Saturday, April 16, 2011

नन्दिता दाशलाई फ्रान्सेली सम्मान

 मुम्बई, वैशाख ३ -भारतीय अभिनेत्री तथा निर्देशक नन्दिता दाश फ्रान्सको एक प्रमुख नागरिक सम्मानबाट पुरस्कृत भएकी छिन्। फायर, अर्थ, भवन्दर लगायतका फिल्मकी हिरोइन दाशालाई नाइट अफ दी अर्डर अफ आर्टस् एन्ड लेटर्सद्वारा सम्मानित गरिएको हो। उनलाई फिल्मको माध्यमबाट भारत-फ्रान्सको सम्वन्ध विस्तारमा सहयोग पुर्‍याएवापत यस्तो सम्मान दिइएको हो।

गुलावी साडीमा सम्मान ग्रहण गर्दै नन्दिताले भनिन्, ‘म हरेक समय अप्रत्यासित रुपमा सम्मानित भइरहेकी हुन्छु। र, मैले यो सम्मान आफ्नो रुचिको अभिनयबाट पाइरहेकी हुन्छु।'
भारतीय ‘आर्ट' सिनेमामा दमदार अभिनयपछि सन् २००८ मा फिराकको निर्देशन गरेकी हिरोइन दाशले २००१ मा सान्ट मोनिका अवार्ड पाएकी थिइन्। सन् २००५ मा उनी क्यानन्स फिल्म फेस्टिवलकी जुरीमा समेत संलग्न थिइन्।

No comments:

Post a Comment