Tuesday, May 3, 2011

बिन लादेनका संयोग र वियोग

sanसारकै ुकुख्यातु आतंककारी भनेर चिनिएका अलकायदाका नेता ओसामा बिन लादेन अन्ततः अमेरिकी सेनाको कारबाहीमा मारिएका छन् । अमेरिकाद्वारा आतंकवादी घोिÈत संगठन अलकायदाका 'मास्टरमाइन्डु लादेनको मृत्युले विश्वभरि तहल्का पिटेको छ । संसारभरिका मिडिया लादेनको विगत खोजीमा छिनछिनमा ुन्युज ब्रेकु गरिरहेका छन् ।
प्रस्तुत छ लादेनको मृत्युबारे केही घटना:आतंकवादी यात्रा
ओसामा बिन लादेनको १० मार्च १९५७ मा साउदी अरबको एक धनी परिवारमा जन्मे । मोहम्मद बिन लादेनका ५२ सन्तानमध्ये १७ नम्बरका थिए उनी । मोहम्मद साउदी अरबका अरबपति ठेकेदार हुन् । उनको कम्पनीले देशको लगभग ८० प्रतिशत सडक निर्माण गरेको थियो । जब लादेनका बाबुको १९६८ मा हेलिकोप्टर दुर्घटनाबाट मृत्यु भएपछि पिताको सम्पत्तिका हकदार उनी युवा अवस्थामै विनामिहिनेत करोडपति बन्न पुगे । 
साउदी अरब के साह अब्दुल्लाह अजिज विश्वविद्यालयमा उनी इन्जिनियरिङ पढ्दै गर्दा कट्टरपन्थी शिक्षक र विद्यार्थीसँग नजिकिए । 
अनेकाँै बहस र अध्ययनपछि पश्चिमी देशमा बढेको सामाजिक र पारिवारिक मूल्यको पतनविरुद्धमा देखापरे । त्यसअघि आफ्नो परिवारसँग युरोप घुम्न जाँदा 'फेसेनेबेल ड्रेसअपु मा देखिएका थिए । 
तर जब १९७९ मा सोभियत संघले अफगानिस्तानमाथि हमला गर् यो ओसामाले सुख-सुविधाको जीवन त्यागे र मुजाहिद्दिनसँग हात मिलाए । 
अफगानिस्तानमा अरबी मानिससँग मिलेर अभियान चलाउने समयमा उनले अलकायदाको मूल संगठन स्थापना गरे । अफगानिस्तानबाट फर्केपछि उनले साउदी अरबका शासकको विरोध गर्नसमेत भ्याए । ओसामा भन्थे ुसाउदी अरबको शासकले नै अमेरिकी सेनालाई साउदी अरबमा िभœयाएका हुन् ।ु मध्यपूर्वमा अमेरिकी सेनाको उपस्थितिलाई लिएर असन्तुष्ट लादेनले १९९८ मा अमेरिकाको विरुद्धमा युद्धको घोषणा गरेका थिए । 
१९९४ मा अमेरिकी दबाबका कारण साउदी अरबले उनको नागरिकता खारेज गरेको थियो । त्यसपछि उनी सुडान हँुदै १९९६ पुनः अफगानिस्तान पुगे । 
१९९८ मा केन्या र तान्जानियाका अमेरिकी दूतावासमा भएको बम हमलामा दुई सय २४ मारिए भने पाँच हजार घाइते भए । अमेरिकाले त्यो हमलाको मुख्य योजनाकार बिन लादेन भएको अमेरिकाले आरोप लगायो । 
यसपछि अमेरिकाले ओबामालाई दुस्मनका रुपमा हेर्न थाल्यो । अमेरिकी गुप्तचर संगठनले उनलाई समाप्त गर्न दुई करोड पचास लाख अमेरिकी डलरको पुरस्कार राशिसमेत तोक्यो । 
पूर्वी अफगानिस्तानमा ६ प्रशिक्षण शिविरमा अमेरिकाले ओसामालाई मार्न ७५ वटा क्रुज मिसाइल हान्यो तर एक घन्टाअगावै बिन त्यहाँबाट फरार भइसकेका थिए । 
विन अपि्रुकामा बम विस्फोट १९९३ मा वल्र्ड ट्रेड सेन्टरमा बम विस्फोट १९९५ मा रियादमा कार बम विस्फोट र साउदी अरबमा ट्रक बम हमलाको दोषी पाइए । 
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकी वल्र्ड ट्रेड सेन्टर ध्वस्त पारेपछि बिन लादेन विश्वका सबै मानिसले चिन्ने पात्र भइसकेका थिए । 
त्यो हमलापछि बिन लादेन अनेकौँ पश्चिमी देशका लागि अन्तर्राष्ट्रिय आतंकवादी थिए भने केही मानिसका लागि इस्लाम धर्ममा श्रद्धा राख्ने महान् नायक पनि । 
उनले जिहादको नाममा विश्वका महाशक्ति राष्ट्रलाई तसा्रइरहे । 

हिटलर र लादेनको अन्त एकै दिन
दोस्रो विश्वयुद्धमा युरोपलाई तहस-नहस बनाउने योजनाकार जर्मन तानाशाह हिटलर र बिन लादेनको मृत्यु एकै दिन भएको छ । हिटलरको पनि मे १ मा मृत्यु भएको थियो । कतिले यसलाई संयोग मानेका छन् भने उनीहरुको अन्त्यलाई सत्यको विजय ठानेका छन् । मानव विनाश र आतंकारी कदम रच्ने दुवै उस्तै नियतधारी हुन् ।
दोस्रो विश्वयुद्धमा जर्मनीको नराम्रो हार भएपछि हिटलरले आत्महत्या गरेका थिए । १९४५ मे १ मा उनको मृत्युको खबर सार्वजनिक भएको थियो । उनले ३० अपि्रलको दिन आत्महत्या गरेको दाबी गरिन्छ । बिन लादेनलाई अमेरिकी सेनाले पाकिस्तानको राजधानी इस्लामावादबाट एक सय ५० किलोमिटर दूरी रहेको एबटावादमा मारेको जनाइएको छ । अमेरिकी साचारमाध्यमले राष्ट्रपति बाराक ओबामाको हवाला दिँदै स्थानीय समयअनुसार रातको साढे ११ बजे बिन लादेन मारिएको घोषणा गरेका छन् । अब अमेरिकाको टाउको दुखाइ कम भए पनि आतंवादविरुद्धको कारबाही अन्त्य भने नभएको जनाएका छन् । लादेनको खोजी अमेरिकी र नेटोका सेनाले गरिरहेका थिए ।
ज्योतिषशास्त्रीहरुले मारिने दिन दशा ठीक नभएको बताएका छन् । मे १ र २ मा लादेनको मीन राशीलाई ठीक थिएन । आइतबार राति मीन राशीसँग चार ग्रह रहेकाले त्यसबाट बन्न ुचतुगर््रहीु योगलाई अशुभ मानिन्छ । मीन राशीमा बुध शुक्र मंगल र वृहस्पति एकसाथ छन् । मीनमा रहेको मंगल उग्र हुनुलाई ज्योतिषहरुले िहंसाको कारक माने । ज्योतिषशास्त्रका अनुसार वृहस्पतिलाई धर्मी ग्रह मान्ने गरिन्छ । वृहस्पति सँगै मीन मिलेको योग नै लादेनका लागि खराब थियो । उनीहरुको भनाइ छ ुत्यही नै उनको मृत्यु कारक बन्यो ।ु 

यसरी थालियो महलमा कारबाही

इस्लामावादबाट ५० किलोमिटर उत्तर-पूर्व ऐबटावादमा आइतबार अचानक एउटा हेलिकोप्टर देखियो । जुन निकै तेज गतिमा थियो । पाकिस्तानी टिभी च्यानल ुएक्सप्रेसुले यसको पुष्टि गर्दै हेलिकोप्टर एबटावादस्थित बिलाल कोलनी पुग्यो र करिब तीस हजार गज परको तीनतले मन्जिललाई निशाना बनायो । मन्जिलमा चारैतिर काँडेतार लगाएर १२ फुट अग्लो पर्खालले घेरिएको थियो । साथै पर्खालमा सिसी क्यामेरासमेत जोडिएको स्थानीय बासिन्दाले बताएका छन् । शनिबार राति साढे १२ बजे अभियान सुरु हुँदा आकाशमा एकाएक हेलिकोप्टर देखेपछि स्थानीय बासिन्दाले आतंकित महसुस गरेका थिए ।
पाकिस्तानी टेलिभिजन एक्सप्रेसले प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै दुइटा हेलिकोप्टर घरबाहिर उत्रिएका र त्यसबाट निस्किएका मानिसले पाकिस्तानी भाषामा स्थानीय बासिन्दालाई टाढा जान भन्दै मन्जिलभित्र पसे । त्यसपछि तुरुन्तै गोली चलेको आवाज सुनियो । त्यसपछि उनीहरुले एकजना मानिसलाई बाहिर लिएर आए । कारबाही करिब ४० मिनेट चलेको थियो । घरमा दुइटा सुरक्षा गेट थिए । त्यहाँ टेलिफोन र इन्टरनेटको व्यवस्था भने थिएन ।
स्थानीय बासिन्दाका अनुसार यसबीचमा आएको तेस्रो हेलिकोप्टरले घरमा मिसाइल हान्न सुरु गर् यो । जवाफमा घरभित्रबाट समेत गोली चलेको र हेलिकोप्टर बंगलाभित्रै दुघटना भयो । त्यसमा कतिको मृत्यु भयो भन्ने अझै खुलेको छैन । 
स्थानीय समाचार च्यानलहरुले लादेनसहित उनका तीन छोरा र तीन सहयोगी पनि मारिएका छन् ।
स्थानीय समयअनुसार राति साढे एक बजे कारबाही सकियो । त्यसपछि पाकिस्तानी सेना घटनास्थल पुगेर इलाकालाई आफ्नो कब्जामा लियो । तालिवान र अलकायदाका सदस्यले पनि बिन लादेनको मृत्युको पुष्टि गरेका छन् । उनको टाउकोमा गोली हानिएको अमेरिकी अधिकारीहरुले जनाएका छन। ।

खोजेको दस वर्षमा मारिए

अमेरिकाले आतंकवादी घोÈणु गरेको संगठन अलकायदाका मास्टर माइन्ड लादेनको खोजी थालेको दस वर्षमा मारिए । सेप्टम्बर ११ मा ट्विन टावर हमलापछि अमेरिकाले विश्वभरि उनको खोजी तीव्र बनाएको थियो । आतंकवादविरोधी कारबाहीमा तीन हजारभन्दा बढीको मृत्युपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले पाकिस्तानमा गरिएको आक्रमणमा उनको मृत्यु भएको पुष्टि गरेका हुन् । लादेन मारिएकोमा अमेरिकाभरि खुसियाली मनाइएको छ । लादेनको मृत्युपछि विश्वभरिका अमेरिकी कार्यालयमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ । अलकायदाका सदस्यहरुले प्रतिकार गर्नसक्ने खतरालाई ध्यान दिँदै यस्तो निर्देशन गरिएको अमेरिकी साचारमाध्यमहरुले 
जनाएका छन् ।

बुसले भने- जित्यौँ
अमेरिकी सैनिक आक्रमणमा मारिएका लादेनको समुद्रमा अन्त्येष्टि गरिएको अधिकारीहरुले जनाएका छन् । लादेनको शवलाई मिुस्लम परम्पराअनुसार नै अन्त्येष्टि गरिएको र त्यसबारेमा थप विवरण्ँ आउन नसकेको साचारमाध्यहरुले जनाएका छन् । लादेन मारिएकोमा खुसी प्रकट गर्दै अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले यो अमेरिकी जित भएको टिप्पण्ँी गरेका छन् ।

पाकिस्तानको स्वर्गमा मारिए लादेन
बिन लादेन पाकिस्तान तथा अफगान्ािस्तानको सीमामा पर्ने गुफामा लुकिबसेको अड्कल गर्दै खोजी गर्ने अमेरिकी तथा नेटो सेना चित खाएका छन् जब उनी पाकिस्तानको सुन्दर नगरीमा फेलापरे । विकट ठाउँमा लुकिबसेको भन्ने उनीहरुको खोजी अन्ततः मे १ को राति गलत साबित भयो । पाकिस्तानको राजधानी इस्लामावादबाट ५० किलोमिटर नजिकै पर्ने एबटावाद सहरको एक कोलोनीमा फेलापरेका थिए लादेन । त्यहाँ संसारकै खुंखार आतंकवादी बसेका छन् भन्ने आँकलनसमेत गरिएको थिएन । चारैतिर पहाडले घेरेको सो ठाँउमा गर्मीयाममा पाकिस्तानी पर्यटकको घुइँचो लाग्ने गर्छ । शिक्षा र सैन्य संस्थानसमेत रहेको सो सहरमा लादेन लुकिबसे होलान् भन्ने स्थानीयवासीले पत्याएका थिएनन् । बि्रटिसको नियन्त्रणमा हुँदा हजरा जिल्लाको सदरमुकाम थियो ।

प्रस्तुति: रामदत्त पन्त

No comments:

Post a Comment