Saturday, May 14, 2011

काठमाडौंमा दम


'देखो इमरान, यसके आगे चौपाटी आता हैं। हर दिन यहाँ बहुत लोग आते है- भेलपुरी खाने, पाउभाजी खाने। मॆरे ख्यालमे यहाँ ज्यादातर लोगों खुली हावा खाने आते है, जिसको कमि महसुस होते है।'
कहिलीकसो फिल्म हेर्नु कहिलीकसो डायरी लेख्नु सामान्य हुन थालेछ। लोडसेडि+uको कारण बाथरुममा बत्तीको जिम्मेवारी पनि थाहै नपाई ल्यापटपले लिन थालेछ।
कहिलीकसो कति कुरा जानअन्जानमै पनि हुँदारहेछन्। 
सायद तपाईंको पनि होला। यसो सम्झनु !
अँ, जोड्न खोज्दैथिएँ, आमीर खानपत्नी किरण रावको फिल्म धोबीघाटसँग। फिल्ममा यश्मिन नुर आफ्नो भाइ इमरानलाई भिडीओचिठी रेकर्ड गर्दैछे।

अँ, नुर बोलेको ठाउँमा फेरि 'पच' गरी 'रि' गरेँ।
तौलेँ।
कहाँ मुम्बई। कहाँ काठमाडांै। कहाँ समुद्रको छेउ। कहाँ सगरमाथाको टोल।
तर?
यति आकाशपाताल भए पनि एउटा अभाव भने मिल्दोरहेछ, ताजा हावाको। जस्तो काठमाडौंमा अभाव छ, स्वच्छ हावाको। उस्तै रहेछ, मुम्बईमा पनि।
गाउँघरमा रोल्पामा बम्बई (अहिले मुम्बई)का नाउँमा केही किस्सा छन्। धोवीघाट फिल्ममा जोहेब अर्थात् मुन्ना बिहारबाट मुम्बई गएजस्तै हाम्रोतिरबाट पनि 'लेकिन लाहुरे' बन्न जान्छन्। अहिले लेकिन लाहुर तन्केर अरब मलेशिया पुगेको छ।
बम्बई गएर फर्केछ भने पनि 'गतिलो' काम गर्दैन भन्ने भावको किस्सा गाउँमा, बम्बईको नाउँमा। किस्सा यस्तो -बम्मई (बम्बई) गए सम्मई भए। कलकत्ता (अहिले कोलकाता) गए बेपत्ता भए।
पच गरेँ। एकछिनपछि फेरि 'play' गरेँ।
अँ, उत्तर प्रदेश मलियावाद घर भएकी नुरले भाइ इमरानलाई भिडियो टेपमा रेकर्ड गर्छे, 'यहाँ ज्यादातर लोगों खुली हावा खाने आते है।'
अँ, चोयाको -याक किनेँ (मेरा गुरु साथी पनि, एमपी खरेललाई लिएर कुपोन्डोलमा नगद २४ सयमा) यसै रिन उसै रिन बूढी भैसी किन् भन्छन् नि। त्यै सम्झेरै किनियो 'लो' बेडमुनि शरणार्थी जीवन बिताइरहेका किताबका लागि।
चाहेको बेला चाहेको किताब भेट्न १२ बज्थ्यो। अब सजिलो होला कि!
काठमाडौंमा भएजति घर आफ्नै भए। त्यसैले बिरालोले छाउरा सारेजसरी सर्दा चोयाको -याक 'अच्छा' हुने साथीका सुझाव थिए। यसो सम्झिएँ धेरै पछि भए पनि कार्यान्वयन भएछ।
कहाँ यश्मिनको भिडियोचिठी, कहाँ चोयाको -याक?
बेतमलबको बतासे कुरा भयो है?
सरी।
अँ, िलंंक गर्न खोज्दैथिएँ, हिजो बेडमुनिका किताब चोयाको -याकमा सार्दा चिठी भेटेँ। बुटवलबाट गिरि श्रीस दाइले, जाजरकोट क्याम्पसमा माष्टरी गर्दा टीकाराम उदासीले, घोराहीबाट उदय जीएमले अरबबाट गाउँका दाजुभाइले पठाएका झण्डै आधा दर्जन चिठी।
कुकुरको पुच्छर बाँगो देखे नि हाँस्ने डण्डीफोरे उमेरमा समेत चिठी नलेखेको मान्छे म। उसो डन्डीफोरे चिठीसमेत क्रान्तिका कुराले भर्ने रोल्पाली याममा थालिएथ्यो मेरो डण्डीफोरे याम। एक दर्जन भन्दा बढी चिठी सायदै लेखे हुँला, जिन्दगीमा मैले।
अब चिठी लेख्ने संस्कृति फोन, एसएमएसले खप्लक्कै पारेपछि चिठी लेख्ने कुरै भएन। चिठी लेखेन भनेर घरबाट आउने गुनासा जबाफ नफर्काएकोमा आउने साथीभाइका गुनासा ठप्प छन्।
चिठीको नाउँमा श्रद्धान्जलीस्वरुप दुई शव्द लेख्ने मन छ। हेरौं, कहिले साइत जुर्छ।
अँ, काठमाडौंमा स्वच्छ हावा छैन। 'रिसर्च'ले भन्छ -विषाक्त , काठमाडौंको हावा। मास्क नलगाए दम लाग्छ।
महिनामा एकपालि काठमाडौं खाल्डोबाट ननिस्किए सास हुल्लिएर मर्छुजस्तो हुन्छ। बनेपा होस् या थानकोट डाँडोमाथि एकपालि पुगे मात्र पनि 'महिना दिनलाई पुगेजस्तो' लाग्छ।
सायद बानी नै -यो क्यार।
ताजा हावा खाने मन पलाउँदैमा खाल्डोबाट निस्कने साइत कहाँ जुर्नु मजस्ता साना काँटीका कमैयालाई? औशी पूर्णे नै कुर्नुपर्छ।
बडा मुसिबतको बात , यो।
अँ, फिल्ममा बाहेक समुद्र मुम्बईको अनुहार नदेखेको म। किन हो कुन्नि, काठमाडौंजस्तै ताजा हावा नभएको सुनेर उकुसमुकुसिएँ। मरुन्जेल गाली गरे नि पेट भर्न काठमाडौंमा बतासिन आएजस्तै बम्बईमा नि उस्तै बतासिएका रहेछन्, साना काटीका कमैया। ज्ााे रातदिन आफ्नो पेटको दास छन्।
'थोडा हाँसो बाइ मेरा भाइको 'हेलो' बोलो '
नुरले यति भनेपछि लता बाइको छेउमा एउटी केटी पनि आई। नाउँ रहेछ, वनिता। कक्षा नौमा पढ्ने बाइकी छोरी। अंग्रेजीमा बोल्न आग्रह गरी। रटेको अंग्रेजी एउटा 'सेन्टेन्स्' बोली।
अंग्रेजी माष्टरले गाउँघरको स्कुलमा घोकाएजसरी उसले सुनाई। त्यो एउटा वाक्य सुनाइसकेपछि मेरो छिमेकी गाउँ केवरीका एकजना सिनियर साथी आँखामा उभिए। अचेल गाउँमै माष्टरी गर्ने धनबहादुर डाँगीले नै बोलेजस्तो लाग्यो।
१० कक्षाका अंग्रेजी किताबका प्रश्नोत्तर के गणितका हिसाबसमेत उनलाई खरर आउँथ्यो। तर जाँचमा आलु फल्थ्यो। सायद एसएलसी जाँचको ह्याटिकपछि रेगुलर भर्ना भए। , पास गरे। अहिले प्लस टु पनि सकिसके। जाँचमा आलु फल्दैमा हरेश खान हुन्न भन्ने कुरा बुझाउने डाँगी नै हाम्रोतिरका अच्छा मोडल हुन्।
धोबीघाट फिल्ममा बेतालले झरिरहेछ झरी। नुर मुम्बइको झरी अरु ठाउँको भन्दा 'फरक ' भन्छे। रातिको झरी लोरीजस्तो सुनिन्छ रे।
भन्छे, 'बस् गिरती रहती हे। रातके यसके आवाज लोरी हो। घरवालोको टिभी भी सुनाइ नही देता। तो मुझे बुरा लाग्ता है भाइ के लिए। उसको सारा घर पानी से भरजाता है। कहते है एक एक मग पानी उठा उठाकर बाहर फ्याक्न परता है।'
केही समयपछि एउटा सीन आउँछ। झ्री पर्छ। ओछयानमा भेट्न आएको झरीलाई मुन्नाले खाली भाँडाले स्वागत गर्छ।
अम्खोरामा पानी थाप्छ। त्यै पिउँछ।
पानीको रुप पनि कस्तो कस्तो है?
कुनै बेला लोरी कुनै बेला...
बच्पनताकाका मेरो बर्खामास सम्झिएँ। त्यसबेला हामी चोत्राधाराको गोठमा हुन्थ्यौं।
चुहिन्थ्यो। चुहिएर जहाँनेर झथ्र्यो त्यहीनेर खाली थाल थाप्थ्यांै। माइला दाइ मैले बलेसीको बाटोहुँदै झरेका आकाशको आँसुलाई कटौरामा थाप्थ्यौं। तिर्खा नलागे पनि त्यसै पिउँथ्यौ।
दिउँसो खाना खाएपछि झरीमै घुम ओढेर माइला दाइ गाई चराउन जान्थ्यौ। झरीको संगीतमा माइला दाइले बजाएको मुरलीको धुन के सारो मिठो लाग्थ्यो, त्यसबेला?
कुरा गरे गफ गरेजस्तो होला।
अनि साँझ परेपछि झरीमा भिज्दै गोठबाट घरमा सुत्न जान्थ्यौं। एक डेढ आधा घण्टाको पैदल टाढा गाउँभन्दा धेरै माथि लेकमा बर्खे गोठ जाने चलन छ। बस्तुभाउ लिएर बर्खाभर गाउँले त्यही बस्छन्। गाउँका मूल घरमा राति मात्र 'घर कुर्न' भनेर सुत्न जान्थे। हो, बर्खे झरीसँगै ठूल्दाइ गोठबाट घर कुर्न साँझपख जान्थ्यौं। माष्टरलाई रेडियो तालिमका लागि दिएको वटा ब्याटी खाने यमानको रेडियो बोकेर ठूल्दाइ अघिअघि िहंंड्थे पछिपछि। तालिम सकिएपछि त्यो यामानको रेडियो पनि गयो।
माष्टरको लागि आएको तालिमे रेडियोले झरीमा पटकपटक फुकेको राष्टिय पंचायत सदस्य तेह्रथुमका ऋतुवर्ण तुम्बाहाम्फे संयुक्त राष्ट संघका महासचिव बुद्रोसबुद्रोस घाली नाम कण्ठस्त भएछ। सायद ती नाउँ 'युनिक' लागेर होला।
अँ, बाथरुममा धोबीघाट फिल्म।
पेट भर्न बिहारबाट गएको मुन्ना। जसको सपना , फिल्म खेल्ने। अमेरिकाबाट आएकी साय देखेर मुन्ना छक्क पर्छ। भारतीय मूलकी ब्यांकर साय आएकी हुन्छे, रिसर्चका लागि। तर मुन्नालाई लाग्छ, साय बुद्धिमा बिर्को लागेर मुम्बईमै बस्न आई।
उसले भन्छ, 'य सब गन्धी जगा है, अमेरिका अच्छी है।'
तेस्रो विश्वका मान्छे जो प्रविधिको बिकासलाई सबथोक ठान्छन्, जानेर वा नजानेर। मुन्नाको नजरमा पनि अमेरिका स्वर्ग हो।
'लेकिन लाहुरे' भर्ती हुन भारत मात्र जाने मेरो गाउँको संस्कृति तन्किएर अरब पुगेको छ। देशको ताल यस्तै रहे यो 'लेकिन लाहुरे' संस्कृति तन्किएर कहाँ पुग्ने हो? रामजाने।
फागुनमा रोल्पाको थबाng जाँदा जापानी डाक्टर इसिदालाई भेट्दा यस्तै लागेको थियो जस्तो मुन्नालाई। 'माथि' जानेबेला के खान रोल्पाका डाँडाकाँडामा? अचम्मित भएको थिएँ। जापानमा साठी नाघेपछि ६ महिना मात्र काम गरे पुग्दोरहेछ। ६ महिना कमाएर बाँकी ६ महिना रोल्पाका भीरपाखामा बिताउने इसिदा दुई महिनापछि श्रीमती र छोरा लिएर आउने भन्दै यसै साता जापान उडे। मेसिनमा परिणत भएको जापानको जीवनशैलीबाट थाकेर उनी थकाइ मार्न नेपाल आए सायद।
अँ फिल्ममा धोएको लुगा लिएर मुन्ना पुगेको छ, सायको कोठामा। सायले बम्बई नै घर हो कि भनेर सोधेपछि मुन्नाले जबाफ दिन्छ, 'नहीँ बिहार। दरभंगा जिला से।'
ब्यांंकर साय सोध्छे. 'तुम क्यू आय मुम्बई?'
-पेट भर्ने।
-त्ााे सारे फेमिली यहाँ है?
=नहीँ। अकेला। ८ सालका था । चाचाका साथ रहने आए हुँ।
-जाते हो वापस मिल्ने?
-न। कभि नही।
-क्यू घरकी याद नहीँ आती? घर पे अच्छा नही लग्ता था क्या?
-ठीक था। खानेको कम मिल्ताथा। पर भुक लगती थी। पहिलीबार मुम्बईमे आया। चाचा ने होटलमे काम दिलवाया। वहाँपर खुब खाया खाना भी थप्पड भी।
त्यसपछि? 

दुवैजना हाँस्छन्।
गाउँमा सानो घर। एउटा भैसी। एक हल गोरु। सानो बारी। कति ससाना सपना। यति सानो सपना उनेर गाउँबाट सहर छिर्छौं हामी गाउँले। तर सहर पसेपछि? एक छाकको लागि दासी बन्छौं मुन्नाजस्तै। मजस्तै।
हाम्रो समाजले भन्छ -सहरमा घर बनाए. बगला ठड्याए, गाडी किने क्या प्रगति क्या बिकास ग-यो। हाम्रो समाजले कहिल्यै सोध्दैन, 'साच्ची कमाएर कि चोरेर कि ढाटेर कि भ्रष्टाचार गरेर कि?'
भिडियो चिठीमा नुरले भन्छे. 'मैं कैसे लाग रहीँ हुँ? बिल्कुल वैसै है न? बम्बई मे अभितक बदला नही मुझे। मै वही यश्मिन हुँ।'

एउटा रुमानी सपना उनेर सहर पस्ने आम गाउँलेका अवस्थाभन्दा फरक थिएन, नुरको पनि। कहाँ हुनेखानेको बम्बई, कहाँ मुन्ना र नुर। कहाँ हुनेखानेको काठमाडौं, कहाँ म। फर्केर हेरेँ- मुन्ना, नुर र मेरो जीवनशैलीमा के नै फरक छ र?
ऐना हेरेँ। उस्तै छु। जस्तो काठमाडांै छिर्दा थिएँ।
अँ, साहूको काम गर। मध्यरातमा डेरा फर्क। विमल र गणेशले राखिदिएको हटकेसको भात खाऊ। अँ, रातले एक निद्रा पुयाएर कोल्टे फेर्ने बेला सुत।
हाकिमको फोनसँगै कुद। नेताका पछि दगुर। राति अबेर। फेरि नेतालाई फोन गर। नमस्ते गर। समाचार लेख। जागिर पकाऊ।
अनि?
महिना मरेको १५ दिन काट्दा तनखा बुझ। घरबेटीलाई बुझाऊ। चामल दालको लागि दुकानमा बुझाऊ। भतिजहरुका गोजी थोरबहुत 'गरम' गर। एघार नम्बरमा गाडीमा लखरलखर कहिले िसंहदरवार। कहिले पेरिसडाँडा। कहिले नयाँबजार।
'अब तो इक्जाम सुरु हुने वाला है न, दो हप्तो मै। खुब पढ्ना भाइजान। और अच्छी नम्बर पा कर यहाँ आना। आप तो इतना सालो से बम्बई आना चाहते थे। अब मै यहाँ हुँ न। खुब मजा किरंगे। जु भी जाइंगे। भेलपुरी खाइँगे।'br>
यहाँनेर पच गर्छु। एकछिन रोकिएर फरवार्ड गर्छु। मैले त गाउँका आफन्तलाई परिवारका सदस्यलाई समेत भन्न सकेको छैन काठमाडौं आउनु। अच्छा नम्बर लिएर काठमाडौं पढ्न आउनू भनेर आफ्नै भतिजी गीता. पार्वती. निर्मला र शर्मिलालाई समेत भन्न सकिनँ।
सानो सिरक भन्छन् नि। टाउको ढाक्दा गोदा नांगै गोदा ढाक्दा टाउको नांगै। सानो जागिर र सानो सिरक।
'य मेरा आखिरी खत है। पता नही य तुमतक पहुच पायगा अवर नहीँ अल्लाह तुमको खुस और सलामद रखे। मुझसे घुस्सा मत होना। मैने बहुत कोशिस किई है। मम्मी और अब्बुको भी सम्झा देना।' 
यति भनेर उसका हात मास्तिर लाग्छन्। आँसुले भरिएको आँखा अघिदेखि नै टल्पलाइरहेको थियो।
सहर पसेपछि आफ्नो भन्ने बाँकी रहेको एउटा 'जिनिस' त्यै श्रीमान् पनि आफूबाट टाढिएपछिकी नुर सायद आत्महत्या गर्छे। तर प्रत्यक्ष देखाइदैन।
एकपटक 'रि' गरेर हेरेपछि आमिर जुरुक्क उठ्छ। पंखा हेर्छ। पंखा झुण्ड्याउने सििलंग हेर्छ। त्यसैमा आत्महत्या गरेको भन्ठान्छ क्यार। अनि बाहिर निस्कन्छ।
जहिल्यै निशव्द बसिरहेकी एउटी बूढी आमै जो नुरले उल्लेख गरेकी छ जो नुर अर्थात् पछि आमिरको कोठाको छिमेकी थिइन् ती आमै उसैगरी कुसर्ीमा बसेकी छन्। बाहिर निस्कने गल्लीमै बसेर आमिर रुन थाल्छ।
थाहा छ, यो फिल्म हो। तर पनि दिल किन यसरी हुर्रिन्छ हँ? कहिलीकसो बाथरुममै रुन थाल्छु। 
डेराहरु आँखामा आए जहाँ मैले बिताएँ जिन्दगीका घामपानी। कति डेरा सरियो काठमाडौंमा, कति सरियो घोराहीमा ती डेरामा कतिका रहर र सपनाले आत्महत्या गरे होलान्? गाउँका निश्चल मन कति सहरमा यसरी गुमनाम होलान्?
अँ भिडियो चिठीमै नुरले भनेको सम्झन्छु -यित्नो दिनों मे टेप खत्म नही कर पारही है। सारे खबर तबतक बासी होगई होगी।
नुरको बारेमा लेख्छु भनेको पनि 'छेपाराको शास्त्र' भएछ। दीपेन्द्र लामाले 'नागरिक'मा धोवीघाट हेर्न दिमाग पनि लिएर जान भनेको थियो। हेर्नेबित्तिकै लेख्छु भनेको। कति दिन बितिसकेछ। मेरो लेखन पनि त उस्तै। जस्तो नुरको टेप भराइ।
सायद त्यो तपाईंंकहाँ आइपुग्दा नुरको खबरजस्तै बासी भइजाला। थाहा छैन, कहिले पूरा होला र राखुँला ब्लगमा?
(बाथरुमबाट निस्कदा काठमाडौंमा पनि झरी परिरहेको थियो जस्तो धोबीघाटको बम्बईमा। झरीमा मुरली बिसाएर बाख्राले मकै खायो भन्दै तिनलाई फर्काउन माल्दाइको कासन झरेजस्तो लाग्यो।
बहराइनबाट उनको फोन नआएको नि धेरै भयो। साउदी सेना बहराइनमा पसेपछि फोनसमेत नभएको बताएका थिए -साउदी सेना आएको छ। कसैलाई पनि बाहिर निस्कन दिएको छैन। फोन पनि छैन। यहाँ दूताबास छैन। साउदीमा रहेको दूताबासलाई भन्यौं तर उसले हेर्दैन रे।
चोकको एउटा पसलमा फोन गर्न पाएर मात्र फोन गरेको। विदेशीलाई पनि यहाँ सुरक्षा छैन। फर्कने कसरी केही थाहा छैन। फोन छैन। चिन्ता नमान्नु। फोन बने यहाँबाट आफैले फोन गर्छु।
त्यसपछि? अहिलेसम्म फोन आएको छैन।
अँ, उसैगरी झरी परिरहेको छ, काठमाडौंमा पनि। जुन झरीको संगीतमा माल्दाइले मुरली बजाउँथे। घुम ओढेर सुन्थ्यौं, माइधाराको पाखामा बस्तुभाउ र चराचुरुगीले। झरीमा निथ्रुक्क भिजेर लालीगुराँसको सोत्तरले भरेको रांगे बोकेर जेई (आमा) ओढारखोलामा आउँदै गरेको देखेर बोलाउँथे+ -जेई जेई। आज पनि च्याउ भेटियो?)





  

No comments:

Post a Comment