Sunday, February 12, 2012

जाँदाजाँदै लडाकुले भने -प्रचण्ड र बाबुराम नेता होइन ठेकदार रहेछन्


सूर्यमणि गौतम
सूर्खेत, २८ माघ
जनवादी सत्ता स्थापना गर्ने भन्दै सशस्त्र संघर्षमा होमिएका माओवादी लडाकु यति बेला भविष्य नै अन्यौलमा परेकाले चिन्तित छन्। जनताका मुक्तिका लागि भनेर दीर्घकालीन जनयुद्ध'मा लागेका र माओवादी शान्तिप्रक्रियामा आएपछि करिब पाँच वर्षसम्म अस्थायी शिविरमा बिताएका लडाकु अहिले नेतृत्वविरुद्ध आक्रोशित छन्। भन्छन्, …यो त जनयुद्ध होइन, धनयुद्ध रहेछ।'
शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याएर नयाँ संविधान निर्माण गर्न दलहरुबीच भएको सम्झौताअनुसार स्वेच्छिक अवकास रोजका लडाकु आफ्नै पार्टी नेतृत्वले धोका दिएको बताउँछन्।
धेरै ठूलो सपना बोकेर २०५९ मा माओवादीमा लागेका रोल्पाका कृष्ण घर्तीले जनताको अधिकार सुनिश्चित नहुँदै युद्ध छोडेर पार्ठीले जनसेनाको समेत सम्मान गर्न नसकेको' बताए।
पार्टीले १० वर्षसम्म जनमुक्ति सेनालाई कामदारको रुपमा प्रयोग गर्‍यो। अहिले ज्याला दिएर पठाउन लागेको छ,' उनले माओवादी नेतृत्वलाई व्यंग्य गरे, …१० वर्षसम्म कालापार गएका थियौं, अब अढाई लाख लिएर घर फर्कदैछौं।'
ज्यामीलाई दिएको ज्याला पनि फेरि आफैले लुटेर नेताले सक्कली ठेकेदारको चरित्र प्रस्तुत गरेको घर्तीको भनाइ छ। उनले १४ हजार नागरिकको रगत बगाएका माओवादी नेता प्रचण्ड र बाबुरामले बचेनका लडाकुलाई पनि केही रकममा बिक्री गरेर जनवादी क्रान्ति टुंग्याएको भन्दै आक्रोश व्यक्त गरे।
ज्नताको मुक्तिको सपना देखेर २०५७ देखि सशस्त्र संघर्षमा होमिएका बर्दियाका रेशमलाल तिवारीले यति बेला आफ्नै मुक्ति खोजिरहेको बताए।
नेताहरुका कारण जनताको मुक्तिको सपना सपनामै सीमित भयो,' उनले भने, …अहिले आफ्नै मुक्तिको खोजीमा छु।'  तिवारीले पार्टीले जनयुद्धको मर्ममाथि घात तथा जनसेना र कार्यकर्ताका भविष्यमाथि खेलवाड गरेको आरोप लगाए। पार्टी नेतृत्व सत्तालिप्सा भएकाले शान्ति र संविधानको बहानामा सात बुँदे सम्झौता गरी लडाकुका भावनाविपरीत कार्य गरेको उनको आरोप छ। उनले भने, …प्रचण्ड र बाबुरामले प्रधानमन्त्री बन्नकै लागि युद्धको मर्मलाई लत्याएर सेना समायोजनको खाबा बनाए, त्यसल हाम्रो मात्र होइन मुलुक र जनताकै भविष्य अन्योलपूर्ण बनेको छ।' माओवादीले जनतालाई बाँडेका सबै सपना झुटा र खोक्रा भइसकेको तिवारीको भनाइ थियो।
from Annapurna post daily newspaper 

1 comment:

  1. Lekhnath Neupane
    ajha aru ek dui kura 6utaya6an

    ReplyDelete