Monday, May 23, 2011

ताले घरको सपना

स्याउलाले बारेको घरअघि सानो छोराका साथ जानकी । तस्बिर: गजेन्द्र बोहरा/नागरिक
गजेन्द्र बोहरा

गौरियानाका दाङ, जेठ ८

आधा बारेको स्याउले घर बाख्राको खोरजस्तै लाग्छ । बाहिरबाट क्यामरा सोझ्याउँदा एउटी वृद्धा हतारिँदै निस्किइन् ।

'कोहो झिलिक्क पार्ने ?' उनले भनिन् । 'मैले' भनेपछि मात्रै उनले लामो सास फेरिन्, 'मैले त देशी (भारतीय) भन्याथेँ ।'
उनी घर हेरिरहन्छिन् अनि रुन्छिन् । 'घर हेर्छु, सबलाई सम्झन्छु अनि आँसु आइहाल्छ', उनले भनिन् 'एक्लो घर अनि एक्लो ज्यान ।'

उनका कोही नभएका भने होइनन् । आधा उमेर जाँदासम्म उनका आठ छोरा भए । दुईवटा लोग्ने । अहिले पनि पाँच वर्षको छोरा काखमै छन् । 'उमेर त मलाई नि थाहा छैन', उनले भनिन् 'तपाईं आफैंँ हिसाब गर्नाेस् ।'
दाङको राजापुर गौरियानाकी जानकी बुढा राम्ररी कान सुन्दिनन् । 'ढोका पनि छैन कुकुरले पनि सताउँछन्,' उनले भनिन् 'यै घर हेरेर रोइरहन्छु ।' फुसको छानो छ । हावाहुरीले निकै सताउँछ । 'पानी घरभित्रै पस्छ,' उनले भनिन् 'कैले त अरुको घरमा पनि जानुपर्छ ।'

उनले पहिलो लोग्नेबाट एउटा छोरा पाइन् अनि दोस्रोबाट सात छोरा । सानो छोरा १ कक्षामा पढ्ने भएको छ । अरु सबै कता छन् पत्तो छैन ।

'दुइटा छोराले फोन गर्छन् कोइले उतै बिहा गरे रे,' उनले भनिन् 'पल्लो घरमा फोन गर् याुथ्यो, एउटा छोरा आउँछ रे ।' आउने भनेको छोरालाई उनले 'खेती लाउन आएस्' भनेकी छन् ।

उनले बारेको ऐलानी जमीन बाँझै छ । घरको दक्षिणतिर भारतको जंगल छ निकुाज । ६ महिनाअघि चर्न गएका गोरु साँझ फर्किए । गोठमा बाँधेका गोरु बिहान हेर्दा त दुवै मरेका । 'अब छोरा आए पनि के ले जोत्छ', उनले भनिन् । 'हेर्नुस् त सबैले बारी जोतिसके ।' उनका दुइटा गाई जंगलबाट फर्केनन् ।

दुई वर्षअघि काठमाडौं पसेका पति फर्केका छैनन् । खबर पनि पठाएका छैनन् । 'इँटा बोक्छन् रे कहिले आउने हो? थाहा छैन,' उनले भनिन् 'आए भने तालेघर हाल्छ ।'





 

1 comment:

  1. Nisha Shah
    JIJIBISHHA JINDAGIKO.......................!

    ReplyDelete