Monday, May 2, 2011

'कान्तिपुर'ले देखाएको सही बाटो

By Salokya, on April 25th, 2011


यो माइसंसार डटकमबाट साभार गरिएको हो। थाहा छ, यो पुरानो भयो। र, पनि यसले नेपाली पत्रकारिता र विश्वको पत्रकारितामा कुन कुन घटनामा कसरी संचारमाध्यम चुके? कसरी त्यसलाई सच्याए र आफ्नो विश्वसनीयता कायम गर्न क्षमा मागे? 
 
बसमा भेटिएको ९१ लाख रुपैयाँ र हिराको हार जसको हो उसैलाई फर्काएको भनी बहुप्रचारित घटना अन्ततः काल्पनिक भएको पुष्टि भएको छ। ‘समाचार अन्ततः काल्पनिक घटना र नक्कली पात्रमा आधारित रहेको पुष्टि भएको’ भन्दै ‘नियोजित परिस्थिति र नक्कली पात्रहरूका कारण भ्रमपूर्वक गलत समाचार र विचार सम्प्रेषण हुन गएकामा सम्पूर्ण पाठकसँग क्षमा’ मागेको सूचना आजको कान्तिपुरले पहिलो पेजमा छापेको छ। कान्तिपुरको यो क्षमायाचनासँगै देशभर चर्चाको विषय बनेको र राष्ट्रपति र प्रधानन्यायाधीशले समेत प्रशंसा गरेको घटना सत्य हो कि झुटो हो भनी रहँदै आएको शंका पूर्ण रुपमा निवारण भएको छ।
त्योसँगै ‘कान्तिपुर’ले गलत समाचार छापिएकोमा क्षमा मागेर नेपालको पत्रकारिता इतिहासमा एउटा प्रशंसनीय र अनुकरणीय काम थालेको छ। जसरी गलत समाचार छापिनु गैरजिम्मेवारी हो, त्यसैगरी गलत समाचार छापिएपछि त्यसबारे पाठकहरुलाई जानकारी दिनु र क्षमा माग्नु जिम्मेवारीबोध हो। यसले कान्तिपुरको गरिमा घटाएको छैन, मेरो नजरमा बरु बढाएको छ। पत्रकार पनि मान्छे हो र गल्ती मान्छेबाट नै हुन्छ। गल्ती स्वीकार गरी माफी माग्ने जुन स‌ंस्कृति कान्तिपुरले पत्रकारिता क्षेत्रमा सुरु गर्‍यो, त्यसपछाडिका सबै पात्रहरुलाई सलाम गर्नुपर्छ। किनभने यो घटनाले समग्र पत्रकारिता क्षेत्रमाथि नै औँला ठड्याउने काम भएको थियो। नेपालमा मात्र हैन, विदेशमा पनि यस्ता कयौँ घटना भएका छन्। फरक यति थियो- उतातिर गल्ती भएपछि क्षमा मागिन्थ्यो, यता त्यस्तो हुन्न थियो। चाहे त्यो रस्सेन्द्र भट्टराईको समाचारमा होस् चाहे डा. भक्तमानको अपहरण कान्डको समाचारलाई लिएर होस्।


जब वासिङटन पोस्टले गल्ती गर्‍यो

  • सन् १९८१ को कुरा हो, अमेरिकाको प्रतिष्ठित दैनिक द वासिङटन पोस्टको पहिलो पेजमा एउटा समाचार छापियो- ‘जिम्मीको विश्व’ शीर्षकमा। ८ वर्षका एक बालक कसरी लागू औषधी हिरोइनको लतमा लागे भन्ने विषयमा थियो समाचार। पत्रकारिता जगतको प्रतिष्ठित पुरस्कार पुलित्जर प्राइज सन् १९८१ मा यो समाचार लेख्‍ने ज्यानेट कूकलाई दिने घोषणा भयो। समाचार छापिएपछि वासिङटन सहरका तत्कालीन मेयर म्यारिअन ब्यारीले जिम्मी नामको त्यो केटोलाई खोज्ने आदेश दिए तर पत्ता लगाउन सकेनन्। तर ब्यारीले जिम्मीलाई उद्धार गरी उपचार गराइरहेको दावी गरे। सहायक प्रबन्ध सम्पादक बब उडवर्डले यो समाचारलाई पत्याए, छापे र पुलित्जर प्राइजका लागि सिफारिश गरे। उनले पुरस्कार पनि जिते। तर पुरस्कार जितेपछि पोस्ट कै पत्रकारहरुले उनले उदधृत गरेका अज्ञात स्रोतहरुका बारे प्रश्न उठाए।
  • पोस्टका कार्यकारी सम्पादक बेन्जामिन ब्राडलीलाई भास्सार कलेजबाट फोन आयो- तिम्रा रिपोर्टरले हाम्रो कलेजमा पढेका छैनन् है। झस्किए सम्पादक। किनभने समाचार लेखिका कूकले आफ्नो बायोग्राफी पुलित्जरका जजहरुलाई पठाउँदा त्यो कलेजमा ग्राजुएट गरेको भनेर लेखेकी थिइन्। फेरि थाहा भयो युनिभर्सिटी अफ टोलेडोमा पनि उनले मास्टर्स डिग्री लिएकी हैन रहिछिन्। भास्सारमा एक वर्ष पढेको र टोलेडोबाट बीए मात्र गरेकी रहिछिन्। अनि समाचारका पात्र जिम्मीको खोजी थालियो। अहँ, भेटिएन। अन्त्यमा कूक आफैले स्वीकार गरिन्, त्यो केटो त छँदै थिएन, समाचारका अधिकांश अंश काल्पनिक थिए। अन्ततः कूकले राजीनामा दिए।
  • भोलिपल्ट पोस्टले पुलित्जर प्राइज फिर्ता गर्‍यो र आफ्नो सम्पादकीयमा यस्तो लेखेर क्षमा याचना गर्‍यो “This newspaper . . . was itself the victim of a hoax—which we then passed along in a prominent page-one story . . . How could this have happened?” समाचार लेखिकाको राजीनामा र पोस्टले इमान्दार भएर गरेको क्षमा याचनापछि यो कान्ड सकियो। तर पत्रकारिता क्षेत्रलाई सँधैका लागि एउटा उदाहरण भने छाडेर गयो। पछि यही कथामा हलिउडमा एउटा फिल्म पनि बन्यो The Hoax, जसमा रिचर्ड गेरले अभिनय गरेका थिए।
थप पढ्नुस्: http://www.time.com/time/magazine/article/0,9171,924722,00.html#ixzz1KXFphrHx

समाचारदेखि प्रमाणसम्म सबै झुटा !

एउटा अर्को उदाहरण सन् १९९५ देखि १९९८ सम्म तीन वर्ष स्टेफन ग्लास नामका रिपोर्टरले दुनियाँलाई उल्लु बनाएको घटनालाई लिन सकिन्छ। यसको शिकार बनेको थियो द न्यु रिपब्लिक नामको म्यागेजिन। घटना, पात्र, उनीहरुका भनाई, स्रोत र प्रमाण सबै नक्कली जुटाएर समाचार लेख्‍ने उनको शैलिबाट कायल भएका द न्यु रिपब्लिकका सम्पादक मार्टिन परेजले पछि एउटा अन्तर्वार्तामा भनेका थिए- अब त म उसले बाहिर घाम लागेको छ भनेर भने पनि पत्याउँदिन।
उनले गरेका कयौँ फ्रड यत्तिकै रहे तर सन् १९९८ को मे महिनामा पाप धुरीबाट करायो। ह्याक हेभन शीर्षकमा उनले एक १५ वर्षका ह्याकरको बारेमा समाचार लेखे। ती ह्याकरणले जुक्ट माइक्रोनिक्स नामको कम्पनीलाई ह्याक गरेको अनि पछि त्यही कम्पनीले उसलाई सूचना सुरक्षा सल्लाहकारका रुपमा काम दिएको समाचारमा थियो। समाचार काल्पनिक भए पनि आफैले देखेजस्तो गरी यसरी लेखिएको थियो-
Ian Restil, a 15-year-old computer hacker who looks like an even more adolescent version of Bill Gates, is throwing a tantrum. “I want more money. I want a Miata. I want a trip to Disney World. I want X-Men comic [book] number one. I want a lifetime subscription to Playboy – and throw in Penthouse. Show me the money! Show me the money!. . . .”
Across the table, executives from a California software firm called Jukt Micronics are listening and trying ever so delicately to oblige. “Excuse me, sir”, one of the suits says tentatively to the pimply teenager. “Excuse me. Pardon me for interrupting you, sir. We can arrange more money for you.”
यो समाचार छापिएपछि फोर्ब्स म्यागेजिनका पत्रकार एडम पेनेनबर्गलाई शंका लाग्यो। उसले समाचारमा दिइएका तथ्यहरुलाई क्रस चेक गर्न खोजे। जुक्ट माइक्रोनिक्स नामको कुनै कम्पनी र समाचारमा उल्लेख गरिएका मानिस फेला परेनन्। यसको पर्दाफास गरी फोर्ब्सले अनलाइनमा समाचार छापेपछि पत्रिकाले आन्तरिक अनुसन्धान थाल्यो। समाचारमा वर्णन गरिएका घटना नक्कली र पात्र नक्कली रुपमा खडा गरिएको पाइएपछि सम्पादकले ग्लासलाई तत्काल बर्खास्त गरे। विस्तृत आन्तरिक छानबिन भयो र उनले लेखेका ४१ समाचारमध्ये कम्तिमा २७ वटा काल्पनिक वा बढाइचढाइ गरिएको फेला पर्‍यो। सन् २००५ मा दिइएको अन्तर्वार्तामा ग्लासले बाँकी १४ वटा समाचारमा पनि काल्पनिक कुरा भएको बताएका थिए। उनी यति खुँखार थिए कि ह्याकरसम्बन्धी त्यो समाचारका लागि उनले आफै वेबसाइट बनाएका थिए, हुँदै नभएको जुक्ट माइक्रोनिक्स कम्पनीको भ्वाइस मेल अकाउन्ट बनाएका थिए, नक्कली बिजनेस कार्ड छपाएका थिए र ह्याकर कम्युनिटीको नक्कली न्युजलेटर छापेका थिए।
द न्यु रिपब्लिकले गल्तीबारे जानकारी दिँदै आफ्ना पाठकहरुसमक्ष क्षमा माग्यो। यसबारे पनि हलिउडमा Shattered Glass शीर्षकमा एउटा फिल्म बनेको छ।

जब न्युयोर्क टाइम्सले गल्ती गर्‍यो

सन् २००६ को अप्रिल ९ मा अमेरिकाको अर्को एउटा प्रतिष्ठित पत्रिका न्युयोर्क टाइम्सले ज्याक हिटको एउटा लेख छाप्यो जसमा गर्भपात गराएको अभियोगमा एल साल्भाडोरमा एक महिलालाई जेलमा राखिएको दावी गरिएको थियो। ८ महिनापछि पत्रिकाले क्षमा माग्दै गल्ती सच्यायो। वास्तवमा ती महिलालाई बच्चा जन्मिएपछि हत्या गरेको आरोपमा जेलमा राखिएको रहेछ। लेखक गर्भपात गराउन पाउनु पर्छ भन्ने समूहमा काम गर्ने एक अनुवादकको अनुवादमा भर परेका रहेछन्।
सन् २००६ कै मार्च महिनामा न्युयोर्क टाइम्सको पहिलो पेजमा हस्सन एम फताह नामका एक रिपोर्टरले एक इराकीसँग लिएको अन्तर्वार्ता छापियो। त्यसमा ती इराकी अबु घारिब जेलमा रहेको बेलाको भनी फोटो पनि छापिएको थियो। इन्टरनेट म्यागेजिन सालोनले त्यो फोटोमाथि तुरुन्त प्रश्न उठायो र अमेरिकी सेनाले पनि। टाइम्सले त्यही फोटो वास्तविक नामसहित धेरै वर्षअगाडि नै छापिसकेको रहेछ। टाइम्सका सम्पादकले यसप्रति क्षमा मागे र त्यो मान्छेको परिचय खोज्न पर्याप्त छानबिन नगरेको स्वीकारे।

जब सीएनएन र टाइमले गल्ती गर्‍यो

सन् १९९८ को जुन ७ मा सीएनएनले एउटा समाचार दियो- भियतनाम युद्धका क्रममा युद्ध छाडेर भाग्ने अमेरिकी सैनिकहरुलाई अमेरिकाले लाओसमा नर्भ ग्यास प्रयोग गरी मारेको थियो। जुलाई ७ तारिखमा सीएनएनले यो समाचार गलत रहेको स्वीकार्दै आफ्ना दर्शकसमक्ष यसरी क्षमा माग्यो-
We acknowledge serious faults in the use of sources who provided NewsStand with the original reports and therefore retract the Tailwind story.
We apologize to our viewers and to our colleagues at Time for this mistake.
We have learned a lot from the mistakes made, and we will try to avoid them in the future भन्दै टाइम म्यागेजिनले पनि यही विषयमा छापिएको आफ्नो कभर स्टोरीप्रति क्षमा माग्यो।
माथिका केही त उदाहरण मात्र हुन्, जसले देखाउँछ पत्रकारितामा गल्ती हुन्छ। तर त्यो गल्तीलाई लुकाउन खोज्नु अर्को महागल्ती हुन्छ। गल्ती भएपछि त्यसलाई स्वीकार गर्नु आगामी दिनमा गल्ती हुन नदिन गरिएको संकल्प हुन्छ। गम्भीर गल्ती गरेका मिडियाहरु गल्ती स्वीकार गरेपछि अघि बढेका छन्। गल्ती स्वीकार्दा मिडियाप्रतिको विश्वास घट्दैन, दीर्घकालीन रुपमा बढ्छ। दुर्भाग्यवश नेपाली मिडियाले यस्तो चलन पछ्याउन अप्ठेरो मान्छ। अनुजा बानियाँको मुद्दामा ‘कान्तिपुर’ले जसरी आन्तरिक रुपमा छानबिन गरी क्षमा माग्ने साहस देखायो, पत्रकारिताको विद्यार्थीका नाताले  व्यक्तिगत रुपमा मैले यसलाई सही बाटोमा अघि बढ्ने राम्रो प्रयासका रुपमा लिएको छु। यसलाई अरु मिडियाले पनि पछ्याउनु पर्छ। ‘कान्तिपुर’लाई धन्यवाद !

गल्ती छापियो तर स्वीकारिएन

नेपाली पत्रकारिताको इतिहासमा गल्ती भएको प्रमाणित भइसक्दा पनि नसच्याइएका कैयन् उदाहरण छन्। डा. भक्तमानको अपहरण केसमा त्यो घटना आपराधिक समूहले गराएको पुष्टि भइसक्दा पनि स्रोतलाई उदधृत गर्दै माओवादीले घटना गराएको दावी गर्ने पत्रिकाले आफ्नो गल्ती स्वीकार गर्न आवश्यक ठानेन।
त्यसैगरी ८ वर्षअघि एउटा केही न केहीको हैसियत भएका रसेन्द्र भट्टराई नामका व्यक्तिलाई खर्बपतिको रुपमा ‘कान्तिपुर’ दैनिक, द काठमाडौँ पोस्ट र कान्तिपुर टेलिभिजनले प्रस्तुत गरेको थियो। त्यो गलत भएको पुष्टि भइसक्दा पनि ती मिडियामा कहिल्यै पनि गल्ती स्वीकार्ने काम भएन।
भक्तमानको केस भर्खरैको भएकोले धेरैले थाहा पाएका छन्। रसेन्द्र भट्टराईको केस सबैलाई थाहा नहुन सक्छ। हेरौँ रसेन्द्र भट्टराईको समाचार, जसलाई सच्याउन आवश्यक ठानिएन।

पाँच डलरबाट खर्बपति भए नेपाली

सञ्जय न्यौपाने, काठमाडौं, २ कात्तिक २०६०- उनको निजी हवाईजहाज (एक्जुकेटिभ बोइङ बीबी जेट) छ। रोयल्स रोयस, बीएमडब्लू, मर्सिडिज, जगुवार,फेरारी आदि कार। अमेरिका बेलायत, स्पेनलगायत मुलुकमा आलिसान बंगलाहरू……..। संसारकै ‘सबैभन्दा ठूलो ट्रस्ट’ को सञ्चालक पनि।
अमेरिकी राष्ट्रपति जर्ज बुश, पूर्व राष्ट्रपति क्लिन्टन, संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नान, बेलायतका प्रधानमन्त्री टोनी ब्लेयरले राम्ररी चिन्ने ती धनाढ्य नेपाली हुन्। सम्भवतः उनको जति सम्पत्ति अरू नेपालीको छैन। पत्याउनुस्/नपत्याउनुस्, उनी हुन्– डा. रसेन्द्र भट्टराई (डा. आरबी)। दुई दशकअघि बैंककका लागि जहाज टिकट र साथमा पाँच अमेरिकी डलर लिएर गएका उनी गत वर्ष अप्रत्याशित रूपमा परिवारको सम्पर्कमा आएका हुन्।
अस्पताल स्थापना गर्ने सिलसिलामा सोल्टी क्राउन प्लाजास्थित देशकै सबभन्दा दोस्रो महँगो कोठा गोसाइँकुण्ड स्वीट्मा उनी ६० दिनदेखि बसिरहेका छन्। यसको एक रातको मूल्य ९ सय अमेरिकी डलर (करिब ७० हजार रुपैयाँ) पर्छ। विभिन्न मुलुकका राष्ट्राध्यक्षदेखि हिलारी क्लिन्टनजस्ता विशिष्ट पाहुना बसिसकेको उक्त कोठामा हालसम्म कोही पनि यति लामो समय बसेको थिएन।
करिब पाँच दशकअघि काठमाडौंको गुच्चाटोलमा जन्मेका उनको मूल घर बालुवाटार हो। महेन्द्र संस्कृत विश्व विद्यालयका उपकुलपति स्वर्गीय चूडानाथ भट्टरायका एकमात्र छोरा हुन्। ठेक्कापट्टा र व्यापार गर्दागर्दै एक साता जेल परेपछि नेपाल त्यागेको उनी बताउँछन्।
बैंककमा साथीसँग लिएको एक लाख डलर ऋणबाट सुरु भएको उनको व्यवसाय अहिले अर्बौँ कारोबार गर्नेसम्म पुगेको छ। ‘सुरुमा सिंगापुरको इलेक्ट्रोनिक्स सामान युरोप पठाएँ, खाद्यान्न, सिमेन्ट कारोबार थालें,’ उनी भन्छन्– ‘त्यसपछि केही समय क्रोएसिया बसें। ‘नेदरल्यान्ड बस्दा ५० हजार डलर होटलमै तिरेँ,’ उनी सम्झन्छन्। उनी अर्थशास्त्रका पीएचडी हुन्।
हाल उनी एचआरएच सुल्तान हमेङ्गकु बुबोनो एक्स ट्रस्ट कर्पोरेसन्सका अध्यक्ष तथा प्रमुख कार्यकारी हुन्। इन्डोनेसियाका सुल्तान कोषका साझेदार हुन्। १७ मुलुकमा त्यसको कार्यालय छ। अमेरिका र बेलायतका सेयर बजारमा उनको लगानी छ। तेल प्रशोधन केन्द्र छ। ‘यी बाहेक विभिन्न मुलुकमा होटल,बैंक, अस्पतालहरू छन्,’ डा. आरबी भन्छन्। कुल सम्पत्ति कति छ त? ‘भन्न मिल्दैन,’ उनी भन्छन्।
समाज सेवा बढाउन हालै उनले स्पेनमा ‘उमा फाउन्डेसन’ स्थापना गरेका छन्। ‘युरोप, अमेरिकामा भएकामध्ये यो सबभन्दा ठूलो फाउन्डेसन हो,’ उनको दाबी छ। अहिले इन्डोनेसियामा २० र स्पेनमा एउटा अस्पताल निर्माणाधीन छन् भने कंगोमा ४ वटा बनाइसकेको उनी बताउँछन्।
कल्पनाझैं लाग्ने डा. आरबीको जीवन देखेर नेपाली नेताहरू पनि छक्क छन्। ‘विदेशमा एउटा नेपालीको नाम र शान देखेर मेरो शीर उँचो भयो,’ स्पेन भ्रमणका क्रममा केहीअघि रसेन्द्रको घरमै बसेर फर्केकी उपसभामुख चित्रलेखा यादवले भनिन्।
डेढ वर्षअघि तत्कालीन स्वास्थ्यमन्त्री शरतसिंह भण्डारीले पनि उनलाई भेटेका थिए। नेपालमा पनि अस्पताल बनाउने उनको रुचि देखेपछि वीर अस्पताल र गंगालाल हृदय रोग प्रतिष्ठानलाई विस्तार गरिदिन आफूले प्रस्ताव गरेको भण्डारीले बताए। ‘म नेपालमा तीन वटा अस्पताल खोल्न चाहन्छु,’ डा. आरबी भन्छन्– ‘क्यान्सर, मृगौला र मुटु रोगको अस्पताल खोलेर नेपालीको सेवा गर्ने मन छ।’ तर त्यसमा सरकारी चासो नदेखिएकोमा भने उनलाई चित्त दुखेको छ।
उनको अद्भूत सफलता र आकस्मिक आगमनबाट भट्टराई परिवार औधि खुसी छ। ‘नेपाल बसेर हुन्न भनेर उहाँ बैंकक जानुभएको हो,’ दुई दशकदेखि बेखबर लोग्ने फर्केकामा प्रसन्न श्रीमती रेनु सम्झन्छिन्। सुरुका दुई वर्षसम्म फोन/चिठी आउथ्यो। बैंककबाट क्रोएसिया गएकोसम्म थाहा थियो,’ उनी भन्छिन्।
‘परिवार भनेको भए बुद्ध, क्राइस्ट ठूलो मान्छे बन्दैनथे,’ आरबी भन्छन्– ‘मैले पनि आवश्यक ठानिनँ, लामो समय परिवारबाट अलग हुनु सजिलो भने छैन।’
तर, उनलाई पछुतो छैन। दोस्रो बिहे पनि गरेका छैनन्। श्रीमती रेनु भने आफ्ना लोग्ने महत्वाकांक्षी पाराको भएकाले धनाढ्य भएर फर्केकामा अचम्भित छैनन्। उनले एक वर्षअघि छोरी भेट्न लन्डन जाँदा लोग्नेलाई भेटेकी थिइन्। उनका पिता स्वर्गीय भट्टरायले विभिन्न राजदूतावासमा सम्पर्क गरेर छोरालाई नेपाल फर्काउन पहल गरेको माइली छोरी मनीषा बाँस्कोटा बताउँछिन्। त्यसै आधारमा राजदूतावासहरूले उनको राहदानी नवीकरण पनि गरेनन्।
‘त्यसबाट मलाई धेरै समस्या भयो,’ ८९ मुलुक घुमेको बताउने डा. आरबी भन्छन्– ‘मलाई नेपालीप्रति निकै रिस उठ्यो। त्यसपछि तत्काल उनले बेलायतको नागरिकता लिए।
अघिल्लो दसैं मान्न उनले छोरी–ज्वाइँलाई निम्ता दिएका थिए। ज्वाइँ शैलेशमात्र गए। पछिमात्र मनीषालाई भिसा मिल्यो र उनी मेड्रिड पुगिन्। बुबाले पालेको कुकुर ‘ताहितो’ ले विश्वस्तरका विभिन्न प्रतियोगितामा जितेका पदक राखिएको सोकेसको तस्वीर उनले देखाइन्।
‘कपडा प्रायः इटालीबाट ल्याउनुहुन्छ र पर्फ्युम लिन पेरिस जानुहुन्छ,’ तस्वीरको चाङ खोतल्दै मनीषा भन्छिन्। डा. आरबीकी जेठी छोरी समीषा न्युयोर्क र कान्छी जनीषा लन्डनमा छन्। ‘म नमर्दै आओस् भन्ने कामना गरेको थिएँ, मुख हेर्न पाएँ’ आमा नुतनसिंह भन्छिन्।
यो संवाददाताले आमा र श्रीमतीसँग कुरा गरिरहेका बेला बालुवाटारस्थित आफ्नो घर आइपुगेका उनले आमाको खुट्टा ढोगेर म्वाइँ खादै भने– ‘मैले जे हासिल गरेको छु, मुमाको आशीर्वादले हो।’
दसैंअघि नै फर्कने योजना रहे पनि आमाकै अनुरोधमा केही दिनका लागि उनी बसेका हुन्। ‘मुमाको सेवा गरेर रिटायर्ड जीवन यहीँ बिताउँछु,’ उनी भन्छन्। तर, अवकाश कहिले? ‘केही समय लाग्ला,’ उनी भन्छन्। हालै उनी बसेकै होटलमा तीन दिन चलेको गैरआवासीय नेपालीको सम्मेलनमा उनी सक्रिय भएनन्। ‘एकैछिन गएर फर्किहालेँ,’ उनी भन्छन्।

A Nepali’s unbelievable trail to super richness

By Prateek Pradhan
KATHMANDU, Oct 19, 2003 - Simply unbelievable!
He boasts a Boeing Business Jet (BBJ), owns a fleet of cars: Rolls Royce, BMW, Mercedes, Jaguar, Ferrari, Audi and so on. He has prime residential properties in Los Angeles, Orlando, London, Paris, Madrid and elsewhere. Bill Clinton is his friend, knows George Bush, Kofi Annan, Tony Blair and other heads of state personally.
He is not Bill Gates nor the Sultan of Brunei, but a Nepali. He is Dr Rasendra Bhattarai, 50, a Nepali turned British.
The story of the bafflingly rich Bhattarai began 22 years ago in Kathmandu, when he was sent to jail for misusing a fax machine of the Agricultural Development Bank for his business purposes. The incident became the first turning point in his trail to super richness. Now, he is a billionaire – in US dollars terms, of course!
“Hadn’t I gone to the custody, I might never have become what Im today,” he confessed exclusively to The Kathmandu Post and Kantipur Television (Watch his interview in FireSide, Kantipur TV at 8 PM today). It is beside the point that he refused an interview to Larry King of CNN.His quest to richness began with Rs. 100 (then US$5), which his late father Professor Chuda Nath Bhattarai handed him at the time of his departure to Bangkok. Thanks to a friend in Bangkok who trusted him with US$100,000.”With the money I went to Singapore and to theNetherlands. By the time I was to start a business, I had already spent half the money.”
Bhattarai and a Thai friend discovered that most of the Chinese and Indonesian restaurants in the Netherlands used pink napkins and pink tablecloths. They soon got the contract to supply the pink items. “I love pink because with that business I earned about five million guilders,” Bhattarai said.
He also supplied sugar to China and Indonesia from South America, and cement to Bangladesh from Romania, Malaysia and Indonesia. He became a global merchant.
The next turning point came to him when he supplied wheat to Russia in 1989. “Then I realised that I was going to be a rich man,” he confided.
The third turning point for this suave gentleman came while supplying Croatian ships to Indonesia. “An Indonesian friend, Mr. Tamrin, took me to an Indonesian Sultan, which turned my luck once again,” he recounted. The believe-it-or-not event happened this way. The deceased father of the Sultan told him in a dream to have Bhattarai as his business partner. The next day, the Sultan himself offered him partnership in one of the worlds biggest trusts, HRH Sultan Hamengku Buwono X Trust Corporation. Now he is its president and CEO.
“I also have established Uma Trust in Europe,” he said.Dr Bhattarai is now in Nepal, and staying in the Gosaikund Suite of Soaltee Crowne Plaza. He has been paying US$900 per night for the last 60 days – a record in itself for the property. Despite having a nice house, seniors and wife Renu in Baluwatar, he opted to stay at Soaltee, probably because he is here with his business partner and friend, Poonam Singh.
“Poonam is the one who encouraged me to return to my country after 22 years. I’m indebted to her,” he said.Two years after Bhattarais departure, his family lost all contacts with him. To entice his son back to Nepal, Professor Chudamani Bhattarai resorted to diplomatic help.
In 1991-92, the Royal Nepalese Embassy in Paris refused to renew Bhattarai’s passport. “I had to take British passport as I languished without a passport for over a year,” he said.Now that he is back home, he is willing to help Nepal. “I’m sad that I havent been of any help to my motherland, yet,” he said.”With social security and insurance in health policies, I could bring big hospitals to Nepal,” said the Nepali Midas.

No comments:

Post a Comment