अरू कुनै कारण होइन, यहाँ (काठमाडौंमा) बस्दा राजनीतिक प्रस्ताव तयार पार्ने समय नै मिल्दैन,' प्रचण्ड प्रधानमन्त्री हुँदा उनको प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेका माओवादी पोलिटब्युरो सदस्य शक्ति बस्नेत भन्छन्, 'यहाँ (काठमाडौं) बस्दा चाहेर पनि १२/१५ घन्टाको समय मिल्दैन, त्यति समय नबसी प्रतिवेदन पनि तयार हुँदैन ।'
प्रचण्डका स्वकीय सचिव रहेका समीर दाहाल खासखास परिस्थितिमा बोलाइने पार्टीका बैठकहरूका लागि प्रतिवेदन तयार पार्न प्रचण्ड एकान्त ठाउँ जाने गरेको बताउँछन्
माओवादी पोलिटब्युरो सदस्य राम कार्कीले वैशाखभित्र देशलाई प्रगतिशील निकास दिन नसके देशमा द्वन्द्व निम्तने खतरा बढेको वेला पार्टी पोलिटब्युरोलाई केन्दि्रत गरेर प्रतिवेदन तयार पार्न एकान्त ठाउँमा जानु स्वाभाविक भएको बताए
 । 'वैशाखभित्र प्रगतिशील निकास दिन सकेनौँ भने देश द्वन्द्वमा जाने निश्चित छ, यस्तो अवस्थामा एकाग्र भएर चिन्तन-मनन गर्दै योजना बनाउने काम स्वाभाविक छ,' कार्कीले नयाँ पत्रिकासँग भने 
 । उनका अनुसार प्रचण्डले प्रतिवेदन लेख्न सुरु गरेपछि लगातार ८/१० घन्टासम्म काम गरिरहन्छन् । 'लेख्न थालेपछि लगातार लेखिरहनुहुन्छ,' प्रचण्ड प्रायजसो प्रचण्डकै साथमा रहने दाहालले नयाँ पत्रिकासँग भने, 'केही विषयवस्तुहरू रिर्फ]{स गर्नुपर्‍यो भने किताब हेर्नुहुन्छ ।' माओवादी स्रोतअनुसार प्रचण्डको प्रतिवेदन १५ जेठपछि पैदा हुने राजनीतिक अवस्थालाई कसरी हल गर्न सकिन्छ भन्नेमा केन्दि्रत हुने भएको छ
 । माओवादीभित्र शान्ति र संविधानलाई कसरी टुंग्याउने भन्नेमा यो बैठकमा गम्भीर छलफल हुने देखिएको छ 

No comments:

Post a Comment